Daily Archives 4th December 2016

बर्न्टओक समाजको १२ औं साधारणसभा

बर्न्टओक नेपाली समाजको १२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ। स्थानीय टेरिटोरियल आर्मीको सभाकक्षमा भएको उक्त सभाको सभापतित्व समाजका अध्यक्ष रमेश गुरुङले गर्नुभएको थियो। सभामा समाजका महासचिव मोहनजङ्ग गुरुङले यस वर्षको कार्यप्रगति प्रतिवेदन तथा भावी कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो भने कोषाध्यक्ष ज्ञान गुरुङले समाजको आयव्यय संबन्धी विवरण प्रस्तुत गर्नुभएको थियो। समाजका सदस्यहरुले व्यापक छलफल पछि ती दुबै प्रतिवेदन पारित गरेका थिए। साधारणसभाले विधानले दिएको अधिकार पयोग गर्दै श्री रमेश गुरुङले नेतृत्व गरेकेा वर्तमान कार्यसमितिको अवधि थप एक वर्ष बढाउने निर्णय पनि गरेको छ। यसैगरी समाजको आमा समूहकी संयोजक कमला गुरुङले आफ्नो समूहको कार्यप्रगति विवरण पेश गर्नुभएको थियो। सोही भेलामा बर्न्टओकमा
More

यति ठूलो गद्दारी पहिले भएको थिएन

डा. भीमार्जुन आचार्यव्यवस्थापिका संसद्मा दर्ता भएको संशोधन विधेयक संवैधानिक कति अवैधानिक भन्ने विषयमा दुई तीनवटा कुरा छ । प्राविधिक रूपमा हेर्ने हो भने संसद्मा संशोधन प्रस्ताव दर्ता नै नहुने भन्ने होइन । संविधानको धारा २७४ को कुरा आएको छ, त्यसमा दुईवटा कुरा उल्लेख छ । प्रदेशको सीमांकनका र अनुसूचीको हेरफेर गर्दा प्रदेशसभाको पनि स्वीकृति लिनुपर्ने प्रावधान छ । धारा २७४ को उपधारा ५ को प्रतिबन्धात्मक वाक्यमा हेर्ने हो भने प्रदेश सभा गठन नभएको अवस्थामा पनि संविधान संशोधन हुन सक्ने र पछि प्रदेशसभा गठन भए त्यसलाई अनुमोदन गराउने प्रावधान भएको हुनाले यसलाई अघि बढाउन टेक्निकल्ली बाधा देखिँदैन । संविधान कार्यान्वयन वा
More

पश्चिमाञ्चलका पहाडी जिल्ला पाँचौ दिन पनि बन्द

काठमाडौं । सरकारले पाँच नम्बर प्रदेश विभाजन गर्ने प्रस्तावसहित संविधान संशोधन विधेयक ल्याएपछि आज पाँचौ दिनपनि रुपन्देही बन्द छ । संयुक्त संघर्ष समितिको आह्वानमा जारी अनिश्चितकालीन बन्दका कारण रुपन्देहीका अधिकांश क्षेत्र सुनसान छन् । बन्दको घोषणासहित आन्दोलनमा उत्रिएका विद्यार्थी संगठन, संयुक्त संघर्ष समिति प्रदेश नम्बर ५ लगायतको अगुवाइमा राष्ट्रिय झन्डासहित चोक–चोकमा प्रदर्शन भइरहेको छ । बन्दकर्ताको अवरोधका कारण बुटवल भएर गुड्ने र बुटवल भएर छुट्ने पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिण सिद्धार्थ राजमार्गमा सवारीका साधन चलेका छैनन् । भित्री सडकमा पनि सवारी ठप्प छन् । बुटवलको बजार, औद्योगिक प्रतिष्ठान र कलकारखाना समेत बन्द छन् । बन्दले बुटवलसहित रुपन्देहीकै जनजीवन प्रभावित भएको छ
More

संविधान संसोधन विधेयक महत्वपूर्ण कदम : भारत

काठमाडौं । भारतले नेपालको संविधान संशोधनका लागि संसदमा विधेयक पेश हुनुलाई एउटा महत्वपूर्ण कदम भनेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताको भनाइ उधृत गर्दै नेपालस्थित भारतीय दूतवासले संविधान संशोधनको विधेयक आएसँगै सबै पक्ष यसमा समेटिने आशा व्यक्त गरेको छ ।दूतावासले यो विधेयक सफलतापूर्वक निष्कर्षमा पुग्ने अपेक्षा गरेको छ । नेपालको एक निकट छिमेकी हुनुको नाताले भारत यहाँको शान्ति, स्थिरता र विकासप्रति सधैं सहयोगी रहेको समेत दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि शनिवारमात्रै भारतीय राजदूत रणजित रायले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई दूतावासमै बोलाएर दिवाभोज दिएका थिए । उनले मोर्चाका नेताहरुलाई सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक पारित गर्न
More

संशोधन प्रस्ताव फिर्ता नलिएसम्म चल्न नदिने विपक्षी दलको अडान

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेसहित पाँच दलले आज पनि संसद बैठकमा अवरोध पु¥याएका छन् । एमाले, माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा र नेपाः राष्ट्रिय पार्टीले संविधान संशोधन विधेयक फिर्ता गर्न माग गर्दै संसद चल्न नदिएका हुन् । बैठकको सुरुमा बोल्दै नेमकिपाकी सांसद अनुराधा थापामगरले संविधान संशोधन विधेयक असंबैधानिक र राष्ट्रघाती रहेको दावी गर्दै फिर्ता नलिएसम्म संसदको काम-कारवाही अगाडि बढाउन नदिने घोषणा गरेकी थिइन् ।सांसद थापामगरले भारतले संविधान संशोधनमा दुई तिहाई पुरु¥याइदिनकै लागि राप्रपा र राप्रपा नेपालको एकीकरण गराएको र एमाले फुटाउनसमेत षड्यन्त्र गरिरहेको दावी गरेपछि राप्रपाका सांसदले आपत्ति जनाएका थिए । उनीहरुले त्यो भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखसँग माग गरेपछि केहीबेर
More

रामजानकी विवाह महोत्सव

मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आइतबार धुमधाम साथ मनाइँदै । तस्बिर : अजयकुमार साह,
More

एटिएमबाट अनधिकृत रकम निकाल्ने अधिकांश विदेशी आपराधिक पृष्ठभूमिका

काठमाडौं । तपाई बैँकमा पैसा राखेर ढुक्क हुनुहुन्छ ? होस् गर्नुहोस् तपाईको पैसा कुनैपनि बेला चोरी हुनसक्छ । पछिल्लो समय युरोपेली महादेशका विभिन्न मुलुकका व्यक्ति अत्याधुनिक उपकरण बोकेर नेपाल आउने र विभिन्न बैँकका एटिएमभित्र पसेर मोटो रकम निकाल्ने गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एटिएम कार्ड प्रयोग गरी रकम निकाल्ने अधिकांश विदेशी आपराधिक पृष्ठभूमिका व्यक्ति भएको जनाएको छ । यो क्रम नेपालमा विस २०७१ मङ्सिरदेखि सुरु भएको हो । अत्याधुनिक उपकरण लिई पर्यटकीय भिसामा नेपाल आउने त्यस्ता व्यक्तिले जमल, असन, ठमेल, दरबारमार्गलगायतका क्षेत्रका विभिन्न बैँकका एटिएममा पसेर मोटो रकम निकाल्ने गरेको ब्यूरोले जनाएको छ । ब्यूरोले
More

माओवादीले निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन केन्द्रित गरी संगठन सुदृढिकरण अभियान सुरु गर्ने भएको छ । आज विहान बसेको केन्द्रीय कार्यालय बैठकले संविधान संशोधनपछि निर्वाचनमा जानुपर्ने निष्कर्षसहित त्यसको तयारीमा जुट्ने निर्णय गरेको हो ।बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन लक्षित भएर काम गर्न केन्द्रीय कार्यालयका सदस्यलाई निर्देशनसमेत दिएका थिए । पोलिटब्यूरो संख्या थप्नेबारे छलफल भएपनि बैठकले ठोस निर्णय भने गरेन् । त्योसहित निर्वाचनसम्वन्धी कार्ययोजनालाई पोलिटब्यूरो बैठकले अन्तिम रुप दिने बताईएको छ । पोलिटब्यूरो बैठक आज नै बस्ने बताइएको छ ।
More

‘सहमति कार्यान्वयन नहुदाँसम्म सङ्घर्ष’

काठमाडौं । सरकारसँग बाह्रबुँदे सम्झौता भएपछि २२ दिनको आमरण अनशनमा बस्नुभएका चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जका प्रा डा गोविन्द केसीले आज अनशन तोड्नुभएको छ । दसौँ पटक आमरण अनशनमा बस्नुभएका उहाँको यो सबैभन्दा लामो अवधिको अनशन हो । उहाँले आफ्ना शुभेच्छु र सञ्चारकर्मीबीच भूकम्पमा परी आमा गुमाएका सिन्धुपाल्चोकका अढाइवर्षीया मर्साङ तामाङको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो ।अनशन तोडेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रा डा केसीले आफ्नो लडाइँ व्यक्तिविशेषका लागि नभई समग्र चिकित्सा शिक्षा र चिकित्सा सेवाको सुधारका लागि भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ राजनीतिक भागबन्डाका कारण उपकुलपतिलाई जोगाइराखेका छन् । उहाँको योग्यताको छानबिन गर्ने विषयमा सहमति भएको छ ।
More

डाक्टर केसीले आज अनसन तोड्ने

काठमाडौं । विगत २२ दिनदेखि अनशनरत डा गोविन्द केसीको अनशन तोडाउने सरकारी प्रयास हिजो शनिबार पनि सफल हुन सकेन । शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा दिनभर भएको वार्तामा पनि निष्कर्ष निस्किएन । चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा जेपी अग्रवालको नियुक्ति भइसक्दा पनि डा केसीले त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँको राजीनामामा अड्डी लिइरहनुभएको छ । दुवैतर्फका वार्ता टोलीले तयार गरेको १२ बुँदे सहमतिको मस्यौदा तयार भइसकेको र आज आइतबार सहमतिपत्रमा हस्ताक्षर हुने वार्तामा सहभागी डा जीवन क्षेत्रीले  जानकारी दिनुभयो । उहाँले हिजो राति अबेरसम्म भएको वार्तामा सबै विषयमा सहमति भएको र त्यसलाई आइतबार अन्तिमरुप दिने तयारी गरिएको
More

छाक टार्न मुसा सिकार

पथरी  । मुसाको बिज्याईबाट दिक्क नहुने सायदै कम होलान् । त्यस्तै फटाइँ गर्ने मुसालाई मारेर तरकारीको रुपमा छाक टार्ने तराईको केही जाति विशेष समुदायको पुरानै चलन हो । उनीहरु मुसाको मासु तरकारीको रुपमा खाने गर्छन् । मुसालाई आहार बनाउनकै लागि धेरै मेहनत गर्छन् । परम्पराकै रुपमा ती समुदायले मुसाको सिकार गर्छन् । सीमान्तकृत तथा अति विपन्न समुदायका मानिस मासु खाने प्रयोजनका लागि मुसाको सिकार गरेर तरकारीको गर्जो टार्ने गरेको पाइन्छ । गहुँ छर्ने तयारी भइरहेका खेतमा उनीहरु जान्छन् र मुसाको दुलो पत्ता लगाएर मुसो भएसम्म खनेर मार्छन् । मोरङको पथरी शनिश्चरेका सन्थाल जातिका पल्टाराम मुर्मु, गोपीलाल मुर्मु र पञ्चु हस्दा
More

१० किलो सुन बरामद

काठमाडौं । प्रहरीले बौद्धको फुलबारी क्षेत्रबाट तस्करी भइरहेको १० किलो सुन बरामद गरेको छ । गएराति गस्तीमा रहेको प्रहरी देख्नासाथ मोटरसाइकलमा सवार दुई व्यक्ति मोटरसाइकल छोडी भागेपछि जाँच गर्दा सो सुन बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिनुभयो ।बा ५५ प १७७२ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकलको भित्रि भागमा लुकाइराखेको अवस्थामा सो सुन भेटिएको हो । मोटरसाइकलमा सवार अभियुक्त र मोटरसाइकल धनीको सम्बन्धमा छानविन भइरहेको उहाँले जानकारी दिनुभयो ।प्रवक्ता कार्कीले भन्नुभयो, “बरामद सुन आइतबार राजस्व विभागको जिम्मा लगाउँछौं ।” बिस्कुटको आकारमा रहेको १० वटा टुक्रामा रहेको सो सुनको बजारमूल्य रु चार करोडभन्दा बढी पर्छ ।
More

मुटुरोगीको उपचारका लागि अर्थ सङ्कलन

बाबियाचौर । मुटुरोगबाट बिरामी भएकी बेनी नगरपालिका–२ की सात वर्षीया अरनिमा नेपालीको उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सुरु गरेको छ । रत्नेचौरको ज्ञानपुञ्ज प्राविमा कक्षा ३ मा पढ्ने नेपालीको मुटुमा प्वाल परेको छ । अभिभावकको कमजोर आर्थिक अवस्थाका कारणले उनको उपचारमा समस्या भएपछि कोषले सहयोग जुटाउन पहल थालेको हो । उनको हाल काठमाडौँस्थित गङ्गालाल हृदयरोग उपचार केन्द्रमा उपचार भइरहेको छ । मुटुको शल्यक्रिया गर्न रु चार लाख ५० हजार आवश्यक पर्ने चिकित्सकले बताएका छन् । शल्यक्रिया गरेमा उनको उपचार सफल हुने चिकित्सकको भनाइ छ । छोरीको जीवन बचाइदिन बुबा बुढे दमार्इं र आमा निशा नेपालीले अपिल गर्नुभएको
More

भारतीय राजदूत रेको कसरतपछि प्रचण्ड आश्वस्त

काठमाडौं । आफ्ना माग सम्बोधन नभएको भन्दै मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावप्रति असहमति जनाइरहेका बेला भारतीय राजदूत रन्जित रेले उनीहरु लचकता देखाउन तयार भएको भन्दै प्रधानमनत्री प्रचण्डलाई आश्वस्त गरेका छन् । शनिबार बिहान ब्रेकफास्टमा मोर्चाका पाँच शीर्ष नेतालाई बोलाएर उनीहरुको भावी रणनीतिबारे छलफल गरेका राजदूत रेले अपराह्न प्रधानमन्त्री प्रचण्डलाई भेटी मधेसीमोर्चाले लचकता देखाएको भन्दै तत्काल उनीहरुसँग वार्ता गर्न आग्रह गरेको समाचार छ ।रकै सुझाव अनुसार प्रचण्डले शनिबार साँझ मधेसी नेतासँग बैठक गरेपछि मोर्चाको सुरक्षित अवतरणका लागि दुवैतर्फबाट संशोधनमा सामान्य परिमार्जन गर्न सहमति भएको स्रोतले उल्लेख गरेको छ ।– अन्नपूर्ण पोष्टबाट
More