Daily Archives 7th December 2016

भण्डारी ब्रदर्श ग्रुपले जित्यो विजनेश अवार्ड

लन्डन । द एभरेष्ट इन नेवार्क रेष्टुरेन्टले सक्सेसफूल न्यू विजनेश अवार्ड प्राप्त गरेको छ । नेवार्क एडभरटाइजर मिडिया ग्रुपले आइतबार नेवार्कमा आयोजित एक विशेष समारोहमा उक्त अवार्ड प्रदान गरेको हो । सञ्चालन भएको एक वर्षमै अवार्ड जित्न सफल उक्त रेष्टुरेन्ट नेपाली तथा इन्डियन खानाका लागि प्रचलित छ ।रेष्टुरेन्ट सञ्चालक भण्डारी ब्रदर्श ग्रुपका प्रवन्ध निर्देशक कमल 
भण्डारीले अवार्ड प्राप्त गरेपछि आभार व्यक्त गर्दै सफलता पछाडि आफ्ना समस्त ग्राहक, कर्मचारी र शुभचिन्तकहरुको उल्लेख्य योगदान रहेको बताए ।भण्डारी ब्रदर्श ग्रुपले सञ्चालन गरेका अरु केही रेष्टुरेन्टले पनि बेलायतमा अवार्डसहित सफलता चुमिरहेका छन् । ग्रुपले बेलायतमा हस्पिटालिटी क्षेत्र बाहेक फाइनान्स र रेष्टुरेन्ट सामाग्री सप्लाइ पनि
More

बिरामीको मृत्युपछि अस्पतालमा झडप, तीन प्रहरी घाइते

रत्ननगर  । चितवन मेडिकल कलेजमा सुत्केरी गराउन ल्याइएकी एक महिलाको मृत्युका विषयमा आज अस्पतालमा झडप भएको छ । उपचारका लागि ल्याइएकी चितवनको भरतपुरस्थित कृष्णपुरकी २५ वर्षीया गर्भवती सुनिता गुरुङको उपचारका क्रममा यही मङ्सिर २० गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै स्थानीयले चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गर्र्दै आएका छन् । सो विषयमा यहाँ आज भएको झडपका क्रममा तीन प्रहरी र एक जना बिरामी कुरुवासहित चार जना घाइते भएका छन् । भीड तीव्र भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार झडपका
More

संविधान संशोधनको विषयमा पार्टीभित्र छलफल भएको हो : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विद्यमान राजनीतिक समस्याको निकास दिन दलबीच एकता आवश्यक रहेको बताउनुभएको छ । दश दिने जापान भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले देश सबै राजनीतिक पार्टीको भएकोले अहिलेको समस्यालाई निकास दिन सबै पार्टी एकजुट हुनुपर्ने बताउनुभयो । “हिमाल, पहाड र तराईका बासिन्दामा सहज वातावरण बनाउन दलहरु जिम्मेवार हुनुपर्छ,” उहाँले भन्नुभयो । संविधान कार्यान्वयन र तीनवटै तहको निर्वाचन सम्पन्न गर्न सबै दल जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । पछिल्लो समय संविधान संशोधनका कुरालाई लिएर विभिन्न खालका टिका टिप्पणी भएकोप्रति लक्षित गर्दै नेता पौडेलले शब्दको
More

संविधान संशोधन प्रस्ताव ‘म प्रधानमन्त्री हुँदासम्म फिर्ता हुँदैनः दाहाल

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताउनुभएको छ । दाङको राप्ती नदीमा सिसहनिया महदेवा जोड्ने पुलको शिलान्यास समारोहलाई आज देउखुरीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने र संसदीय प्रक्रियाभित्रै रहेर परिमार्जन हुनसक्ने बताउनुभयो । एमालेले तयार पारेको संशोधन प्रस्तावमा आफूले थोरै थपघट गरेर संशोधन प्रस्ताव ल्याएको भन्दै उहाँले एमालेले प्रस्तावको गलत प्रचार गरेको बताउनुभयो । उहाँले संविधान संशोधनको विरोधमा आन्दोलनरत दललाई आन्दोलन छाडेर सहमतिमा आउन अपिलसमेत गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो –“अहिले आन्दोलनरत एमालेले पनि गल्ती महसुस गर्नेछ, सरकारले हिमाल पहाड–तराई जोडेर एकताबद्ध गर्न खोजेको
More

घाममा बसेर परीक्षा

कञ्चनपुरको झलारीस्थित श्रीकृष्ण माविका विद्यार्थी बुधबार विद्यालयको चौरमा बसेर परीक्षा दिँदै । तस्बिर : राजेन्द्रप्रसाद पनेरु
More

८२ वटा दललाई एक–एक सय रुपैयाँ जरिवाना

आय–व्यय विवरण नबुझाएका कारण व्यवस्थापिका संसदमै रहेका दल कारवाहीमा परेका छन् । निर्वाचन आयोगले एक सय रुपैयाँ जरीवानासहित ३५ दिनभित्र आयव्यय बुझाउन ८२ दललाई सूचनामार्फत सचेत गराएको छ । आयोगले बार्षिक प्रतिवेदन, चित्तबुझ्दो भनाइ र आय–व्ययको विवरण नबुझाएका दलको सूची आज प्रकाशित गरेको हो । सचेत गराइएका दलमा केही संसदमा प्रतिनिधित्व गर्ने पनि छन् । महन्थ ठाकुर अध्यक्ष रहेको तराई–मधेस लोकतान्त्रिक पार्टी, राजकिशोर यादव अध्यक्ष रहेको फोरम गणतान्त्रिक पनि सय रुपैयाँ जरीवानामा परेको छ । सांसद कुमार खड्का र विसेन्द्र पासवान अध्यक्ष रहेका पार्टी पनि कारबाहीमा परेका छन् । आयोगले दर्ता भएका सबै दललाई आगामी दिनमा प्रचलित कानूनको म्यादभित्र आय–व्याय
More

सभापति देउवालाई भेट्न राजदूत रे बुढानीलकण्डमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि भारतका राजदूत रन्जित रेले भेटी नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेका छन् ।देउवाको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा उनले संविधान संशोधन र कार्यान्वयनका बारेमा जिज्ञासा राखेका थिए । रेले नेपालको शान्ति प्रक्रियामा भई रहेको प्रगतिबारे पनि सभापति देउवासँग चासो राखेका थिए । उनले असल छिमेकी भएकाले भारतले गर्दै आएको सहयोग जारी रहने भन्दै आफूहरुले समृद्ध नेपाल देख्न चाहेको बताएका थिए ।देउवाले भने नेपालका राजनीतिक दलहरुकै समझदारीमा संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए ।
More

आज पनि संसद् बैठक अवरुद्ध

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै आज पनि संसद् बैठक अवरुद्ध गरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेलगायत विपक्षी दलका सांसदले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध जनाउनुभएको थियो । संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने माग राख्दै प्रतिपक्षी दलले मङ्सिर १६ गतेदेखि संसद् बैठक अवरोध गर्दै आएको छ । आजको बैठक अवरोध गरेलगत्तै सभामुख ओनसरी घर्तीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई बोेल्नका लागि समय प्रदान गर्नुभयो । अध्यक्ष केसीले राष्ट्रिय, राष्ट्रियता र अखण्डतालाई अप्ठ्यारो पार्ने हिसाबले नागरिकता, भाषा आयोग, प्रदेशको
More

संशोधन प्रस्ताव फिर्ताको माग गर्दै बालुवाटारमा प्रदर्शन

काठमाडौं । संयुक्त युवा विद्यार्थीले संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेका छन् । बुधबार बिहान प्रदर्शनमा उत्रिएका उनीहरुले संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजान थालेको भन्दै संशोधन प्रस्ताव फिर्ताको माग गरेका हुन् । उनीहरुले ‘राष्ट्रघाती षडयन्त्रको भण्डाफोर गरौं’, ‘देश टुक्र्याउन पाइँदैन, संशोधन प्रस्ताव मान्दैनौं’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका भ्रातृ संगठनका कार्यकर्ताका अतिरिक्त संशोधन प्रस्तावको विरोध गर्दै आएका साना दलका कार्यकर्ताको उपस्थिति थियो । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै संयुक्त युवा विद्यार्थीले फिर्ताको मागसहित राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।
More

संविधान संशोधन प्रस्ताव पारित हुन्छ : निधि

चितवन । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव दुई तिहाइ मतबाट पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – संविधान संशोधन प्रस्तावको पक्षमा मधेसी मोर्चा आइसकेकोले मतदानमा सहभागी हुन्छ । संशोधन प्रस्ताव पारित नभए के हुन्छ भन्ने पत्रकारको प्रश्नमा उपप्रधानमन्त्री निधिले भन्नुभयो “प्रस्ताव पारित हुन्छ । नागरिकता, भाषा, सीमा, राष्ट्रियसभालगायतका विषयमा संशोधन आवश्यक भएकाले सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको हो ।” प्रस्ताव संसद्मा पेस भएपछि विशेष समितिमार्फत छलफल अगाडि बढाइने र परिमार्जन गरेरै भए पनि संशोधन प्रस्ताव पारित
More

सामाजिक सञ्जालबाट अपराध बढ्दो

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालबाट अपराध हुने सङ्ख्यामा वृद्धि आएको जनाएको छ । नेपालमा सामाजिक सञ्जालको विकाससँगै सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाएर अपराध गर्ने गरेको फेला पारेको हो । महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले अपरिचित व्यक्तिले आफ्नो मन नपरेको व्यक्तिको प्रतिष्ठालाई सिध्याउन अर्कोको नाममा नक्कली आइडी चलाउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “२० देखि ३० वर्ष उमेरका मानिस बढी साइबर अपराधमा सक्रिय भएका छन् ।” महाशाखामा दैनिक साइबर अपराधका पाँचदेखि सातवटा घटना दर्ता हुने गरेको छ । महाशाखामा दर्ता भएका घटनामध्ये ९० प्रतिशत फेसबुकबाट हुने रहेको
More

साउदी अदालतद्वारा पन्ध्र जनाविरुद्ध मृत्युदण्डको सजाय

रियाद । साउदी अरबको एक अदालतले इरानका लागि जासुसी गरेको आरोपमा विभिन्न १५ जना साउदी नागरिकलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०१३ मा इरानका लागि साउदी अरबमा रही गोप्य जानकारी दिएको आरोपमा पक्राउ परेका ३२ जना अभियुक्तमाथिको मुद्दामा सुनुवाई गर्दै १५ जनामाथि मृत्युदण्डको सजाय सुनाएको हो । त्यसैगरी अदालतले पक्राउ ३२ जनामध्ये १५ जनालाई छ महिना देखि २५ वर्षसम्मको फरकफरक जेल सजाय तोकेको छ भने दुई जनालाई निर्दोष भएको फैसला दिएको छ । पक्राउ परेका ३२ जनामध्ये अधिकांश अर्थात् ३० जना साउदी नागरिक रहेका थिए भने एक इरानी र एक अफगानी नागरिक थिए । अदालतले उक्त समूहलाई राज्यको
More

अध्यक्ष ओलीको पूर्वनिर्धारित चीनको कार्यक्रम रद्द

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले चीनमा हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा आफू भाग लिन जाने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेको छ । मुलुकमा विकसित राजनीतिक परिस्थितिका कारण उहाँले चीन जाने कार्यक्रम रद्द गर्नुभएको हो । चीनको हेवाइ प्रान्तमा यही बिहीबारदेखि हुने बजारसम्बन्धी मञ्चमा अध्यक्ष ओली जाने कार्यक्रम भए पनि व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयक दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमका कारण अब सो मञ्चमा पार्टीका महासचिव ईश्वर पोखरेलले भाग लिनुहुने पोखरेलका निजी सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सम्मेलनमा नेपालका अन्य दलका प्रतिनिधि तथा अर्थविद्ले पनि भाग लिने कार्यक्रम छ ।
More

संघीय समाजवादी पार्टीमा तीव्र ध्रुवीकरण, पार्टी छोड्नेको लर्को

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले वर्तमान समयमा संविधानमा रहेका अधिकारको संस्थागत एवं कार्यान्वयन गर्नुपर्ने संविधानविपरीत निर्णय गरेको भन्दै नौजना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । तीनकुनेस्थित फोरमको कार्यालयमा पुगेर मंगलबार नौ नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन् । यो घटनासँगै फोरममा तीव्र ध्रुवीकरणको संकेत पाइएको छ । तराई–मधेसमा अन्य मधेसवादी पार्टीबाट नेता–कार्यकर्ता भित्र्याउने अभियानमा लागेका अध्यक्ष उपेन्द्र यादव आफ्नै पार्टीका नेतालाई पार्टीमा राख्न भने असमर्थ बनेका छन् । वर्तमान समयमा संविधानमा प्राप्त उपलब्धि संस्थागत एवं कार्यान्वयन गर्दै आर्थिक समृद्धितिर जानुपर्नेमा पार्टी नेतृत्वले ध्यान नदिएको आरोप परित्याग गर्ने नेताहरूले लगाएका छन् । बहुल राष्ट्रियतायुक्त नेपालको
More

ममताको ‘शिरैफूल’मा पार्वतीको छमछमी (भिडियोसहित)

काठमाडौं । गायिका श्रोता तथा दर्शकमाझ ‘शिरैफूल..’ का साथ देखिएकी छन् । ‘ममता’ नामक गीति एल्बममार्फत नोपाली गायन क्षेत्रमा चिनिएकी ममताले आफ्नो पछिल्लो एल्बम ‘हाङ्मा’ मा समावेश ‘शिरैफूल’ बोलको गीतलाई भिडिायोमा सार्वजनिक गरेकी हुन् । राष्ट्रिय भावना बोकेको यस गीतको भिडियोमा चर्चित नृत्यांगना तथा मोडल पार्वती राईलगायतले अभिनय गरेका छन् । यस भिडियोलाई सुजन लामाले निर्देशन गरेका हुन् भने छायांकन फोटो पत्रकार नविनबाबु गुरुङले गरेका हुन् । विशेषगरी पुर्वेली लोक आधुनिक गीतमा पोख्त ममताले राष्ट्रिय भावनाको गीत गाएको यो पहिलोपटक हो । शिव संगम राईको शब्द तथा संगीत रहेको ‘शिरैफूल’ गीतमा नेपालप्रतिको माया र गौरव दर्साएको छ भने अर्कोतिर रोमान्टिक
More