Daily Archives December 8, 2016

त्काल निर्वाचनको मिति घोषणा गर : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो– मुलुकको सङ्क्रमणकाल टुग्याउन सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्दछ । अध्यक्ष ओलीले निर्वाचन गरेर सङ्घीय संसद्, प्रादेशिक संरचना र स्थानीय सरकार गठन भएपछि मात्र सङ्क्रमणकाल टुङ्गिन्छ भन्दै “अहिले सरकारको प्राथमिकता संविधान संशोधन गर्नुभन्दा देशको सङ्क्रमणकाल टुङ्ग्याउने हुनुपर्दछ, तर सरकारले जे गर्नुपर्ने हो त्यो गरेको छैन, जे नगर्नुपर्ने हो त्यो गरेको छ बताउनुभयो ।” सीमाङ्कनको संशोधन अहिलेको व्यवस्थापिका–संसद्ले गर्न नमिल्ने बताउँदै उहाँले अरुको स्वार्थका लागि सरकारले निर्वाचन गराउनतर्फ नलागेको आरोप लगाउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत
More

जयललिताको शोकमा ७७ जनाद्वारा आत्महत्या !

नयाँ दिल्ली । भारतको तमिलनाडु राज्यको सत्तारुढ दल अन्ना द्रविड मुनेत्र कषगम (एआइडीएमके) का अनुसार राज्यकी लोकप्रिय नेत्रृ तथा तत्कालिन मुख्यमन्त्री जयललिताको निधनपछि शोकाकुल ७७ जनाले आत्महत्या गरेका छन् । यसअघि जयललिताले आयभन्दा अधिक सम्पत्तिको सम्बन्धमा केही समय जेलमा बिताउँदासमेत कथित रुपमा केही प्रशंसकले आत्महत्या गरेको बताइन्छ । सो दलले जारी गरेको विज्ञप्तिअनुसार जयललिता अस्वस्थ्य भएको र उनको निधन भएको खबर सुनेपछि आत्महत्या गर्नेहरुको संख्या ७७ पुगेको छ । केन्द्रीय गुप्तचर संस्थाले भने जयललिताको निधनका कारण आफ्नो ज्यान दिनेको संख्या ३० पुगेको र आत्महत्याको प्रयास गर्नेको संख्या ४ रहेको जनाएको छ । तर एआइडीएमकेले जयललिताको निधनपछि शोकाकुल ७७ जनाले आत्महत्या
More

संसद अवरोध तत्कालन नहटने

काठमाडौं । व्यवस्थापिका संसदमा जारी अवरोध तत्काल नहट्ने संकेत देखिएको छ । संविधान संशोधन विधेयकविरुद्ध आन्दोलित नेकपा एमालेले सभामुखसमक्ष संशोधन प्रस्ताव फिर्ता नभएसम्म अवरोध कायम रहने अडान दोहो¥याएको छ । यता नेपाली काँग्रेसले भने संशोधन प्रस्ताव फिर्ता नहुने प्रष्ट पार्दै प्रस्ताव अघि बढ्न दिनु पर्ने धारणा राखेको छ । संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता भएपछि अवरुद्ध रहेको संसदको गतिरोध हटाउन सभामुख ओनसरी घर्ती मगरले प्रमुख दलका शीर्ष नेताहरुसंग गर्नुभएको छलफलमा एमालेले आफ्नो अडान दोहो¥याएको हो । सिहंदरबार स्थित सभामुखको कार्यालयमा भएको भेटमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद गतिरोध अन्त्यका लागि संविधान संशोधन प्रस्ताव फिर्ता
More

चार सय वर्षपछि जलविहीन रानीपोखरी

काठमाडौं । झन्डै चार सय वर्षपछि रानीपोखरी जलविहीन भएको छ । रानीपोखरीको पुनः निर्माण अघि बढाउन अहिले पोखरीको पानी सुकाइएको छ । पानी सुकाइएसँगै पोखरीमा रहेका माछा कमलपोखरीमा सारिएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले जानकारी दिनुभयो । अहिलेसम्ममा तीन हजार माछा सारिसकिएको छ । अब एक हजार माछा सार्न बाँकी रहेको अनुमान गरिएको छ । सबै माछा स्थानान्तरण गरिसकिएपछि केही दिनमा हिलो फाल्ने काम सुरु हुन्छ । विसं २०७२ वैशाख १२को भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र वरपर समेत क्षति पुगेको थियो । गत वैशाख दोस्रो सातादेखि सुरु गरिएको पुनःनिर्माणको आगामी भदौ १३ गते
More

माघदेखि आस्वा प्रणाली लागू हुने

काठमाडौं । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले अब आफ्नै खाता भएको बैंकबाटै सोझै लगानी गर्न सक्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याउन लागेको ‘आस्वा’(एप्लिकेसन सपोर्टेड बाइ बल्क्ड एमाउन्ट) प्रणालीले लगानीकर्तालाई आफ्नो खाता रहेको बैंकबाट नै सेयरमा सहज रुपमा लगानी गर्न मार्गप्रशस्त गर्न लागेको हो । बोर्डले आगामी माघ १ गतेदेखि सो प्रणाली लागू गर्ने भएको छ । यसबाट लामो लाइन बस्नुपर्ने, धितोपत्रको प्रमाणपत्र पाउन ७० दिनभन्दा बढी कुर्नुपर्ने र आफ्नै रकम प्राप्त गर्नसमेत लामो समय लाग्ने अवस्थाको समेत अन्त्य हुनेछ । भारतमा सन् २००८ मा सुरु भएको सो प्रणाली पूर्ण कार्यान्वयनमा आउन आठ वर्ष लागेको थियो । यहाँ
More

धरानमा रायो साग

पूर्वी पहाडी क्षेत्रमा उत्पादन गरिएको रायोको साग धरान बजारमा बेच्नका लागि राखिएको दृश्य । तस्बिर: याम प्रधान
More

पुनर्निर्माणमा बेल्जियमका राजाको चासो

लन्डन-बेल्जियमका राजा फिलिपे लिओपोडा लुइस मेरीले नेपालमा भूकम्पपछि पुनर्निर्माणमा भइरहेको प्रगतिबारे चासो राखेका छन्। राजा फिलिपेले बेल्जियमका लागि नवनियुक्त नेपाली राजदूत लोकबहादुर थापाको ओहदाको प्रमाणपत्र बुझ्दै उक्त चासो राखेका हुन् । राजदूत थापाले बुधबार रोयल प्यालेस ब्रसेल्समा आयोजित विषेश कार्यक्रमका माँझ ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए । ‘नेपालमा बढ्दै गएको युवा बेरोजगारी तथा भूकम्पपछिको नेपालको अवस्थाका बारेमा राजा चिन्तत भएको मैले पाएँ’, राजदूत थापाले भने– ‘राजाले नेपालको पछिल्लो समय निकै छिटोछिटो राजनीतिक परिवर्तन हुने गरेको र बेरोजगारीको अवस्था कम गर्न आर्थिक विकास हुनु पर्नेमा जोड दिएका थिए ।’ ओहदाको प्रमाणपत्र बुझ्दै राजाले नेपाल विश्वकै एक मात्र सुन्दर देश भएको बताउँदै
More

काँग्रेसले पुस १५ सम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको महाधिवेशन भएको १० महिना बितिसक्दासमेत पाँच जिल्लाको अधिवेशन हुन बाँकी छ । केही जिल्लामा विवाद देखिएपछि तत्कालीन समयमा काँग्रेसको १३ औँ महाधिवशेन २०७२ फागुन २१ देखि २३ गतेसम्म राजधानीमा भएको थियो । तर त्यसयता झन्डै १० महिनासम्म पनि ती जिल्लाको अधिवेशन नभएपछि केन्द्रीय निर्वाचन समितिले आगामी पुस १५ गतेसम्म निर्वाचन हुन बाँकी जिल्ला र निर्वाचन क्षेत्रको निर्वाचन गर्न निर्देशन दिएको छ । समिति सचिव डा प्रदीप पराजुलीले विज्ञप्तिमार्फत निर्वाचन हुन बाँकी जिल्लाहरु सिरहा, धनुषा, महोत्तरी, पर्सा र डोल्पा तथा धनुषाको निर्वाचन क्षेत्र नं ५ को निर्वाचन पुस १५ भित्र
More

निर्वाचन गराउन संविधान संशोधन : देउवा

काठमाडौं ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका तीनवटै तहका निर्वाचन सम्पन्न गर्नका लागि संविधान संशोधनको प्रस्ताव आएको बताउनुभएको छ । साझा प्रकाशनद्वारा प्रकाशित तथा काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित कविता सङ्ग्रह ‘प्रतिज्ञाको पहाड’ को आज यहाँ लोकार्पण गर्दै सभापति देउवाले मुलुकमा शान्ति, निर्वाचन र संविधान कार्यान्वयनका लागि संशोधन ल्याइएको बताउनुभयो । सभापति देउवाले भन्नुभयो – “समयमा निर्वाचन हुन्छ र संविधान कार्यान्वयन हुन्छ भने तराई र पहाडका केही जिल्ला यता उता हुँदैमा केही हुँदैन, यसमा नेकपा (एमाले)ले पनि सहयोग गर्ने मेरो विश्वास छ ।’’ उहाँले देशको राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा संशोधनले कुनै असर नपार्ने तराई र पहाडका जनताबीच नचाहिँदो
More