Daily Archives December 10, 2016

यूरोपियन कांग्रेसको कुम्भ मेला फ्रयांकफोर्टमा

फ्रयांकफोर्ट । नेपाली कांग्रेसको यूरोपस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको भेला आइतबारदेखि सुरु हुने भएको छ । जर्मनीको फ्रयांकफोर्डको होस्ट होफमा आयोजना हुने उक्त भेला दुई दिनसम्म चल्ने नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्काले जानकारी दिए । समितिको १० औं बार्षिकोत्सवको अवसर पारेर आयोजना हुने भेलामा पार्टी गतिविधिलाई यूरोप क्षेत्रमा सशक्त रुपमा विस्तार गर्न तथा संस्थागत संरचनाबारे धारणा बनाउने बताइएको छ । भेलामा यूरोपस्थित १४ देशका प्रतिनिधि सहभागी हुने भेला तयारी समितिका संयोजक लोकमणी ढकालले ेजनाए । गैरआवासीय नेपाली संघको अभियानलाई समेत अझ प्रभावकारी बनाउने बिषयमा छलफल गर्नका लागि जनसम्पर्क समिति यूरोपले बिभिन्न राष्ट्रिय समितिका सभापतिहरु, महाअधिवेशन प्रतिनिधिहरु तथा
More

११ दिनदेखि ५ नम्बर प्रदेशमा आन्दोलन जारी

बुटवल । प्रदेश नं ५ बाट पहाडी जिल्लालाई अलग गराउन सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा ११औं दिन आज(शनिबार) पनि पाल्पा र गुल्मी जिल्ला बन्द कायमै छ । अनिश्चितकालिन बन्दले गर्दा यी जिल्लाकोे जनजीवन कष्टकर बन्दै गएको छ । बन्दका कारण जिल्लाका सबै बजार, उद्योग तथा कलकारखानालगायत यातायात सेवा ठप्प भएको छ । आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिविसको कार्यालय अगाडि धर्ना दिने र फरक फरक प्रकृतिका प्रदर्शन गरेर विरोध जनाउँदै आएका छन् । संसदमा दर्ता गरिएको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म बन्दको कार्यक्रम यथावत् राख्दै धर्ना र प्रदर्शन अझ सशक्त बनाउँदै लैजाने संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले जनाएको छ
More

पूर्वयुवराज्ञीद्वारा विद्यालय भवन शिलान्यास

गोरखा । पूर्वयुवराज्ञी हिमानी शाहले पालुङटारस्थित भवानी माविको भवन शिलान्यास गर्नुभएको छ । ‘गोरखा भूकम्प’ ले क्षति पु-याएको विद्यालय भवन पुनःनिर्माणको जिम्मा हिमानी ट्रस्ट नेपालले लिएको हो । ट्रस्टले करिब रु तीन करोडको लगानीमा १६ कोठाको भवन निर्माण गर्ने तयारी गरेको विद्यालयका प्रअ ओजराज गिरीले जानकारी दिनुभयो । जापानी बुद्धिस्ट एसोसिएसनको आर्थिक सहयोगमा ट्रस्टले भवन निर्माण गर्न लागेको हो । भवन शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा पनि उपस्थित हुनुहुन्थ्यो ।
More

कर्णालीको जुम्लामा पहिलो पटक बृहत् साहित्य सम्मेलन

जुम्ला । कर्णालीको जुम्लामा शुक्रबार पहिलो पटक बृहत् साहित्य सम्मेलन सम्पन्न गरिएको छ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले आफ्नो २२ आँै स्थापना दिवसको अवसरमा पहिलो पटक जुम्लामा बृहत् साहित्य सम्मेलन गरेको हो । सम्मेलनमा दर्जनाँै साहित्यकार तथा स्रष्टाले मुक्तक, गजल, लघुकथा, कविता वाचन गर्नुका साथै साहित्यसम्बन्धी अनुभव आदानप्रदान गरेका थिए । साहित्य सम्मलेनमा खसिया आखार जुम्लाका प्रधानसम्पादक रमानन्द आचार्यले जीवनको ७० औँ वसन्त पछि खलङ्गामा साहित्य सम्मेलन हुनु ऐतिहासिक क्षण भएको बताउनुभययो । यसले यहाँको भाषा, साहित्य, संस्कृति, कला र विज्ञानको संरक्षणमा सघाउ पु¥याउने विश्वास रहेको प्रधानसम्पादक आचार्यको भनाइ थियो । सम्मेलन कार्यक्रमका अध्यक्ष तथा नेक्राविसंका केन्द्रीय सदस्य महेश नेपालीले
More

विश्वकै सबैभन्दा धेरै तौल भएकी महिलाको शल्यक्रिया

नयाँ दिल्ली । ‘विश्वकै सबैभन्दा बढी वजन’ भएकी इजिप्टकी महिला शल्य चिकित्साद्वारा तौल घटाउन आगामी हप्ता भारतको पश्चिमी सहर मुम्बई आउने भएकी छिन् । भारतीय शल्य चिकित्सक मुफाजल लाकदवालाले इजिप्टकी ५०० किलोग्राम (करिब एक हजार एक सय पाउन्ड) तौल भएकी इमान अहमद अब्देल अतिको शल्यक्रियाको खर्च चिकित्सक आफैले बेहोर्ने गरी उपचार गर्ने प्रस्ताव गरेपछि उहाँ भारत आउनुभएको हो । छत्तीस वर्षीया अब्देल अति विगत २५ वर्षदेखि आफ्नो घरबाहिर ननिस्केको उहाँकी बहिनीले बताउनुभएपछि लाकदवालाले उहाँको उपचारका लागि इच्छा प्रकट गर्नुभएको बताइएको छ । उहाँ सानो छँदा हात्तीपाइले भएको र यसैका कारण उहाँको तीघ्रा तथा शरीरको अन्य भाग सुनिएर ठूलो भएको थियो
More

बाबुराम–उपेन्द्र मनमुटावरहित सम्बन्ध

काठमाडौं । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव फरक–फरक राजनीतिक दलसँग आबद्ध छन् । भट्टराई माओवादी राजनीति छाडेर नयाँ शक्ति नेपालको संयोजक छन् भने मधेस आन्दोलनबाट स्थापित बनेका यादव संघीय समाजवादी फोरमका अध्यक्ष छन् । भट्टराई र यादवले एकै किनारको तर दुई धारको राजनीतिक स्कुलबाट राजनीति करिअर सुरु गरेका हुन् । एकै किनार अर्थात् माक्र्सवादी चिन्तन दुवैको राजनीतिक स्कुल हो । बाबुराम र उपेन्द्रको राजनीतिक धार अहिले एउटै बनेको छ । नयाँ शक्तिका नेता रामकुमार शर्माको बुझाइमा यी दुई नेताले अहिले समातेको मुद्दा भनेको संघीयता र आर्थिक मुद्दाको प्रस्टता नै हो । दुवै नेताले कम्युनिस्ट धारबाट राजनीति सुरु गरे पनि
More

अंगीकृत नागरिकतामा नेपाल दक्षिण एसियामै सबैभन्दा लचिलो

काठमाडौं । दक्षिण एसियाली राष्ट्रमा वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने मामलामा नेपालको संविधान सवैभन्दा लचिलो देखिएको छ । अन्य राष्ट्रले आफ्नो नागरिकसँग विदेश महिला विवाह गरेको निश्चित समयभित्र मात्रै अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधान राखे पनि नेपालले भने त्यस्तो कुनै छेकबार राखेको छैन । दक्षिण एसियामा नेपाल एउटा मात्र त्यस्तो देश हो जहाँ विदेशी महिलाले नेपाली पुरूषसँग विवाह गरेलगत्तै नागरिकताका लागि प्रक्रिया अघि बढाउन पाउँने भएको छ । ‘वैवाहिक अंगीकृत नागरिकताका लागि निश्चित समय तोक्नुको खास अर्थ हुन्छ तर हामीकहाँ त्यस्तो कुनै व्यवस्था छैन,’ पूर्व कानुनमन्त्री अग्नी खरेलले भने,‘कुनै चिज परिपक्क हुन पनि समय चाहिन्छ । अंगीकृत नागरिकता पाउन सम्बन्धित
More