Daily Archives December 11, 2016

लन्डन दूतावासमा जे देखीयो (भिडियो)

लन्डन । बेलायतस्थित नेपाली दूतावासले आइतवार एक रिसेप्सनको आयोजना गरेको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले महारानी समक्ष ओहदाको प्रमाणपत्र पेशको अवसरमा आयोजित कार्यक्रममा बेलायतस्थित नेपाली समूदायको उल्लेख्य उपस्थिती थियो । कार्यक्रममा राजदूत डा. सुवेदीले बेलायत नेपाल सम्बन्धको २ सय बर्षगाँठ समारोहको बारेमा आफ्ना भनाइहरु राखेका थिए । फोटो/ भिडियो – बिरेन्द्र श्रेष्ठ
More

यूरोपियन कांग्रेसको भेला फ्रयांकफोर्टमा शुरु (फोटो / भिडियो फिचर)

फ्रयांकफोर्ट । नेपाली कांग्रेसको यूरोपस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको भेला आइतबारदेखि सुरु भएको छ । भेलाको उद्धघाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे गरे । नेपाली जनसम्पर्क समिति यूरोपका कार्यवाहक सभापति पूर्ण हमालको सभापतित्वमा शुरु भएको कार्यक्रममा जनसम्पर्क समिति जर्मनीका निवर्तमान सभापति विजय मोक्तानले स्वागत मन्तब्य दिए । कार्यक्रमको संचालन महामन्त्री गंगाधर गौतमले गरेका छन् । भेलाको सफलताको लागि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शुमकामना सन्देश पठाएका छन् । सन्देसमा देउवाले मुलुक गम्भिर राजनीतिक परिवेशबाट गुज्रिरहेको बताउँदै पार्टीका सबै सांगठानीक संरचनाहरुलाई चनाखो रहन आग्रह गरेका छन् । फ्रयांकफोर्डमा आयोजना भएकाे भेला दुई दिनसम्म चल्ने भेलामा सहभागी हुन् यूरोपस्थित
More

किन गरियो प्रहरी चौकीमाथि आक्रमण ?

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–१३ स्थित नयाँबस्तीमा रहेको प्रहरी बिटमा आइतबार स्थानीय बासिन्दाले आक्रमण गर्दा १० जनाभन्दा बढी प्रहरी घाइते भएका छन् । मदिरा सेवन गरी ट्याक्सी चलाएको आरोपमा पक्राउ परेका ट्याक्सीचालक राजु लामाको मृत्यु भएको भन्दै स्थानीयबासीले नयाँबस्तीको महानगरीय प्रहरी बिटमा अन्धाधुन्द आक्रमण गरेका हुन् । आक्रोशित भीडले प्रहरी बीटको पार्किङमा रहेको प्रहराको चारओटा मोटरसाइकलमा आगजनी गर्नुका साथै बिटमा रहेका प्रहरीमाथि पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेका थिए । साथै, उनीहरुले ड्युटीमा रहेका प्रहरीमाथि लाठी प्रहार गर्दा केही प्रहरी घाइते भएका छन् । असई विद्याधर चौधरीको नेतृत्वमा सातजनामात्र प्रहरी सो बिटमा रहेकोमा स्थानीयको आक्रमणबाट सई सन्दीप नापितको नाक
More

निर्वाचनका लागि संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको तयारी नगरेर संविधान संशोधनको कुरा ल्याएको बताउनुभएको छ । अनेरास्ववियुले आज यहाँ ‘महिला हिंसा अन्त्यका लागि साझा प्रतिबद्धता, संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता’ विषयको विचारगोष्ठीमा उहाँले निर्वाचन तयारी नगरेर सरकारले बिना कारण संशोधनको कुरा उठाएको बताउनुभयो । उहाँले संविधान संशोधन अन्यका लागि नभई निर्वाचनका लागि गर्न सकिने धारणा राख्नुभयो । “कुन धाराले निर्वाचन गर्न दिएन । त्यो धारा संशोधन गरेर निर्वाचन गर्न बाधा फुकाऔँ”–उहाँले भन्ननुभयो, “तर देशलाई आँच आउने खालको कुरालाई संशोधन गर्न सकिन्न ।” उहाँले राष्ट्रिय स्वाधीनता, एकता, लोकतन्त्र र देशलाई समृद्धितर्फ लैजाने कुरामा तलमाथि हुन नदिने भन्दै
More

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सिंहदरबारस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज भएको भेटपछि नेपाली काँग्रेसका सभापति देउवाले पछिल्लो समयमा दलबीच विश्वासको सङ्कट आएको हुँदा सहमति र सहकार्यबाट समस्याको समाधान खोज्नुपर्ने विषयमा कुरा भएको बताउनुभयो । संविधान संशोधनको विषयमा असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् अवरुद्ध गर्दै आइरहेको छ । सोही विषयलाई लिएर भेटमा सभापति देउवाले सहमति र सहकार्यबाट अघि बढ्नुपर्नेमा जोड दिएको बताउनुभयो । नेकपा (एमाले) नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले दुई दलका शीर्ष नेताबीच समसामयिक विषयमा सौहार्द्रपूर्ण र सकारात्मक छलफल
More

भक्तपुर व्यापार मेला

भक्तपुरमा शुक्रबारदेखि सुरु भएको छ दिने अन्तर्राष्ट्रिय व्यापार मेलामा काठका मूर्ति बनाउँदै कलाकार । तस्बिर : रमेश गिरी
More

पच्चीस किलोको एउटै लौका

धनगढी । तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा पाँच, आठ वा दश किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् । तर यहाँका एक किसानको बारीमा २५ किलोको एउटा लौका फलेको छ । धनगढी वसन्त टोलका लालितमान सोपको बारीमा यति ठूलो लौका फलेको हो । केही दिनदेखि यहाँ जारी सुदूरपश्चिम महोत्सव अन्तर्गत कृषि प्रदर्शनी स्टलमा राखिएको यो लौका हेर्नेको भीड लाग्ने गरेको प्रदर्शनी कक्षका किसान बालकुमार रानामगरले बताउनुभयो । स्थानीय जातको यो गोलो लौकाको बोटमा कम्पोष्ट मल प्रयोग गरिएको बताइएको छ । यति ठूलो लौका फलेको देख्दा आफूलाई अनौठौ लागेको लौका अवलोकन गरिरहनुभएका स्थानीयवासी हरिश जोशीले बताउनुभयो । महोत्सवस्थलमा प्रदर्शनका
More

प्रधानमन्त्री दाहाल र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज विहान भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो । दाहालले भेटमा संविधान संशोधन विधेयक, प्रतिपक्षद्वारा जारी संसद अवरोध लगायत विषयमा राष्ट्रपतिलाई जानकारी गराएका छन । भेटमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई आगामी २०७४ माघसम्ममा तीन तहका निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेको स्मरण गराउँदै संविधान संशोधनमार्फत असन्तुष्ट पक्ष र समूहका माग सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन सरकार प्रयासरत रहेको जानकारी गराएका थिए । संविधान संशोधन प्रस्तावविरुद्ध प्रमुख प्रतिपक्षी एमाले सहितका दलले आन्दोलन घोषणा गरेको भन्दै प्रधानमन्त्रीले दलहरुबीच सहमति कायम गर्न राष्ट्रप्रमुखका
More

बस दुर्घटनामा पाँचको मृत्यु

पाँचथर । तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडक खण्ड अन्तर्गत गढीभिरमा आज बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी २३ जनाभन्दा बढी यात्री घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकको सनाखत हुन सकेको छैन । धरानबाट तेह्रथुमको औंसीडाँडातर्फ आउँदैै गरेको ना ४ ख २८६५ नंको बस गढीभिरको सडकबाट करिब दुई सय मि तल खसेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र र स्थानीयवासीले घाइतेको उद्धार गरिरहेका छन् ।
More

गुल्मी बन्द बाह्रौ दिन पनि जारी

तम्घास । सरकारले संसदमा संशोधन प्रस्ताव दर्तागरि प्रदेश नम्वर पाँचवाट गुल्मी जिल्लालाई टुक्राउन लागेको बिरोधमा आव्हान गरिएको अनिश्चितकालीन गुल्मी बन्दको बाह्रौ दिन आज पनि बन्द यथावत छ । बन्दका कारण जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखाना लगायत यातायात सेवा समेत ठप्प छन् आन्दोलनकारीहरुले आज विहानैदेखि जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालयमा धर्ना जारी राखेका छन् । संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले दिनहुँ जिल्ला सदरमुकाम तम्घासमा फरक फरक प्रकृतिका प्रदर्शनहरु गर्दै आन्दोलनलाई थप शसक्त बनाउँदै लगेको छ । संयुक्त आन्दोलन परिचालन संघर्ष समितिको आयोजनामा आज सदरमुकाम तम्घासमा मानव साँङ्लो प्रर्दशन गरिने संघर्ष समितिका संयोजक भुवन प्रसाद श्रेष्ठले बताएका छन् ।
More