Daily Archives December 12, 2016

८ बुँदे घोषणापत्र जारी गर्दै कांग्रेस यूरोप भेला सम्पन्न

फ्रयांकफोर्ट (जर्मनी) — नेपाली कांग्रेस भातृसंस्था नेपाली जनसम्पर्क समिति यूरोप क्षेत्रको २ दिन भेला ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सोमवार फ्रयांकफोर्टस्थित होक्टरर्स होफ होटलमा आयोजित भेलापछि जारी गरिएको घोषणा पत्रमा संविधान संशोधन लगायतका विषयमा सामाजिक सञ्जालबाट कांग्रेसविरूद्ध सुनियोजित प्रहार भइरहेको भन्दै त्यसविरूद्ध एकढिक्का भएर प्रतिरोध गर्ने निर्णय गरिएको छ। घोषणा पत्रमा संविधान संशोधन लगायतका विषयमा सामाजिक सञ्जालबाट कांग्रेसविरूद्ध सुनियोजित प्रहार भइरहेको भन्दै त्यसविरूद्ध एकढिक्का भएर प्रतिरोध गर्ने निर्यण गरेको छ। ‘मधेस आन्दोलन तथा संविधानप्रति असन्तुष्ट पक्षलाई समेट्ने उद्देश्यले नेपाली कांग्रेसले अगाडि सारेको राजनीतिक मार्गदिशालाई लिएर नेपाली कांग्रेस तथा पार्टी नेतृत्वबिरुद्ध नियोजित रुपमा सामाजित सञ्जालमा भैरहेको आक्रमणप्रति यो
More

नायिका पार्टी प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष कमल थापा र चर्चित नायिका रेखा थापा । तस्बिर रोशन सापकोटा
More

तीन ठूला दल मिलेर समाधान खोज्नुपर्छ: पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रक्रियामा देखिएको विवाद तीन ठूला दल मिलेर समाधान खोज्नुपर्ने बताउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको नयाँ बन्ने भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो – संविधान संशोधन विधेयक दर्ता भइसकेकाले यसलाई सबै मिलेर टुङ्ग्याउन सक्नुपर्दछ । नेता पौडेलले संविधान संशोधन दर्ता गर्दा ५ नम्बर प्रदेशमा केही तलमाथि परेको विषयलाई लिएर आन्दोलन गारिरहनुभन्दा पनि एमालेले वार्ता र संवादको बाटो खोज्नुपर्नेमा जोड दिनुभयो । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो भवनले सहयोग पुरियाउने पनि उहाँले बताउनुभयो । सो अवसरमा सांसदद्वय टुकराज सिग्देल र रामचन्द्र पोख्रेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पवनजङ्ग
More

संशोधन प्रस्तावलाई लिएर मधेसी मोर्चामा मतभेद

काठमाडौं । संविधान संशोधन गर्न सरकारलाई दवाब दिइरहेको मधेसी मोर्चामा विवाद चुलिएको छ । मोर्चा सहित संघीय गठबन्धनका संयोजक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब र नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइले संयुक्त रुपमा विज्ञप्ती निकालेपछि मोर्चामा विवाद बढेको हो । यही विवादका कारण संघीय समाजवादी फोरम र मधेश केन्द्रित अन्य राजनीतिक दलबीचको गठबन्धन फुट्न सक्ने बताइएको छ । यथास्थितिमा संसदमा दर्ता भएको संशोधन विधेयकलाई समर्थन गर्ने र नगर्नेबीच उनीहरुबीच देखाउटी मनमोटाव भए पनि भित्री राजनीति अरु नै भएको विश्लेषकहरु बताउँछन् । संघीय समाजवादी फोरमबाहेक अन्य मधेशी दलहरु एक ठाउँमा उभिएका छन् । उनीहरु गत साता भारतीय दूतावासको लन्च
More

प्रस्ताव फिर्ता लिए सहमति हुन्छ: अध्यक्ष ओली

नेपालगन्ज । नेकपा ९एमाले०का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानका नाममा जनता अल्मल्याउने र उनीहरुलाई अन्धकारमा राखी राजनीति गर्नेहरुले मुलुक बिगारेको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “वर्गका नाममा पार्टी खोल्ने अनि जातीय राजनीति गरेर नेपाली–नेपालीबीच द्वेष पैmलाउने नेताहरुकै कारण मुलुक राजनीतिको भुमरीमा फस्दै गएको हो ।” अब राजनीतिक सहमतिको बाटो के हुन सक्छ रु भन्ने पत्रकारको प्रश्नको जवाफमा उहाँको छोटो जवाफ थियो – “संविधान संशोधन प्रस्ताव फिर्ता लिए सहमति हुन्छ ।” अध्यक्ष ओलीले भन्नुभयो –“जनता हिमाल, पहाड र तराई छुट्याउन चाहँदैनन् । अनि किन तराईलाई पहाडबाट अलग गर्ने प्रस्ताव
More

सहयोग हस्तान्तरण

म्याग्दीको भगवती–८ सिजल गाउँका आगलागी पीडित कुलबहादुर भण्डारीका परिवारलाई बेलायतमा बसोबास गर्दै आएका म्याग्दीवासीले सङ्कलन गरेको रु एक लाख ६५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिँदै । तस्बिरः कमल खत्री
More

रक्सौल परवानीपुर प्रसारण लाइनमा अवरोध

काठमाडौं । रक्सौल परवानीपुर प्रसारण लाइनको स्तरोन्नति कार्यमा केही स्थानीय राजनीतिक दलले अवरोध गरेको पाइएको छ । मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी क्षमताको उक्त प्रसाराण लाइन निर्माणमा राजनीतिक स्वार्थसहितको अवरोध भएको र त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रहरी प्रशासनले समेत सहयोग नगरेको ऊर्जामन्त्री जनार्दन शर्माको भनाइ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित ऊर्जा चुहावाट नियन्त्रण विषय बैठकमा ऊर्जामन्त्री शर्माले भन्नुभयो – ‘‘तत्काल ५० मेगावाट विद्युत् आयात गर्ने लक्ष्यका साथ निर्माण भइरहेको सो आयोजनामा अवरोध भएको छ । पटक पटक स्थानीय प्रहरी प्रशासनलाई आग्रह गर्दासमेत समस्या समाधान हुन सकेको छैन
More

नायिका थापा राप्रपा प्रवेश

काठमाडौं । चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमबीच राप्रपा अध्यक्ष कमल थापाले नवप्रवेशी थापालाई टीका र माला लगाएर स्वागत गर्नुभयो । आफूले चार वर्षदेखि विभिन्न राजनीतिक पार्टीको अध्ययन गरिरहेको र राप्रपासँग भावना मिलेकाले पार्टी प्रवेश गरेको नायिका थापाले बताउनुभयो । राजनीतिक हिसाबले पहिलो र अन्तिम घर नै राप्रपा भएको बताउने थापाले अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता नलिएको खुलासा पनि गर्नुभयो । “म हिन्दू नारी हुँ, राष्ट्रवादी केटी भएकाले आफ्नो विचार राप्रपासँग मेल खाएकाले लागेकी हुँ, निकै ‘एक्साइटेड’ र हर्षित छु,”– उहाँले भन्नुभयो । आफूले खेलेको नेपाली चलचित्र दुर्गा, काली र चम्पाजस्ताको
More

एनआरएन नेतृत्वको भारी बोक्न तयार छु – एनआरएन उपाध्यक्ष, कुमार पन्त

फ्रयांकफोर्ट । मुलुककै सबैभन्दा पुरानो र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेससँग आवद्ध साथीहरुलाई जर्मनीमा स्वागत गर्न पाउँदा मलाई खुशी लागेको छ। गैरआवासीय नेपाली संघ र नेपाली जनसम्पर्क समितिको सुरुवात सँगसँगै जस्तो भएको थियो। महामानव विश्वेश्वर प्रसाद कोइरालाको अगुवाइमा नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको विषय कसैबाट छिपेको छैन। त्यस्तै एनआरएन अभियानले यो उचाई हाँसिल गर्नुमा पनि जनसम्पर्कमा आवद्ध साथीहरुको सुझबुझ र सहभागिताको महत्वपूर्ण योगदान छ। एनआरएनएमा भएका प्रत्येक चुनाबमा जनसम्पर्क समिति मेरा लागि सधैँ प्रेरणाको स्रोत रहँदै आएको छ। एनआरएनभित्र कुनै न कुनै भूमिकामा रहेर झन्डै डेढ दशकदेखि जिम्मेवारीको भारी बोक्दै आएको मलाई तपाइँहरुको मार्गदर्शन, साथ र सहयोगले अघि बढ्न थप
More