Daily Archives December 17, 2016

२०७३ को मोतिलाल सिंह शोधपत्र छात्रवृत्ति श्रुती श्रेष्ठलाई प्रदान

नेपाल अध्ययन केन्द्र बेलायत (सिएनएसयुके)ले यसै बर्ष स्थापना गरेको मोतिलाल सिंह स्नातोकत्तर शोध छात्रवृत्ति त्रिभुवन विश्वविद्यालयमा सोसल ओर्क विषयमा विषयमा अध्ययन गर्ने छात्रा श्रुती श्रेष्ठलाई प्रदान गरिएको छ । भूतपुर्व गोर्खाको बसाइँसराइ, बुढ्यौली र मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनगरी शोधपत्र तयार गर्न उनलाई यो छात्रवृत्ति प्रदान गरिएको हो । उक्त छात्रवृत्तिमा रू ५०,००० नगद साथै स्नातकोत्तर तहको गुणस्तरीय शोधपत्र लेख्नको लागि नेपाल अध्ययन केन्द्रको तर्फबाट प्राज्ञिक परामर्शसमेत समावेश छ । यलमाया केन्द्र, पाटन ढोकामा आयोजित एक प्राज्ञिक समारोहमा केन्द्रका सल्लाहकार अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डेविड गेल्नरले उक्त छात्रवृत्ति रकम र प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । केन्द्रको तर्फबाट उक्त छात्रवृत्तिको संयोजन गर्दै आउनु
More

नेपाल बारे ओवामाको “बोल्ड” निर्णय

अमेरिकाले नेपाललाई दिएको व्यापार ग्राह्यता कार्यक्रम लागू हुने भएको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका लागि ट्रेड प्रिफरेन्स (व्यापार ग्राह्यता) कार्यक्रम सिर्जना गर्ने ट्रेड फेसिलिटेसन एन्ड ट्रेड इन्फोर्समेन्ट एक्ट अफ २०१५ (टिएफटिइए) अर्थात् २०७३ सालको व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनमा बिहीबार हस्ताक्षर गरेपछि नेपालले व्यापार ग्राह्यता पाउने निश्चित भएको हो। ट्रेड फेसिलिटेसन एन्ड ट्रेड इन्फोर्समेन्ट एक्टले निश्चित गलैंचा, शिरपोस, सल, स्कार्फ र भ्रमण सामग्रीलगायत खास मापदण्ड पूरा गरेका नेपालबाट आयात हुने दर्जनौँ वस्तुलाई आधिकारिक रूपमा भन्सारछुट सुविधा प्रदान गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ। नेपाल कार्यक्रमलाई १० वर्षका निम्ति स्वीकृत गरिएको भन्दै दूतावासले २०७२ वैशाखको विनाशकारी भूकम्पले गरेको
More

संविधानको रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा : सिंह

नेपालमा प्रजातन्त्र र लोकतन्त्र स्थापित गराउन उल्लेखनीय योगदान पु-याएका चार प्रजातान्त्रिक योद्धालाई सम्मान गरिएको छ । गणेशमान सिंह केन्द्रद्वारा शनिबार स्व सर्वाेच्च नेता गणेशमान सिंहको १०१ औँं जन्मदिवसको अवसरमा आयोजित “लोकतन्त्रको संस्थागत विकास र गणेशमान सिंह” विचार गोष्ठी कार्यक्रममा सम्मानित हुनुहुनेमा मार्सलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ, श्यामलाल श्रेष्ठ र शिवगोपाल रिसाल रहेका छन् । ती पुराना राजनीतिकर्मीलाई सम्मान गर्दै नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले दोस्रो संविधानसभाबाट प्राप्त भएको संविधानलाई रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए । काँग्रेसकै नेतृत्वमा जारी भएको संविधानको रक्षार्थ जस्तोसुकै निर्णय लिन पार्टी तयार हुनुपर्नेमा उनको जोड रहेको थियो । विसं २०७४ माघभित्र विभिन्न
More

प्रचण्डको स्पष्टीकरण,“व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाए”

प्रधानमन्त्री पुष्पकमल दाहालले नेताको हकमा व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाउने आफ्नो पार्टीको नीति भएकाले सम्पत्ति विवरण कम देखिएको स्पष्ट पार्नुभएको छ । वर्तमान मन्त्रीमण्डलमा प्रधानमन्त्रीसहित उहाँको पार्टी नेकपा (माओवादी केन्द्र)का तर्फबाट मन्त्रीहरुको सार्वजनिक भएको सम्पत्ति विवरणबारे आलोचना भइरहेका बेला प्रधानमन्त्री दाहालले यस्तो स्पष्टोक्ति दिनुभएको हो । “व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाउने नीति भएकाले कम सम्पत्ति देखिएको हो, अहिले मैले जे उपभोग गरेको छु, त्यो सबै पार्टीको हो, मैले व्यक्तिगत सम्पत्ति कहिल्यै जोडिनँ” – नेपाल टेलिभिजनको सिधा कुरा प्रधानमन्त्रीसँगको कार्यक्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो । प्रधानमन्त्री दाहालले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई छलफल र सहमतिका आधारमा पारित गरिने बताउनुभयो । प्रस्तावित प्रदेशमा केही
More