Daily Archives 20th December 2016

संविधान र संघीयता दुर्घटनाग्रस्त, प्रचण्ड फेल

काठमाडौं । चुनावमा जान ठूला तीन दलबीच मत मिल्यो तर चुनाव गर्न संसदको ढोकामा लागेको भोटे ताल्चा खोल्न सत्तापक्ष र विपक्ष दुबै तैयार छैनन् । चुनावको सर्त संविधान संशोधन मान्ने सरकार र संशोधन निलम्बन गरेर स्थानीय नभ्याइने, स्थानीय र प्रदेशको नामांकन, सिमांकन र कानुन नै नबनेको स्थितिमा संसदको निर्वाचनमा जाऊ“ भन्ने एमालेको हठका कारण चुनावी वातावरण बिथोलिदै, धमिलिदै गएको छ । निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका अनुसार आवश्यक कानुन र वातावरण नै बनेको छैन, अब स्थानीय तहको निर्वाचन गर्न भ्याइन्न । स्थानीय तहको निर्वाचन नभई राष्ट्रियसभाको निर्वाचन हुनै सक्दैन । प्रदेशको चुनाव त झन टाढाको विषय हो भनिसके । राजनीतिक विश्लेषक
More

स्थानीय तहको निर्वाचन गर्ने तयारी भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

जाजरकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखको अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने तयारी भइरहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल प्रदेश नं ६ ले आज सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “स्थानीय तहको निर्वाचनपछि मात्र संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने भएकाले सरकार स्थानीय तहकै निर्वाचन गराउने तयारीमा लागेको छ ।” प्रधानमन्त्री प्रचण्डले मधेसी, थारु, जनजातिलगायत पछाडि पारिएका समुदायको भावनालाई संविधानमा लिपिबद्ध गर्न आफूले व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयक दर्ता गराएको स्पष्ट पार्दै नेकपा (एमाले) लाई संसद् अवरुद्ध गर्नुभन्दा संसद्मा दर्ता भएको संशोधन विधेयक फेल गराएर अघि बढ्न चुनौती दिनुभयो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सुर्खेतका बाढीपीडितको सहयोगका लागि मन्त्रिपरिषद्बाट
More

राजनीतिक धुब्रिकरणले उपलब्धी गुम्ने खतरा : भट्टराई

काठमाडौं । नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि सडक र सदन दुवैतर्फबाट दवाव बनाउनुपर्ने बताएका छन । नयाँ शक्ति निकट राष्ट्रिय यूवा अभियानले मंगलवार आयोजना गरेको अन्तक्रियामा भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आमजनताको चाहना भएको भन्दै दवाव बनाउन काँग्रेस नेताहरुसँग आग्रह गरे । संघीयता र शासकीय स्वरुप जोडेर संसोधन गर्नुपर्नेमा जोड दिदै उनले विवादित पूर्वकाञ तीन जिल्ला झापा, मोरङ, सुनसरी तथा पश्चिमका कैलाली र कंचनपुरका विषयमा पनि निर्णय लिनुपर्ने बताए । नेता भट्टराईले मुलुक राजनीतिक धु्रबिकरणमा अल्झिदा आन्दोलनका उपलब्धी गुम्ने खतरा बढदै गएको चेतावनी समेत दिए ।
More

चिनियाँ राष्ट्रपति सी द्वारा निकट भविष्यमै नेपालको भ्रमण गर्ने प्रतिबद्धता

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन् । चीनका लागि नवनियुक्त नेपाली राजदूत लिलामणि पौड्यालको ओहोदाको प्रमाणपत्र बुझ्ने क्रममा राष्ट्रपति सीले आफूले समय मिलाएर छिमेकी नेपाल भ्रमण गर्ने इच्छा दोहो¥याएका हुन् । ग्रेट हल अफ दि पिपुलमा ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति सिले नेपालले एक चीन नीति पालना गरेकोमा धन्यवाद दिँदै बेल्ट एन्ड रोड इनिसियटिभ पनि दुबै देशका लागि लाभकारी हुने विश्वास दिलाएका थिए । उनले विश्व परिस्थितिमा जस्तो परिवर्तन आए पनि दुई देशबिचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध कायमै रहने स्पष्ट गरे । त्यस अवसरमा राजदूत पौड्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सिलाई नेपाल भ्रमणको
More

तिवारीको हत्या छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले नेकपा (एमाले) को भ्रातृ सङ्गठन युवा सङ्घ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्याको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वमा आज चार सदस्यीय समिति गठन गरेको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी गराउनुभयो । उहाँले समितिले घटनाको छानबिन गरी सत्यतथ्य सहितको प्रतिवेदन १५ दिनभित्र मन्त्रालयलाई बुझाउने बताउनुभयो । उहाँले बुधबारदेखि नै समितिले काम गर्ने जानकारी गराउनुभयो । प्रवक्ता पन्थीका अनुसार समितिका अन्य सदस्यमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मी, वरिष्ठ प्रहरी उपरीक्षक मनोज न्यौपाने र गृह मन्त्रालयका उपसचिव शिवराज जोशी रहनुभएको छ । उहाँले
More

नेपालमा भुक्का टुरिस्ट नै बढी

विन्दु कोइराला सुवेदी, उपाध्यक्ष (वाणिज्य) पोखरा उद्योग वाणिज्य संघ पश्चिमाञ्चल क्षेत्रमा पेय पदार्थको डिलरसिपकी सञ्चालक विन्दु कोइराला सुवेदी उद्योग वाणिज्य महासंघ पोखराको वाणिज्यतर्फकी उपाध्यक्ष पनि हुन् । केही समयअघि कोइराला नेतृत्वको उद्योग वाणिज्य महासंघले पर्यटकीय नगरी पोखरामा महोत्सव सञ्चालन गरेको थियो । महोत्सवमा पर्यटनलगायत सबै क्षेत्रको सहभागिता थियो । पश्चिमाञ्चलमा लिंकर्स व्यवसाय र यसको सम्भावनाबारे उनले कुमार राउतले गरेको कुराकानी : ० के व्यवसाय गर्नुहुन्छ ? – कन्जुमर आइटमको व्यवसाय हो मेरो । पश्चिमाञ्चल क्षेत्रको लिंकर (पेय पदार्थ) को पार्ट हेर्छौं । ० पेय पदार्थको व्यवसाय कस्तो छ ? – ठीकै छ भन्नुप-यो, पर्यटकीय क्षेत्र पोखरामा भएकाले हाम्रा उपभोक्ता विशेष
More

घले दम्पतीको न्यू लुक्स् (फोटो फिचर)

लन्डन । गैरआवासीय नेपाली संघअस्ट्रेलियाको यस बर्षको तेश्रो फेस्टिभलको रुपमा नेपाल फेस्टिभल मेलबर्न मेलबर्नको केन्द्रमा रहेको फेडेरेसन स्क्वायारमा शनिवार संपन्न भयो । हजारौले नेपाली एबम बिदेशीले आबलोकन गरेको उक्त फेस्टिभलको उदघाटन नेपाल सरकारका पर्यटनमन्त्री जीवन बहादुर शाही, भिक्टोरियाका बहुसांस्कृतिक मन्त्री रबिन स्कट र एनआरएनए अध्यक्ष शेष घलेले संयुक्त रुपमा पानसमा बक्ति बालेर गरे । कार्यक्रममा गैरआवासीय नेपाली संंघका अध्यक्ष घले अर्कषणका केन्द्र बने । कालो टोपी, नेपाली झण्डा र खुकुरी सहितको कालो टोपीमा चिटिक्क परेका घलेको ड्रेसअप धेरैले मन पराए । साथमा उनीकी श्रीमती जमुना गुरुङले नेपाली झण्डा बोकेर कार्यक्रममा उत्रिकी थिइन् । मेलबर्न स्टेट लाइब्रेरीबाट महोत्सबस्थल फेडेरेसन स्क्वायरसम्म संपन्न
More

नेपाली दूतावासको कार्यक्रममा बेलायती महारानी सरिक हुने

चिरन शर्मा । लन्डन । नेपाली दूतावास लन्डनले आयोजना गर्ने एक कार्यक्रममा बेलायती महारानी सहभागी हुने भएकी छन् । लन्डनस्थित नेपाली दूतावासले आगामी मार्च महिनाको पहिलो साता दूतावास भवनमा आयोजना गर्ने कार्यक्रममा महारानी सहभागी हुने भएकी हुन् । नेपाल बेलायत सम्बन्धको दुई सय वर्ष गाँठको समापन समारोहमा महारानी सहभागी हुने बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जानकारी दिए । सोमबार तमु पेलु संघ युकेद्वारा लण्डनमा आयोजित कार्यक्रममा बोल्दै सुवेदीले ओहदाको प्रमाणपत्र बुझाउनेक्रममा बेलायती महारानीलाई सो समारोहमा सरिक हुन आग्रह गरेको बताए । उनले भने, ‘मैले महारानीलाई ब्यक्तिगत रुपमा नेपाल बेलायत सम्बन्धको २ बर्ष गाँठको समारोहमा सहभागी हुन आग्रह गरेको
More

लण्डनमा साहित्य संगीतका शिखर व्यक्तित्वहरूको जन्म जयन्ती मनाईयो

लण्डन । लण्डन स्थित गेसो सभाहलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टर र विश्व नेपाली साहित्य महासंघ साउथ यूकेको संयुक्त आयोजनामा नेपाली साहित्य र संगीतका शिखर व्यक्तित्वहरू क्रमशः नेपाली संगीतका भानुभक्त मास्टर मित्रसेन थापा मगर, आधुनिक नेपाली कलाका जन्मदाता लैनसिंह वाङ्देल, आधुनिक नेपाली कवि मध्येका अत्यन्त लोकप्रिय कवि भूपी शेरचन र स्वर सम्राट नारायण गोपालका जन्म जयन्ती भव्यताका साथ मनाएको छ । कार्यक्रम अनेसास बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रथम चरणको कार्यक्रमलाई अनेसास बेलायत च्याप्टरका महासचिव सन्तोष कार्कीले सञ्चालन गरेका थिए भने दोश्रो चरणको कार्यक्रम अनेसास बेलायत च्याप्टरकी उपाध्यक्ष लारा ९लक्ष्मि थापा राईले० सञ्चालन गरेकी
More

एनआरएन बालबालिकाका लागि नेपाली भाषा

बसन्त रानाभाट । विदेशमा नै जन्मेर यतै हुर्केका नेपाली बालबालिकाहरुले नेपाली भाषा बोल्न नै नसक्ने हुन् कि भन्ने डर बढ्दै गएको छ। बालबालिकाहरु स्कुल जाँदाआफै बसेको मुलुकको भाषा बोल्ने, पढ्ने र सिक्ने हुँदा नेपाली भाषा राम्रोसँग बोल्न कठिन बनेको छ। आफ्ना बालबालिकाहरुले विदेशमा नै बसेरकसरी नेपाली भाषा राम्रोसँग सिक्न सक्लान् यसबारे अभिभावकहरु गम्भीर हुन थालेका छन्। यूरोपका कुन – कुन देशमा कसरी नेपाली भाषा सिकाइने रहेछ ? यसबारे बुझ्नका लागि यो पङ्तिकारले करिव दुई साता लगाएर एउटा सागाग्री तयारपारेको थियो। पाठशालाको सुरुवात कसरी भएका रहेछन् त ? जानकारी लिने क्रममा डेनमार्क निवासी दीपककुमार तिवारीसँगको बार्तालापले साह्रै मन छोयो। केहीबर्ष अगाडि
More

पूर्वराजासँग जोडिए कांग्रेस नेता खुमबहादुर खड्का

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाबाट १३ औं महाअधिवेशनमा उपसभापति बनाउन तैयार छु भन्ने आश्वासन पाएका प्रभावशाली नेता खुमबहादुर खड्कालाई भारत मानेन भन्ने जवाफ दिएपछि खड्का केही सहयोगीका साथ कांग्रेस छाड्ने मनस्थितिमा पुगेका छन् । खड्का यतिबेला नेपाल हिन्दूराष्ट्र हुनैपर्छ भन्ने महाभियानमा छन् । खड्कालाई अन्य नेताहरुले साथ दिएका छन् । यही सन्दर्भमा खड्काले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट गरेका छन् र आफु हिन्दु राष्ट्र र राजसंस्था फर्काउने अभियान थालेको भन्दै साथ दिन आग्रह गरेको खबर भाइरल बनेको छ । यसअघि पूर्वराजाले भन्छन् भने राजसंस्था फर्काउन लाग्छु भनेका खड्का अब पुरै शक्तिका साथ कोपुण्डोलमा सम्पर्क कार्यालय स्थापना गरेर संघर्षको तैयारी गरिरहेका
More

नेपाली कोख अब भाडामा लिन नपाइने

काठमाडौं । गरिब नेपाली आमाहरुको कोख भाडामा लिएर विदेशीहरुलाई बच्चा जन्माइदिने व्यापारमाथि सर्वोच्च अदालतले पूर्ण प्रतिवन्ध लगाएको छ । सर्वोच्च अदालतले नेपाली महिलाको कोखको व्यापारमा प्रयोग गर्न मिल्दैन, व्यापारिक सरोगेसीमा प्रतिवन्ध लगाउ, कुनै पनि विदेशी नागरिकलाई नेपालमा सरोगेसी सेवा उपलव्ध नगराउन सरकारलाई कडा निदर्शे जारी गरेको छ । यो निर्देशपछि ५ देखि ७ लाख गरिब नेपाली महिलालाई भाडा दिएर तिनको कोखबाट विदेशीका लागि बच्चा जन्माइदिने र करोडौ असलूको व्यापार गर्ने चिकित्सक र अस्पतालहरुलाई नराम्रो धक्का लागेको छ । यस्तो व्यापारमा ठूला पार्टीका नेता, प्रभावशाली घरानिया“ व्यापारी र आचारसंहिता र नैतिकताको पालना नगर्ने केही डाक्टरहरुसमेत संलग्न रहदै आएका छन् । ग्य्राण्डी
More

हत्याको विरोधमा प्रदर्शन

बुटवल । युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको दिन दहाडै अज्ञात समूहले गोली हानी हत्या गरेको विरोधमा नेकपा (एमाले) निकट युवा, विद्यार्थीले रुपन्देहीमा विरोध प्रदर्शन गरेका छन् । विरोध कार्यक्रमअन्तर्गत आजदेखि लुम्बिनी अञ्चलका जिल्ला बन्दको आह्वान गरिएको छ । तिवारीको हत्याको विरोधमा एमाले निकट युवा, विद्यार्थीले सोमबारदेखि नै सडकमा प्रदर्शन गरेर यातायात अवरुद्ध पार्नुका साथै आजदेखि बन्द आह्वान गरिएको युवा सङ्घ केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले जानकारी दिनुभयो । उहाँले प्रहरी प्रशासनको लापर्बाहीका कारण अपराधीले दिउँसै गोली प्रहार गरेको र अपराधीलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा नल्याउँदासम्म आन्दोलन जारी रहने बताउनुभयो । आफूहरुको आन्दोलन रुपन्देही जिल्लामा
More

मेलम्चीको पानी वितरण गर्न जनशक्ति अभाव

काठमाडौ । उपत्यकामा मेलम्चीको पानी वितरण एवम् व्यवस्थापन गर्न दक्ष प्राविधिक जनशक्तिको अभाव हुने देखिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले खानेपानीको पाइपलाइन बिच्छ्याउने काम सुरु गरे पनि वितरण प्रणालीलाई सुव्यवस्थित गर्न आवश्यक जनशक्ति पर्याप्त नरहेको जनाएको छ । हाल उपत्यकामा पानी वितरण एवम् व्यवस्थापनको काम गरिरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग आवश्यक मात्रामा प्राविधिक जनशक्ति नहुँदा मेलम्चीको पानी राजधानी आए पनि वितरण एवम् व्यवस्थापनमा सहजता नदेखिएको निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकाल बताउनुहुन्छ । “निर्देशनालयले केयुकेएलसँग १३ जना प्राविधिक कर्मचारीलाई अहिलेदेखि कामसहित तालिम दिएर दक्ष बनाउन माग गर्दा करारमा लिएर तीन जना मात्र पठाउन सक्यो, ३० लाख जनसङ्ख्यालाई पानी
More

लिभरपुल दोस्रो स्थानमा उक्लियो

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ लिभरपुलले आफ्नै शहरको प्रतिद्वन्द्वी एभर्टनलाई १÷० ले हराएको हो । मर्सीसाईड डर्बी भनिने यो खेलमा लिभरपुललाई विजयी गराउन सादियो मानेले निर्णायक गोल गरे । जितपछि लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १७ खेलबाट उसको ३७ अंक भएको छ । समान खेलबाट ४३ अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहँदा ३६ अंक जोडेको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा झरेको छ ।
More

चीनले नेपालसँगको सहमति चाँडै कार्यान्वयन गर्ने

काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले नेपालसँगको सहमति–सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ ।नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख लिउ छिपाओ नेतृत्वको टोलीले यस्तो विश्वास व्यक्त गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतासँगको सोमबार भएको भेटवार्तामा सो धारणा राखेको हो । टोलीले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो । प्रधानमन्त्री दाहालसँगको भेटमा दुई देशबीचको सहमति र सम्झौता कार्यान्वयनका विषयमा छलफल गरेको छ । ओलीसँगको भेटमा भने सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ ।‘प्रधानमन्त्रीका रूपमा चीन भ्रमण गर्दा दुई देशबीच सम्पन्न सम्झौता
More

नायिका बनाइदिन्छु भन्दै शृंखलावद्ध बलात्कार

काठमाडौं । मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तरवार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए । अन्तरवार्ताको लागि भन्दै उनले युवतीलाई होटलको कोठामा बोलाए । सामान्य कुराकानी गरेपछि युवतीलाई उनले आफूसँग सम्बन्ध राखे मोडल बनाउने बताए । तर युवतीले मानिनन् । त्यसपछि युवतीलाई जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गरे । युवती चिच्याइन् । उनी भाग्ने प्रयास गरे । होटेलका कर्मचारी तथा सेक्युरिटी मिलेर उनलाई भाग्दाभाग्दै समाएर प्रहरीलाई बुझाए । अभय खड्का नाम गरेका ती व्यक्तिमाथि अनुसन्धान गर्दा प्रहरी चकित भयो । तिरुपतिमा
More