Daily Archives December 21, 2016

पाँच किलोग्राम सुनसहित पक्राउ

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट अवैध रुपमा ल्याइएको पाँच किलोग्राम सुनसहित आज बिहान रसुवा गत्लाङ–२ का २८ वर्षीय वीरेन लामा पक्राउ परेका छन् । केरुङबाट नेपाल आएको बा २८ प ७४५४ नंको मोटरसाइकल रसुवागढीमा जाँच गर्दा मोटरसाइकलको फिल्टर जालीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिनुभयो । बरामद सुनको बजारमूल्य रु दुई करोड २३ लाख ६० हजार बराबर रहेको प्रहरीको भनाइ छ । तामाङका साथबाट मोबाइल दुई थान, नेपाल चीन सीमा क्षेत्रका बासिन्दाका लागि उपलब्ध गराइएको केरुङ जाने अनुमतिपत्र एक थान र रु नौ हजार बरामद गरिएको छ ।
More

एमालेले बाध्यताले संघीयता स्वीकार गरेको हो : उपाध्यक्ष गौतम

काठमाडौं । उप–प्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले एमालेले संसद अवरुद्ध गरेर जनतालाई झुट र भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् । एमालेका कारण संसदीय, लोकतान्त्रिक र संवैधानिक प्रक्रिया रोकिएको भन्दै मन्त्री निधिले ‘राष्ट्रहित’ विपरितका गतिविधि नगर्न आग्रह पनि गरे । प्रदेश विभाजनको प्रस्तावविरुद्ध आन्दोलित गुल्मी पुगेका उनले त्यहाँ आयोजित शोकसभामा एमालेको लहै–लहैमा लागेर आन्दोलनमा नउत्रिन र पार्टी निर्णय इमान्दार बनेर कार्यान्वयन लाग्न कार्यकर्तालाई निर्देशन पनि दिए । त्यस्तै, शोकसभामा रक्षामन्त्री बालकृष्ण खाँडले देशका गम्भीर मुद्दामा एमालेले बढि राजनीतिकरण गरेको र उसको राष्ट्रवादी नारा नक्कली रहेको आरोप लगाएका थिए ।। बामदेव गौतम नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफ्नो पार्टीले बाध्य भएर
More

कुन कुन कलाकार कांग्रेसमा छिरे

काठमाडौं । चलचित्र क्षेत्रका कलाकार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफनो निवास बूढानीलकण्ठमा आज आयोजित कार्यक्रममा नवप्रवेशी कलाकारलाई पार्टीको साधारण सदस्यता प्रदान गर्नुभयो । कलाकार रमेश बुढाथोकी, नेपाल कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटी, नेपाल प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, नायिका प्रतीक्षा खड्का, रञ्जु सुनाम, रिस्ता बस्नेत, नम्रता योगी, विपना बस्नेत, गायक युवराज चौलागार्इं र पूर्णम राई काँग्रेसमा प्रवेश गर्नुभएको हो ।
More

काँग्रेस कोषाध्यक्षको सम्मेलन पुस ८ गतेदेखि

काठमाडौं । नेपाली काँग्रेसका कोषाध्यक्षको प्रथम राष्ट्रिय सम्मेलन यही पुस ८ गते हुने भएको छ । पार्टी सञ्चालनका लागि लेवीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा वृहत छलफल गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो । यहाँ आज आयोजित पत्रकार सम्मेलन नेपालमा क्रियाशील राजनीतिक दलहरूले पार्टी कोष निर्माणका लागि सञ्चालन गरिएका चन्दा अभियान, चन्दा दातालाई दिइएको अनुचित दबाब, त्यसको दुरूपयोग र अपारदर्शीताका कारण पार्टी र नेतासमेत बदनाम भएको हुँदा त्यसको निराकरणका लागि पनि सम्मेलनको आयोजना गरिएको सम्मेलनका संयोजक गाविन्द पुडासैनीले बताउनुभयो । उहाँले काँग्रेसले केन्द्रीय नेतृत्वसँग लाभदायी पदमा बसेका व्यक्तिसँग केन्द्रमै लेबी उठाउने गरेको
More

सांगीतिक प्रस्तुतीका लागि साजन आले बेलायतमा

भोला लामिछाने। द ब्रिटिश कलेजको ’सिस्टर अर्गनाइजेसन’ नेपालीपत्रको निम्तोमा छैठौँ बिग आइकन साजन आले साँगीतिक प्रस्तुतीका लागि बेलायत पुगेका छन् । ल्होसार र क्रिसमसको अवसर पारेर बिग आइकन भएकै कारण आफुले यूके जस्तो मुलुकमा साँगीतिक प्रस्तुती राख्न पाएकोमा साजन आलेले खुशी व्यक्त गरदै बिग आइकन गर्ने बिग एफएम र मलाई निम्तो दिने संस्था द ब्रिटिश कलेज तथा नेपालीपत्रप्रति कृतज्ञता ब्यक्त गरे। आइतबार बिग आइकन साजन आले र बिग एफएमका अध्यक्ष महेश भण्डारीलाई यूके प्रस्थान गर्नुअघि अन्तराष्ट्रिय विमानस्थलमा पुगेर बिग एफएमका कार्यक्रम सँयोजक संजोग बस्याल, एफएमका अफिसियल ज्योतिष हरिहर अधिकारी र सल्लाहकार राजन गोदारले बिदाई गरेका थिए । बिग एफएमका अध्यक्ष
More

गोरखा पुनः निर्माणले गति लियो

गोरखा । बारपाक केन्द्र रहेर भूकम्प गएको २० महिनापछि बारपाकसहित गोरखाका अन्य गाउँमा पुनः निर्माणले गति लिएको छ । रु ५० हजारका दरले निजी घर बनाउन पहिलो किस्ता बुझेका भूकम्पपीडितले धमाधम भूकम्प प्रतिरोधी घर निर्माण गरिरहेका छन् । बर्खाका बेला अवरुद्ध बनेका ग्रामीण सडक हिउँद लागेसँगै सञ्चालन हुँदा पुनः निर्माणको सामग्री ढुवानीमा सहज भएको हो । अधिकांश भूकम्पपीडितले ढुङ्गा, गिट्टी, बालुवा, छड, सिमेन्टको प्रयोग गरी पिल्लर राखेर घर बनाएका छन् । भूकम्पले पिल्लर भएका घरमा कम क्षति पु¥याएको देखेका भूकम्पपीडितले ढुङ्गा, माटो, काठको जोडाइले बन्ने घरभन्दा पिल्लर सहितको पक्की घर निर्माण गरिरहेको बारपाक गाविसका सचिव चेतप्रसाद अम्गाईंले जानकारी दिनुभयो ।
More

एनआरएन कमाई खाने भाडो होइन् — थापा, एनआरएन जापान

काठमाण्डौं । गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष थापाले एनआरएनएको वेबसाइट संचालनमा समेत विभेद गरिएको भन्दै आक्रोस पोखेका छन् । थापाले एनआरएन प्रबक्ता मार्फत अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) पत्र लेख्दै एनआरएन जापानका गतिविधीहरुले वेबसाइटमा स्थान नपाउनु दुःख लाग्दो कुरा भएको बताउदै एनआरएन जापान मिडिया मुखी नभई समानता र बिभेदको कुरा उठाएको जिकीर गरेका छन् । थापाले एनआरएनलाई राजनिती गर्ने थलो र कमाई खाने भाडो मात्र नभएर देश र सम्पूर्ण गैरआबासीय नेपालीहरुको हितमा कार्य गर्ने संस्थाको रुपमा बिकास गर्न जरुरी भएको बताएका छन् । थापाद्धारा जारी विज्ञप्तिको पूर्ण विवरण सर्बप्रथम नेपाल फेस्टिवल सफलता पुर्बक सम्पन्न भएकोमा आयोजक कमिटीलाई बधाई दिन चाहन्छु ।
More

बरालको अनसन तोडियो

चितवन । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नाका भएको पाँच बिकासक्षेत्र लाई पाँच प्रदेश बनाईनुपर्ने लगायतका ११ बुँदै माग राख्दै आमरण आनसन बस्नु भएकी तारा वरालको असनसन तोडिएको छ । लोकतन्त्रको मुल्यमान्यतालाई व्यवास्था गर्दै नेताहरु स्वार्थमा लागेको भन्दै अनसन बस्नुभएकी भरतपुर १२ की तारा बरालले सांसद गीता वाग्लेको हातवाट जुस खाएर विभिन्न व्यक्तिको रोहवरमा अनसन तोढ्नु भएको छ । ५ दिनदेखि आमरण अनसन बस्नुभएकी बरालले हिजो मंगलवार चितवनका सांसदहरु, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, शन्तराम दराई, स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी कार्यलय चितवनकाका प्रहरी प्रमुख दिपक थापा ,महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख महिला विकास अधिकृत शान्ता कुमारी पौडेल, जिल्ला ट्राफिक
More

प्रवासी नेपाली मञ्च बेलायतको १२ औं स्थापना दिवस भव्य (फोटो फिचर)

लन्डन । बेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्चले आफ्नो १२ औं स्थापना दिवस मनाएको छ । मञ्चले मंगलवार लन्डनमा एक बिषेश कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुखआतिथ्यमा आयोजित कार्यक्रमलाई बेलायती सांसदहरु बिरेन्द्र शर्मा, बेरी गार्डनर लगायतले सम्बोधन गरेका थिए । मञ्चका अध्यक्ष रामशरण सिमखडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलायतस्थित बिभिन्न संघसँस्था तथा राजनैतिक दलका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती थियो । फोटो – एभ्रेष्ट गौतम
More