Daily Archives December 23, 2016

कतारका एनआरएनले दिए धुर्मुस–सुन्तलीलाई ४० लाख

काठमाडौं– तेस्रो एकीकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस–सुन्तली फाउण्डेशनलाई एकै व्यक्तिबाट ४० लाख रुपैयाँ सहयोग प्राप्त भएको फाउन्डेशनले जनाएको छ। कतारमा व्यवसाय गरिरहेका प्रकाश कोइरालाले आफ्नो लुरेन्स कन्ट्रक्टिङ एण्ड जेनेरल क्लिनिङ कम्पनीका तर्फबाट उक्त सहयोग रकम एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि प्रदान गरेको फाउण्डेशनले जनाएको छ। फाउन्डेशनका अनुसार आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस–सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। नेफ्टा अवार्डमा सहभागी हुन हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे दुबई जाने खबर पाएपछि सहयोग हस्तान्तरणका लागि आफू दुबै गएको उनको भनाई उदृत गर्दै फाउन्डेशनले जनाएको छ। ‘धुर्मुस सुन्तलीलाई यसअघि गरेको सहयोग
More

किशुनजी क्षमा गर्नुहोस् तपाईं माथि अन्तरघात गरेका हौं

जयप्रकाश गुप्ता । हामी एक–दुई अपवादवाहेक कोइराला परिवारकै सदस्यहरूबाट कोठा भरिएको थियो । यो त्यही कोठा हो, जहाँ केशवप्रसाद कोइरालाको देहावसान भएको थियो । यस्तै अनेकन् भावनात्मक लगावका कारणले नोना कोइरालाले यसलाई निजी कोठा बनाउनुभएको थियो । किसुनजी को व्यक्तित्वको चर्चा गरिरहनु पर्दैन । सफा, स्निग्ध र प्रफुल्ल किसुनजी घुँडा माथिसम्मको धोती र कमिज लाएर त्यही भूइँमा बस्नुभएको थियो । कोइराला बर्चस्वको पारिवारिक माहौलमा किसुनजी को बज्रासन बसाइले उहाँलाई एउटै सतहमा बसेकाहरूमध्ये सबैभन्दा अग्लो बनाएको थियो । गिरिजाबाबू त्यहाँ हुनु हुन्थेन । बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि देशको शक्तिशाली प्रधानमन्त्रीको रूपमा किसुनजी पहिलो पटक बिराटनगर कोइराला निवास पुग्नुभएको थियो । नोना कोइरालालाई
More

आश्रमका लागि बालिकाहरुले प्रवचन गर्ने

चितवन । असहाय तथा सडक बालिकाहरुको संरक्षण गर्दै आएको रामजानकी बालिका आश्रम देवघाटले आश्रम संचालनका लागि श्रीमद देवी भागवत महाअनुष्ठान गर्ने भएको छ । लोककल्याण सेवा प्रतिष्ठान नेपालद्धारा संचालित सो आश्रमले बालिकाहरुको अध्ययन अध्यापनका साथै आश्रमलाई व्यवस्थित बनाउने उद्धेश्यले यहि पुस ११ गतेदेखी देवी भागवत लगाउन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । भागवतके गलेश्वर आश्रमका पिठाधिश आत्मानन्द महाराजले समुद्धघाटन गर्ने बताइएको छ । विगत ५ वर्षदेखी संचालनमा रहेको आश्रममा हाल २४ जना बालिकाहरु आश्रित रहेका छन् । आश्रमकी कन्या माता उमा महेश्वरी टन्डनको प्रमुख वाचकत्वमा हुने सो देवी भागवतमा आश्रमका बालिकाहरुले समेत प्रवचन तथा भजन किर्तन गर्ने
More

गोरखा पुग्नुुभएका प्रधानमन्त्री

नवौँ गोरखा महोत्सव उद्घाटन कार्यक्रममा सहभागीहुन हेलिकोप्टरबाट गोरखा पुग्नुुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल । तस्बिर: प्रशन्न पोखरेल
More

अफ्रिकियाकोे अपहरित ए ३२० एयरबस माल्टामा अवतरण

भलेट्टा । चालकदलका सात सदस्यसहित ११८ जना यात्रु लिएर उडेको लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस ए ३२० माल्टामा अवतरण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसपहिले माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीटमार्फत लिबियाको आन्तिरिक उडानका लागि छुटेको विमान सम्भावित अपहरणमा परेको जानकारी गराउनुभएको थियो । विमान लिवियाको साभाबाट त्रिपोलीका लागि प्रस्तान भएपनि यसमा सवार दुई यात्रुले ग्रिनेड हातमा लिई आफुले भनेको ठाउँमा विमान अवतरण नगराए विमानभित्र विस्पोट गराउने धम्की दिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विमान अवतरण भएको धेरै समयसम्म पनि विमानको इन्जिन चालु अवस्थामा रहेको बताइएको छ । विमान अवतरण पछि माल्टाको आपतकालिन सुरक्षा टोली विमानस्थलमा पुगेको छ भने माल्टाको
More

एनआरएन अफ्रिका सम्मेलनको तयारी पूरा, अधिकांस केन्द्रिय नेता गएनन्

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिका क्षेत्रिय सम्मेलन शनिवार देखी तान्जेनियाको राजधानी दार–ए सलाम शुरु हुदैछ । अफ्रिकामा नेपालबाट बढ्दो मानब तस्करी, अफ्रिकामा रहेका नेपालीहरुको समस्या लगायतका महत्वपूर्ण मुद्धामा छलफल हुने सो सम्मेलनका लागि बिभिन्न देशका प्रतिनिधी त्यहाँ जम्मा हुनेक्रम जारी छ । सम्मेलनमा गैरआवासीय नेपाली संघका अधिकांस पदाधिकारी भने अनुपस्थित रहने भएका छन् । गैरआवासीय नेपाली सँघका अध्यक्ष शेष घलेले यसअघि नै आफ्नो ब्यस्तताका कारण अनुपस्थित रहने जनाउ दिएका थिए । बैठकमा अफ्रिकामा रहेका एनआरएनएका १४ राष्ट्रिय समिति मध्ये नौ भन्दा बढी मुलुकबाट सहभागी हुने गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिकमत थापाले जनाए । सम्मेलनमा भाग लिन प्रमुख संरक्षक जीवा
More

संविधान संशोधन प्रस्ताव अपूरो छ : संयोजक भट्टराई

चितवन । नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकारले प्रस्ताव गरेको संविधान संशोधन विधेयक अपूरो रहेको बताउनुभएको छ । महिला शक्ति नेपालको प्रथम राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिलेको संशोधन विधेकलाई परिमार्जित गरेर सबै दलको रायअनुसार संशोधन गर्नुपर्ने बताउनुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका संयोजक भट्टराईले संशोधन प्रस्ताव अपूरो रहेका कारण विभिन्न दल र बासिन्दाको विरोध आएको बताउँदै संविधान संशोधनसँगै कार्यान्वयनका लागि राजनीतिक दल एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । संविधान कार्यान्वयनपछि मात्र राष्ट्र संमृद्धि तर्फ लाग्ने बताउँदै उहाँले कार्यान्वयनका विषयमा देखिएका चुनौती समाधानका लागि दलहरु नलागेका कारण नै मुलुकमा बाह्य हस्तक्षेप बढ्न थालेको भन्नुभयो । संयोजक भट्टराईले दलहरु
More

दलहरु सहमति नजिक आइपुगेको छ : सभामुख

भक्तपुर । सभामुख ओनसरी घर्तीमगरले राजनीतिक दलहरु सहमति नजिक आएको बताउनुभएको छ । आज भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो – “विधमान समस्या निकासका लागि सहमतिको विकल्प नभएकाले दलहरु सहमति नजिक आइपुगेको छ ।” सभामुख घर्तीमगरले अहिले संविधान कार्यान्वयनको सङ्क्रमणकालीन चरण भएकाले यसको कार्यान्वयनका लागि दलहरु एकजुट र एकमत भएर अगाडि बढ्न आफूले आग्रह गरेको बताउनुभयो । “आज पनि मैले प्रधानमन्त्रीलाई भेटेको थिएँ, उहाँले दलहरुबीच सहमति गराउने बचन दिनुभएको छ, उहाँले भन्नुभयो – आउँदो ११ गते सोमबार मैले फेरि दलहरुको संयुक्त बैठक आह्वान गरेको छु, त्यो बैठकले पक्कै पनि राष्ट्रलाई निकास दिन्छ ।”
More

ह्याप्पी बर्थ डे टु कोलो

कोलम्बस । यिनी तीन सन्तानकी आमा, सोह«जनाकी हजुरआमा (बज्यै), बाह« जनाकी बूढी हजुरआमा (बुढी बज्यै) र तीनजनाकी बूढी हजुरआमाको पनि आमा (च्याप्जु बज्यै) भइसकिन् अर्थात् तिनले छोराछोरी, नातिनातिना, पनाति पनातिना, खनाति खनातिनासमेत गरी जम्मा ३४ जना सन्तानको मुखदेखि सकिन् । हालसालै मात्र यिनको शरिरमा रहेको एक अत्यन्त विषालु र घातक ट्युमर निकालियो । शल्यक्रियाको क्रममा यिनलाई खासै पीडा नभएको र हाल स्वास्थ्यलाभ गरिरहेकी भनी चिकित्सकहरु बताउँछन् । यिनी अरु कोही नभएर बिहीबार मात्र ५९ वर्ष उमेर पार गरी ६० औँ वर्ष टेकेकी, ओहायो राज्यको कोलम्बस चिडियाखाना निवासी, ‘कोलो’ नामकी, संयुक्त राज्य अमेरिकाभरिकी सबभन्दा बृद्धा, पोथी गोरिल्ला हुन् । बृद्धा कोलो,
More

पृथ्वीजयन्ती मनाउने एनआरएनको निर्णय विवादमा

लन्डन । गैरआवासीय नेपाली संघले आफ्ना राष्ट्रिय समितिहरुलाई प्रष्ट गाइडलाइन दिन नसक्दा गैरआवासीय नेपाली संघ अमेरिकाले गरेको एउटा निर्णय विवादमा परेको छ । गैरआवासीय नेपाली संघ अमेरिकाले संयुक्त राज्य अमेरिकामा संस्थागत ढंगले पृथ्वीजयन्ती मनाउने निर्णय विवादमा परेको हो । निर्णय पछि अमेरिकास्थित नेपाली डायस्पोरामा रहेका संघीयता पक्षधर पाँच संस्थाले मिट द प्रेस कार्यक्रमको आयोजना गरी आपत्ति प्रकट गरेका छन् । गैरआवासीय नेपाली संघले राष्ट्रिय समितिलाई के गर्न हुने र नहुने भन्ने बिषयमा कुनै निर्देशन दिन नसक्दा कतिपय एनआरएनका राष्ट्रिय समितिले संघको उदेश्य र मर्यादा भन्दा बाहिर गएर गतिविधी सञ्चालन गर्दै आएका छन् । अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)
More