Daily Archives December 24, 2016

एनआरएन अफ्रिका सम्मेलन शुरु

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिका क्षेत्रिय सम्मेलन शनिवार देखी तान्जेनियाको राजधानी दार–ए सलाम शुरु भयो । सम्मेलनको उद्धघाटन अफ्रिकाका लागि नेपाली राजदूत अमृत बहादुर राई र गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेले संयूक्त रुपमा गरे । अफ्रिकामा नेपालबाट बढ्दो मानब तस्करी, अफ्रिकामा रहेका नेपालीहरुको समस्या लगायतका महत्वपूर्ण मुद्धामा छलफल हुने सो सम्मेलन आइतवार दार–ए सलाम घोषणापत्र जारी गर्दै समापन हुनेछ । सम्मेलनको उद्धघाटनसत्रमा राजदूत अमृत बहादुर राई र गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, कोषाध्यक्ष हिकमत थापा, सुनिल कार्की, निरज श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिए । अफ्रीका क्षेत्रमा रहेका १५ राष्ट्रिय समिति मध्ये करिब
More

प्रा. सूर्य प्रसाद सुवेदीको ग्रन्थ चीनमा लोकार्पण

चीनका विभिन्न प्रतिष्ठित विश्वविद्यालयहरुमा दुई हप्ताको प्रवचनका लागि आमन्त्रित प्रा. डा. सूर्य प्रसाद सुवेदीको चीन भ्रमणको क्रममा प्रा. सुवेदीको चिनियाँ भाषामा अनुवाद गरिएको अन्तर्राष्ट्रिय कानूनी ग्रन्थको एक समारोहका बीच चीनको राजधानी बेइजिङमा लोकार्पण गरियो । उक्त ग्रन्थ विमोचन गर्दै अन्तर्राष्ट्रिय अदालतकी न्यायाधीश श्रीमती हानचीन सुएले प्रा. सुवेदीको ग्रन्थले अन्तर्राष्ट्रिय कानूनको अध्ययन र अध्यापनमा एक मौलिक आयाम थपेको र चीनको आर्थिक विकासमा मद्दत पुग्ने बताइन् । प्रा. सुवेदीद्वरा लिखित बेलायतको अक्सफोर्डको हार्ट प्रकाशनद्वारा प्रकाशित ‘अन्तर्राष्ट्रिय वैदेशिक लगानी सम्बन्धी कानून र त्यसको अन्तर्राष्ट्रिय कानूनका अन्य विधाहरुसँगको अन्तरसम्बन्ध र समन्वय’ नामक उक्त ग्रन्थको चीनमा माग बढ्दै गएपछि चीनका अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक श्री झाङ
More

स्वर्णजयन्ती समारोह

राष्ट्रपति विद्यादेवी भण्डारी मोरङको इटहरा–२ स्थित महेन्द्र माविको स्वर्णजयन्ती समारोहमा शनिबार विद्यालयका पूर्व प्रअ तथा शिक्षा मन्त्रालयका सहसचिव डिल्ली रिमाललाई सम्मान गर्दै । तस्बिर: सुमन घिमिरे
More

पहाडी जिल्लालाई विभाजन गर्ने प्रस्ताव मेरो होइन : प्रधानमन्त्री

रोल्पा । प्रधानमन्त्री पुष्पकमल दाहालले ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई विभाजन गर्ने प्रस्ताव आफ्नो नभएको दाबी गरेका छन् । प्रेस सेन्टर रोल्पाले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रस्तावलाई आफ्नो सरकारले परिमार्जन गरेर संसदमा दर्ता गरेको बताए । उनले तराई र पहाडका जनताको भावना समेट्नका लागि संविधान संशोधन प्रस्ताव ल्याएको दाबी गरे । प्रधानमन्त्री दाहालले संसदीय प्रणालीबाटै समस्याको समाधान खोज्नुपर्ने भएकाले सडक र संसदमा आन्दोलन नगर्न एमालेलाई आग्रह गरे । ‘माओवादी केन्द्रकै नेताहरुले संशोधन प्रस्तावको विरोध गरिरहेका छन् नि ?’ भन्ने पत्रकारहरुको प्रश्नमा माओवादी केन्द्रका अध्यक्षसमेत
More

प्रचण्ड र निधिलाई जेल हाल्नुपर्छ : अध्यक्ष पहारी

काठमाडौं । युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिलाई जेल हाल्नुपर्ने बताएका छन् । युवा संघ पोखराको २६ वटा अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । पहारीले प्रचण्ड र निधिले छिमेकी मुलुक भारतको इसारामा संविधान विपरित संसोधन विधेयक प्रस्ताव दर्ता गरेकाले उनीहरुलाई जेल हाल्नुपर्ने बताएका हुन् । उनले भने, ‘संविधान विपरित काम गर्ने राष्ट्रघाती हुन् । मनपरी रुपमा संसोशध स्वीकार्य हुँदैन् ।’ फरक प्रशंगमा पहारीले आफ्ना कार्यकर्ता दुर्गा तिवारीको हत्यारालार्इ कडा कारबाही नभए देशभर आन्दोलन गर्ने चेतावनी पनि दिए ।
More

क्रिसमसको पुर्वसन्ध्यामा १४ जनाको मृत्यु

क्वालालमपुर । क्रिसमसको पुर्वसन्ध्यामा मलेसियामा भएको दुर्घटनामा चालक सहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १६ जना घाइते भएको मलेसियाको सरकारी समाचार संस्था बर्नामाले जनाएको छ । मृतकमध्ये १३ जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा पुगेपछि मृत घोषणा गरिएको अस्पतालका अधिकारीहरुले बताएका छन् । मलेसियाको जोहोर बरुदेखि क्वालालमपुरतर्फ गईरहेको बस जोहोर राज्यको उत्तर दक्षिण द्रतमार्गमा स्थानीय समय अनुसार शुक्रबार विहान ४ बजे दुर्घटना भएको हो । घाइते भएकाहरुमध्ये मलेसिया बाहेक सिङ्गापुर र म्यानमारका पनि रहेका बर्नामाले जनाएको छ । दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको र प्रारम्भीक विवरणहरुमा सडकको अवस्था राम्रो नै पाइएको जोहोर अग्नी
More

विश्वको राजनीतिमा यसरी मच्चियो हलचल

सन् २०१६ मा बेलायत, अमेरिका, दक्षिण कोरिया, टर्की र कोलम्बियालगायतका देशहरुमा राजनीतिक उतार चढावलगायत ठूलो हलचल मच्चियो । बेलायतमा गत जुन २३ मा युरोपियन युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा जनमत सङ्ग्रह भएको थियो । सो जनमत सङ्ग्रहको परिणामले बेलायतलाई युरोपेली सङ्घ छोड्ने जनादेश दियो र औपचारिकरुपमा बेलायतले बाहिरिने घोषणा पनि ग¥यो (यस प्रक्रिया छोटकरीमा ब्रेक्जिट शव्दले परिचित छ) । युरोपेली सङ्घसँग धेरै वर्षसम्म नङ् र मासु जतिकै टाँसिएर बसेको बेलायतका बहूमत जनताले युरोपियन युनियन त्याग गर्ने पक्षमा जनमत प्रकट गर्दा बेलायतको राजनीतिलाई नै आकस्मिक परिवर्तन ग¥यो । तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो भित्री इच्छाको विपक्षमा आएको जनमतको यस्तो परिणाम
More

फरार अपराधी १७ वर्षपछि पक्राउ

तुलसीपुर । चोरी मुद्दामा नौ वर्ष कैद र करिब रु एक लाख जरिवाना फैसला भएका फरार दोषीलाई १६ वर्षपछि दाङ प्रहरीले शुक्रबार पक्राउ गरेको छ । विसं २०५७ असोज २ गते गोबरडिहा गाविस–५ का धनेश्वर अर्यालका घरमा चोरी गरेको ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले गोबरडिया–५ पचाहवाका ३६ वर्षीय प्रकाश चौधरीलाई नौ वर्ष कैद र रु ९९ हजार ७२ जरिवाना फैसला गरेको थियो । फरार व्यक्ति पक्राउ, गुण्डागर्दी तथा तस्करी नियन्त्रणको अभियान थालेको जिल्ला प्रहरी कार्यालय दाङले चौधरीलाई घरबाटै पक्राउ गरेर कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिनुभयो । यसैबीच जबर्जस्ती करणी मुद्दाका फरार रहेका
More

रेस्टुराँ र गेस्ट हाउसबाट १० पक्राउ

भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीले यौनधन्दा गरेको आरोपमा विभिन्न रेस्टुराँ एवम् गेस्ट हाउसमा छापा मारी १० जनालाई शुक्रबार पक्राउ गरेको छ । अरनिको राजमार्ग खण्डअन्तर्गत सडकको दायाँबायाँ सञ्चालित रेस्टुराँ, गेस्ट हाउस र क्याफेमा व्यापक रुपमा यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले शुक्रबार साँझ पाँच रेस्टुराँ तथा गेस्ट हाउसमा साँझ छापा मारेको थियो । जगातीका ट्रपिकल प्याराडाइज रेस्टुराँ र गार्डेन होम रेस्टुराँमा महिलालाई यौनधन्दामा लगाएको आरोपमा रेस्टुराँ सञ्चालकसहित छ पुरुष र चार महिलालाई पक्राउ गरिएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।
More

चार हजार प्रतिनिधि छनोट हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै पटक क्षेत्रीय अधिवेशन गर्ने भएको छ । राप्रपा र राप्रपा नेपालबीचको एकीकरणपछि जिल्ला, गाउँ, नगरमा एकीकरणका क्रममा रहेको पार्टीले माघ २५ गते देशका ७५ जिल्लामा जिल्ला अधिवेशन गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । पार्टीले क्षेत्रीय र जिल्ला अधिवेशन सम्पन्न गरेपछि फागुन २ गतेसम्म महाधिवेशन प्रतिनिधि छनोट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने छ । पार्टी महाधिवेशन फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा हुने निर्णय भइसकेको छ । यस पटक दुवै पार्टीभित्रको सन्तुलन मिलाउन करिब चार हजार प्रतिनिधि छनोट हुने बताइएको छ । गत मङ्सिर ६ गते
More