Daily Archives December 25, 2016

लामिछानेको सरसर्ती संसार अफ्रिकामा बिमोचित

जीवा लामिछानेको पुस्तक ‘सरसर्ती संसार’को अफ्रिका बिमोचन तान्जानियाको दार-एस्-सलाममा बिमोचन आइतबार भएको छ । गैर आवासिय नेपाली संघ(एनआरएनए) अफ्रिकाको दोस्रो क्षेत्रीय बैठकको समापछि आयोजित कार्यक्रममा दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले पुस्तकको विमोचन गरेका छन् । नेपाल अफ्रिका साहित्य समाजले आयोजन गरेको कार्यक्रममा पत्रकार सुवास ढकालले राजदूत राई, लेखक लामिछाने र समाजका अध्यक्ष हिक्मत कार्कीसँग पुस्कतको बारेमा चर्चा गरेका थिए। लेखक लामिछानेले स्कुले जीवनकालका केही लेखेपनि तत्कालीन उच्च शिक्षाका लागि तत्कालीन सोभियत संघ पुगेपछि त्यो क्रम जुटेको जानकारी गराएका थिए । ‘पछिल्लो समयमा सामाजिक सञ्जालमा गरेको टिप्पणीहरुलाई लेख्न थालेपछि आएको सुझावपछि लेख्न थालेको हुँ’ लामिछानेले भने, ‘घुम्ने
More

एनआरएन यूकेको मुखपत्र सोमबार बिमोचन हुने

  गैर-आवासीय नेपाली संघ यूकेले आफ्नो बार्षिक स्मारिका डिसेम्बर २६ सोमवारका दिन अल्डर्शटमा हुन गइरहेको नेपाल हाउस च्यारिटी डिनर – २ मा सार्बजनिक गर्ने भएको छ । ‘एनआरएन भ्वाइस’ नामले प्रकाशन गर्न लागिएको सर्वप्रतिक्षित बार्षिक पत्रिका क्रिसमस र नयाँबर्ष २०१७ को अवसर पारेर बिमोचन गर्न लागिएको हो । एनआरएन यूकेले यसभन्दा पूर्व २०१३ मा ‘एनआरएन पत्र’ नामको एक न्युज लेटर प्रकाशमा ल्याएको थियो । संघले पहिलेदेखि गर्दैआएको प्रकाशनका गतिविधिहरुलाई निरन्तरता दिने क्रममा प्रकाशन हुन लागेको ‘एनआरएन भ्वाइस’ एनआरएन यूकेको आजसम्मकै सबैभन्दा समाबेशी, गहन र लोकप्रिय हुने कुरामा आफू र आफ्ना कार्यसमितिका साथीहरु ढुक्क रहेको कुरा संघको प्रकाशन तथा प्रचारप्रसार बिभागका
More

एनआरएन दोस्रो अफ्रिका क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा सम्पन्न

दार एस् सलाम । पूर्वी तथा पश्चिम अफ्रिका मुलुकहरुमा हेर्ने गरी दूतावास खोल्न सरकारसँग आग्रह गर्दै गैर आवासीय नेपाली संघ(एनआरएनए)को दोस्रो अफ्रिका क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा आइतबार सम्पन्न भएको छ । पछिल्लो नेपाली बैदेशिक रोजगारी तथा व्यवसायमा आउने नेपालीको संख्या निरन्तर रुपमा बढ्दै गरेकाले दुवै क्षेत्रका एक एक वटा राजदूतावास आवश्यक भएको बैठकले ठहर गरेको छ । सात बुँदे दार ए सलाम घोषणा पत्र जारी गर्दै बैठक सम्पन्न भएको छ । एनआरएनएका अफ्रिका क्षेत्रका संयोजक सुनिल कार्कीले काम र व्यवसायका लागि आउने नेपालीहरु संख्या पूर्वी तथा पश्चिम अफ्रिकी मुलुकहरुमा भएपनि राजदूतावास उत्तर र दक्षिण क्षेत्रमा भएकाले काम गर्न
More

नेपालमा साना लगानी बारे क्यानाडामा सम्मेलन हुने

क्यानडामा “नेपालमा लगानी गरौं” भन्ने नाराका साथ सम्मेलन हुने नेपालमा गैरआवासीय नेपालीहरुलाई लगानीको वातावरण बन्दै गईरहेको छ । पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण राम्रो हुनथालेपछि गैरआवासीय नेपालीहरु नेपालमा लगानी गर्न थालेका हुन् । नेपालमा लगानीको वातावरण बन्दै गईरहेको भन्ने सन्देश दिन गैरआवासीय नेपाली संघ क्यानाडाले एक कार्यक्रमको आयोजना गर्न लागेको छ । नेपालमा साना लगानीका सम्भाबना र चुनौति बिषयमा “नेपालमा लगानी गरौं” (Lets Invest in Nepal) भन्ने नाराका साथ १ दिने सम्मेलनको आयोजना गर्न लागेको हो । गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपालमा लगानी कसरी गर्ने, लगानी गर्दाको सुरक्षा चुनौती, कुन क्षेत्रमा लगानी गर्ने
More

एनआरएन अफ्रिका सम्मेलनमा को को सहभागी भए ? (फोटो फिचर)

दार ए सलाम । गैरआवासीय नेपाली संघ(एनआरएनए)को अफ्रिका महादेशको दोस्रो क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा शुक्रबारबाट शुरु भएको छ । एक नेपालीको व्यवसायीको दार ए सलामस्थित रेस्टुरेन्टमा जारी बैठकको दोस्रो दिन अफ्रिका रहेका नेपालीहरुको अवस्था, नेपाल सरकारको उपस्थिति, नेपाल र अफ्रिकी मुलुकहरुबीच पर्यटन क्षेत्रको सहकार्यको संभावना, यहाँ काम गर्दै आएका नेपालीहरुको सुरक्षा र मानव तस्करीहरुले नेपालीलाई अलपत्र पार्ने घटनाको रोकथामसहितको विषयमा छलफल हुनेछ । यसैगरी शनिबार नै एनआरएनएका प्रमुख सरक्षक जीवा लामिछानेको किताब सरसर्ती संसारको अफ्रिकामा बिमोचन कार्यक्रम पनि हुनेछ । यसअघि शुक्रबार साँझ दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले सरकारको सिमित स्रोत र साधनको कारण
More

संशोधन स्थगित गरेर निर्वाचन घोषणा गर : नेपाली कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आगामी दुई महिनाभित्र स्थानीय निर्वाचन हुनुपर्ने विषयमा छलफल भएको महामन्त्री डा शशाङ्क कोइरालाले जानकारी दिनुभयो । निर्वाचन स्थानीय निकायको नयाँ वा पुरानो कुन संरचनामा गर्ने भन्ने बहसमा काँग्रेसले पुरानै संरचना अर्थात् निकायको निर्वाचन गर्दा सजिलो हुने निष्कर्ष निकालेको महामन्त्री डा कोइरालाले बताउनुभयो । काँग्रेसले जसरी भए पनि स्थानीय निर्वाचन गराउनुपर्ने सरकारसँग माग गरेको छ । स्थानीय निर्वाचन घोषणा गर्दा हाल व्यवस्थापिका–संसद् अवरुद्ध गर्दै आएका नेकपा (एमाले) लगायत विपक्षी दलमाथि संसद् खोल्न दबाब
More

गौहत्याका विरोधमा बन्द

धनगढी । कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौहत्या गरिएको भन्दै विरोधस्वरुप आज गरिएको सुदूरपश्चिम बन्दले यहाँको जनजीवन कष्टकर बनेको छ । हिन्दूवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ । बन्दकर्ताले गौहत्यामा संलग्न हुनेको खोजी गरी कडा कारबाहीको माग गर्दै धनगढी, अत्तरियालगायत क्षेत्रमा प्रदर्शन समेत गरेका छन् । धनगढी–डडेलधुरा सडक अन्तर्गत चुरे पहाडमा पर्ने भ्यागुते सडकखण्ड आसपासमा पाँच दिनअघि मरेका गाईगोरु फेला परेका थिए । कञ्चनपुरको वेदकोट नगरपालिका क्षेत्रमा रहेका छाडा गाईगोरुलाई राति ट्रकमा राखेर भ्यागुते सडकखण्डमा पु¥याएर छाडिएको बताइएको छ । यी चौपाया आफैँ मरेका हुन् वा कसैले मारेको हो भन्ने विषयमा
More

एमालेमुक्त मधेश निर्माण गरिने महतोको चेतावनी

काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसलाई एमालेमुक्त घोषणा गर्ने चेतावनी दिएका छन् । आइतबार बिहान एउटा निजी टेलिभिजनसँगको कुराकानीमा अध्यक्ष महतोले एमालेकै कारण मधेसी जनताले अधिकार नपाएको भन्दै एमाले मधेस विरोधी भएको आरोप लगाएका हुन् । बारम्बार मधेसी जनताको भावनामाथि ठेस पु-याएको भन्दै मोर्चाका नेतासमेत रहेका महतोले एमालेकै कार्यकर्ताले एमालेलाई मेधसमा छिर्न नदिने दावी गरे । सिमांकनका बिषयमा सरकारले ल्याएको संशोधन प्रस्ताव सकारात्मक रहेपनि अपुरो रहेको महतोको टिप्पणी थियो । उनले झापा, मोरङ, सुनसरी, कैलाली र कन्चनपुरलाई आयोगको जिम्मा दिन नहुने अडान यथावत् रहेको बताए । महतोले पाँच जिल्ला मधेसमा नसमेटिए ‘महाभारत’ मच्चाउने चेतावनी समेत दोहो-याए । नागरिकता
More

नेपालमा चार सय वर्षअघिदेखि क्रिश्मस मनाउन थालियो

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज (२५ डिसेम्बर)का दिन देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए । आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको उनका अनुयायीको भनाइ छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन
More

हिन्दू समुदायका बालबालिका उर्दू र अरबी भाषा पढ्दै

रामपुर । मुस्लिम समुदायका लागि मात्र स्थापना भएको रामपुर नगरपालिका–६ इस्लामपुरमा रहेको मदरसा नुरुल हुँदा अहले सुन्नत प्राथमिक विद्यालयमा हिन्दू समुदायका बालबालिका पनि पढ्ने गरेका छन् । मुस्लिम समुदायको भाषा संरक्षण गर्नका लागि स्थापना विद्यालयमा हिजोआज हिन्दू समुदायका बालबालिकाले उर्दू र अरबी भाषा सिक्दैछन् । सामाजिक मेलमिलाप, जातीय विभेदको कम हुँदै जाँदा हिन्दू समुदायका बालबालिका उर्दू र अरबी भाषामा आकर्षित भएका हुन् । यस आर्थिक वर्षमा विद्यालयमा ४५ जना विद्यार्थी भर्ना भएकामध्ये १० विद्यार्थी हिन्दू समुदायका छन् । २०६७ सालमा स्थापना भएको विद्यालयमा कक्षा बालविकासदेखि कक्षा ३ सम्म मात्र पठनपाठन हुने गर्दछ । मुस्लिम समुदायको जनघनत्व बढ्दै गएपछि उर्दू र
More