Daily Archives December 31, 2016

संशोधन प्रस्ताव अघि बढाएर निर्वाचनमा जाने सहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच व्यवस्थापिका– संसद्मा दर्ता भएको संविधान सशोधन प्रस्ताव अघि बढाउने तथा स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचनमा जाने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उहाँहरुबीच भएको भेटवार्तामा सरकारले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन सम्बन्धी प्रस्ताव अघि बढाउने र मधेसी मोर्चाले निर्वाचनको वातावरण बनाउने सहमति भएको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । सरकारको तर्फबाट सो अवसरमा संसद्मा दर्ता संविधान संशोधन प्रस्ताव अघि बढाएर निर्वाचन सम्बन्धी कार्यतालिका निश्चित गर्न समझदारी आवश्यक रहेको विषय प्रस्तुत गरिएको थियो । नेता कर्णका अनुसार भेटवार्तामा प्रधानमन्त्री
More

अधिकांश गाउँ युवाविहीन

डोटी । जिल्लाका अधिकांश गाउँ युवाविहीन छन् । खेतीपाती लगाउने काम सकिएपछि रोजगारीका सिलसिलामा धेरै युवा भारत प्रस्थान गरेका छन् । हिउँदमा तीन महिना फाल्तु बस्नुपर्ने र गाउँमा कुनै पनि रोजगारी नभएका कारण यहाँका धेरै युवा भारत जाने गरेका छन् । उनीहरु भारतमा बसेर तीन चार महिना कमाउने र पुनःखेती भित्र्याउनका निम्ति घर फर्कने गरेका छन् । अधिकांश युवा वैशाख महिनामा फर्किन्छन् भने कतिपय दसैँमा फर्कने गरेका छन् । डोटीको चवरा चौतारा गाविसका करिब ३५ जना युवा एकै साथ भारत जान भनी दिपायल बसपार्कमा भेटिए । सो गाविसका गौरी गडसिलाले भन्नुभयो, “हामीहरुलाई भारत जान रहर होइन, यहाँ रोजगारी पाइँदैन के
More

उत्तर प्रदेशका मुख्यमन्त्री पार्टीबाट आउट

कानपुर । भारत उत्तर प्रदेशका मूख्यमन्त्री अखिलेश यादवलाई उनका बुवा मुलायमसिंह यादवले ६ वर्षका लागि पार्टीबाट निष्काशन गरेका छन् । समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंहले छोरा अखिलेश र भतिजा राम गोपाललाई पार्टी सिध्याउने खेलमा लागेको आरोप लगाउँदै पार्टीबाट निकालेका हुन् । अखिलेशको ठाउँमा पार्टीले अब नयाँ मूख्यमन्त्री चयन गर्ने मुलायमले बताएका छन् । मुलायमसिंहले भतिजा रामगोपाल उत्तर प्रदेश विधान सभा चुनाव अगाडि पार्टीलाई कमजोर पार्ने काममा लागेको र अखिलेशले पनि उनलाई समर्थन गरेकाले उनीहरुलाई पार्टीबाट निकाल्नु परेको बताएका छन् । रामगोपालले आगामी विधान सभा चुनावमा पार्टीका उम्मेद्वार चयन गर्न जनवरी १ तारिखमा पार्टीको राष्ट्रिय सम्मेलन बोलाएपछि क्रूद्ध भएका मुलायमसिंहले दुबैलाई कार्वाही
More

करेन्ट लागेर दुई जनाको मृत्यु

इलाम । करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ । महमाइमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको निधन भएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । भीमदत्तनगर–नुहाउनका लागि पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर शुक्रबार कञ्चनपुर, भीमदत्त नगरपालिका–८ मटेनाका ६३ वर्षीय धर्मानन्द पन्तको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तार जोड्ने क्रममा पन्तलाई करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो । घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बम नेतृत्वको
More

नेपाली टोपी दिवस मनाउन आग्रह

काठमाडौं । विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् । यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने सो अभियानका डा लेखनाथ काफ्ले र शङ्कर बन्जाडेले बताउनुभयो । शताब्दीऔँदेखि भइरहेको विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको छ ।
More