Monthly Archives January 2017

सेयर बजारमा ६५ अङ्कले घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ । निरन्तर ओरालो लागेको नेप्से आज ६५.४४ अङ्कले तल झरेर एक हजार ३०९.७० अङ्कमा आइपुगेको छ । आज एक हजार ३७५.४७ अङ्कमा बजार खुलेको थियो । आज सबैभन्दा धेरै बिमा समूहका लगानीकर्ताले गुमाएको नेप्सेले उल्लेख गरेको छ । बिमा उपसूचक ८.७ प्रतिशतले घटेको छ । बिमापछि होटल उपसूचक ७.२४, फाइनान्स ५.४८ र बैंकिङ ४.६३ प्रतिशतले घटेका छन् । विकास बैंक, जलविद्युत् र अन्य उपसूचकमा पनि ठूलै कमी आएको छ ।
More

पर्दा पछाडिका नायक मानबहादुर

पेसाप्रतिको समर्पणले नै मानिसलाई सफलताको शिखरमा डो-याउँछ । ऊ जब सफल हुन्छ, तब उसका सत्कर्मको चर्चा सुरु हुन्छ । त्यस्तै कर्मशील व्यक्ति हुन् मानबहादुर थापा । उसले अनवरत सङ्घर्ष गरे र साँच्चिकै मान कमाए । नेपाली सेनाको ‘अडियो भिडियो’ शाखा रहेर डेढ दशक लामो अनुभव सम्हाल्नुभएका थापाले २३ वर्ष लामो सेवापछि अवकाश लिए । सेवा निवृत्त भएका धेरैजसो मानिसहरु बाँकी जीवन पाठपूजा र सामान्य घरायसी काममा व्यतित गर्छन् । तर थापा युवा जोशका साथ थापा दिनहँु भिडियो सुटिङ र एडिटिङमा व्यस्त रहनुहुन्छ । एकाबिहानै अनामनगरस्थित प्रोडक्सन हाउसमा आउनु, भिडियो आर्टका नयाँ विधाबारे छलफल र बहस गर्नु उहाँको दैनिकी बनेको छ
More

मधेसी मोर्चा देश बिगार्ने उद्धत: ओली

काठमाडौं । काठमाडौंको टेकु चपलीमा आयोजित वीर योद्दा बलभद्र कुँवरको २२७ औं जन्मजयन्ती तथा शालिक अनावरण कार्यक्रममा ओलीले देशको स्थायित्व र विकासका लागि इमान्दार भएर नलागे उनीहरु आफैं सकिने बताए हो । मधेसी मोर्चातर्फ इंगित गर्दै ओलीले देश बिगार्न भए भोट हाल्छौं, हैन भने भोटै हाल्दैनौं भन्ने धारणा मोर्चाको रहेको टिप्पणी गर्नुभयो । मधेसी मोर्चाले संशोधन प्रस्ताव पास गराउनको लागि भोट हाल्ने भनिरहेको तर यसले देश बिग्रने उनको तर्क थियो । संविधान संशोधन बेमौसमी बाजा भएको भन्दै ओलीले एमालेले लोकतन्त्रको खिल्ली उठाएको भन्ने आरोप निराधार भएको बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कुनै पनि प्रणाली देशको हीतका लागि
More

प्रहरी र आपराधिक समूहबीच गोली हानाहान, तीनजना घाइते

सुनसरी । सुनसरीको खनारमा सोमबार दिउँसो प्रहरी र आपराधिक समूहबीच गोली हानाहानमा तीनजना घाइते भएका छन् । लागूऔषधका कारोबारी समूह रहेको जानकारी पाएपछि उक्त स्थानमा पुगेको प्रहरीमाथि अपराधिक समूहले गोली चलाएपछि प्रहरीले पनि जवाफी कारवाहीमा गोली चलाएको बताएको छ । पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआइजी केशरीराज घिमिरेका अनुसार आपराधिक गतिविधिमा समेत संलग्न लागूऔषधका कारोबारी रहेको सूचनाका आधारमा पुगेको प्रहरी टोली देखेर उनीहरुले गोली चलाएका थिए । त्यस क्रममा प्रहरीको मोटरसाइकलमा गोली लागेको छ । त्यसपछि प्रहरीले पनि प्रतिकारमा गोली प्रहार गरेको थियो । घाइते हुनेमा मोरङ निवासी श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका
More

निर्वाचन (कसुर तथा सजाय) विधेयक पारित

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकले ‘निर्वाचन(कसुर तथा सजाय) विधेयक, २०७३ लाई पारित गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका सम्बन्धमा आवश्यक पर्ने उक्त विधेयक सदनमा प्रस्तुत गर्नुभएको थियो । त्यसअघि राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको निर्वाचन (कसुर तथा सजाय) विधेयक, २०७३ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि सांसद प्रेम सुवालले निर्वाचनमा गम्भीर कसुर गर्ने, भोजभतेर गर्ने, जागिर दिने आश्वासन दिने, मोबाइल तथा भौतिक सामग्री वितरण गर्ने, मतदान केन्द्र तोडफोड गर्ने दल र उम्मेदवार एवम् कर्मचारीलाई कडा कारबाही गर्ने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । सांसद सुवालले उठाउनुभएको विषयको जवाफ दिनुहुँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री
More

बिपी र गणेशमानलाई मृत्युदण्डबाट जोगाउने जनकमानले जागिर गुमाए

न्यायाधीशज्यू हजूरलाई गृहमन्त्रीको आदेश छ, सिंहदरवार जान प-यो, गाडी तयार छ गृहमन्त्री भोजराज घिमिरेको नाम लिएर तत्कालीन नारायणी अञ्चलाधीशबाट यस्तो खबर पाएपनि न्यायाधीश जनकमान श्रेष्ठ काठमाडौँ आउनुभएन । “गृहमन्त्रीले भनेर म जाने होइन, कि त मलाई प्रधानन्यायाधीशले डाक्नुप-यो नत्र म जान्नँ,” न्यायाधीश श्रेष्ठले अडान लिनुभयो । नभन्दै साँझपख तत्कालीन प्रधानन्यायाधीश नयनबहादुर खत्रीको फोन आयो । राष्ट्रिय मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते नेपाल फर्कनुभएका प्रतिबन्धित नेपाली काँगे्रसका सभापति बिपी कोइराला, गणेशमान सिंहलगायतका नेतालाई लगाइएको मृत्युदण्डसम्बन्धी मुद्दाको फैसला गर्न न्यायाधीश श्रेष्ठलाई रातारात यसरी काठमाडौँ झिकाइयो । पुस १६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने बित्तिकै बिपी लगायतका नेताहरुलाई सुन्दरीजल बन्दीगृहमा
More

उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नेपाल टेलिभिजनको ३२औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोहलपुर क्षेत्रीय प्रसारण लाइनको उद्घाटन गर्दै । साथमा सूचना तथा सञ्चारमन्त्री सुुरेन्द्रकुमार कार्की लगायत । तस्बिर : प्रदीपराज वन्त
More

माघ २५ भित्र निर्वाचनको मिति घोषणा गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्बाट स्थानीय निर्वाचनका लागि आवश्यक सबै कानुन पारित गराई यही माघ २५ भित्र निर्वाचनको मिति घोषणा गरिसक्नुपर्नेमा जोड दिनुभएको छ । काँग्रेसको भ्रातृ सङ्घ जनसम्पर्क समिति दक्षिण कोरियाको कार्यक्रममा सहभागी भई आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसित कुराकानी गर्दै अगामी जेठभित्र स्थानीय निकायको निर्वाचन भएमा मङ्सिरमा प्रदेशसभा र संसद्को निर्वाचन सम्पन्न हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो – “संविधानलाई कार्यान्वयन गर्न निर्वाचनको अर्का विकल्प छैन, यसमा दलहरु गम्भीर बन्नुपर्छ ।” नेता पौडेलले संविधान संशोधन नभई चुनाव हुन सक्दैन भन्ने मधेसी मोर्चाको भनाइ, संशोधन नगरी निर्वाचनमा जानुपर्छ भन्ने एमालेको हठ र दुवैलाई
More

यस वर्षकी विश्व सुन्दरी फ्रान्सकी मित्तेराँ

मनिला । यस वर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औं विश्व सुन्दरी प्रतियोगीतामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छिन् । सो प्रतियोगीतामा विश्वका छयासी देशका सुन्दरीहरु सहभागी थिए । दन्त चिकित्सा विषयमा फ्रान्समा अध्ययनरत तेइस वर्षिया विद्यार्थी तथा मोडेल मित्तेराँले पचासी जना सुन्दरी प्रतिद्वन्दीहरुलाई पछि पार्दै सन् २०१७ को विश्व सुन्दरी (मिस युनिभर्स) उपाधि हात पार्न सफल भएकी हुन् । राजधानी मनिलाको एसिया एरिना मलमा आयोजित उक्त प्रतियोगीताको अन्तिम दिन उनलाई गत वर्षकी विश्व सुन्दरी, फिलिपिन्सकै पिया उर्जब्याचले मिस युनिभर्सको शिरताज पहिराइ दिइन् । उत्तरी फ्रान्सको एउटा सानो नगर – लिली निवासी सुन्दरी मित्तेराँले आयोजकका तर्फबाट स्टिभ हार्भेले सोधेका
More

सत्तारुढ दल र मधेसी मोर्चाबीचको बैठक निष्कर्षविहीन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीचको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सोमबार बिहान बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको हो । संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचन घोषणालगायतका विषयमा छलफल गरी सहमति कायम गर्न प्रधानमन्त्री दाहालले बैठक बोलाएका थिए । बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचन घोषणा सँगसँगै गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर, मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव पारित भएपछि मात्र स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन भएको हो । बैठकमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन
More

नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बेलायत आउदै

लन्डन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यूरोपका विभिन्न देशको भ्रमण गर्नु हुने भएको छ । नेपाली काँग्रेस बेलायतका नेता शान्त लामिछानेका अनुसार नेपाली जनसम्पर्क समितिको विभिन्न कार्यक्रममा सहभागी हुन वरिष्ठ नेता पौडेलले यूरोपको भ्रमण गर्न लाग्नु भएको हो । नेता पौडेल फेब्रुअरीको दोश्रो साता युरोप भ्रमणमा आउदै हुनुहुन्छ । नेपाली जनसम्पर्क समिति डेनमार्कको ११ फेब्रुअरीमा सम्पन्न हुन् लागेको अधिबेशनमा प्रमुख अतिथिको रुपमा भाग लिदै हुनुहुन्छ । जनसम्पर्क समिति बेलायतका सल्लाहाकार विश्वआर्दश पण्डितका अनुसार पौडेलको बेलायतको भिसा टुंगो लागि सकेको छैन् । पौडेलले भिसा हात पारे पछि समितिले औपचारिक रुपमा भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसपछि
More

निर्वाचनसँग सम्बन्धित कानुनका विषयमा छलफल हुने

काठमाडौं । निर्वाचनसँग सम्वन्धित कानूनमा छलफल गर्न ब्यवस्थापिका संसदको बैठक बस्दैछ । दिउँसो बस्ने बैठकमा राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको निर्वाचन कसुर तथा सजाय विधेयक २०७३ पारित गराउने तयारी छ । बैठकले वातावरण संरक्षण समितिको प्रतिवेदनसहितको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण पाँचौं संशोधन विधेयक पनि पारित गर्दै छ । त्यसअघि यो विधेयकमाथि सांसदले धारणा राख्नेछन् । आजको बैठकमा भाषा आयोग विधेयक पनि पेश हुँदैछ ।
More

मादक पदार्थ सेवन गरी साथीको हत्या

पाँचथर । अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । मृत्यु हुनेमा मेमेङ–५ का १९ वर्षीय अजय राई रहेका छन् । आइतबार बेलुका प्राङबुङ–८ मा रहेको स्थानीय हाट बजार भर्न आएका उनीहरु अत्याधिक मादक पदार्थ सेवन गरेपछि दुवैबीच झगडा हुँदा उनका साथी सुरेन मगरले अजयको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो झगडामा गम्भीर घाइते भएका मगरको प्रहरीको निगरानीमा जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी सहायक निरीक्षक विष्णु खड्काले जानकारी दिनुभयो ।
More

काठमाडौंको कुलेश्वरमा भीषण आगलागी

काठमाडौं । काठमाडौंको कुलेश्वरमा आगलागी हुँदा आधा दर्जन पसल र दुई वटा घर जलेको छ । आइतबार राति करिब साढे आठ बजेतिर भएको आगलागीबाट कस्मेटिक, मेसिनरीलगायत आधा दर्जन पसल र दुई वटा घर जलेको प्रहरीले जनाएको हो । आगलागीको कारण भने खुलेको छैन । आगो नियन्त्रण गर्न स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको बारुणयन्त्रसहितको टोलीलाई करिब दुई घण्टा लागेको थियो । आगो निभाउन आधा दर्जन दमकल, पानी ट्याङकर आगलागीस्थल पुगेका थिए । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।
More

रामेछापमा हंगकंग नेपाली मन्चको राहत वितरण कार्यक्रम

मन्थली । हङकङ नेपाली मञ्च युकेले रामेछापको फर्पु गाविस वडा नम्बर ८ मा एक कार्यक्रम गरी १ लाख रुपैयाँ बराबरको राहत सामाग्री शनिवार वितरण गरेको छ । मञ्चका निवर्तमान सचिव खुशी लिम्बुले सो राहत सामग्री वितरण गरेका हुन् । सामाजिक प्रयोजनका लागि मात्र प्रयोग गरिने ती राहत सामग्रीहरुमा लताकपडा, भाडाकुडा र कम्मल रहेका छन् । सदरमुकामबाट नजिकै रहेर पनि पिछडिएको मानिएको सो फर्पू गाविसमा प्राय: सुनुवार जातिको बसोवास रहेको छ । एनआरएन बेलायतका प्रतिनिधि समेत रहेका खुशी लिम्बुले राहत समाग्री वितरण गर्दै भने, “७२ सालको भूकम्पमा यस गाविसबासीले अरुभन्दा बढी क्षति व्योहोर्नु पर्यो । त्यसैले यसअघि एनआरएनले यही ठाउँमा आएर
More

शिक्षामन्त्रीले बेलायतबाट घोषणा गरे स्पेनमा दूतावास खोलिन्छ

लन्डन । नेपाली जनप्रगतिशिल मञ्च, बेलायतले नेपाल सरकारका शिक्षामन्त्री डिआर पौडेलको उपस्थितिमा लन्डनमा एक कार्यक्रम गरेको छ । नेपालको शिक्षा प्रणाली विषयमा कार्यक्रम भएको हो । नेपाली जनप्रगतिशिल मञ्च, बेलायतका कार्यवाहक संयोजक मान बहादुर गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य महेन्द्र कंडेलले स्वागत गरेका थिए । संयोजक गुरुङले प्रमुख अतिथि शिक्षामन्त्रीलाई पुष्पगुच्छा दिएर सुरु भएको कार्यक्रममा मन्त्री पौडेलले नेपालको शिक्षा नीति परम्परागत रहंदै आएकोमा व्यापक फेरबदल गरिएकाले आगामी दिनमा यसको परिणाम देखिने आशा व्यक्त गरे । नेपालमा सरकार परिवर्तनसंगै शिक्षा नीतिमा पनि परिवर्तन हुने परिपार्टीको अन्त्य हुन जरुरी भएकोले सोही खालको शिक्षा नियमावली बनाउनेतर्फ वर्तमान सरकार लागिपरेको उनले
More

नेपाल पर्यटन ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष चन्द्र रिजालसंग अन्तरक्रिया

लन्डन । नेकपा एमाले पर्यटन प्रवर्धन विभागका सचिव, टानका अध्यक्ष तथा नेपाल पर्यटन ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष चन्द्र रिजाल र नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य, नेकपा एमाले पर्यटन प्रवर्धन विभाग सदस्य श्याम पाठकको सम्मानमा एक कार्यक्रम गरिएको छ । प्रवासी नेपाली मञ्च बेलायतले सारस रेष्टुरेण्ट, नर्थ हयारोमा कार्यक्रम गरेको हो । कार्यक्रममा मञ्चका अध्यक्ष रामशरण सिम्खडा तथा संस्थापक अध्यक्ष आङगकल्जंग लामाले अतिथीहरुलाई खादा तथा मायांको चिनो प्रदान गरे । सो अवसरमा अध्यक्ष सिम्खडाले उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा अतिथी रिजालले वर्तमान अवस्थामा आफू संलग्न विभागले गरेका कृयाकलाप, टान गतिविधि र बेलायतमा पर्यटन प्रवर्धनमा मिलेर गर्न सकिने सम्भाव्य कामहरुको
More

संसदको म्याद बढाउने चाहना छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको म्याद बढाउने चाहना नभएको बताएका छन् । एक वर्षभित्र तीन तहकै निर्वाचन गर्नुपर्ने पक्षमा आफू रहेको भन्दै उनले मधेसकेन्द्रित दलहरुका मुद्दा पनि वार्ताकै माध्यमबाट समाधान गरिने बताए । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सभापति देउवाले हिमाल, पहाड, तराईबीच एकता बढाउनुपर्नेमा जोड दिए । मधेसी दलहरुले आन्दोलनको धम्की दिएको भन्दै उनले उनीहरुको माग वार्ताबाट सम्बोधन हुने पनि बताए ।
More

अमेरिकाले रोकेका आप्रवासीलाई क्यानाडाले स्वागत गर्ने

ओट्टावा । क्यानाडाका प्रधानमन्त्री जस्टीन त्रुदेउले अमेरिकाले बन्देज गरेका विदेशी शरणार्थी तथा आप्रवासीहरुलाई क्यानाडाले स्वागत गर्ने बताउनुभएको छ । ट्विटरमार्फत् उहाँले भन्नुभएको छ, “जसले हिंसा, आतङ्क र युद्ध भोगीरहेको छ, ती सवैलाई क्यानाडाले स्वागत गर्न चहान्छ ।” त्रुदेउले उनीहरुको धर्मको आधारमा कुनै पक्षपात नगर्ने पनि स्पष्ट पार्नुभएको छ । “विविधता हाम्रो शक्ती हो, क्यानाडामा स्वागत छ,” उहाँले ट्विटमा लेख्नु भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम समुदायका आप्रवासी तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा कडाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि क्यानाडाका प्रधानमन्त्री त्रुदेउले यस्तो सन्देश ट्विटरमा लेख्नुभएको हो । ट्रम्पले इरान, इराक, लिविया, सोमालिया, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा कडाई
More

सुबिसु आइसिटी सम्मेलन

सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की कम्प्युटर एसोसिएसन नेपाल महासङ्घद्वारा काठमाडौँमा आइतबार आयोजित ‘सुबिसु आइसिटी सम्मेलन–२०१७’ मा क्यानद्वारा प्रकाशित बुलेटिन सार्वजनिक गर्दै । तस्बिर : रत्न श्रेष्ठ
More