Monthly Archives January 2017

हेटौडामा मासिक ५३ करोड रुपैयाँको विद्युत चुहावट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयअन्तर्गत रु ५२ करोड ६५ लाख ४८ हजार बराबरको विद्युत् चुहावट भएको पाइएको छ । प्राधिकरणको कलैया वितरण केन्द्र र गौर वितरण केन्द्रबाट मात्र गत आर्थिक वर्षमा सबैभन्दा बढी विद्युत् चुहावट भएको क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ती दुई वितरण केन्द्रमा मात्रै ५३ प्रतिशतको हाराहारीमा चुहावट भएको पाइएको छ । ग्रामीण क्षेत्रका साना घर, पसलले भने आफैँ हुकिङ गरेर विद्युत चोरी गरेपनि ठूला उद्योग, कलकारखाना, होटल, व्यवसायिक प्रतिष्ठानमा भने प्राधिकरणका कर्मचारीको मिलेमतोमा बिजुली चोरी हुने गरेको छ । प्राधिकरणको क्षेत्रीय कार्यालयअन्तर्गत गौर वितरण केन्द्रबाट वितरण गरिएको विद्युत्मा ५३ दशमलव ५१ प्रतिशत विद्युत
More

बेलायतबासी नेपालीले दिएको पैसाले घुँडाको उपचार गरें : मीरा राई

मीरा राई, एन्डभ्यान्चर अल्ट्रा रनर भोजपुर साने दुम्बाकी मीरा तत्कालीन माओवादी विद्रोहमासमेत आबद्ध थिइन् । आर्थिक अवस्था कमजोर भएकाले वैदेशिक रोजगारीमा जान भीषासमेत पाइसकेको अवस्थामा उनको जीवनले एकाएक नयाँ मोड लिएको थियो । २०७० चैतमा भएको आउटडोर फेस्टिबलको ५० किमी दौडमा उनले उपाधि जितिन् । यहीबाट सुरु भएको उनले सफलताले अहिलेसम्म धेरै अन्तर्राष्ट्रिय सफलता हात पारिसकेकी छन् । २९ वर्षीया मीरा आफूले पाएको सफलतासँगै अवसरबाट बन्चित आफूजस्तै थुप्रै युवाको भविष्य उज्जल पार्न लागि परेकी छन् । यिनै विषयमा किरण रानाले गरेको कुराकानी– ० नेशलन जोग्राफीको एन्डभान्चर अफ दि एयर २०१७ उपाधि जितिसकेपछि कस्तो महसुस भयो ? – सोच्दै नसोचेको कुरा
More

नेविसंघको पदपूर्ति केन्द्रीय समितिको निर्णय विपरित

चितवन । चितवनका विभिन्न क्याम्पसमा रिक्त रहेको नेविसंघ अध्यक्षको पदपूर्तिलाई विधान विपरित भएको भन्दै नेविसंघ केन्द्रिय समितिले वदर गरेको छ । केन्द्रिय समितिले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै चयन गरिएका व्यक्तिलाई भन्दा पनि पद्धतीलाई वद्दर गरेको प्रस्ट्याएको छ । केन्द्रिय समितिसंग  कुनै सल्लाह नगरी मनोमानी ढंले गरीएको निर्णय लोकतान्त्रिक पद्धतीमा कुनै पनि हालतमा मान्य नहुने केन्द्रिय उपाध्यक्ष रामप्रसाद अधिकारीले बताए । संगठनको हित विपरित गठन, विघठन तथा पुर्नगठन नगर्न नगराउन आह्वान गरीएको समेत उनले जोड दिए । रिक्त पदमा मनोनयन गरेको केहि दिन पछि नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको लेटर प्याडमा केन्द्रिय महामन्त्रीद्वय कुन्दनराज काफ्ले र सरोज कुमार थापाले
More

नेपालमा लगानी बढाउन आह्वान

टोरेन्टो । क्यानडाको टोरन्टो शहरमा भेला भएका गैरआवासीय नेपालीहरुले लगानीकालागि उपयुक्त र सहज वातावरण बनाउन नेपाल सरकारसमक्ष आग्रह गरेका छन् । गत जनवरी २२ तारिखका दिन एनआरएन क्यानडाद्वारा आयोजित नेपालमा लगानी गरौं भन्ने एक अन्तर्कृया बोल्दै वक्ताहरुले नेपालमा अझै लगानीकालागि सुरक्षित र जोखिमरहित वातावरण बन्न नसकेको गुनासो गरेका थिए। कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्य, एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेल, एनआरएन युकेका सल्लाहकार रामशरण सिंखडा लगायतका वक्ताहरुले नेपालमा बौद्धिक तथा आर्थिक लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान पनि गरेका थिए। एनआरएन क्यानडाले एनआरएनए आइसिसिलाई नेपालमा लगानी गर्नका लागि सुरक्षित र
More

माइतीघर मण्डलामा सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइयो

काठमाडौं । नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा आज माइतीघर मण्डलामा फहराइएको छ । सहिद दिवसको अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झन्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झण्डा फहराउनुभएको हो । कार्यक्रममा अध्यक्ष ओलीले नेपाली स्वाभिमानमाथि अपमान हुन थालेपछि राष्ट्रियताप्रति प्यारो लाग्न थालेको बताउनुभयो । केही वर्षयता नेपालको झण्डा नेपालीलाई प्यारो लाग्न थालेको भन्दै उहाँले केही स्वार्थ तत्वबाहेक सबैले देशलाई माया गर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले जस्तोसुकै परिस्थिति आए पनि देशलाई टुक्रिन र कमजोर पनि हुन नदिने धारणा राख्नुभयो । “हामी दुःख व्यहोर्न तयार छाँै । तर हेपिन
More

केटा होस या केटी बाटो ढुकेर पिट्थें

शोभा गौतम खड्का, पूर्वअध्यक्ष, नारायणगढ लेडी जेसिज प्रजातन्त्र सेनानी बुबा नन्दकिशोर गौतमको राजनीतिक प्रभावले विद्यार्थी राजनीतिमा होमिएकी शोभा गौतम खड्का यतिबेला सौन्दर्य व्यवसायमा आबद्ध छिन् । आर्थिक रूपमा सक्षम हुन सके धेरै अवसर पाउन सकिने उनको विचार छ । विभिन्न सामाजिक संघ–संस्थामा समेत आबद्ध शोभा जेसिजको व्यक्तित्व र नेतृत्व विकासको नारा पछ्याउँदै जेसिजमा लागेकी छन् । उनी सन् २०१६ मा नारायणगढ लेडी जेसिज अध्यक्ष पनि बनेकी थिइन् । उनीसँग सिर्जना अर्यालले गरेको कुराकानी : ० के काममा सक्रिय हुनुहुन्छ ? – भर्खरै नारायणगढ लेडि जेसिजको अध्यक्षको कार्यकाल सकिएको छ । नारायणगढ लेडि जेसिजको  भवन पनि निमार्ण कार्य पनि सम्पन्न भइसकेको
More

एनआरएन उपाध्यक्ष पन्त र यूरोप संयोजक आचार्य हल्याण्डमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपाध्यक्ष कुमार पन्त तथा यूरोप संयोजक कुल आचार्य हल्याण्ड पुगेका छन् । उनीहरु त्यहाँस्थित गैरआवासीय नेपाली संघ, हल्याण्डको साधारणसभामा भाग लिन दुवै जना त्यहाँ पुगेका हुन् । आचार्यको स्वागतका लागि गैरआवासीय नेपाली संघ हल्याण्डका अध्यक्ष हिमाल गुरुगं सहितको टोली आइतवार बिहान विमानस्थल पुगेको थियो । उनको स्वागतका लागि महेन्द्र सुवेदी, मनोहरी शर्मा विमानस्थल पुगेका थिए । कार्यक्रममा बेल्जियमका नेपाली राजदूत लोक बहादुर थापाको स्वागत तथा सम्मान गर्ने तयारी गरिएको छ ।
More

प्रधानमन्त्रीद्वारा सहिदप्रति श्रद्धाञ्जलि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरमा रहेको सहिद स्मारकमा पुगी सहिदको शालिकमा फूलमाला अर्पण गर्दै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ । सो श्रद्धाञ्जलि सभामा सभामुख ओनसरी घर्ती मगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव डा सोमलाल सुवेदी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सरकारका कर्मचारीले पनि पुष्पगुच्छा अर्पण गर्दै सहिदको सम्झना गर्नुभएको थियो । सोही अवसरमा नेपाली सेनाले सहिदको सम्झनामा एक मिनेट सम्मान गारक अर्पण गरेको थियो । काठमाडौँ महानगरपालिकाको आयोजनामा सहिद सप्ताहको अन्तिमा दिन आज रत्नपार्क शान्तिवाटिकाबाट प्रभातफेरीको आयोजना गरी सहिद स्मारक लैनचौर पुगी मूल समारोहमा परिणत भएको थियो । विसं
More

भारतले बनायो दसगजामै पक्की सडक र नाला

गौशाला । भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालय, महोत्तरीका अनुसार भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको हो । सीमाक्षेत्रको दसगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दसगजा मिचेर पक्की संरचना निर्माण गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताउनुभयो । भारतीय पक्षले दसगजा मिचेर भौतिक संरचना निर्माण गर्न लागेको सम्बन्धी गत पुस २३ गते नै जानकारी
More

नारी उत्थानको रजत महोत्सवको समापन

चितवन । नारी उत्थान केन्द्र नारायणगढले गत साउन ३१ गतेबाट विभिन्न कार्यक्रमहरु गर्दै सुरु भएको रजत महोत्सवको शनिवार  एक कार्यक्रम गरि समापन गरिएको छ । समापन कार्यक्रमकी प्रमुख अतिथि महिला अधिकारकर्मी तथा मानव बेचबिखनको क्षेत्रमा कार्यरत एबीसी नेपालकी अध्यक्ष दुर्गा घिमिरेले आर्थिक शशक्तिकरणले महिलाहरुको अवस्थामा परिवर्तन हुने बताउनुभयो । उहांले अहिले पनि घरेलु हिंसामा कमी आउन नसकेको भन्दै महिला पुरुषको हातेमालोले समाजमा रहेको विभेदको अन्तइ हुने औंल्याउनुभयो । महिलाका पक्षमा ऐन कानुन बनेपनि व्यवहामा कार्यान्वयन हुन नसकेको बताउदै सरकारले मानव बेचबिखन लगायत महिलाका मुद्धालाई प्राथमिकतामा राखे  पनि वर्तमानको संविधानमा समेत विभेद गरेको उहांले बताउनुभयो । यसैगरि, कार्यक्रममा केन्द्रकी संस्थापक अध्यक्ष
More

सांसद जोशीद्वारा महायज्ञमा रु २० लाख सहयोग

फलेवास । दक्षिण पर्वतको रानीपानीमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सव शनिबारदेखि सुरु भएको छ । स्थानीय नेपालतारा माविमा स्नातक तह र प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले आगामी माघ २२ गतेसम्म महायज्ञ सञ्चालन गरिएको हो । महायज्ञमा सांसद अर्जुनप्रसाद जोशीले रु २० लाख २५ हजार सहयोग गर्नुभएको छ । विकट गाउँका विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग मिलोस् भनेर आफूले उक्त रकम सहयोग गरेको महायज्ञ उद्घाटनपछि जोशीले बताउनुभयो । महायज्ञको सांसद जोशी र क्षेत्र नं २ का सांसद विकास लम्सालले संयुक्त रुपमा गर्नुभएको थियो । त्यस्तै सांसद विकास लम्सालले पनि विद्यालयमा स्नातक तह र प्राविधिक शिक्षाका लागि आफूले सक्दो सहयोग
More

सहिद स्मारकमा श्रद्धान्जली अर्पण

प्रधानमन्त्रीद्वारा सहिदहरुको स्मारकमा माल्यार्पण : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लैनचौरमा रहेको सहिद स्मारकमा श्रद्धान्जली अर्पण गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त
More

ग्लोबल नेपाली फिल्म अवार्ड प्रदान

काठमाडौं । नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पु-याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान गरेको छ । गत महिना अमेरिकाको कोलोराडो सहरमा आयोजना भएको कार्यक्रममा अवार्ड पाउन बाँकी रहेका नेपाली कलाकार तथा पत्रकारलाई यहाँ आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको हो । सो अवसरमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको कलाकारिता क्षेत्रलाई विश्वव्यापीरुपमा फैलाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली साहित्य, कला, संस्कृति विधालाई राज्यले जुनरुपमा प्राथमिकता दिनुपर्ने हो त्यो दिन सकेको छैन ।” मन्त्री महतले महत्वपूर्ण सन्देश आम जनमानसमा पु-याउन फिल्म क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउँदै यसलाई राज्यको सहजकर्ताको रुपमा लिनुपर्ने
More

लाप्राकवासीलाई एनआरएनको उदाहरणीय सहयोग : सीईओ पोखरेल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले लाप्राकमा भूकम्प पीडितका लागि निर्माण गर्ने भवनमा नेपाली सेनाले सहयोग गर्ने भएको छ । एनआरएनको आग्रहमा नेपाली सेनाले क्याप्टेनको कमाण्डमा ३९ जना दक्ष्य जनशक्ति लाप्रापक पठाएर साथ दिन लागेको हो । दक्ष्य जनशक्तिमा इन्जिनियर, ओभरसियर र दक्ष्य निर्माणशक्ति छन् । हिजो शनिबार लाप्राक पुगेका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले एनआरएनको अभियानलाई नेपाली सेनाले साथ दिन स्वयसेवक खटाएको जानकारी गराए । घरको डिजाइ र निर्माण लागतको विषयमा लाप्रापकवासीसँग छलफल गर्न आयोजित कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलको समेत उपस्थिति थियो । एनआरएनए अध्यक्ष शेष घलेले भन्नुभयो-
More

आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं । आज माघ १६ अर्थात् शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाईंदै छ ।देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाइने गरिन्छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाउने गरिन्छ । अमर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा एवं प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाको योगदानमा यो दिवस मनाइने गरिएको हो । हरेक
More

आहा ! रारा गोल्डकप : मनाङ मस्र्याङ्दीलाई उपाधि

पोखरा, १५ माघ । पन्ध्रौँ आहा ! रारा गोल्ड कपको उपाधि लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । पोखरा रङ्गशालामा मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लबबीच आज भएको फाइनल खेलमा मनाङले सहारा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै यस वर्षको रारा गोल्ड कप फुटबल प्रतियोगिताको विजेता बनेको हो । मनाङ मस्र्याङ्दीका लागि निर्णायक गोल खेलको ७०औँ मिनेटमा कमल श्रेष्ठले गरेका थिए । उपाधिसँगै मनाङ मस्र्याङ्दीले रु पाँच लाख एक हजार एक तथा उपविजेता सहाराले रु दुई लाख ५१ हजार एक, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्का, सांसद रवीन्द्र अधिकारी, क्षेत्रीय
More

एक वर्षपछि सार्वजनिक कार्यक्रममा नेता नरहरि

काठमाडौं । नेपाली काँग्रेसका नेता नरहरि आचार्य एकवर्षपछि सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ । गत वर्ष तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको मृत्युको खबरपछि कोइराला निवास पुग्नुभएका आचार्यलाई त्यहीँ हृदयघात भएको थियो । त्यसपछि उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको थिएन । आज सहिद गङ्गागाल राष्ट्रिय हृदय केन्द्रको २१ औँ वार्षिकोत्सवमा सहयोगीका साथमा सहभागी हुनुभएको हो । सो अवसरमा उहाँले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबै शुभचिन्तक र नेपाली जनतालाई औपचारिकरुपमा सद्भाव र मायाका लागि आभार पनि व्यक्त गर्नुभयो । नेता आचार्य गङ्गालालको सञ्चालक समितिको सदस्य पनि हुनुहुन्छ । आफ्नो स्वास्थ्यलाभमा गङ्गालालले खेलेको महत्वपूर्ण भूमिकाका कारण यहीँबाट सार्वजनिक कार्यक्रममा सहभागी
More

मधेसी मोर्चाले दियो माघ २३ सम्मको अल्टिमेटम

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यही माघ २३ गतेसम्म आफूहरुका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा शनिबार बसेको मोर्चाको बैठकले संविधान संशोधनलगायतका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको हो । प्रमुख दलहरु संविधान संशोधनभन्दा पनि निर्वाचनमा बढी केन्द्रित भएको भन्दै मोर्चाले संशोधनका लागि अल्टिमेटम दिएको हो । दलहरु आफूहरुका माग पूरा गराउनेभन्दा पनि निर्वाचनमामात्र केन्द्रित भएको भन्दै आन्दोलन गर्ने चेतावनी मोर्चाले दिएको छ । मोर्चाले माग पूरा नभए फागुनदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । बैठकले आफूहरुको सहमतिविपरीत स्थानीय निकाय पुनःसंरचना आयोगले प्रतिवदेन दिएकाले स्थानीय तहमा दबाब दिने निर्णयसमेत
More

संविधान कार्यान्वयनमा जुट्न प्रमको आग्रह, तस्बिरमा यस्तो देखियो टुँडिखेल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दरमुलुक भएको बताउनुभएको छ । तामाङ ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै उहाँले हाम्रा लागि मात्रै नभई विश्व समुदायका लागि नेपाल बहुपहिचानयुक्त एक महत्वपूर्ण पुँजी भएको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले भाषा, संस्कृति, वेषभूषा, संस्कार तथा चाडपर्व आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषता रहेको उल्लेख गर्दै तामाङ जाती नेपालको एक प्राचीन जाति रहेको र सांस्कृतिक रुपमा समेत धनी मानिने यस जातिले सदियाँैदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण एव्म संवद्र्धन गर्दै आइरहेको छ भन्नुभयो । नयाँ अवसरको आगमनको खुसियालीस्वरुप विशेष उत्साह र उमङ्गका
More

सोनाम ल्होसार पर्वमा कलाकार नृत्य प्रस्तुत

सोनाम ल्होसार पर्वको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौँको टुँडिखेलमा शनिबार आयोजना गरेको विशेष कार्यक्रममा नृत्य गर्दै तामाङ कलाकार । तस्बिर : प्रदीपराज वन्त
More