Daily Archives January 1, 2017

भोलि बस्ने संसदको बैठकमा संशोधन प्रस्ताव टेबुल गरिने

काठमाडौं । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावमा प्रमुख दलहरुबीच सहमति नभए प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने भएको छ । सत्तारुढ दलकहरुको सहयोगमा सरकारले संसद्को आगामी बैठकमा संशोधनको प्रस्ताव टेबल गर्ने तयारी गरेसँगै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायत दलले त्यसको प्रतिवाद गर्ने जनाएका छन् । संविधानका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेस केन्द्रित दलको माग सम्बोधन गर्न सरकारले गत मङ्सिर १४ गते नेपालको संविधानको दोस्रो संशोधन विधेयक दर्ता गराएको थियो । सरकारले भोलि (सोमबार) बस्ने संसद् बैठकमा संशोधन प्रस्ताव टेबल गर्ने तयारी गरेको छ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले संशोधन प्रस्तावका सम्बन्धमा प्रमुख दलहरुबीच अन्तिम समयसम्म सहमतिको
More

सन् २०१७ लाई ‘शान्ति वर्ष बनाइने’ : राष्ट्रसङ्घ प्रमुख

अमेरिका । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार राष्ट्रसङ्घ प्रमुखका रुपमा जिम्मेवारी सम्हालेपछि नयाँ वर्षको विशेष अवसरमा दिनुभएको शुभकामना सन्देशमा सन् २०१७ लाई सर्व प्रथम शान्ति स्थापनाको बनाउनु आफ्नो प्राथमिकता रहने बताउनुभएको छ । पोर्चुगलका पूर्व प्रधानमन्त्रीको रुपमा अनुभव लिएका गुटेर्रेसले सिरियाको राजनीतिक सङ्कट समाधान गर्ने, दक्षिण सुडान, यमन, बुरुन्डी, उत्तर कोरिया र विश्वका अन्य समस्या समाधान गर्ने जिम्मेवारीसहित निवर्तमान राष्ट्रसङ्घ प्रमुख बान कि मुनको ठाउँमा आइतबारदेखि नै राष्ट्रसङ्घ प्रमुखका रूपमा पद सम्हाल्नुभएको हो । सन्देशमा राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले द्वन्द्वमा फसेका करोडौँ जनतालाई कसरी शान्ति प्रक्रियामा ल्याउने भन्ने नै आफ्नो पहिलो काम हुने बताउनुभएको छ ।
More

अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका तत्कालीन प्रमुख इन्द्रप्रसाद यादव, भण्डार शाखा प्रमुख राजेश्वर प्रसाद बौरिया, विर्ता उपस्वास्थ्य चौकीका इन्चार्ज श्रीराम साह र झौवागुठी उपस्वास्थ्य चौकीका इन्चार्ज सोनालालप्रसाद चौरसियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालकाअनुसार उनीहरुले आपसी मिलेमतोमा विभिन्न मेडिकल हल फार्मेसीको नाममा भुक्तानी गराउने कार्यमा नक्कली एवम् झुठ्ठा बिल भरपाई प्रतिवेदन दाखिला गरेको पाइएकाले मुद्दा दायर गरिएको हो । खरिद नगरेको बिल बिजक जारी गरेको र ती बिलसमेत सम्बिन्धत स्थानमा नबुझाएको देखिन आएकाले बिगोसमेत असुल उपर गरी कानुनअनुसार कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।
More

सेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा नेप्से परिसूचक २२ अङ्कले बढेर एक हजार ४६६ बिन्दुमा पुगेको छ । लगातार घट्दै आएको बजार आज बजार खुल्ने बित्तिकै उकालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । स्कटकाअनुसार आज रु ५७ करोड ३३ लाख ५० हजार बराबरको दश लाख आठ हजार ४०६ कित्ता सेयर खरिद बिक्री भएको छ । बैंक, होटल, विकास बैंक, जलविद्युत् तथा बिमा समूहको सेयर उकालो लाग्दा फाइनान्स र उत्पादन समूहको सेयर भने ओरालो लागेको छ । स्टककाअनुसार आज नेपाल टेलिकमको प्रतिकित्ता रु ६९८ मूल्यमा नौ करोड ४२ लाख चार हजार कित्ता सेयर खरिदबिक्री भएको थियो । लगातार ओरालो लाग्दै आएको बजारमा
More

मध्यरातदेखि थपियो ४० मेगावाट विद्युत्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा गएको मध्यरातदेखि थप ४० मेगावाट विद्युत् थप भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीकाअनुसार ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गरिएको हो । भारतको मुजफ्फरपुर सबस्टेसनमा जडान गरिएको एक सय एमभीएको ट्रान्सफर्मरबाट भारतको विद्युत् व्यापार गर्ने संस्स्था एनभिभिएमले प्रतियुनिट पाँच रुपैयाँ ६० पैसामा नेपाललाई विद्युत् उपलब्ध गराएको हो । भारतबाट यसअघि ३०० मेगावाटसम्म बिजुली आयात गर्ने गरिएको थियो । यसमा ४० मेगावाट थप भएको छ । मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने अभियान स्वरुप नै प्राधिकरणले भारतबाट थप विद्युत् आयात गरेको हो । प्रवक्ता अधिकारीले उक्त अन्तरदेशीय प्रसारण लाइनबाट यसअघि ८० मेगावाट विद्युत्
More

इलामबाट २०१७ को सूर्योदय

सन् २०१७ को पहिलो दिन आइतबार इलामको पर्यटकीयस्थल अन्तुडाँडाबाट सूर्योदयको अवलोकन गर्दै पर्यटक । गोविन्दप्रसाद लामिछाने
More

उच्च पहाडि क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

काठमाडौं । मौसममा परिवर्तन भएसँगै देशभर चिसो बढेको छ । देशका पूर्वी तथा मध्य भेगका उच्च पहाडि क्षेत्रमा हिमपात समेत भएको छ । आज ललितपुरको फुलचोकी काठमाडौंको चन्द्रागिरी लगायत महाभारत पहाडका आसपासका क्षेत्रमा हिमपात भयो । काभ्रेको ढुर्खक आसपासका गाँउमा पनि हिमपात भएको छ । ताप्लेजुङ, दोलखा, रामेछापलगायत जिल्लाका पहाडि क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातका कारण ताप्लेजुङको ओलाङ्चुङगोला, याङ्मा, लेलेपको घुन्सा, ग्याब्लालगायतका स्थानको जनजीवन प्रभावित बनेको छ । दोलखाको जिरी आसपासका क्षेत्र, रामेछापको तामेडाँडा, गुम्देल, देउराली शेरदिङ आसपासका क्षेत्रमा पनि हिमपातका कारण जनजीवन प्रभावित भएको छ । कपिलबस्तु चिसो उता, शीतलहरका कारण चिसो बढेपछि कपिलबस्तुका सवै सामुदायिक विद्यालय
More

200 Years of the UK-Nepal Relations: An Account of Enduring Partnership

• AvH, FES, UGC and LS Fellow • Former Ambassador of Nepal to the USA and the UK. Organised by Institute of Foreign Affairs (IFA), at Ministry of Foreign Affairs, Singhdarbar, Kathmandu, on 28th of December 2016 The diplomatic relationship between Nepal and Britain, which formally began following Sugauli treaty in 1816, was established due to two distinct motives: military requirements of both the countries, primarily of the latter as the treaty allowed British government to employ the Gurkhas in their military services, and also the notion of the Himalayan Frontier Policy of British-India. However, in spite of unequal and
More

कार्यविधि विवादले श्रम सहचारी नियुक्ति प्रक्रिया लम्बियो

काठमाडौं । विभिन्न मुलुकमा रिक्त रहेको श्रम सहचारी लामो समयदेखि नियुक्ति हुन नसक्दा ती मुलुकमा नेपाली कामदारलाई समस्या पर्दा थप असहजता भोग्नुपरिरहेको छ । कुबेत, ओमन, मलेसियामा छ महिनाभन्दा बढी समयदेखि रिक्त रहेको श्रम सहचारी नियुक्ति हुन सकेको छैन । त्यस्तै युनाइटेड अरब इमिरेट्स (युएई)मा केही समयमै सहचारीको पद रिक्त हुँदैछ । नियुक्ति प्रक्रिया अगाडि बढाउने निकाय श्रम तथा रोजगार मन्त्रालयले भने छ महिनाको अन्तरालमा दोस्रो पटक श्रम सहचारी नियुक्तिसम्बन्धी कार्यविधि संशोधन प्रक्रिया अगाडि बढाइरहेको छ । संशोधन प्रक्रिया अगाडि बढाएर सहचारीका लागि आवेदन माग, छनोट र तालिम अवधि पार गर्दा छ महिना बढी समय लाग्ने भएकाले अझै सो अवधिसम्म
More

जनतालाई भारत देख्ने एमालेको सोच गलत छ : नेता पौडेल

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भारत देख्ने एमालेको सोच गलत भएको बताउनुभएको छ । प्रेस युनियन, तनहुँ शाखाले आज बिहान दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले आफू सरकारमा रहँदा संविधान संशोधन गरेर मधेसी जनताको माग सम्बोधन गर्नुपर्छ भन्ने एमाले सत्ताबाट बाहिरिएपछि एकाएक संशोधनबाट भागेको आरोप लगाउनुभयो । संशोधनबाट भाग्नु र संसद् चल्न नदिनु भनेको मधेसको उपेक्षा गर्न खोजिएको आभास हुन्छ पौडेलले भन्नुभयो । मधेसका असन्तुष्ट पक्षलाई सबै पार्टी मिलेर समाधान गर्नुको विकल्प छैन भन्दै नेता पौडेलले काँग्रेस, एमाले र माओवादी केन्द्र्र मिलेर नै संविधान जारी गरिएकाले संशोधनका लागि मिल्नु आवश्यक रहेको विचार व्यक्त गर्नु भयो
More