Daily Archives January 3, 2017

कन्याले वाचन गरेको भागवत सम्पन्न

चितवन । नारायणगढको पोखरा बस पार्क स्थित गौरेश्वर शिवमन्दिरमा गत पौष ११ गते देखि सुरु भएको श्रीमद्देबी भागवत नवाह एवं शक्तिसाधना महानुष्ठानमा मंगलबार विशेषका बीच समापन भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले सरकारले गर्न नसकेको कन्या गुरुकुल संचालन गरेर प्रतिष्ठानले नेपालकै अनुकरणीय कार्य गरेको बताउनुभयो । उहांले गुरुकुलको भौतिक निर्माणको साथै अन्य आवश्यक सहयोग गर्ने समेत बताउनुभयो । सो अवसरमा हाल देवघाटमा रहेको रामजानकी बालिका आश्रम अर्को व्यवस्था नभएसम्म सोही भवन र जग्गामा अन्य भवनहरु निर्माण गर्नका लागि भगवती उपाध्यायले हकभोग गरि आउनु भएको निजि आश्रम संचालनका लागि पुनः अनुमति दिनुभएको छ
More

व्यवस्थापिका संसदको गतिरोध आइतवारदेखि हट्ने

काठमाडौं । एक महिनादेखिको जारी संसदको गतिरोध हट्ने भएको छ । सभामुख ओनसरी घर्तीले बोलाएको शीर्ष नेतासहितको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद सुचारु गर्ने विषयमा सहमति भएको हो । दलहरुबीच सहमति भएपछि मंगलबार एक बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी पुस २४ गते आइतवारसम्मका लागि स्थगित गरिएको छ । दलहरुबीच भएको सहमति अनुसार प्रमुख प्रतिपक्षसहित नौ विपक्षी दलले २२ गते राजधानीमा विरोधसभा सम्पन्न गर्न दिनेगरी सहमति भएको हो । तत्काल सहमति गर्दा विरोधसभाको औचित्य नहुने भन्दै विपक्षीको विरोधसभापछि संसद बैठक बोलाइएको हो कार्यव्यवस्था समितिको बैठकमा विपक्षीको विरोधसभापछि पुस २४ गते बस्ने संसद बैठक सुचारु गर्ने विषयमा दलहरुबीच सहमति
More

मालपोतका अधिकृतसहित ३ पक्राउ

काठमाडौं । नक्कली जग्गा धनी बनाई चितवनको भण्डारामा रहेको तीन बिगाह जग्गा बिक्रीमा संलग्न मालपोत कार्यालय ललितपुरका शाखा अधिकृत मिनबहादुर भट्टराई सहित तीनजनाको दलाल गिरोह पक्राउ परेका छन् । दलालसँगको साँठगाँठमा नक्कली जग्गा धनी खडा गरी जग्गापास गरेको आरोपमा प्रहरीको अनुसन्धान व्यूरोले मालपोत कार्यालय ललितपुरका शाखा अधिकृत मिनबहादुर भट्टराईलाई पक्राउ गुरेको हो । अभियुक्त भट्टराईले २०६६ सालमा काठमाडौं मालपोत कार्यालयमा कार्यरत रहँदा चितवन भण्डाराका लोकेन्द्रराज पाठकको नाममा रहेको जग्गा किर्ते गरी इटहरीका देवेन्द्र थापा र झापाका नगेन्द्र कार्कीलाई १ लाखमा दिलाएका थिए । हालउक्तजग्गाको चल्ती मूल्य ५० करोड भन्दा माथि पर्ने बताईन्छ । झापाका नगेन्द्र कार्कीले जग्गाधनी लोकेन्द्रको भतिजा नातापर्ने
More

प्राधिकरणका तीन सञ्चालकलाई निरन्तरता नदिने आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरण तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले आज अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । प्राधिकरणमा निर्देशक कुलमान घिसिङ नियुक्त भएपछि असहयोग गरेको भन्दै सञ्चालक सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई यही पुस ३ गते बर्खास्त गरिएको थियो । बर्खास्त गरिएका तीन सञ्चालकले पुस १३ गते आफूहरूको बर्खास्तीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पुस १३ गते
More

एमालेको स्थायी कमिटी बैठक

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा मङ्गलबार नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी नेताहरु । तस्बिर : रमेश गिरी
More

व्यवस्थापिका संसदको बैठक ६ दिनका लागि स्थगित

काठमाडौं । व्यवस्थापिका संसदको बैठक ६ दिनका लागि स्थगित गरिएको छ । संसद भवन नयाँ बानेश्वरमा शीर्ष नेतासहित कार्यव्यवस्था परामर्श समितिमा भएको छलफल निश्कर्षमा पुग्न नसकेपछि आज एक बजेका लागि बोलाइएको बैठक पुस २४ गतेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो । नेताहरुले अर्को बैठकसम्म सहमति खोजिसक्ने प्रतिबद्धता जनाएका छन् । सर्वोच्च अदालतले संविधान संशोधन प्रस्ताव अगाडि बढाउन बाटो खोलिदिए पनि सीमाकंन हेरफेरका लागि प्रदेशसभा आवश्यक पर्ने राय दिएपछिको परिस्थितिमा केहि समय लिएर भएपनि सहमति जुटाउन दलहरु राजी भएका हुन् । विपक्षी दलले पुस २२ गते काठमाडौंमा प्रदर्शनको तयारी गरेकाले पनि बैठक धकेलिएको हो । संविधान संशोधन विधेयक असंवैधानिक रहेको
More

तमु समाज युकेद्धारा स्वर्गीय थममाया गुरुङ (कुसुम) को परिवारलाई १० लाख सहयोग

बुटवल । बैदेशिक रोजगारीको क्रममा युकेमा क्यान्सरबाट पीडित भई मृत्यु भएकी थममाया गुरुङ (कुसुम) को परिवारलाई तमु समाज युकेद्धारा १० लाख ६ हजार १४० रुपैया हस्तान्तरण गरिएको छ । मंगलवार बुटवल नगरपालिका वडा नं. १३, देवीनगर, नरजय पथ स्थित स्वर्गीय थम माया गुरुङ(कुसुम)को बहिनीको घरमा आयोजित कार्यक्रममा आमा फूलमाया गुरुङ र छोरी सोकिन गुरुङ(निशा) लाई तमु समाज युकेका नेपाल प्रतिनिधी मेजर लक्ष्मीप्रसाद गुरुङ, उहाँकी धर्मपत्नी हुमकुमारी गुरुङ र तमु समाज युकेका आजीवन सदस्य विसन गुरुङले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । नवलपरासी जिल्ला, रामनगर २ बबरेरा घर भई पाँचवर्ष अघि युके पुगेकी ४० वर्षिया थम माया गुरुङ(कुसुम)को क्यान्सरको उपचारकै क्रममा कात्तिक
More

बेलायतमा ‘ई–मिडिया हब’को औपचारिक उद्धघाटन

जानुका राई । नयाँ वर्षको अवसरमा शुभ-कामना आदान प्रदानसँगै बेलायतस्थित अल्डरसटको निर्माया रोदीघरमा E-Media Hub (एभरेष्ट इन्टरटेन्टमेन्ट) ‘ई–मिडिया हब’ कम्पनीको उदघाटन सम्पन्न भएको छ। बेलायतबासी नेपाली युवाहरुको सकृयतामा, गायक, गायिका लगाएत पत्रकारहरुको समुहमा ईश्वर चाम्लिङ्ग राई, मितेश गुरुङ, जानुका राई, किशोर गुरुङ, सीता शेरचन, कृष्णराज मेयाङवो, अनिला राई, दिपक राई, किरण चाम्लिङ राई, नबराज राई, भूमिराज राई, प्रेम गरुङ, भूपदेव राई, किसन राई, मुकेश राईको संयुक्त लगानीमा बैधानिक रुपमा दर्ता भएको एभरेष्ट इन्टरटेन्टमेन्ट ई–मेडिया हब कम्पनीको उदघाटन समारोह सम्पन्न भएको हो । कम्पनीकी मिडिया बिभाग प्रमुख जानुका राईले स्वागत मन्तव्य दिंदै उपस्थित पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो । कम्पनीका सिईओ
More

शर्मिला बर्देवाको नयां म्यूजिक भिडियो सार्वजनिक

लन्डन । लन्डनवासी चर्चित गायिका शर्मिला बर्देवा नयां वर्षमा दर्शक श्रोतालाई नयां सांगीतिक उपहार लिएर आएकी छन् । बर्देवाले गाएको माया जाल…गीतको म्यूजिक भिडियो आइतबार अंग्रेजी नयां वर्षकै दिन लन्डनबाट सार्वजनिक गरिएको छ । हाल बेलायत भ्रमणमा रहेका बिग आइकन साजन आलेले उक्त म्यूजिक भिडियो सार्वजनिक गरे । अग्रजहरुले नयां प्रतिभालाई अवसर र हौसला दिनुपर्ने बताउंदै बर्देवाले साजनको हातबाट म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् । उक्त गीत कोमल मल्लले लेखेका हुन् भने कम्पोज एवं एरेन्ज किरण भण्डारीको छ । भिडियो बेलायतस्थित सञ्चारकर्मी कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । के के मूभिज प्रोडक्सन यूकेका डिओपी श्रेष्ठले बेलायतमा सिमित श्रोत र साधनबाट
More

सर्वोच्चको फैसलाले आफ्नो अडानको औचित्य पुष्टि गरेको एमाले निश्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतको फैसलापछि संविधान संशोधन विधेयकको औचित्य समाप्त भएको भन्दै फिर्ता लिन सरकार समक्ष आग्रह गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको भक्तपुर बालकोटस्थित निवासमा बिहान बसेको स्थायी कमिटी बैठकले प्रदेशको सीमा हेरफेरसम्बन्धी संविधान संशोधन विधेयक छलफलमा लैजानु र नलैजानुको औचित्य नरहेको भन्दै फिर्ताको आग्रह गरेको हो । संविधान संशोधन विधेयक असंवैधानिक रहेको आफ्नो दावी पुष्टि हुने गरी सर्वोच्चले प्रदेशसभाको अनुमतिबिना सीमा हेरफेर गर्न नमिल्ने स्पष्ट आदेश दिएको भन्दै एमालेले सबै दल एक कदम पछाडि हटेर परिस्थितिलाई सहज बनाउनु पर्ने निश्कर्ष पनि निकालेको छ । एमालेले सरकार र सत्तारुढ दलको कार्यशैलीले संसदको अबरोध
More