Daily Archives January 4, 2017

विश्व ब्रेल दिवस

विश्व ब्रेल दिवस तथा २०८औं लुइब्रेल जयन्तीका अवसरमा सामाजिक जागरणका लागि नारी अभियानद्वारा बुधबार पोखरामा आयोजित अध्यारो पदयात्राका सहभागीहरु । तस्बिर : हरि वास्तोला
More

यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार गर्न सकिँदैन : गठबन्धन

काठमाडौं । सङ्घीय गठबन्धनले व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेको छ । गठबन्धनको बैठकले सरकारले परिमार्जनसहित संशोधनको प्रस्ताव ल्याए मात्र त्यसमा जान सकिने निर्णय गरेको गठबन्धनका संयोजक एवम् सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । गठबन्धनले संशोधनका सम्बन्धमा यसअघि राखेको परिमार्जनको माग यथावत् राखेको छ र उसले सरकारले परिमार्जन गर्न कुनै गृहकार्य नगरेको गुनासो समेत गरेको छ । बैठकले संशोधनका सम्बन्धमा सर्वाेच्च अदालतले गरेको निर्णय उचित भएको जनाउँदै ‘अदातलले जे गर्नुपथ्र्याे त्यही गरेको’ निष्कर्ष निकालेको छ । गठबन्धनले संशोधनको प्रस्ताव अघि नबढाई घोषणा हुने निर्वाचनको कुनै अर्थ नहुने निष्कर्ष निकालेको
More

आमाको दोस्रो बिहेपछि तीन दाजुभाइको विजोग

लिबाङ । बाबुको मृत्यु र आमाको दोस्रो बिहेपछि रोल्पाको धबाङमा तीन नाबालकले कष्टकर जीवन बिताउन बाध्य भएका छन् । छोराछोरी श्रीमती र वृद्ध आमाबाबुको सपना साकार पार्ने लक्ष्य बोकेर वैदेशिक रोजगारीका लागि कतार पुगेका धबाङ–८ रोल्पाका २६ वर्षीय लुकबहादुर वलीको केहीवर्ष पहिले बिजुलीमा काम गर्ने क्रममा करेन्ट लागेर कतारमै मृत्युभएको थियो । यसरी श्रीमान्को मृत्युभएपछि दूधे बालकसहित तीन नाबालकलाई वृद्ध सासुससुराको भरमा घरमै छोडेर उहाँकी श्रीमती मिझिङ रोल्पामा दोस्रो विवाह गरेर गएपछि तीन नाबालक कष्टकर जीवन जीउन बाध्य भएका हुन् । बाबुआमा दुबैले छोडेपछि जेठो १२ वर्षीय केशव वली, माइलो १० वर्षीय केशबीन वली र कान्छो सात वर्षीय लेशन वली
More

आफ्नै परिवारका दश जनाको हत्यापछि आत्महत्या

भारत । भारतको उत्तर प्रदेशस्थित अमेथी जिल्लामा आफ्नै परिवारका १२ जनालाई विषादी सेवन गराई लठ्याएपछि धारिलो हतियार प्रयोग गरी १० जनालाई हत्या गरी आपूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । महनोशा क्षेत्रमा भएको उत्तर घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक प्रहरी अनुसन्धानबाट ४५ वर्षीय जमालुले पहिले परिवारका सम्पूर्ण सदस्यलाई विषादी खुवाई धारिलो हतियारको सहायता हत्या गरको प्रहरी उपरीक्षक सन्तोषकुमार सिंहले बताउनुभयो । परिवारका सदस्यहरुको हत्या पश्चात जमालुले झुन्डिएर आत्महत्या गरको हुनसक्ने बताइएको छ । घटनापछि परिवारकै दुईजनालाई स्थानीय एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।
More

सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कारका लागि आवेदन माग

विश्वभरि छरिएका नेपालीलाई एउटै मालामा गास्न सफल अनलाइन मिडियाको उत्थानका लागि समाजसेवी सीतादेवी ढकालको स्मृतिमा सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार २०१४ को स्थापना गरिएको छ । नेपालको कान्छो पत्रकारिता विधा भनेर चिनिने अनलाइन पत्रकारिताको विकासका लागि यो पुरस्कारले टेवा पु-याउने विश्वास गरिएको छ । नेपालीको आवाज विश्वभरका नेपालीमाझ पु-याउने नेपाली अनलाइन पत्रकारिता जगतलाई अझ सशक्त बनाउँदै पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो पुरस्कारको स्थापना गरिएको हो । देहाय बमोजिमको योग्यता भएका विश्वको जुनसुकै कुनामा रहेर अनलाइन पत्रकारिता गरिहेका नेपाली पत्रकारहरुबाट आवेदन माग गरिएको छ । पत्रकारितामा विषयमा न्यूनतम प्रमाणपत्र तह उत्तीर्ण गरी मूलधारको अनलाइन पत्रकारितामा पूर्णकालीन रुपमा लगातार ३
More

शेरबहादुर खासै पढ्ने मान्छे होइन : झलनाथ खनाल

सर्वोच्च अदालतको फैसलापछि राजनीतिले नयाँ कोर्ष लिने विश्लेषण गरिएको छ । संसद सुचारुका लागि नेकपा एमालेले २४ गतेसम्म समय मागेको छ । २२ गते काठमाडौंमा शक्ति प्रदर्शनपछि एमालेले संसद अवरोध नगर्ने बताएको छ । सर्वोच्चको फैसलाको निक्र्योल, एमालेको भावी रणनीति तथा वर्तमान राजनीतिबारे नेकपा एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग गरिएको कुराकानी– झलनाथ खनाल, पूर्वप्रधानमन्त्री तथा नेता, नेकपा एमाले ० सत्ता र प्रतिपक्षबीचको मिलन विन्दु के होला ? – निक्कै लामो समयदेखि सत्ता पक्षले संविधान संशोधनको जुन प्रयत्न ग¥यो, त्यो नेपालको राष्ट्रियहित मात्र छैन, भर्खर हामीले बनाएको संविधानको मर्म विपरित पनि थियो । त्यसलाई हामीले बुझाउन धेरै कोसिस ग¥यौं ।
More

गिरी स्पेनका लागि पर्यटन दूत नियुक्त

लन्डन । नेपाल पर्यटन बोर्डले स्पेनमा नेपाली पर्यटनको विकाश एवम प्रवद्र्धनका लागि पर्यटन दूत नियुक्त गरेको छ । बोर्डद्धारा सोमवार जारी पत्र अनुसार गैरआवासीय नेपाली संघ स्पेनका पूर्वअध्यक्ष तथा व्यवसायी एकराज गिरीलाई आगामी २ बर्षका लागि पर्यटन दूत नियूक्त गरेको हो । ‘पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधिका रूपमा स्पेनमा नेपाली पर्यटनको विकास र विस्तार गर्न दूतको महत्वपूर्ण भुमिका हुने छ । बाग्लुङको पैयुँपाटामा जन्मिएका गिरी विगत १२ बर्ष देखी स्पेनमा बिभिन्न सामाजिक कार्यमा समेत संलग्न छन् । गिरीले कुनै पद नलिएर पनि देशका लागि सक्दो सहयोग गर्दै आएको स्मरण गर्दै पर्यटन बोर्डले दिएको जिम्मेवारीले थप हौसला मिलेको बताए । उनले स्पेनमा
More

सर्वोच्चको आदेशपछि प्रतिपक्षी दल लचिलो : प्रम दाहाल

काठमाडौं । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसद बैठक सुचारु हुने वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी सभामुख घर्तीले संसद बैठक निरन्तर अबरुद्ध हुँदा राजनीतिक र संबैधानिक संकट गहिरिन सक्ने भन्दै दलीय सहमति कायम गरी संसदको गतिरोध हटाउन आग्रह गरेकी हुन् । जवाफमा प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतको आदेशपछि विपक्षी दल संसदको गतिरोध हटाउन लचिलो देखिएको जनाउँदै आउँदो बैठक अवरुद्ध नहुने विश्वास व्यक्त गरेका थिए । सरकारले मंसिर १४ गते संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएपछि प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी नौं दलले संसद बैठकमा अबरोध गर्दै आएका छन् । जसका कारण संविधान संशोधन, निर्वाचन
More

करिव बीस हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारण गरेका झण्डै बीस हजार कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले उन्नाइस हजार दुई सय १३ जनाले सम्पत्ति विवरण नबुझाएको जनाएको हो । केन्द्रका अनुसार सम्पत्ति विवरण नबुझाउनेमा चार हजार चार सय १६ निजामती कर्मचारी, १० हजार दुई सय १५ शिक्षक, दुई हजार ६ सय १३ सेना, चार सय २९ प्रहरी र एक हजार चार सय ७७ अन्य छन् । नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने भएपनि कतिपय कर्मचारीले अटेर गरेको केन्द्रले जनाएको हो । समयभित्रै चार लाख १२ हजार आठ सय एक र समय बितेपछि दुई
More

उपत्यका बन्दको न्यून प्रभाव

काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारका कारण मारमा परेको भन्दै सडक विस्तारपीडित संघर्ष समितिले आहृवान गरेको उपत्यका बन्दको सामान्य प्रभाव परेको छ । मुआब्जा र पुनस्र्थापनाको व्यवस्था नगरी स्थानीयको घर भत्काएर सडक विस्तार गरेको भन्दै विभिन्न २२ ठाउँका स्थानीयले सडक विस्तारपीडित संघर्ष समिति गठन गरी आन्दोलन थालेका हुन् । घोषित बन्दका कारण हाल व्यक्तिको घर भत्काएर सडक विस्तार भइरहेका कलंकी–थानकोट, चावहील–साँखु, चोभार–फर्पिङ, सीतापाइला–रामकोट, हरिसिद्धिलगायत रुटमा सार्वजनिक सवारी साधन कम चलेका छन् । टेम्पो, ठूला बस, निजी कार तथा मोटरसाइकलमा भने बन्दको खासै प्रभाव देखिएको छैन । सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । पसल पनि अरु
More