Daily Archives January 5, 2017

प्रेरणाको ‘दाइजो’ अब सरकारको नाममा

काठमाडौं । सर्वोच्च अदालतले यसअघिको फैसला उल्ट्याएपछि प्रेरणा राज्यलक्ष्मीलाई दाइजो स्वरुप दिएको छाउनीको १५ रोपनी जग्गा अब सरकारको भएको छ । प्रेरणा राज्यलक्ष्मी पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी हुन् । अदालतले सो जग्गा सरकार मातहत आएको बताएको छ ।
More

दुबईबाट ल्याएको ३३ किलो सुनसहित ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्दाजी ३३ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ । बुधबार दुबईदेखि एयर अरेबियाको जहाजबाट काठमाडौं आएका उनीहरुलाई काठमाडौं पिंगलास्थानबाट २ बजेको समयमा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नेपालगन्जका गोपालबहादुर शाही, दिलबन्धु थापा र सन्तोष काफ्ले रहेको सीआईबीले जनाएको छ । सुनका मालिक को हुन् भनेर खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
More

सन् २०१६ मा चार लाख भन्दाबढी चिनियाँमाथि कारवाही

बेइजिङ् । विभिन्न पदमा रहेर अनुशासनबिहीन तथा पार्टीको आचारसंहिताअनुसार काम नगर्ने र अन्य अनियमिता गरेबापत चार लाख १५ हजार चिनियाँ विरुद्ध अनुशासनको कारवाही चलाएको चिनियाँ कम्युनिष्ट पार्टीको उच्च अनुशासन समितिले बिहीबार जनाएको छ । यसरी कारवाही हुनेमा विभिन्न तहमा कार्यरत चिनियाँ कर्मचारी र ७६ जना प्रान्तीय तथा मन्त्रीस्तरीय पदाधिकारी समेत रहेका छन् भने दुई लाख ५६ हजार ग्रामिण तथा विभिन्न सङ्घसंस्थासँग आवद्धता रहेका पदाधिकारी तथा सदस्य रहेको पार्टीको केन्द्रीय अनुशासन छानविन आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चिनियाँ समाजमा भ्रष्टाचार र अनियमिताले व्यापकता पाएको भन्ने गुनासो राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरबाट व्यक्त भएपछि पार्टीले सन् २०१२ देखि भ्रष्टाचार, फजुलखर्च, नकारात्मक गतिविधि
More

प्रमुख कार्यकारी अधिकृत ज्ञवाली पदमुक्त

काठमाडौं । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उहाँलाई पदमुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले राससलाई बताउनुभयो । भूकम्पपछिको पुनःनिर्माणका काम द्रुत गतिमा सम्पादन गर्न नसकेको भन्दै सरकारले ज्ञवालीलाई गतसाता स्पष्टीकरण सोधेको थियो । उहाँले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पदमुक्त गर्ने निर्णय सरकारले गरेको जानकारी दिँदै मन्त्रिपरिषद्का ती सदस्यले ‘ज्ञवालीजीलाई पदमुक्त गर्ने सम्बन्धमा केही प्रक्रिया बाँकी रहेकाले साँझसम्ममा निर्णय सार्वजनिक हुने’ बताउनुभयो । सरकारबाट आफूलाई पदमुक्त गरेको पत्र प्राप्त हुनेबित्तिकै कानुनी उपचारको बाटो खोज्ने तयारीमा प्रमुख कार्यकारी अधिकृत ज्ञवाली रहनुभएको प्राधिकरणका एक अधिकारीले जानकारी दिनुभएको
More

शनिबार टुँडिखेलमा नेपथ्य

काठमाडौं । नयाँ वर्षको स्वागतसहित यो शनिबार लोकरक सांगीतिक समूह नेपथ्य टुँडिखेलमा प्रस्तुत हुँदैछ । नेपथ्यले उसका काठमाडौं श्रोतालाई पहिलोपटक एउटा नयाँ कृति पनि पस्कने भएको छ । लामो समयदेखि फरक फरक पुस्ताका युवा ढुकढुकीलाई जोड्दै आएको नेपथ्य कन्सर्टले यसपाला नेपाल संगीत नाट्य एकेडेमीका कुलपति सरुभक्तको विद्यार्थीकालीन भावनालाई अहिलेका तन्नेरीहरुमाझ घन्काउँदैछ । ‘कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन बेरुप अनुहार हो, यहाँ कोहि साथी छैन’ सरुभक्तका अनुसार स्नातकोत्तरको अध्ययन गर्न २०३९ सालमा कीर्तिपुर आउँदाताका यो गीत तयार भएको थियो । ‘गीत त मैले पोखरा छाड्नै लाग्दा लेखेको थिएँ,’ उनी भन्छन्, ‘काठमाडौं आएपछि चाहि यसले संगीत पनि पाएको थियो।’ परिस्थितीले
More

मीरालाई बेलायतबाट २८ लाख रुपैयाँ सहयोग

अल्ट्राम्याराथनका अन्तर्राष्ट्रिय धाविका मिरा राईलाई बिहीबार झापाको दमकमा रु २८ लाखको चेकसहितको सम्मानपत्र हस्तान्तरण गरिँदै । मिरालाई बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङलगायतका पाँचवटा संस्थाको पहलमा नगदसहित सम्मान गरिएको हो । तस्बिर : यज्ञराज आङदेम्बे
More

प्रदेशको सिमाना हेरफेर नेपालीको माग होइन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सिमाना हेरफेरको माग नेपालीको माग नभएको बताउनुभएको छ । संविधान संशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते एमालेसहित नौ दलले काठमाडौैँमा गर्ने जनप्रदर्शनका सन्दर्भमा प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ओलीले सरकारले स्वेच्छाचारी ढङ्गले सो प्रस्ताव ल्याएको आरोप लगाउनुभयो । “संविधान संशोधन प्रस्ताव राष्ट्रिय हितमा छैन । अन्यत्रका केही प्रायोेजित माग यसमा छन् । त्यो माग समस्या समाधानमा भन्दा पनि समस्या बल्झाउने प्रकारको छ ।” ओलीले भन्नुभयो – “संविधानको कार्यान्वयनका लागि विभिन्न तहको निर्वाचन गराउनु यतिबेलाको आवश्यकता हो ।” अध्यक्ष ओलीले राष्ट्रिय एकता, स्वाभिमान र सामाजिक न्याय,
More

एमालेले २४ गते पनि संसद चल्न नदिने !

काठमाडौं । सरकारले संबिधान संसोधन बिधेयक फिर्ता नलिए या परिमार्जन नगरे २४ गते बस्ने संसद बैठक पनि प्रतिपक्षी दल एमालेले अबरोध गर्ने भएको छ। सर्र्वोच्च अदालतले संबिधान संसोधन गर्ने अधिकार संसदको रहेको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेपछि अबरुद्ध बैठक सुचारु हुने अपेक्षा गरिएका बेला एमालेले पुरानै अडान दोहो-याएको हो । बिहीबार एउटा टेलिभिजनसँग कुराकानीमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले संसद बैठक सुचारु गर्ने बिषयमा सरकारको भूमिका निर्णायक हुने बताएका हुन् । सरकारले प्रदेशको सिमा परिवर्तन सम्बन्धि धारा संसोधनलाई हटाएर संसोधन प्रस्ताव पेश गरेमा आफूहरु छलफल गर्न तयार रहेको सचिव भट्टराइको भनाइ छ। संबिधानको धारा २७४ नै
More

गायिका प्राश्ना पाण्डे र गायक दीपक बराइली पक्राउ

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा रातो नम्बरको आतंक फैलाएको आरोपमा गायिका प्राश्ना पाण्डे र गायक दीपक बराइलीलाई पक्राउ गरेको छ । पाण्डे र बराइलीले रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै फेसबुक र ट्वीटरमा प्रचार गरेको प्रहरीको अभियोग छ । बराइलीले रातो नम्बर उसैले ‘क्रिएट’ गरेको सिआइबीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । प्रहरीले यस्तो भ्रममा नपर्न अनुरोध पनि गरेको छ । गायिका पाण्डे र गायक बराइलीले भुलवस फेसबुकमा सेयर गरेको भन्दै माफी मागेका छन् । यसअघि झापा घर भएकी गायिका पाण्डेले सोमबार फेसबुकमा एक रातो नम्वरबाट कल आएको र सबैलाई सतर्क रहन भन्दै
More

धुमधामसँग मनाए च्ह्य ल्होसार पर्व

लन्डन । सेन्टर हेरो लण्डनमा तमुप्ये ल्हु संघ युकेको आयोजनामा बेलायतबासी तमुहरुले तमु महान पर्व च्ह्य–ल्होसार महोत्सव धुमधामसँग मनाए । बाँदर वर्गको बिदाई तथा चरा वर्गको स्वागत गर्दै वर्ग बाहिरिने र भित्रिने क्रममा हुने वा असर पार्ने पराक्रमहरुको सन्तुलन र रोकथाम गराई स्वस्ति–शान्ति तथा शुभलाभको लागि सामूहिक रुपमा छ्योप त्हेँ, पार्क त्हेँ र थासोँ त्हेँ गरिएको थियो । खेगी संयोजक डम्बर टुक्ल्हे प्रीतमुको संयोजकत्वमा बिहानको दश बजेदेखि पूजा सुरु गरिएको थियो भने छ्योप त्हेँ, पार्क त्हेँ र थासोँ त्हेँको क्रमशः पच्युजीतक्रोम्छे, पच्यु देव गरब्ज र क्ल्हे प्रीमनाग्रेँ टुक्ल्हेप्रीतमुले नेतृत्व गरेका थिए । सर्वसाधारणको जानकारीको लागिपूजाको बारेमा संक्षिप्त रुपमाव्यख्यागरिएको पर्चा समेत
More