Daily Archives January 7, 2017

संशोधन प्रस्ताव पारित गराएरै छाड्छौ: सभापति देउवा

काभ्रे । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन प्रक्रिया एमालेको अलोकतान्त्रिक चरित्रका कारण अघि बढ्न नसकेको बताउनुभएको छ । नेपाली काँग्रेस काभ्रे–१ अन्तर्गत कोसीपारिका नौ गाविसले आज आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति मधेसी समुदायको असन्तुष्टिलाई सम्बोधन गर्दै ल्याइएको संशोधन प्रस्ताव एमालेले संसद् अवरुद्ध गरेर अगाडि बढ्न नदिएर संसदीय अभ्यास र प्रक्रियाको समेत अवमूल्यन गरेको बताउनुभयो । उहाँले अब संशोधन प्रस्ताव पारित गरेरै छोड्ने समेत दाबी गर्नुभयो । सभापति देउवाले नयाँ संविधान जारी गर्न अगुवाइ गरेको काँग्रेसले तीनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको थियो । अब कसैले
More

युरोपमा सङ्ख्यामा भारी गिरावट

पोल्याण्ड । सन् २०१६ मा मुख्य दुई सामुद्रिक बाटो युरोप प्रवेश गर्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा दुई तिहाइले घटेको युरोपियन युनियनको सीमा मामिला अध्ययन गर्ने निकाय फ्रन्टेक्सले जनाएको छ । सन् २०१६ मा सो बाटो भएर युरोप प्रवेश गर्ने आप्रवासी शरणार्थी सङ्ख्या तीन लाख ६४ हजारमा झरेको फ्रन्टेक्सले जनाएको हो । इयुले टर्कीसँग सन् २०१६को मार्चमा गरेको आप्रवासीलाई युरोप प्रवेश नियन्त्रणसम्बन्धी सहमतिपश्चात् सिरियाली आप्रवासी शरणार्थीको ग्रीसलगायतका युरोपेली मुलुकमा प्रवेश गर्ने रफ्तारमा कमी आएको फ्रन्टेक्सले बताएको छ । प्रारम्भिक चरणमा भएका अध्ययनअनुसार सन् २०१६ मा ग्रीसको पूर्वी ऐजन क्षेत्रमा पुग्ने शरणार्थी सङ्ख्यामा ७९ प्रतिशत अर्थात् एक लाख ८२
More

राप्रपा कार्यसमितिको पूर्ण बैठक स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ ३ गते सुरु हुन लागेको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक स्थगित गरेको छ । पार्टीका पदाधिकारी तथा नेता पार्टीको स्थानीय तहको अधिवेशन र निर्वाचनमा व्यस्त रहनुपर्ने भएकाले सो बैठक स्थगित गर्न परेको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । माघ २५ गते जिल्ला अधिवेशन भएपछि सोही महिनाको अन्तिम साता पार्टीको पूर्ण बैठक बस्नेछ । सो बैठकले मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गरी नयाँ दृष्टिकोण ल्याउने छ । त्यसैगरी, संविधान कार्यान्वयनका लागि मुलुकमा विद्यमान राजनीतिक सङ्कटलाई निकास दिन पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि सो बैठकले निर्णय गर्ने बताइएको छ ।
More

आयोगको प्रतिवेदन तमलोपाले नस्वीकार्ने

काठमाडौं । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले हालै सार्वजनिक भएको स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन आफूहरुलाई अस्वीकार्य भएको जनाएको छ । जनसङ्ख्याको मूल आधारलाई समेत बेवास्ता गर्दै स्थानीय निकायको संरचनाबारे हाल बुझाइएको प्रतिवेदन सङ्घीय राज्य पुनःसंरचनाको मूल अवधारणा र स्वयम् नेपालको संविधानको धारा ५६ को (४) र (५) र धारा २९५ को (३) विपरीत भएकाले यस्तो संरचनाको खाका मधेसलाई मान्य नभएको तमलोपाले एक विज्ञप्तिमार्फत प्रष्ट पारेको छ । “सङ्घीय राज्य पुनःसंरचनामा सङ्घ, प्रदेश, स्थानीय निकाय र विशेष÷संरक्षित वा स्वायत्त क्षेत्रको समन्वयको मान्य सिद्धान्तअनुसार स्थानीय निकाय तथा विशेष÷संरक्षित वा स्वायत्त क्षेत्र प्रदेशको क्षेत्राधिकार पर्ने कुरा सर्वविदितै रहेपनि मूल सिद्धान्तको विपरीत आएको
More

ट्यिुमरको उपचारका लागि दक्षिण कोरियाद्वारा सहयोग

पाँचथर । पाँचथरको फिदिम नगरपालिका– ८ चोकमागुकी २१ वर्षीया आशा तुम्बापोको उपचारका लागि दक्षिण कोरियास्थित तुम्बापो सेवा समाजले रु. दुई लाख ७७ हजार दुई सय सहयोग गरेका छन् । आशाको ठूलो आन्द्रामा ट्यिुमर पलाई आन्द्रा कुहिएर छिनेको अवस्थामा झापाको ओमसाई अस्पताल भद्रपुरमा आकस्मिक शल्यक्रिया भई अहिले थप उपचार भइरहेको छ । आशाको उपचारमा हालसम्म रु तीन लाख खर्च भइसकेको र अझै रु. पाँचदेखि ६ लाखसम्म खर्च हुने उपचारमा संलग्न चिकित्सकले जनाएको आशाका बाबु देशहाङ तुम्बापोले बताउनुभयो । आशाको जीवन बचाउन दक्षिण कोरियामा रहेका नेपालीहरुबाट सहयोग रकम सङ्कलन गरी पठाइएको तुम्बापो सेवा समाज दक्षिण कोरियाका प्रतिनिधि अर्जुन तुम्बापोले बताउनुभयो । कमजोर
More

भोलि संविधान संशोधन विधेयक टेबुल होला ?

काठमाडौं । व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयक दर्ता भएसँगै उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलले वार्ता र संवादलाई अझै थप घनिभूत तुल्याउनुपर्ने आवश्यकता देखाएको छ । सर्वाेच्च अदालतबाट संविधान सशोधन विधेयकमाथि भएको फैसलालाई प्रमुख राजनीतिक दलले समग्रमा स्वागत गरेपनि आफू अनुकूलको व्याख्या र विश्लेषणले समस्यालाई ज्यूँका त्यूँ राखेको हुँदा विश्वास बढाउन र सहमति कायम गर्न परिणाममुखी वार्ताको अपेक्षा गरिएको छ । नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले समस्या समाधान गर्न आफूहरुले निकै चासो र हतारो गरेपनि सत्तापक्षबाट वार्ता र संवादका लागि आवश्यक पहल नहुँदा समस्या हिजो जुन ठाउँमा थियो, आजपनि त्यही ठाउँमा छ भन्नुभयो । उहाँले भन्नुभयो, “यथार्थमा भन्ने हो
More

संशोधनसहित महत्वपूर्ण विधेयक अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि अवरुद्ध संसद् भोलि (आइतबार) देखि सञ्चालन भई महत्वपूर्ण विधेयक अघि बढ्ने बताउनुभएको छ । राजनीतिज्ञ शान्ता श्रेष्ठद्वारा लिखित ‘मान्छेभित्रको मान्छे’ स्मरण सङ्ग्रहको आज लोकार्पण गर्दै उहाँले संसद् सुरु भएसँगै संविधान संशोधन प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयकको प्रक्रिया अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो – “संसद् भोलिदेखि फेरि संसद चल्दैछ, त्यहाँ हामीले राष्ट्रलाई एकताबद्ध गर्न र निर्वाचनका लागि जे प्रस्ताव अगाडि सारेका छौँ, अब, त्यो प्रक्रिया अघि बढ्नेछ, सर्वोच्च अदालतले पनि संसद्मा नै छलफल गर्न आदेश दिएको छ ।” संसद् अवरोध गरेर राष्ट्रहित र एकताबद्ध नहुने भन्दै उहाँले राष्ट्रलाई एकताबद्ध गरी संविधानको
More

मोटरसाईकलमा व्यापारीक सामान

भारतीय बजार वनवसाबाट मोटरसाईकलमा व्यापारीक सामान ल्याएर महिला भन्सार कार्यालय गड्डाचौकीमा चेकजाँज गराउन लैजाँदै । यहाँका एक दर्जन बढी महिलाहरुले भारतीय बजार बाट सामान ल्याउने गर्दछन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु
More

राष्ट्रनिर्मातालाई बिर्सनु भनेको आफैँलाई बिर्सनुजस्तै हो

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नसम्झनु भनेको आफैँले आफैँलाई बिर्सिएजस्तै हुने टिप्पणी गरिएको छ । राष्ट्रिय एकता दिवस नागरिक मूलसमारोह समितिद्वारा यहाँ आयोजित पृथ्वीनारायण शाह र देशको वर्तमान अवस्था विषयक विचार गोष्ठीमा सहभागि वक्ताले बाइसौँ-चौबिसौँको सङ्ख्यामा रहेका राज्यलाई अग्रेजबाट बचाउन उहाँकै नेतृत्वमा नेपालको भौगोलिक एकिकरण भएको घटनालाई कसैले पनि बिर्सन नहुने धारणा व्यक्त गर्नुभयो । जनआन्दोलन २०६२-६३ क्रममा राष्ट्रनिर्माताको सालिकमा तोडफोड गर्नेजस्ता अनादर काम गरेकोमा अहिले उनीहरुले पश्यताप गरेका छन्, भन्दै उनीहरुले अहिले उठेका जातीय नाराले पृथ्वीको मानमर्दन मात्रै होइन, राष्ट्रियता, स्वाधिनता र स्वतन्त्रताको पाटोलाई ओझेलमा पारेको धारणा व्यक्त गर्नुभयो । सो अवसरमा पूर्व सूचना तथा सञ्चारमन्त्री श्रीशम्शेर राणाले पछिल्लो
More

बागमतीमा फोहरफाल्ने पक्राउ, रु बीस हजार जरिवाना

काठमाडौं । उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ । अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै गर्दा पक्राउ गरी जनही रु पाँच हजारका दरले रु २० हजार जरिवाना गरिएको काठमाडौँ महानगरपालिका नगर प्रहरीका प्रहरी नायब निरीक्षक बद्रीमान नगरकोटीले बताउनुभयो । “फोहर फाल्दा रङ्गेहात पक्राउ परेका शिवशङ्कर होटल जयबागेश्वरीका कामदार जरिवाना रकम रु पाँच हजार ल्याउँछु भनी गएकामा जरिवाना बुझाउन नआई फोनबाट जरिवाना तिर्दिन जे सक्नुहुन्छ गर्नुस्, भनेपछि महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा
More