Daily Archives January 8, 2017

जनजाति महिला महासंघ वेलायतको अध्यक्षमा बिमला

लन्डन । नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको दोश्रो महाधिबेशनले बिमला राईको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ । आइतवार लन्डनमा सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा ‪नेत्रकला (युमा) लिम्बू , उपाध्यक्ष‬मा गंगा दुरा र महासचिबमा बशुन्धरा याक्खा, सचिवमा सरला राना र कोषाध्यक्षमा सुशिला राईलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा क्षेत्रकला गुरुङ, पार्वती थापामग, चन्द्रा छन्त्याल, हेमकला गुरुङ, उषा तामाङ्लि, ला सेलिङ् र बिना जिमी चुनिए ।
More

बेलायतका नेपाली वकीलले चुने नयाँ नेतृत्व

लन्डन । बेलायतमा रहेका नेपाली मुलका वकीलहरूको संगठन, ब्रिटेन नेपालीज लयर्स एशोसियनको साधारणसभाले ब्यारिस्टर देबेन्द्र श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार लन्डनमा सम्पन्न सो साधारणसभाले नयाँ कार्यसमितिमा महासचिव अमृत खरेल, प्रवक्ता गोविन्द बेल्वासे, कोषाध्यक्ष उमेश शाह हुनुहन्छ भने सदस्यहरूमा प्रकाश पोखरेल, उत्तरमान तिगेला, जुना पोते, कोपिल सिटौला र सन्दीप पौडेल हुनुहन्छ । कार्यसमितिमा पूर्व अध्यक्ष पदेन सदस्य रहने र अध्यक्षले निकट भविषयमा दुर्इ सदस्य थप गर्ने प्रावधान रहेको छ । वेब्रिज अवस्थित दी ग्रेट गोर्खाज रेस्टुरेन्टको सभाकक्षमा सम्पन्न भएको साधारणसभाले निबर्तमान राजुथापा नेतृत्वको कमिटीलार्इ संगठनको पहिलो कार्यकालकालागि धन्यबाद ज्ञापन गर्यो । नयाँ नेतृत्वले बेलायतमा रहेका वकील पेशामा
More

लण्डनमा ‘सरसर्ती संसार’ को भव्य विमोचन (भिडियो)

लन्डन । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेद्वारा लिखित पुस्तक सर्सर्ती संसारको आइतबार लण्डनमा एउटा भव्य समारोहबीच लोकार्पण गरिएको छ। कार्यक्रमको आयोजना नेपालब्रिटेनडटकमले गरेको थियो। पश्चिम लण्डनको भेन्यु फाइभ रेष्टुरेण्टमा आयोजित समारोहमा बोल्दै बेलायतकालागि नेपाली राजदूत तथा कवि डा दुर्गाबहादुर (दुबसु) क्षेत्रीले लामिछाने एक बहुआयामिक प्रतिभाको धनी भएको बताउनुभयो। एकजना सफल व्यवसायी, समाजसेवी, नेपाली भाषा तथा साहित्यसेवी र गैरआवासीय नेपाली अभियानका अभियन्ताबाहेक लामिछानेले लेखकको पनि पहिचान बनाएको उहाँले बताउनुभयो। प्रा. बालकृष्ण पोखरेलको शब्दमा निजात्मक यात्रा ‘नियात्रा’ लेखकहरुको पंक्तिमा उभिन आइपुग्नुभएका लामिछानेका लेखहरुमा राष्ट्रिय चेतना र देशभक्तिको भावना परिपोषित रहेको उहाँले टिप्पणी गर्नुभयो। आफुले राजदूतको रुपमा बेलायतमा कार्यभार संहालेको १००
More

सुस्तःमनस्थिती कल्याणको रजत महोत्सव सम्पन्न

चितवन । राष्ट्रिय सुस्तःमनस्थिती कल्याण संस्था नेपाल चितवन शाखालेसंस्थाको २५ औ वर्ष प्रवेशको अवसरमा आयोजीत रजत महोत्सवको समापन शनिवनर एक कार्यक्रमका बिच गरेको छ । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष दिनेश चन्द्र देवकोटाले चितवन विकासका हिसावले अग्रणी स्थानमा रहेको बताउदैं सुस्तमनस्थिती भएकाहरुको हकहितमा समेत जिल्ला अग्र स्थानमा रहेकोे बताउनुभयो । सुस्तमनस्थिती भएका व्यक्तिहरुको लागि चितवन शाखाले सरा्नीनिय कार्य गरेको उहाँले बताउनुभयो । महिला विकास कार्यलय चितवनकी प्रमुख महिला विकास अधिकृत शान्ता कुमारी पौडेलले वौद्धिक अपांगहरुका क्षेत्रमा काम गर्न गार्हो हुने भन्दै सामाजीक संघसस्थाको पहलमा भएका उदारणीय कार्यहरुलाई प्रोत्साहन गरिनुपर्ने बताउनु भयो । कार्यक्रममा स्वागत गर्दै राष्ट्रिय अपांग
More

स्वामी अर्हतले फार्नबरोमा ध्यान शिविर सन्चालन गर्नुहुने

काठमाडौंस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले यही जनवरी २२ तारिख आइतबारका दिन फार्नबरो टाउन सेन्टरस्थित म्युदोन एभेन्युमा एक दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुने आयोजक संस्थाले जनाएको छ। गोर्खाप्रेन्युअर नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रममा स्वामी अर्हतले तनावमुक्त जीवन कसरी जीउने भन्ने विषयमा प्रवचन दिनुहुनेछ। उहाँले विभिन्न ध्यान विधिहरु सिकाउँदै सबै पेशा र उमेर समूहका मानिसहरुलाई सुखी र खुसी जीवन जीउनुका साथै आफुले गरिरहेको कामबाट अरु बढी प्रतिफल कसरी पाउने भन्ने बारे पनि चर्चा गर्नुहुनेछ। स्वामी अर्हतले फार्नबरो बाहेक लण्डन, डार्टफोर्ट र अबरदीनमा पनि ध्यान शिविर तथा सत्संग कार्यक्रमहरु सन्चालन गर्नुहुने आयोजक संस्थाले जनाएको छ। बढी भन्दा बढी मानिसहरुलाई
More

अमेरिकी राष्ट्रपति विदा हुनुपूर्व क्षमादान गर्ने लहर

जमैकाका इश्लाम धर्मगुरु, तालिवान समूहका पूर्वबन्दी र साना लागू औषध कारोबारका मुद्धामा संलग्न हजारौँ व्यक्तिले अमेरिकी राष्ट्रपतिले आफ्नो दोस्रो कार्यभारको अन्तिम दुई हप्ता बाँकी रहँदा क्षमतादानका लागि याचना गर्दै थुप्रै निवेदन परेका छन् । कार्यकालको अन्तिम समयमा केही अमेरिकी राष्ट्रपतिले बैभवपूर्ण राजकीय शक्तिको प्रयोग गर्दै क्षमादान वा सजाँय कमी गरिदिने प्रचलन छ । डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका बिल क्लिन्टनले आफ्नो कार्यकालको अन्त्यमा सन् २००१ मा एक शरणार्थी व्यवसायी मार्क रिचलाई क्षमदान दिने निर्णय गरेपछि निकै विवादमा तानिनुभएको थियो । मार्क रिचकी पत्नी क्लिन्टनको दल डेमोक्रेटिक पार्टीका मुख्य चन्दादाता भएको कारण क्लिन्टनलाई सो कदम लिन नैतिक दवाव परेको बताइन्छ ।
More

निर्वाचनसम्बन्धी दुई विधेयक सदनमा प्रस्तुत

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ र ‘निर्वाचन कसुर तथा सजाय विधेयक, २०७३’ प्रस्तुत गर्नुभयो । त्यसअघि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ती विधेयक आवश्यक भएको बताउँदै मन्त्री नायकले दुबै विधेयक सदनसमक्ष प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुभएको थियो । विभिन्न समितिमा सदस्य हेरफेर व्यवस्थापिका–संसद्अन्तर्गतका विभिन्न समितिका सदस्यहरूको हेरफेरमा पनि आजैको बैठकले सहमति जनाएको छ । त्यसअघि, सभामुख ओनसरी घर्तीले समितिका सदस्यहरूको नाम र हरेफेरसम्बन्धी जानकारी दिँदै सहमति जनाउन सदनसमक्ष आग्रह गर्नुभएको थियो । महाअभियोग प्रस्तावमाथिको छलफल समाप्त
More

कारबाही अघि बढाउँदा स्थानीय विकास अधिकारीको काज सरुवा

कावासोती । नवलपरासीका खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी बिक्री–वितरण गर्ने स्मृति निर्माण कम्पनीमाथि कारवाही अगाडि बढाएपछि स्थानीय विकास अधिकारी जीवलाल भुसाललाई काजमा अन्यत्र सरुवा गरिएको छ । जिल्ला अनुगमन समितिले तीन साताअघि केरुङ्गे खोलामा नदीजन्य सामग्री सङ्कलन गरी ओसारपसार गरिरहेको अवस्थामा २७ टिपरसहित ३० सवारीसाधन पक्राउ गरेर रु ६५ लाख जरिवाना तोकेको थियो । स्मृति निर्माण कम्पनी नवलपरासीको नाममा जरिवाना तोकेपछि १६ टिपरले रु ३५ लाख राजस्व बुझाएर छुटेका थिए भने अन्य टिपर कावासोतीस्थित इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् । सवारीसाधन पक्राउसँगै अधिकारी भुसालले केरुङ्गे खोलामा सङ्कलन गरिराखेका करिब रु ३० करोड बराबरको नदीजन्य पदार्थसमेत जफत गरेर लिलाम
More

बाहिरिँदै सांसदहरु

व्यवस्थापिका संसदको आइतबार बसेको बैठक स्थगित भएपछि बाहिरिँदै सांसदहरु । संसदमा आइतबार संविधान संशोधन विधेयक टेबुल भएको छ । तस्बिर:रत्न श्रेष्ठ
More

निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको हो । अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ति संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सर्वोच्चको यो फैसलासँगै निलम्बित अख्तियार प्रमुख कार्की पदमुक्त भएका छन् । उनी नियुक्ति भएको ४४ महिनामा पदमुक्त भएका हुन् ।
More