Daily Archives January 9, 2017

एनआरएन संस्थापक अध्यक्ष डा. महतोद्धारा नयाँ स्वास्थ्य सेवा शुरु

काठमाण्डौं । गैरआवासीय नेपाली संघका संस्थापक अध्क्षय डा. उपेन्द्र महतोले आमा र बच्चाका लागि नयाँ स्वास्थ्य सेवा सुरु गरेका छन् । सिरहाको कर्जन्हामा रहेको फुलकूमारी महतो मेमोरियल अस्पतालको हाता भित्र आमा र बच्चा विशेषज्ञ स्वास्थ्य उपचार सेवा सुरु गरिएको हो । सो सेवाको उद्धघाटन नेपालका लागि भारतीय राजदूत महामहिम श्री रन्जित रेले सोमवार एक समारोहका बीच गरे । कार्यक्रममा अस्पतालका निर्देशक डा. बिरेन्द्र प्रसाद महतो, सांसद अ्मरेश सिंह लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
More

संशोधन विधेयक पास गर्न संसदमा यस्तो छ अंक गणित खेल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका ९ अन्य साना दलहरुको लगातार ४० दिन लामो संसद अवरोधको सम्भवत अन्त्य गर्दै सरकारले आइतबार सरकारले संसदमा संविधान संशोधन विद्येयक टेबल गराएको छ । संसदमा संविधान संशोधन विद्येयक टेबल भएको संविधान संशोधन विद्येयक पारित गर्नका लागी संसदमा हाल कायम रहेको संख्याका आधारमा ३९८ मत दुईतिहाइ आवश्यक हुन्छ । मधेशवादी दललगायतले संशोधनप्रति समर्थन जनाइसकेपश्चात एकताबद्द भएको राप्रपाको ३७ मत नै निर्णायक मत रहेकोले सरकार र प्रमुख प्रतिपक्षी एमालेले राप्रपालाई आआफ्ना कित्तामा ल्याउन प्रयत्न भइरहेको छ । राप्रपाका अध्यक्ष कमल थापाले संशोधनको पक्षमा मत नहाल्ने भने पनि आधिकारीक रुपमा निर्णय भने गरेको छैन्न् । विधेयकमा
More

विदेशमै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नुुपर्ने

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा खाडीलगायत मुलुकमा ठूलो सङ्ख्यामा रहेका नेपालीलाई मतदान गर्न पाउने अधिकारको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा भइरहेको मतदातासम्बन्धी विधेयकमाथिको दफबार छलफलमा भाग लिने सांसदले उक्त कुरा उठाएका हुन् । बैठकमा सांसद मदनकुमारी (गरिमा) शाहले वैदेशिक रोजगारीमा रहेका युवाले पठाएको विप्रेषणले ठूलो योगदान पु-याइरहेको पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उनीहरुलाई मतदान गर्न पाउने अधिकारबाट विमुख गर्न नहुने बताउनुभयो । सदस्य राजेन्द्रप्रसाद पाण्डेले विदेशमा रोजगारीमा रहेका युवालाई आफू रहेकै मुलुकबाट मतदान गर्न पाउने अधिकार सुरक्षित गर्ने व्यवस्था विधेयकमा हुन आवश्यक छ भन्नुभयो । बैठकमा विवाह भएका महिलाको मतदाता नामावली उनीहरुले इच्छाएको ठाउँमा
More

कार्कीमाथि कालोमोसो दल्नेलाई एक महिना कैद

काठमाडौं । मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आउनुभएका लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज कार्कीलाई कालोमोसो दल्ने प्रशल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई जनही एक महिना कैद हुने आदेश जारी गरिएको हो । अदालतमा मुद्दाको तारेख लिन आउँदा यही पुस ७ गते शाही र बुढाले अदालत परिसरमै कार्कीलाई कालोमोसो दलेका थिए । सोही दिन नै पक्राउ गरी दुवैलाई थुनामा राखिएको थियो । सर्वोच्चले आज जारी गरिएको आदेशमा भनिएको छ, “निजहरुलाई थुनामा राखेकै मितिबाट कैद कट्टा हुने गरी
More

सन् २०४० मा विद्युत् माग ५० हजार मेगावाट पुग्ने

काठमाडौं । सन् २०४० सम्म मुलुकको विद्युत् माग बढेर ५० हजार मेगावाटभन्दा बढी पुग्ने एक अध्ययनले देखाएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको अध्ययनअनुसार हरेक वर्ष विद्युत्को माग करिब १५ प्रतिशतको दरले बढ्दा सो अवधिमा विद्युत् माग उक्त विन्दुमा पुग्ने पाइएको हो । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले यस वर्षको विद्युत् माग एक हजार सात सय २१ मेगावाट रहेको जानकारी दिनुभयो । आयोगले गरेको अध्ययनबारे जानकारी दिँदै ऊर्जामन्त्री शर्माले सन् २०२० मा विद्युत्को माग बढेर छ हजार आठ सय १४ मेगावाट तथा सन् २०२५ मा १० हजार ८०३ मेगावाट पुग्नेछ । सरकारले सन् २०२२
More

‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ स्वीकृत

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघिको बैठकमा गणपूरक सङ्ख्या नपुगेका कारण प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन । आधा घन्टाको स्थगनपछि बैठकले सो प्रस्ताव पारित गरेको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । ‘निर्वाचन विधेयक, २०७३’ स्वीकृत व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘निर्वाचन (कसुर तथा सजाय) विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ । विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले पैसा र बल हुनेले निर्वाचन जित्ने प्रवृत्तिलाई विधेयकले निरुत्साहन गर्नुपर्ने बताउनुभयो
More

किम कार्दासियानको गहना चोर्ने १६ जना पक्राउ

पेरिस । अङ्ग्रेजी तथा केही युरोपेली भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रमकी गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार (रियालिटि टिभि स्टार) किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ । फ्रान्समा फेशन विक टेलिभिजन सो नामक कार्यक्रम प्रस्तुत गर्ने सिलसिलामा किम कार्दासियान गतः अक्टोबर महिनामा पेरिस पुगेकी थिइन् । पेरिसस्थित उनको निजी निवासमा डाँकाहरूको एउटा ठूलै गिरोह जबर्दस्ती घुसी किमलाई बाँध, छाँद गरेर बाथरुमभित्र थुनी लुटेराहरूको समूहले एक करोड अमेरिकी डलरभन्दा बढी मूल्यपर्ने सुन तथा हिराका गर गहना, जुहारत डकैती गरेर फरार भएका
More

नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड

काठमाडौं । नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ । काठमाडौँ बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गर्नुभएको हो । सन् २०११ मा फ्लोरिडा भर्ना हुनुभएकी पौडेलले हाल ‘बायो केमेस्ट्री र मेलिकुलर बायोलोजी’ विषयमा विद्यावारिधि गरिरहनुभएको छ । विद्यावारिधिको शोधार्थी पौडेलको भविष्यमा क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने लक्ष्य रहेको छ । काठमाडौँ युनिभर्सिटी हाईस्कुल धुलिखेल (काभ्रे) बाट प्रवेशिका गरेकी पौडेलले मल्पी इन्स्टिच्युट लाजिम्पाटबाट गणित बायोलोजी र केमेस्ट्रीमा ‘ए’ लेवल गर्नुभएको थियो । उहाँले अमेरिकाकै भर्जिनियास्थित रेन डोल्फ कलेजबाट बायोलोजी र गणितमा बिएस्सी गर्नुभएको छ ।
More

हिन्दू राष्ट्र स्थापनाका लागि धर्मयुद्ध गर्ने

काठमाडौं । विभिन्न राजनीतिक दलले मुलुकमा वैद्धिक सनातन हिन्दू राज्य नभए अहिंसात्मक धर्म युद्ध गर्ने चेतावनी दिएका छन् । राष्ट्रिय शिव सेना पार्टी, नेपाल मातृभूमि पार्टी, नेपाल शिव सेना पार्टीलगायतले आज पत्रकार सम्मेलन गरी वौद्धिककालदेखि चल्दै आएको धर्मलाई कायम नगरे धर्मयुद्ध गर्ने बताएका हुन् । पत्रकार सम्मेलनमा राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले सदियौँदेखि चलिआएको धर्मलाई विभिन्न आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न लगाएको भन्दै आफूहरु धर्मयुद्धको तयारीमा लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“सामूहिक गौहत्या, बलात्कार, भ्रष्टाचार, तस्करीलगायत नकारात्मक कार्य हामी हेरेर बस्न सक्दैनौँ ।” हिन्दू मोर्चा नेपालका अध्यक्ष विजय शर्माले धर्म, संस्कार, संस्कृति, नागरिक र मातृभूमिको रक्षाका लागि अहिंसात्मक
More