Daily Archives 13th January 2017

क्षेत्री समाजको च्यारिटी कार्यक्रम नहुदैं १० हजार पाउण्डको प्रतिबद्धता

लन्डन । क्षेत्री समाज बेलायतले आपतकालिन राहत कोष अभिवृद्धि गर्नका लागि शनिवार हुने विशेष च्यारिटी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । एम्पायर हल अल्डरसटमा आयोजना हुने सो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको समाजले जनाएको छ । मिडिया कोअर्डिनेटर नरेन्द्र बस्नेतका अनुसार शुक्रवार साँझ सम्म १० हजार पाउण्ड भन्दा बढीको प्रतिबद्धता आइसकेको छ । च्यारिटी कार्यक्रममा बेलायतका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीलाई प्रमुख अतिथीको रुपमा डाकिएको छ । कार्यक्रममा श्रीमति पुनम सुवेदी, हाउस अफ कमन्स्का सदस्य एमपी बीरेन्द्र शर्मा, गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुङ, युरोप संयोजक कुल आचार्य लगायत पत्रकार, समाजसेवी तथा विशिष्ठ व्यक्तित्वलाई आमन्त्रण गरिएको
More

छक्का पञ्जा चलचित्र पाइरेसी गरेको आरोप लागेका युवा मृत फेला

काठमाडौं । ‘छक्का पञ्जा’ चलचित्र पाइरेसी गरेको आरोप लागेका एक युवा मृत फेला परेका छन् । नवलपरासी स्थायी घर भएका कृष्ण सुवेदी बिहीबार साँझ काठमाडौँ विजयचोकस्थित डेरामा मृत फेला परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख, प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले प्रारम्भिक अनुसन्धानमा युवकले आत्महत्या नै गरेको देखिएको जानकारी दिनुभयो । दीपकराज गिरी निर्माता तथा दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा’ को पाइरेसी गरेको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी परेसँगै केही दिनअघि सुवेदीलाई टेकुमा बोलाएर सोधपुछ गरी प्रहरीले छाडेको थियो । मृतक सुवेदीको कोठाबाट ‘सुसाइट नोट’ पनि भेटिएको छ । मृत्युका कारण अरु हुनसक्छ – प्रमुख खनाल महानगरीय
More

७९ पाउन्डको खाना, हजार पाउण्ड टिप्स

लन्डन । उत्तरी आयरल्यान्डको पोर्टाडाउन सहरमा रहेको एउटा भारतीय रेस्टुरामा खाना खाएर खुशी हुँदै पाहुनाले एक हजार पाउन्ड टिप्स दिए । उनले खाना खाएको बिलको रकम जम्मा ७९ पाउन्ड थियो । शहरको इन्डियन ट्री रेस्टुराका सेफ शब्बीर सत्तारका अनुसार टिप्स दिनुभन्दा अगाडि सम्मानसाथ बोलाए र हजार पाउन्ड हातमा राखिदिइन् । टिप्स दिने व्यक्तिले आफ्नो परिचय दिन चाहेनन । उनी पाँच अन्य साथीहरुसँग गत शुक्रबार खाना खान रेस्टुरामा आएकी थिइन् । टिप्स दिने बेलामा उनले भनिन्, यो सानदार खानाको साथसाथै सेवा शुल्कवापत म यो रकम दिन चाहन्छु । रेस्टुराका मालिक लुना एकुशले भनिन, यो टिप्स उदारको एउटा नमूना हो । उनले
More

ट्राफिक व्यवस्थापनका लागि मानवरहित हवाई विमान

काठमाडौं । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले एनएमबी बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आज मानवरहित हवाई विमान (ड्रोन) प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी निर्देशक उपेन्द्र पौडेलले ‘डेल्टा जुलियट इन्डिया ब्रान्डको पेन्टम फोर प्रो’ नामक हवाई विमान महाशाखाका प्रमुख प्रकाश अर्याललाई हस्तान्तरण गर्नुभयो । उक्त विमान रिमोट कन्टोलमार्फत आकाशमा उड्ने र उपत्यकाको ट्राफिक अवस्थाबारे मोबाइलमार्फत महाशाखालाई जानकारी दिनेछ । महाशाखाका प्रमुख अर्यालले बढ्दो ट्राफिक जाम न्यूनीकरण गर्न तथा ट्राफिक उल्लङ्घनका घटना कम गर्न सो प्रविधिले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ट्राफिक व्यवस्थापनका लागि प्रविधिका साथसाथै स्वयं सवारीधनी नै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
More

न्यायाधीश नियुुक्तिप्रति असन्तुष्टि

काठमाडौं । तराई–मधेस लोकतान्त्रिक पार्टीले न्याय परिषद्ले गरेको न्यायाधीश नियुक्तिको निर्णयप्रति आपत्ति जनाएको छ । तमलोपाले आज विज्ञप्ति जारी गरी न्यायाधीश नियुक्ति संविधानमा समावेशिताको प्रावधान विपरीत गरेको आरोप लगाएको छ । तमलोपाका प्रवक्ता विमलप्रसाद श्रीवास्तवले यस्तो निर्णयले लोकतन्त्र र समावेशी न्यायतन्त्रलाई कमजोर पार्ने विचार व्यक्त गर्नुभयो ।
More

इनरुवामा माघी

माघी महोत्सव २०७३ को अवसरमा सुनसरीको इनरुवामा शुक्रबार निकालिएको पदयात्रामा आफनो वेशभूषामा सजिएका थारु महिला । तस्बिर : अजितकुमार झा
More

जेपी नेम्बाङको ‘सिरापधाङ’ (भिडियोसहित)

काठमाडौ । गायक तथा संगीतकार जेपी नेम्बाङ लिम्बू भाषाको गीत तथा भिडियो लिएर आएका छन् । ‘सिरापधाङ’ बोलको गीतलाई जेपीले भिडियोमा सार्वजनिक गरेका हुन् । ‘सिरापधाङ’ गीतको भिडियोलाई दिनेश माङ्मु लिम्बूले निर्देशन गरेका हुन् । भिडियोमा लिम्बू भाषा, संस्कृति र भेषभूषा भिडियो झल्काएको छ । यस भिडियोमा गायक जेपीका अलावा सिर्जना तबेबुङ र सालु फेम्बोले अभिनय गरेका छन् । अन्छुमे नाशनको शब्दरचना रहेको यस गीतमा जेपीकै संगीत रहेको छ भने म्युजिक एरेञज अशोक लोहरुङ राईले गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको ‘सिरापधाङ’ भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । जेपी करिब ८ वर्षयता संगीतकर्ममा छन् । उनले यहाँसम्म आइुपग्दा
More

साझा यातायातद्वारा बीस प्रतिशत छुट

काठमाडौं । साझा यातायातले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै लामो दुरीमा चल्ने गाडीमा २० प्रतिशत छुट दिने भएको छ । साझाले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उपत्यका बाहिरका काठमौँबाट– वीरगन्ज, भैरहवा र पोखरा बागलुङ रुटमा चल्ने गाडीमा रु २० प्रतिशत भाडा घटाएको हो । सेवाग्राहीलाई विशेष लाभ दिने उद्देश्यले सरकारले तोकेको भाडादरमा अर्को सूचना जारी नहुँदासम्म २० प्रतिशत छुट गरी भाडा समायोजन गरिएको साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ कायम गरिएको भाडादरमा काठमाडौँदेखि वीरगन्जसम्म यसअघिको रु ४९० बाट घटाएर रु ३९२, भैरहवाको रु ५१० बाट रु ४०८ र पोखराको रु ३९० बाट
More

नेपा: पासा पुच: अमेरिकाद्वारा शताब्दी पुरुष जोशी र जनकवि श्रेष्ठलाई सम्मान

काठमाडौं । नेपाः पासा पुचः अमेरिकाय्ले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा शताब्दी पुरुष डा सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठलाई आज यहाँ सम्मान ग¥यो । नेपाल भाषा, साहित्य र संस्थाको मुखपत्र ‘दबू’को निरन्तर प्रकाशनका लागि पु¥याउनुभएको योगदानको कदरस्वरुप उहाँहरुलाई संस्थाका अध्यक्ष सरोज प्रजापति सम्मान गर्नुभएके हो । उक्त संस्था अमेरिकाको वासिङ्टनमा सन् १९९१ मा राम मालाकारले स्थापना गर्नुभएको थियो । उक्त संस्थाले नेपाल भाषा र संस्कृतिको जगेर्नाका साथै नेपालका अनाथ बालबालिकालाई छात्रवृत्ति तथा प्राकृतिक विपद्मा परेकाहरुलाई सहयोग प्रदान गर्दै आएको छ । संस्कृतिविद् डा जोशीले नेपाल भाषामा प्रकाशित कृतिलाई एक्काइसौं शताब्दी अनुकूल अन्तर्राष्ट्रिय भाषामा अनुवाद गरेर पस्कने काम भएमा मात्र
More

मिस अपेक्षा, मिसेस सुनिता

काठमाडौं । दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामा भएको मिस बिउटिफ़ुल नेपाल २०१७ र मिसेस बिउटिफ़ुल नेपाल २०१७ को दोस्रो र पहिलो संस्करणको उपाधी अपेक्षा ढुंगाना र सुनिता कर्माचार्यले जित्न सफल भएका छन। बुधबार अबेर साँझ राजधानीको नाचघरमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि राष्ट्रीय नाच घर जमलमा अयोजित प्रतियोगितामा अपेक्षा ढुंगानाले १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस बिउटिफ़ुल नेपाल २०१७ को ताज जित्न सफल भएकी थिइन् भने सुनिता कर्माचार्यले ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस बिउटिफ़ुल नेपाल २०१७ को उपाधि आफ्नो हातमा पार्न सफल भएकी थिइन् । यसका अलावा मिस बिउटिफ़ुल नेपाल २०१७ तर्फकी बिजेता अपेक्षाले बेस्ट स्माइल समेत
More

निर्वाचन कानुन निर्माणमा भन्दा संशोधन प्रस्ताव परिमार्जनमा मोर्चाको चासो

काठमाडौं । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्नेबारे सत्तारुढ प्रमुख दल र मधेसी मोर्चाबीच सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुबीचको बैठकले संशोधनमा के–कस्ता विषयमा परिमार्जन गर्ने भन्नेबारे पुनः समझदारी गरी अघि बढ्ने निर्णय गरेको हो । संविधान संशोधनलाई परिमार्जनसहित पारित गर्नेबारे मोर्चाबीच सकारात्मक छलफल भएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । “संविधान संशोधनबारे गहन कुराकानी भई संशोधनलाई परिमार्जन गरेर पारित गर्ने दिशातिर अघि बढ्नुपर्छ, भनेर मधेसी मोर्चासँग अत्यन्तै सकारात्मक छलफल भएको छ” –उहाँले भन्नुभयो । उपप्रधानमन्त्री
More

पर्यटन दुतहरुको यूरोपियन भेला सम्पन्न

द्रोण रिजाल । नेदरल्यान्डस । युरोपमा रहेका नेपाल पर्यटन बोर्डका मानार्थ पर्यटन दूतहरुले नेपालमा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउने र अर्थतन्त्रलाई टेवा पुर्याउने बिषयमा सामूहिक प्रतिवद्धता जाहेर गरेका छन् । बेनेलक्सका लागि नेपाली राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यमा नेदरल्यान्ड्सको उत्रेख्तमा बुधबार एक कार्यक्रम बीच यस्तो प्रतिबद्दता जाहेर गरेका हुन्। मानार्थ पर्यटन प्रतिनिधिहरूको यूरोप बैठकमा नेपालमा पर्यटन भित्र्याउन भएका विद्यमान नीति, ब्यबस्था र कार्यहरु र आगामी दिनमा युरोपमा रहेका प्रतिनिधिहरुले गर्नुपर्ने कार्य र खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको थियो। नेपाल पर्यटन बोर्डको प्रतिनिधि सुनील शर्मा समेतको उपस्थितिमा भएको उक्त बैठकमा नेपालमा युरोपबाट भित्रिने पर्यटकको संख्यामा अभिबृद्धि गर्न थप आकर्षक र योजनावद्ध
More

एनआरएन र प्रज्ञाप्रतिष्ठान बीच साहित्यिक सहमतिपत्रमा हस्ताक्षर

गत १२ जनवरी २०१७ का दिन गैर आवासिय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठान बीच साहित्यिक सहकार्यको लागि सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिको निम्ति अध्यक्ष शेष घले र सचिवालय निर्देशक राजेश राणालाई नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी कार्यलयमा निमन्त्रणा गरिएको थियो । एनआरएनको तर्फबाट अध्यक्ष घले र प्रतिष्ठानको तर्फबाट कुलपति गंगाप्रसाद उप्रेतीले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । सहमतिको निमित्त एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गतको भाषा तथा साहित्य प्रबद्र्धन उपसमितिका संयोजक विश्वास दीप तिगेलाले भूमिका निर्वाह गर्नुभएको थियो । आगामी ७ औ एनआरएन विश्व सम्मेलनको अवसरमा बृहत संगोष्ठि गर्ने, नेपाली साहित्यलाई अनुवाद गर्ने, विभिन्न सिर्जना संग्रह प्रकाशन गर्ने, डायस्पोरिक डेस्कलाई ब्यवस्थित
More

उच्च अदालतमा रातारात न्यायधीश नियुक्त

काठमाडौं । न्यायपरिषदले उच्च अदालतमा न्यायाधीशहरु नियुक्त गरेको छ । यससम्बन्धमा औपचारिक पुष्टि भने हुन बाँकी छ । उच्च न्यायालयमा रिक्त रहेका न्यायाधीशहरुको गएराति अबेर नियुक्ति गरिएको दावी न्यायपरिषद स्रोतले गरेको छ । यद्यपि, नियुक्तिका सम्बन्धमा न्यायपरिषद सदस्यहरुमा मत विभाजन भएको स्रोतले जनाएको छ । प्रधानन्यायाधीश एवं न्यायपरिषद अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा हिजो दिउँसो बसेको बैठक निष्कर्षविहीन भएकोमा राति अबेर फेरि बैठक बसेर न्यायाधीश बन्नेहरुको नाम टुंग्याइएको स्रोतको दावी छ । जसमा सर्वोच्च अदालतबाट प्रतिनिधित्व गर्ने वरिष्ठतम् न्यायाधीश वैद्यनाथ उपाध्यायसमेतको असहमति रहेको दावी गरिएको छ । नेपाल बार एशोसिएशनका तर्फबाट न्यायपरिषद सदस्य रहेका रामप्रसाद सिटौला पनि राति भएको बैठकमा उपस्थित
More

दलहरुको ढिलासुस्तीप्रति राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मूख्य तीन दलका शीर्ष नेतालाई बोलाएर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई बोलाएर राजनीतिक घटनाक्रमबारे जानकारी लिएकी हुन् । छलफलमा प्रधानमन्त्री दाहालले सरकार निर्वाचन घोषणा गर्ने अन्तिम तयारीमा रहेको भन्दै त्यसमा प्रतिपक्षी दलको साथ खोजिरहेको बताएका थिए । एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भने आफूहरु शुरुदेखि नै निर्वाचनमा पक्षमा रहेकाले चाँडो मिति घोषण गर्न सरकारसँग आग्रह गरे । कांग्रेस सभापति देउवाले संशोधन प्रस्तावलाई सकारात्मक रुपमा टुंगोमा पु¥याएर सबैलाई समेटी निर्वाचनमा जाने
More

एनसीआईको लेखा समितिमा भण्डारी

लण्डन । लण्डनका नेपाली व्यावसायीहरु सम्मिलित नेपलिज कोअपरेटिभ इन्भेस्टमेन्ट लिमिटेड (एनसिआई) युकेको तेस्रो साधारणसभा सम्पन्न भएको छ । ब्ल्याकहिथस्थित एभरेष्ट इनमा शनिबार भएको सो साधारणसभाको अध्यक्षता अध्यक्ष मोहन गुरुङले गरेका थिए । उक्त साधारणसभाले कमल भण्डारीलाई लेखा समितिमा छनोट गरेको छ । भण्डारी नेपाल ब्रिटेन डट कमका निर्देशक हुन् । साधारण सभामा सचिव तिम्सिनाले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष एलएन पाण्डेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कोषाध्यक्ष पाण्डेले एनसिआई गठनको औचित्य र उद्देश्यका बारेमा तयार पारिएको पावर प्वाइन्ट प्रेजेन्टेसन पनि प्रस्तुत गरेका थिए । यस्तै लेखा तथा आर्थिक अनुशासन समितिका टीकाराम सापकोटा, बालजंग अर्याल, बिज्नेस डेभलपमेण्ट कमिटीका सुरज मास्के र
More