Daily Archives January 14, 2017

गायक यम बुद्धको निधन प्रति नेपाली राजदूतद्धारा दुःख ब्यक्त

लन्डन । युवा गायक एवं चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) ले आत्महत्या गरेको नेपाली दूतावास लन्डनले पुष्टी गरेको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर क्षेत्रीले शनिवार अबेर आफ्नो टुईटर मार्फत अधिकारीले आत्महत्या गरेको जनाएका छन् । उनले लेखेका छन् धेरै दुःखद समाचार सुने । लोकप्रिय एवंम प्रतिभाशाली गायक यम बुद्ध (अनिल अधिकारी) ले लन्डनमा आत्महत्या गरे । डा. सुवेदीले अधिकारीको निधनमा गहिरो दुःख ब्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् । A very sad news I heard.The popular and talented singer,Yamabuddha(Anil Adhikari)committed suicide in London today.My heartfelt condolences — Dr.DuBaSu Chhetri (@DuBaSu1) January 14, 2017 यसअघि परिवारीक
More

क्षेत्री समाजको च्यारिटीमा १६ हजार पाउण्ड संकलन

लन्डन । क्षेत्री समाज बेलायतले आपतकालिन राहत कोष अभिवृद्धि गर्नका लागि शनिवार भएको च्यारीटी कार्यक्रमबाट १६ हजार भन्दा बढी पाउण्ड संकलन भएको छ । मिडिया कोअर्डिनेटर नरेन्द्र बस्नेतका अनुसार शुक्रवार साँझ सम्म १० हजार पाउण्ड र कार्यक्रममा उठेको रकम सहित १६ हजारभन्दा बढीको प्रतिबद्धता आएको हो । कार्यक्रमस्थलबाट नेपालब्रिटेन डट कमलाई जानकारी दिदैं बस्नेतले भने ‘सम्पूर्ण हिसाबको विवरण आउन बाँकी नै छ अहिले सम्म प्राप्त प्रतिबद्धता हेर्दा १६ हजार पाउण्ड भन्दा बढी नै उठ्ने सम्भवना छ’ । एम्पायर हल अल्डरसटमा आयोजना भएको कार्यक्रममा बेलायतस्थित नेपाली सँघसंस्थाका प्रतिनिधीहरुको उलेख्य उपस्थिती थियो । च्यारिटी कार्यक्रममा बेलायतका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर
More

एनअारएन अमेरिकाको पाँचौ साधारणसभा टेक्ससमा सुरु

टेक्सास। गैर अावासीय नेपाली संघ (एनअारएनए) अमेरिकाको पाँचौ वार्शिक साधारण सभा टेक्ससको डालस शहरमा सुरू भएको छ । शनिबार आयोजित साधारण सभाका प्रमुख अतिथि परराष्ट मन्त्री डा. प्रकाशशरण महतले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको छ । एनअारएनए उपाध्य्क्ष कुमार पन्तको आतिथ्यतामा सुरु भएको वार्शिक साधारण सभालाई संघका क्षत्रीय संयोजक सोनाम लामा, संघका पुर्व अध्य्क्ष खगेन्द्र जिसी, नेपाली कांग्रेस केन्द्रिय सदस्य कल्याण गुरुङ, जनसंपर्क समिती अमेरिका सभापति आनन्द बिष्ट, अगुवा समाजसेवी कृष्ण लामिछाने लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए । संघको १७ स्थानिय च्याप्टरका प्रतिनिधि र सहभागीहरुलाई संघका अध्य्क्ष केशव पौडेलले स्वागत गर्नु भएको थियो । संघको टेक्सास च्याप्टरको आतिथ्यतामा आयोजित वार्शिक
More

चर्चित युवा गायक यमबुद्धको लण्डनमा निधन

यमबुद्ध भनेर चिनिने चर्चित युवा गायक (-यापर) अनिल अधिकारीको निधन भएको छ। बीबीसी नेपाली सेवाले उनका एकजना नजीकका आफन्तलाई उद्धृत गर्दै अधिकारीको शव उत्तरी लण्डनस्थित उनकै निवासको बाथरुममा शनिबार बिहान भेटिएको जनाएको छ। उनी २९ वर्षका थिए। उनको पारिवारिक सूत्रका अनुसार अधिकारी शुक्रबार राती कामबाट फर्केर सुत्न गएका थिए, तर बिहानै उनको शव बाथरुममा भेटिएको थियो। उनको शव कोरोनर कहाँ लगिएको र बुधबार पोष्टमार्टम गरिने बताइएको छ। पोष्टमार्टम पछि उनको शव नेपाल लैजाने सोचाइ भैरहेको पनि पारिवारिक सूत्रले जनाएको छ। उनका आफन्तहरुले स्वर्गीय यमबुद्धको परिवार अहिले अत्यन्तै पीडामा रहेको भन्दै उनको परिवारलाई ‘प्राइभेसी’ दिन सबैलाई आग्रह गरेका छन्।
More

एक वर्षअघि शिलान्यास गरिएका सम्पदा अलपत्र

काठमाडौ । सरकारले आज १९ औँ भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरे पनि गत वर्ष १८औँ भूकम्प सुरक्षा दिवसका दिन सुरु गरिएको दुई सम्पदाको पुनःनिर्माण भने अलपत्र छ । ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ आज १९औँ भूकम्प सुरक्षा दिवस मनाइँदै छ । विसं १९९० माघ २ गते भूकम्प गएको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालेको हो । विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । दुई सयभन्दा बढी पुरातात्विक
More

संविधान कार्यान्वयनपछि मात्रै देशमा आर्थिक विकास : सभापति देउवा

पोखरा । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनपछि मात्रै देशमा आर्थिक विकासले गति लिने बताउनुभएको छ । सिक्लेस युवा क्लबद्वारा कास्कीको पार्चे गाविसस्थित सिक्लेसमा आजदेखि सुरु भएको सिक्लेस माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गर्दै उहाँले संविधान कार्यान्वयनका लागि अर्को वर्षको माघ ७ गतेसम्म स्थानीय तह, प्रादेशिक र केन्द्रीय निर्वाचन गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । तीनवटै तहको निर्वाचन गर्न मधेसी मोर्चालगायत असन्तुष्ट जनजातिका मागलाई सम्बोधन गर्न संविधान संशोधन जरुरी रहेको र व्यवस्थापिका–संसद्मा टेबुल भइसकेको संविधान संशोधन प्रस्ताव पास गर्न सबै राजनीतिक दलको सहयोगको खाँचो रहेको उहाँको भनाइ थियो । सभापति देउवाले पर्यटकीय क्षेत्र सिक्लेसको विकासमा आफ्नो क्षेत्रबाट
More

टुँडिखेलमा ‘माघी’ पर्व

चौधरी–थारू समुदायले नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्व काठमाडौँको टुँडिखेलमा शनिबार हर्षोल्लासका साथ मनाउँदै । तस्बिर : रोशन सापकोटा
More

लामो अभ्यासपछि न्यायाधीश नियुक्ति

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले उच्च अदालतका ८० जना न्यायाधीशको नियुक्ति रातारात नभई एक महिना लामो अभ्यासपछि भएको बताउनुभएको छ । आज रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा न्यायाधीश नियुक्ति आधारातमा भएको भन्ने टिप्पणीबारे उहाँले यसका लागि लामो अभ्यास र तयारी भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नेपाल बार एसोसिएसनले निर्णय परिवर्तन गर्न माग गरेको भएपनि निर्णय उल्टाउन सकिन्न । न्याय परिषद्का सदस्य वैद्यनाथ उपाध्यायको सहमतिमै हामीले अन्तिम निर्णय गरेका हौँ । अर्का सदस्य रामप्रसाद सिटौलालाई पटक–पटक सम्पर्क गर्दा पनि आउनु भएन । एक व्यक्तिका कारण काम रोक्ने कुरा आउँदैन ।” न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले गर्नुभएको
More

संविधान संशोधनबारे धेरै जिद्दी नगरौँ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधानको स्वीकार्यता बढाउने सन्दर्भमा अघि सारिएको संविधान संशोधनबारे प्रतिपक्ष दललाई धेरै जिद्दी नगर्न आग्रह गर्नुभएको छ । थारु कल्याणकारिणी काठमाडाँै उपत्यका समितिले आज टुँडिखेलमा आयोजना गरेको राष्ट्रिय पर्व थारु माघी महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री निधिले संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा रहे देखिएका कमीकमजोरीलाई सच्चाएर सबै जातजाति, भाषाभाषी र समुदायका हक अधिकार सुनिश्चित गरिने बताउनुभयो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग विगतमा भएका सहमति पनि पूरा हुने र सबै राजनीतिक दल, समुदायसँगको सरसल्लाहमा सरकार अघि बढ्न चाहेको उहाँको भनाइ थियो । आयोजक संस्था थारु कल्याणकारिणी काठमाडाँै उपत्यका समितिका संयोजक सत्यनारायण चौधरीले माघेसङ्क्रान्ति
More

प्रधानमन्त्री अवुधावी प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट (युएइ)को राजधानी अवुधावी प्रस्थान गर्नुभयो । युएइका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहम्मद विन रसिद मोक्तुमको विशेष निमन्त्रणामा प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गर्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, संवैधानिक अङ्गका प्रतिनिधि, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीलाई बिदाई गर्नुभयो । प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी, उहाँको स्वकीय सचिवालयका सदस्य रहनुभएको छ । यस्तै, टोलीमा ऊर्जा मन्त्री जनार्दन
More