Daily Archives January 15, 2017

‘सरसर्ती संसार’ जर्मनीमा लोकार्पण (फोटो फिचर)

फ्रयांकफर्ट । गैरआवासीय नेपाली संघका प्रमूख संरक्षक पुर्व अध्यक्ष जीवा लामिछाने द्वारा लिखित कृती सरसर्ती संसार जर्मनी को ब्यपारिक राजधानी फ्रयांकफर्टमा जर्मनी का लागी नेपाल सरकारका महावाणिज्य दुत तथा गैरआवासीय नेपाली संघका निवर्तमान संरक्षक राम प्रताप थापाज्यु को प्रमूख आतीथ्यमा लोकार्पण गरीयो। जीवा लामीछाने गैर आवासीय नेपाली संघका संस्थापक अभीयन्ता र गैर आवासीय नेपाली संघका तेश्रो नीर्वीरोध नीर्वाचीत अध्यक्ष्य तथा प्रमूख संरक्षक साथै सफल व्यवसायी र समाज सेवीको पर्यावाची नाम हो । सरसर्ती संसार ले उहाँको परीचय एक श्रष्टा को रूपमा स्थापीत गर्दैछ। डायस्पोरिक साहित्यमा जीवा लामिछानेको यस कृतिले प्रवासमा रहेका नेपाली हरूको साहित्य प्रतीको रुची लाई प्रोत्साहीत गर्दछ। ३५
More

आयोगमा राजपत्राङ्कित पदमा ५४ गुणा बढी आवेदन

काठमाडौं । लोक सेवा आयोगले विज्ञापन गरेको निजामती सेवामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा मागेको सङ्ख्याभन्दा ५४ गुणाबढीले आवेदन फाराम भरेका छन् । आयोगले मागेको प्राविधिक र अप्राविधिकतर्फ शाखा अधिकृतको ९८० पदमा ५३ हजार ४१६ जनाले आवेदन फाराम भरेको आयोगका दर्खास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिकतर्फ ६६ गुणा र अप्राविधिकतर्फ ४३ गुणाबढीले आवेदन फाराम भरेका छन् । प्राविधिकतर्फ ४७२ पदका लागि ३१ हजार ५१७ र अप्राविधिकतर्फ ५०८ जनामा २१ हजार ८९९ जनाले फाराम भरेका थिए । शाखा अधिकृत गौतमले प्राविधिकतर्फ एउटै उम्मेदवारले धेरै विषयमा फाराम भर्ने भएकाले सङ्ख्या बढेको बताउनुभयो । प्राविधिकतर्फ कात्तिकको
More

प्रवासीले हासिल गरेको अनुभव र पूँजी नेपालको आधारशीला : प्रम दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आवुधावीमा रहेका नेपालीहरुसँग अन्तरक्रिया गरेका छन् । १० औं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन युएई पुगेका प्रधानमन्त्री दाहालले आवुधावीमा रहेको नेपाली दुताबासमा नेपालीहरुसँग अन्तरक्रिया गरेका हुन् । नेपालीहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले भने, ‘राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड गरेको छ । मेरो नेतृत्वको सरकारले विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएको छ ।’ उनले नेपाली समुदायलाई सम्बोधन गर्दै भने, ‘तपाईहरुले यहाँ हासिल गरेको अनुभव र पूँजी नेपालको विकासको लागि आधारशिला हो, पूँजी हो, तपाईहरुले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ ।’ नेपालको राजनीतिबारे
More

काठमाडौंको तापक्रम घट्दो, जनजीवन कष्टकर

काठमाडौं । यतिखेर काठमाडौँको मौसम चिसो छ । बिहान र बेलुका साबिकरुपमा सधैँ चिसो हुने काठमाडौँ केहि दिन यता दिउँसो पनि चिसो हुँदै गइरहेको छ । तापक्रम दिनानुदिन घट्दो छ भने मौसम पुर्वानुमान महाशाखाले चिसो अझ बढ्ने जनाएको छ । बिहान बेलुका चिसो हुने काठमाडौँ केहि दिन देखि दिउँसो पनि चिसोले गर्दा दैनिक जीवनमा समस्या उत्पन्न गरिरहेको छ । शनिबार राजधानीको न्युनतम तापक्रम यो वर्षको अहिलेसम्मको न्युन विन्दुमा पुग्यो, ०.४ डिग्रीमा । आइतबार त झन् न्युनतम तापक्रम ०.१ डिग्री बढेको छ । उच्चतम तापक्रम पनि शनिबारकोभन्दा आइतबार बढेको छ । शनिबार राजधानीको उच्चतम तापक्रम १६ डिग्री थियो भने आइतबार १७
More

पूँजीगत लाभ कर नतिरे एनसेलले फोरजी चलाउन नपाउने

काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले एनसेलसँग तीन महिनाभित्र पूँजीगत लाभांश कर उठाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले एनसेलले १५ र एनसेलको नब्बे प्रतिशत शेयर लिएको टेलिया सोनेराबाट १० प्रतिशत कर उठाउन गरेको ताकेता पूरा नभएको भन्दै अर्थ मन्त्रालयलाई तीन महिनाको म्याद दिएको हो । समितिले एनसेलको शेयर खरिद–बिक्रि बापतको कर उठाउन आनाकानी गर्ने सरकारी अधिकारीमाथि पनि पुनः छानबिन गर्न अख्तियारलाई भनेको छ । गत चैत १६ गतेसम्म कर उठाउन दिएको निर्देशन कार्यान्वयन नभएपछि समितिले फेरि म्यादै तोकेर अर्को निर्देशन दिएको हो । बैठकमा अर्थसचिव शान्तराज सुवेदीले एनसेलको लाभकर उठाउन कार्यतालिका बनाएर काम भइरहेको जानकारी
More

राष्ट्रपति भण्डारीको छोरीको विवाहमा पूर्वराजा सहभागी हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार मध्यान्ह १२ बजेका लागि शीतलनिवासमा बोलाएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको पूर्वराष्ट्रपति रामवरण यादवका नातेदार (नाति) अभिशेष यादवसँग राष्ट्रपति भवनभित्रै सोमबार विवाह हुँदैछ । पूर्वराजा ज्ञानेन्द्रले गणतन्त्र आएयता एकचोटि पनि शीतलनिवास टेकेका छैनन् । पूर्वराजपरिवारका सदस्यहरुमा विवाह लगायतका सामाजिक समारोहरुमा निम्तो आएका बेला सहभागिता जनाउने संस्कार र परम्परा रही आएको छ । स्रेतका अनुसार ज्ञानेन्द्र विहेमा सहभागी हुने बताएको छ ।
More

पौरखी कृषक

बेनीमा आइतबार सम्पन्न जिल्ला स्तरीय कृषि मेला प्रर्दशनीमा आफुले उत्पादन गरेका फसलसहित पुरस्कृत कृषकहरु । जिल्ला कृषि विकास कार्यालयले उत्कृष्ट फसल उत्पादन गर्ने ५८ जना कृषकलाई पुरस्कृत गरेको छ । तस्बिर : सन्तोष गौतम
More

फुटबल खेल र एकेडेमीे एकसाथ सञ्चालन गर्दै सहारा क्लब

पोखरा । फुटबल खेलको माध्यमबाट समाजका युवालाई कुलतबाट जोगाउन डेढ दशकअगाडि गठन भएको सहारा क्लब पोखराले पछिल्लो समय फुटबल खेलाउने र एकेडेमी सञ्चालन गर्ने अनुकरणीय काम गर्दै आएको छ । ‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा विकास गरौँ’ भन्ने मूल नारासहित प्रत्येक वर्ष आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले दर्शकले काटेको टिकटबाट बचेको रकमले सहारा एकेडेमी सञ्चालन गरी समाज सेवा गर्दै आएको छ । पोखरा रङ्गशालामा फुटबल खेलाउँदा पोखरेली दर्शक र प्रायोजकले दिएको उत्साहबाटै पोखरा १७ दोविल्लामा एकेडेमी सञ्चालन गर्न सम्भव भएको क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताउनुभयो । उहाँका अनुसार एकेडेमीमा हाल कास्कीसहित झापा,
More

राप्रपाः साधारण सदस्य लगत सङ्कलन सुरु

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका साधारण सदस्य लगत सङ्कलन कार्य आजदेखि सुरु भएको छ । पार्टीको आसन्न महाधिवेशन प्रयोजनका लागि विशेष अभियानका रुपमा गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभरसदस्यता वितरण गरिएको थियो । सो अवधिभर सदस्य बनेकाहरुको यही माघ ७ गते अगावै लगत सङ्कलन गरी पार्टीमा अभिलेख राखिने छ । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार केन्द्रीय निर्वाचन समिति अन्तर्गत रहने गरी प्रत्येक जिल्लामा निर्वाचन समिति गठन गरिएको छ । साधरण सदस्य भएकामध्येबाट केहीलाई वडा समितिमा मनोनयन गरिने छ । उहाँले यही माघको दोस्रो हप्ताभर देशभर वडा, गाउँ र नगर कार्यसमितिको अधिवेशन तथा माघ २१ गते दुई सय ४०
More

स्विट्जरल्यान्डका नेपालीको सहयोगमा नुवाकोटमा विद्यालय

नुवाकोट । नेपाली समाज बसेल स्विट्जरल्यान्डले भूकम्पले भत्काएको नुवाकोटको थानापती प्राथमिक विद्यालयको भवन निर्माण गरेको छ । हिमालय पिस एजुकेसन फाउन्डेसन संस्थामार्फत स्विट्जरल्यान्ड बसेलका नेपालीले पठाएको करिब रु १४ लाख ५७ हजारमा सो विद्यालयको चारकोठे भवन निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताउनुभयो । काठमाडौँबाट झन्डै ३२ किलोमिटर उत्तरतर्फ थानापती गाउँ विकास समिति, सानेपीपलको सो विद्यालयमा हाल दुई दर्जन बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका शिक्षक हरिबहादुर श्रेष्ठले बताउनुभयो । नवनिर्मित भनवको जिल्ला शिक्षा कार्यालय, थानापती स्रोत केन्द्रका प्रमुख महेश्वर पाण्डेले हालै उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा नेपाली समाज बसेल स्विट्जरल्यान्डका सदस्य प्रवीणकुमार मगरले विदेशमा बसे पनि स्वदेशमा आपत् परेका नेपालीलाई
More