Daily Archives January 17, 2017

कही नभएको जात्रा पर्यटन बोर्डमा — एनआरएन जापान

लन्डन । अतिथी देवो भवः नारा सहित पर्यटन प्रर्वधनका लागि सकृय रुपमा लागेको गैरआवासीय नेपाली संघ, जापानले पर्यटन बोर्डप्रति असन्तुष्टी व्यक्त गरेको छ । संघका अध्यक्ष सुदन थापाले आफ्नो फेसबुक टाइमलाइन मार्फत नेपाल पयर्टन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीको नामै किटेर बोर्डभित्र गाइजात्रा भएको बताएका छन् । उनले पोस्ट कार्ड छापेको भरमा संसारनै मैले गरे भनेर पयर्टन बोर्डले ठूल्ठूला कुरा गरेको आरोप समेत लगाएका छन् । गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट निकट मानिने थापा पयर्टन बोर्ड माथि सार्वजानिक रुपमा खनिनुलाई जापानवासी नेपालीले अर्थपूर्ण रुपमा हरेका छन् । उपाध्यक्ष भट्टले पयर्टन बोर्डको सहकार्यमा नेपालमा बिभिन्न पयर्टन प्रर्वधन काम गर्दै
More

आठ प्रदेश हुनुपर्छ : गच्छदार

इनरुवा । परिर्माजनसहित संविधान संशोधन नभएसम्म निर्वाचन सम्भव नरहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताउनु भएको छ । मधेसी जनाधिकार फोरम क्षेत्रीय समिति क्षेत्र नम्बर ४ सुनसरीले आज सुनसरीको मध्यहर्षाही गाविसमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहँुदै अध्यक्ष गच्छदारले जनताको माग र अधिकार सुनिश्चित नभएसम्म निर्वाचन नहुने र त्यसका लागि संविधान परिमार्जनसहित संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । गच्छदारले संविधान संशोधन र निर्वाचन नभएसम्म मुलुकमा अस्थिरता कायम रहने भएकाले पहिला संशोधन र त्यसपछि निर्वाचन गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले वर्तमान सरकारमा फोरम लोकतान्त्रिक जाने कुरा हल्ला मात्रै भएको बताउनु भयो । उहाँले संविधान संशोधन गरी
More

बमलाई रिहाइ गर्न प्रधानमन्त्री दाहालद्वारा आग्रह

निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ: प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त अरब इमिरेटस(युएइ) युवराज शेख मोहम्मद र समकक्षी शेख मोहम्मद विन रसिद अल मोक्तुमसँगको भेटवार्तामा मृत्युदण्डको सजाय पाई दुवईको केन्द्रीय कारागारमा सन् २००३ देखि बन्दी जीवन बिताइरहेका अमबरबहादुर बमलाई रिहाइ गर्न आग्रह गरेको बताउनुभयो । द्विपक्षीय छलफलको क्रममा युवराज र समकक्षीले तत्कालै सम्बन्धित पदाधिकारीलाई बमको रिहाइका लागि निर्देशन दिएको समेत प्रधानमन्त्रीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । यस्तै उहाँले भ्रमणको क्रममा नेपाली कामदारले भोग्नुपरेको समस्या, महिला कामदारको समस्या र भ्रमण प्रवेशाज्ञामा नेपालीलाई पठाइ अलपत्र पार्नेलाई कारबाहीको दायरामा ल्याउन समेत पहल गरिएको उल्लेख गर्नुभयो । नेपालको प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमणले उच्चस्तरको
More

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वल्र्ड फ्युचर इनर्जी समिट, २०१७ मा सहभागी भई स्वदेश फर्कने क्रममा मङगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर: रोशन सापकोटा
More

अबको निर्वाचनमा एमालेको बहुमत आउने

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले अबको निर्वाचनमा सबै राजनीतिक दल मिले पनि एमाले अगाडि हुने दाबी गर्नुभएको छ । अनेरास्ववियुद्वारा आजदेखि सञ्चालित ‘सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि अभियान–२०७३’ को उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका गौतमले सरकारभन्दा पनि निर्वाचनमा एमालेको जोड रहेको बताउनुभयो । संविधान संशोधन विधेयक पारित गराउने सर्तमा सरकारमा सहभागी गराउने भनेर सत्तारुढ दलले फकाउने प्रयास गरिरहेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो – “तर हामी प्रधानमन्त्री र सरकारको लोभमा नपरी देशलाई विखण्डन हुने कुनै पनि विधेयक पारित गराउन दिने छैनौँ ।” कार्यक्रममा शिक्षाविद् डा मनप्रसाद वाग्लेले शिक्षककै कारण गुणस्तर शिक्षा दिन नसकिएको स्वीकार्दै नोट लेखाउने शिक्षकलाई बहिष्कार गर्नुपर्ने
More

एमालेले समर्थन नगरे पनि दुईतिहाई पुग्छ : गृहमन्त्री निधि

काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले गैर जिम्मेबार रुपमा प्रस्तुत हुनुभन्दा संसोधनमा सहभागि भइ निर्वाचनको माहोल बनाउन आग्रह पनि गरे । संबिधान संसोधनपछि मधेसी मोर्चा र संघीय गठबन्धनको सहमतिमा नै स्थानीय निकायको चुनावको मिति घोषणा छिट्टै गरिने निधिले बताए । संसदमा पेस भएको संविधान संशोधन विधेयक एमालेले समर्थन नगरेपनि दुई तिहाइ बहुमतले पारित हुने दावि निधिको छ । प्रमुख प्रतिपक्षी दल एमाले गैरजिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाउदै उनले संशोधनको पक्षमा ल्याउन
More

युरोपमा ट्रम्पको आलोचना

वासिङ्गटन । आगामी शुक्रबार सम्पन्न हुन गै रहेको ४५औं अमेरिकी राष्ट्रपतिको औपचारिक शपथग्रहण कार्यक्रम अमेरिकी काँग्रेसका २६ सांसदले अस्वीकार गर्ने भएका छन् । अमेरिकामा दुई सदनात्मक ब्यबस्थापिका (संसद)लाई राष्ट्रिय काँग्रेस भनिन्छ । तल्लो सदन (प्रतिनिधि सभा) र माथिल्लो सदन (सिनेट) समेत गरी यसको दुबै सदनमा सदस्यसंख्या जम्मा ५३५ रहेको छ । अस्ति मात्र अमेरिकी नागरिक आन्दोलनका अगुवा, डेमोक्र्याटिक पार्टीका एक सम्मानित सदस्य जोन लुइसले नवनिर्वाचित ट्रम्प वैधानिक राष्ट्रपति नभएको धारणा राखेपछि ट्रम्पले उनको चर्को आलोचना गर्दै सिंगो डेमोक्र्याटिक पार्टीलाई समेत तथा नाम गाली गरेका थिए । यसको कडा प्रतिबाद स्वरुप छब्बीस जना डेमोक्र्याट काँग्रेस सदस्यहरुले सो औपचारिक शपथ ग्रहण समारोह
More

बङ्गलादेश व्यापार मेला

काठमाडौँका भृकुटीमण्डपमा मङ्गलबारदेखि सुरु भएको तेस्रो बङ्गलादेश व्यापार मेलाको अवलोकन गर्दै सर्वसाधारण । तस्बिर: रोशन सापकोटा
More

दिवङ्गत पत्रकार बोहराकी पत्नीलाई रु दश लाख सहयोग

धनगढी । दिवङ्गत पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई उपचारका लागि रु १० लाख ३५ हजार आठ सय ७१ हस्तान्तरण गरिएको छ । दुवै मृगौला खराब भएर पनि अर्थाभावका कारण समयमै उपचार पाउन नसकेकी ममताको उपचारमा सहयोग पु-याउने उद्देश्यले यहाँका पत्रकार र नागरिक समाजका अगुवाको पहलमा ‘ममता बचाउ अभियान’थालिएको थियो । अभियानका सदस्य तथा सामुदायिक रेडियो प्रशारक सङ्घ (अको-याब)का ७ नं प्रदेश अध्यक्ष दीर्घराज उपाध्यायले सङ्कलित रु १० लाख ३५ हजार आठ सयको चेक हिजो दिवङ्गत पत्रकारकी पत्नी ममतालाई भक्तपुरस्थित डेरामा पुगेर हस्तान्तरण गर्नुभएको हो । ममता बचाउ अभियान सञ्चालनपछि यस क्षेत्रमा पत्रकार, शिक्षक, विद्यालय सञ्चालक, पेसाकर्मी, व्यवसायी र सर्वसाधारणले स्वतःस्फूर्त
More

महाअभियोग प्रस्ताव भोलि निष्कर्षमा पुग्ने

काठमाडौं । व्यवस्थापिका–संसद्, महाभियोग सिफारिस समिति कानुनी क्षेत्रका उच्च सरकारी अधिकारीको थप धारणा बुझेर लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावबारे बुधबार निष्कर्षमा पुग्ने भएको छ । समितिले आजको बैठकमा नेपाल कानुन आयोगका अध्यक्ष माधवप्रसाद पौडेल र कानुन, न्याय तथा संसदीय मन्त्रालयका सचिव टेकप्रसाद ढुङगानालाई महाभियोगका सम्बन्धमा धारणा बुझ्न आज बोलाएको थियो । बैठकमा अध्यक्ष पौडेलले जुन व्यक्तिसँग महाभियोग जोडिएर आएको छ, उहाँलाई नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्को सदस्यको जिम्मेवारीमा रहेर आफूले काम गरेको हुँदा आफूले दिने राय स्वतन्त्र हुन नसक्ने तर्क गर्नुभएको थियो । “मैले दिएको धारणा स्वतन्त्र नै हुने भए पनि त्यो उपयुक्त होइन”, उहाँले भन्नुभयो । अर्का आमन्त्रित सचिव ढुङ्गानाले
More