Daily Archives January 18, 2017

तान्जानियाबाट पाँच नेपाली कामदारको उद्दार

दार ए सलाम , तान्जानिया । बिगत एक बर्ष देखि तलब रोकि, फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आबासिय नेपाली संघ तान्जानियाले उद्दार समन्वय गरि फिर्ता पठाएको छ । तान्जानियाको दार ए सलाम देखि ५०० किलोमिटर टाढा जङली क्षेत्रमा रहेको खनिज सम्बन्धि उधोग कङारू मिनरल्समा भारतको मुम्बई हुँदै दुई बर्ष अघि रोजगारिका लागि आई अलपत्र परेकामा नृप बहादुर टमट्टा,जगत बहादुर कुवर र अम राज सार्की (अछाम ) र लोगे टमट्टा र भुवन कुवर (कैलाली) थिए । उक्त घटनाको गत एक महिना अघि एनआरएनएको जानकारिमा आए पछि हामिले उनिहरुको तलब , टिकट र पासपोर्टका लागि रोजगार
More

स्थानीय निर्वाचन नयाँ संरचनामा हुन सक्दैन : डा कोइराला

लमजुङ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निर्वाचन नयाँ संरचनामा हुन नसक्ने बताउनुभएको छ । सुन्दरबजारस्थित आदर्श बाल माविको हीरक उत्सव समापन कार्यक्रममा डा कोइरालाले भन्नुभयो, “पुनःसंरचनामा धेरै विवाद छन्, त्यसैले पुरानै संरचनामा टेकेर स्थानीय निर्वाचन गर्नुपर्छ ।” उहाँले जनताको भावना विपरीत राज्य पुनःसंरचना हुन नसक्ने बताउँदै संविधान कार्यान्वयनका लागि जनताको सहभागिता र समर्थन चाहिन्छ भन्नुभयो । स्थानीय निर्वाचन भएको तीन चार महिनाभित्र प्रान्तको स्वरुप निर्धारण हुने उहाँको जिकिर थियो । उहाँले संविधान संशोधनको प्रस्ताव पारित गरेर प्रदेश र केन्द्रको निर्वाचन गर्न सकिने बताउनुभयो ।
More

उच्च अदालतका न्यायाधीशलाई शपथ ग्रहण

काठमाडौं । उच्च अदालतमा नियुक्त हुनुभएका नवनियुक्त ८० जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित विशेष समारोहमा उहाँहरुलाई सम्बन्धित उच्च अदालतका मुख्य न्यायाधीशले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । समारोहमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तेजबहादुर केसी, जनकपुरका उच्च अदालतका मुख्य न्यायाधीश सुरेन्द्रवीर बस्नेत, पाटन उच्च अदालका मुख्य न्यायाधीश टङ्कबहादुर मोक्तान, पाटन उच्च अदातलका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी, तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, सुर्खेत उच्च अदालतमा मुख्य न्यायाधीश डम्बरबहादुर शाही र दिपायल उच्च अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले आ–आफ्नो क्षेत्रका न्यायाधीशलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । समारोहमा प्रधानन्यायाधीश
More

कार्कीमाथि लगाइएको कसुर ठीक-बेठीक छानबिन गर्न उपसमिति गठन

काठमाडौं । व्यवस्थापिका–संसद्को महाभियोग छानबिन समितिले लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा उल्लेख आरोपको सत्यताबारे छानबिन गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ । समितिको आजको बैठकले महान्यायाधिवक्ताको धारणा बुझिसकेपछि महाभियोगमा लगाइएको आरोप सत्य हुन वा असत्य हुन त्यसमा कति सत्यता छ भनेर छानबिन र अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न उपसमिति गठन गरिएको समितिका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । उपसमितिमा नेपाली काँग्रेसका दीपक कुइँकेल, नेकपा माओवादी केन्द्रका रामनारायण विडारी र नेकपा एमालेका तर्फबाट सांसद भण्डारी रहनुभएको छ । सर्वोच्च अदालतबाट कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्तिको लागि अयोग्य ठहर गरी पदमुक्त भइसकेको हुँदा त्यस विषयलाई भने समितिले
More

थारु होमस्टे

कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ नयाँबस्तीका ‘थारु होमस्टे’ मा स्वागत गर्न तयार हुँदै राना थारु समुदायका महिला । तस्बिर: शेरबहादुर सिंह
More

अब, देशभर ‘फोर जी’ सेवा

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको मुलुकको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ । नेपाल टेलिकमले हाल राजधानी काठमाडौँसहित पोखरामा सुरु गरेको (चौथो पुस्ता दूरसञ्चार प्रविधि) फोर जीलाई क्रमशः प्रमुख सहर हुँदै देशैभर सेवा विस्तार गर्ने तयारी गरेको हो । टेलिकमले आफ्ना ग्राहकलाई पहिलोपटक तीव्र गतिको मोबाइल इन्टरनेट सेवा सुरु गरेकामा ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै सेवा विस्तार गर्न लागेको छ । ग्राहकको रुचि बढेकाले फोर जी सेवालाई अब देशका अन्य प्रमुख सहरमा लैजाने प्रक्रिया सुरु गरिएको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिनुभयो । व्यवस्थापिका–संसद्को विकास
More

यम बुद्धको पोस्टमार्टम रिपोर्ट आएको छैन — परिवार

लन्डन । चर्चित रयापर अनिल अधिकारी (यम बुद्ध) को पोस्टमार्टम रिपोर्ट अझैं परिवारको हातमा नपरेको बताएको छ । बिभिन्न संचार माध्यले पारिवारीक स्रोतको हवला दिदैं पोस्टमार्टम रिपोटको बारेमा लेखेको समाचारमा कुनै सत्यता नरहेको पारिवारीक स्रोतले जनाएको छ । हामी पनि अचम्मित छौं हस्पिटलले हुलाक मार्फत रिपोट पठाएको जनाएको हो तर अझ सम्म हात परेको छैन् स्रोतले भन्यो । स्रोतले बुधबार दिउँसो सम्म उक्त रिपोट प्राप्त नभएको जानकारी दिएको छ । स्रोतका अनुसार उनको पोष्टमार्टम रिपोट आए पछि लाश नेपाल लैजाने बिषयमा निर्णय गर्ने बताएको छ । नेपालको चर्चित र लोकप्रिय गायकको दुःख समाचार लेख्दा संयमित भैदिन उनको परिवारले आग्रह समेत
More

भूकम्प पीडितको रकम राजदूतको खल्तीमा !

काठमाडौं – अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले भूकम्पपीडितका नाममा उठेको करोडौं रकम नेपाल सरकारलाई बुझाउन आनकानी गरेको समाचार प्राप्त भएको छ । गत सालको बैशाख १२ गते महाभूकम्प गएपछि संयुक्त राज्य अमेरिकाको विभिन्न स्थानमा गर्ने नेपाली राहत रकम जुटाउन सक्रिय भएका थिए । त्यसरी नेपाली सक्रिय हुँदा त्यहाँ साठी लाख अमेरिकी डलर अर्थात साठी करोड नेपाली रुपैयाँ बराबर नगद उठेको थियो । उठेको रकम मध्धे राजदूत कार्कीले ५२ लाख ३६ हजार अमेरिकी डलर नेपाल सरकारलार्य गट बर्ष नै बुझाईसकेका छन् । तर, उठेको रकममध्ये सात लाख ६४ हजार डलर अहिलेसम्म बुझाएका छैनन् । र नेपाल सरकारले त्यसको खोजी पनि
More

महाअभियोग प्रस्तावमा संसद निष्कर्षमा पुग्नैपर्छ : महेन्द्रबहादुर शाही सांसद, माओवादी केन्द्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे संसद निष्कर्षमा पुग्नुपर्ने माओवादी सांसद महेन्द्रबहादुर शाहीले बताएका छन् । कार्कीविरुद्ध संसदमा शाहीको संयोजकत्वमा महाअभियोग प्रस्ताव दर्ता भएको हो । अदालतले कार्कीमाथि अयोग्यताको प्रश्न उठाएको हो, तर संसदले विभिन्न ९ वटा अभियोग लगाएको छ । त्यो अभियोग पुष्टि गरेर कार्कीलाई कारबाही गर्नुपर्ने शाहीले बताए । महाअभियोग प्रस्तावबारे शाहीसँग गरिएको कुराकानी यस्तो छ– ० महाअभियोग प्रस्तावबारे संसदले कानुनविज्ञहरुसँग छलफल गर्ने भएको छ । तपाईंले यसलाई कसरी लिनुभएको छ ? – संसदले लगाएको महाअभियोग र अदालतमा उठेको प्रश्न बेग्लाबेग्लै हो । अदालतले लोकमान सिंह कार्कीको योग्यताबारे प्रश्न उठाएको थियो,
More

पतिसँग यौन सम्पर्क नराख्न अपिल

केन्याका एक सांसदले महिलाहरुसँग आफ्ना पतिसँग यौन सम्पर्क नराख्न अपिल गरेका छन् । अगस्ट ८ मा हुने निर्वाचनमा आफ्नो नाम मतदाता सूचिमा नराखेसम्म पतिलाई यौन सम्पर्क गर्न नदिन अपिल गरिएको छ । महिला सांसद मिसी मबोले यस्तो अपिल गरेकी हुन् । उनी तटीय सहर मोम्बासाकी महिला प्रतिनिधि हुन् । उनले भनिन्, ‘महिलालाई पनि निर्वाचनमा सहभागी गराउने यो महत्वपूर्ण रणनीति हो ।’ मबोले भनिने, महिलाका लागि असल रणनीति हो, महिलाहरुले जबसम्म मतदाता परिचयपत्र बनाउन श्रीमान्ले सहयोग गर्दैनन, तबसम्म उनीहरुलाई सेक्सबाट बन्चित राख्नुपर्छ । मतदाता परिचयपत्र बनाउने समयसीमा १७ फ्रेब्रुअरीसम्म छ । मबोले भनिन, यौन एउटा शक्तिशाली हतियार हो, यसले महिलाहरुलाई मतदाता
More