Daily Archives January 19, 2017

यम बुद्धको शव नेपाल लैजान लन्डन दूतावासद्धारा ट्राभल डकुमेन्ट जारी

लन्डन— गत शनिबार लन्डनस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत भेटिएका चर्चित र्यािपर अनिल अधिकारी (यम बुद्ध) को पोष्टमार्टम रिपोर्ट बिहीबार परिवारले प्राप्त गरे पछि नेपाल पठाउने कानुनी प्रक्रिया सुरु गरेको छ । यस्तैक्रममा नेपाली दूतावास लन्डनले बुद्धको शव नेपाल लैजान आवश्यक ट्राभल डकुमेन्ट ( रिप्याट्रीयसन लेटर) उनको परिवारलाई दिएको छ । नेपाली दूतावास लन्डन प्रबक्ता शरदराज आरणका अनुसार शव नेपाल लैजान आवश्यक डकुमेन्ट बनाउन बुद्धकी श्रीमति अस्मिता अधिकारी विहीवार दिउँसो नेपाली दूतावास लन्डन पुगेकी थिइन् । दूतावासले बुद्धको शव उनकी श्रीमतिसंगै लिएर जान मिल्ले गरि डकुमेन्ट तयार गरिदिएको जनाएको छ । परिवारले चिकित्सकीय रिपोर्ट प्राप्त गरेसँगै शव नेपाल पठाउने थप
More

यूट्युवबाट गीत गायब भए पछि गायिका लक्ष्मी तनावमा

लन्डन । बिन्ध्यबासिनी म्यूजिकको यूटुव च्यानल ह्याक भए पछि दोहोरी गायिका लक्ष्मी ढकाल तनावमा छन् । एक हप्ता भित्र दुईवटा म्युजिक भिडियो सार्वजानिक गरेकी ढकालको गीत यूट्युब च्यानलबाट हटे पछि तनावमा परेकी हुन् । उनले सुन्दा मिठो लागे पनि ललिते बोलि खस्रो र जिबन साटम मायालु बोलको गीत हालै सार्बजनिक गरेकी थिइन् । उनले बिन्ध्यबासिनि म्यूजिकको यूटुव च्यानल ह्याकर माथि कानूनी कार्यवाही गर्ने चेतावनी समेत दिएकी छन् । विवाहको मौसमलाई लक्षित गरेर  बिन्ध्यबासिनी म्युजिक प्रालिले गायिका लक्ष्मी ढकालको पन्चेबाजाले सजिएको ” जिबन साटम मायालु बोलको गीत हालै सार्बजनिक गरेकाे थियो । यस गीतमा लक्ष्मी ढकाल र खुमन अधिकारीको सुमधुर स्वर
More

सरकारद्वारा किसान आयोग गठन

काठमाडौं । सरकारले किसान आयोग गठन गरेको छ । अघिल्लो आर्थिक वर्षको बजेटमा घोषणा भएअनुसार आज बसेको मन्त्रिपरिषद बैठकले आयोग गठनको निर्णय गरेको हो । कृषि उपजको बजार व्यवस्थापन, प्रशोधन कारखाना, कृषि उत्पादन वृद्धिका लागि अनुसन्धान केन्द्र, कृषि शिक्षालयलगायत काम गर्ने भनिएको आयोगका पदाधिकारी भने तोकिएको छैन् । मन्त्रिपरिषद बैठकले विश्व बैंकले दिने भनेको १६ अर्ब ३८ करोड रुपैयाँ ऋण सहायता स्वीकृत गरेको छ । उक्त रकम सामाजिक तथा व्यक्तिगत घटना दर्ता प्रक्रिया सुदृढ पार्न खर्च गरिने बताइएको छ । बैठकले मंसिरबाट कार्यकाल सकिएका सुरेशकुमार कार्कीलाई पुनः चार बर्षका लागि रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गर्ने, नेपाल दुरसञ्चामर प्रधिकरणमा रिक्त
More

न्यायाधीश नियुक्तिमा कारण देखाऊ

काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिका सम्बन्धमा परेको मुद्दामा आज न्याय परिषद्लाई कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले परिषद्लाई ती न्यायाधीशको नियुक्तिका सम्बन्धमा अन्तरिम आदेश दिन नपर्ने तर नियुक्तिको कारण देखाउ आदेश दिएको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी गराउनुभयो । मुद्दालाई अग्राधिकार दिई पेस गर्न परिषद्लाई आदेशसमेत दिइएको छ । बुधबार अधिवक्ताद्वय तोयनाथ ढुङ्गाना र प्रकाशकुमार काफ्लेले उच्च अदालतमा नियुक्त भएका न्यायाधीश समावेशी नभएको जिकिर गर्दै अन्तरिम आदेश माग गरी रिट निवेदन दर्ता गराउनुभएको थियो । परिषद्को गत पुस २८ गतेको बैठकले सात उच्च अदालतका न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो
More

नवनियुक्त मन्त्रीद्वयद्वारा पदभार ग्रहण

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममा पदभार ग्रहण गर्नुहुँदै मन्त्री सिंहले यसअघि आफूले तयार पारेको खानेपानी सरसफाइसम्बन्धी कार्यक्रमलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । “सुक्खाग्रस्त २० जिल्लालाई लक्षित गरेर यसअघि मैले खास कार्यक्रम तर्जुमा गरेको थिएँ, ती कार्यक्रमलाई पूरा गर्नेछु, उपत्यकाको खानेपानी समस्या समाधानका लागि मेलम्ची छिटो ल्याउन लाग्नेछु”– पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो । मन्त्री सिंहको दल समाजवादी जनता पार्टीलाई वार्षिक आयव्यय नबुझाएको भन्दै निर्वाचन आयोगले गत वर्ष खारेज गरेको थियो । यसका विरुद्ध उहाँले सर्वोच्च अदालतमा दायर गर्नुभएको मुद्दाको फैसला भएको छैन । पदभार ग्रहण गरेपछि
More

अतिथि स्वागत

इलामको बाँझोस्थित किराँत धार्मिकस्थल माङ्सेबुङमा बुधबारदेखि सुरू भएको किराँतीहरूको चाड खिवेक्वा याक्वा सेवामा अतिथिको स्वागतमा युवतीहरू । तस्बिर: गोविन्द लामिछाने
More

नेपाल प्रवर्द्धन गर्न लागिरहने छु: भण्डारी

लन्डन । ब्रिटेनकालागि नेपाल पर्यटन बोर्डका मानार्थ जनसंपर्क प्रतिनिधि पशुपति भण्डारीले ब्रिटेनमा नेपाल प्रवर्द्धन गर्न आफु लागिरहने बताउनुभएको छ। बुधबार लण्डनस्थित एभरेष्ट इन रेष्टुरेण्टमा आयोजित एक पत्रकार सम्मेलन तथा अन्तरकृयामा बोल्दै भण्डारीले नेपाल जाने पर्यटकहरुमध्ये ब्रिटिश पर्यटकहरु चौथो स्थानमा रहेकेा बताउनुभयो। उहाँले भूकम्प पछि मानिसहरुमा केही आशंका रहेता पनि अहिले नेपाल एउटा सुरक्षित गन्तव्य रहेकेा भन्ने सन्देश फैलाउन आफुले काम गरिरहेकेा बताउनुभयो। नेपाल पर्यटन बोर्डले सन् २०१७ लाई ‘भिजिट नेपाल युरोप’ को रुपमा मनाउन लागेको बताउँदै यससंबन्धी औपचारिक घोषणा आउँदो मार्च महिनामा लण्डनस्थित नेपाली दूतावासमा एक कार्यक्रममा गरिने जानकारी पनि दिनुभयो। नेपाल पर्यटन बोर्डले आफुलाई मानार्थ प्रतिनिधि नियुक्त गरेपछिका ११
More

यम बुद्धको शव नेपाल लगिने

चिरन शर्मा । लन्डन— शनिबार मृत भेटिएका चर्चित र्‍यापर अनिल अधिकारी (यम बुद्ध) को शवको औपाचारिक पोस्टमार्टम रिपोर्ट परिवारले अझै पाएको छैन। रिपोर्ट पाएपछि वेलायतको कानुनी प्रक्रिया पूरा गरी शवलाई नेपाल लाने तयारी छ। अस्पतालले सोमबार परिवारलाई सम्पर्क गर्दै पोष्टमार्टम सकिएको र रिपोर्ट पठाएको जनाएको थियो। हुलाकबाट पठाइएको रिपोर्ट बिहीबारसम्म परिवारले पाएका छैनन्। अाधिकारिक कागजात हुलाकबाट पठाउने चलन लन्डनमा सामान्य हो। ‘हामी रिपोर्टको प्रतीक्षा गरिरहेका छौं। त्यसपछि यहाँको कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ’, एक जना परिवार सदस्यले भने। विभिन्न सञ्चार माध्यमले पारिवारिक स्रोतको हवला दिँदै पोस्टमार्टम रिपोर्टबारे फैलाइएका खबरमा सत्यता नभएको पनि परिवारले जनाएको छ। नेपालका चर्चित गायकको दुःखद निधनको
More

कर्मचारीको तस्करसँग सेटिङ

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिनुभएको छ । भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर उहाँले भन्नुभयो “एयरपोर्ट भन्सारमा एउटै कर्मचारी वर्षौंदेखि बसेको भन्ने मैले सुनेको छु, त्यसो हुनुभएन ।” अर्थमन्त्री महराले भन्सार सुधारका लागि जोड दिँदै भन्नुभयो – “एउटै कर्मचारी एक वर्षभन्दा बढी त्यहाँ राख्न भएन ।” वर्षौंदेखि एउटै कर्मचारी बसेर तस्करीको सेटिङ गरिरहेको गुनासो आएपछि, अर्थमन्त्री महराले यस्तो निर्देशन दिनुभएको उहाँका सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिनुभयो । आधुनिक उपकरणसहित सुरक्षाका सबै कुरा अवलम्बन गरेर भन्सारलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अर्थमन्त्री महराले
More

सुजतालाई झापा–हङकङ मञ्चको सहयोग

दमक । एप्लास्टिक एनेमिया रोगका कारण पीडित झापा पृथ्वीनगर गाविस–७ कि सुजता सुवेदीलाई करिब रु दुई लाख सहयोग प्राप्त भएको छ । काठमाडौँस्थित अल्का अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचाररत सुवेदीलाई झापा–हङकङ सम्पर्क मञ्चले नगद रु एक लाख ९२ हजार ३५ सहयोग गरेको हो । हङकङमा रहेका मञ्चका अध्यक्ष छत्र सुब्बाको पहलमा सङ्कलन भएको सो सहयोग रकम पीडितकै घरमा पुगेर हस्तान्तरण गरिएको हो । मञ्चले पठाइदिएको सहयोग रकम नारी एकता न्यायिक मञ्च दमककी सहसचिव लक्ष्मी सुब्बा, नेपाली काँग्रेस झापाका जिल्ला सदस्य विक्रम अधिकारी र नेपाल महिला सङ्घ झापा–७ नम्बर क्षेत्रीय सभापति रेगिना भट्टराईले संयुक्तरुपमा पीडित सुवेदीकी हजुरआमा कृष्णमाया सुवेदी र
More