Daily Archives January 20, 2017

दुई देश बीचको पारस्परिक सम्बन्ध नयाँ उचाइमा – लर्ड मेयर डा. एन्ड्रयु पार्म

लन्डन । सिटी अफ लन्डनका मेयर लर्ड डा एन्ड्रयु पार्मले आफ्नो नेपाल भ्रमणले नेपाल र बेलायतबीचको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुग्ने बताएका छन् । नेपालको चारदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाण्डौं जान लागेका पार्मले शुक्रवार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । नेपाल हुदैं पाकिस्थानको समेत भ्रमणको तयारीमा रहेका पार्मले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै जाने बचन दिए । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई शताब्दी पूरा भएका सन्दर्भमा लर्ड मेयरको भ्रमणले पारस्परिक आत्मीयता अभिवृद्धिमा थप योगदान पुग्ने नेपाल सरकारले दावी गरेको छ । पत्रकार सम्मेलनमा उनले बेलायत सरकारको सहयोगमा सञ्चालित विकासका केही परियोजना तथा
More

राजनीति एउटा व्यापार हो, नेताहरु व्यापारी हुन्

डा. राजेश गौतम, प्राध्यापक, राजनीतिक विश्लेषक लोकतन्त्रमा मन्त्रिपरिषद् ठूलो बन्नु अस्वभाविक होइन, विगतको हेर्ने हो भने, लोकतन्त्र र गणतन्त्र मात्र होइन, हिजो पञ्चायतमा पनि प्रत्येक पटक मन्त्रिपरिषद् सदस्य संख्या थपिएको हुन्थ्यो । त्यो थपिनुमा निश्चित उद्देश्यहरु प्रतिविम्ति भएको देखिन्छ । पञ्चायतकालमा पनि त्यही स्थिति थियो, लोकतन्त्र पनि त्यही रहयो । र, गणतन्त्र आइसकेको स्थितिमा पनि त्यही रह्यो । सानो मन्त्रिमण्डल निर्माण गरेर पनि देश सञ्चालन गर्न सक्छन् । तर अनावश्यक रुपमा मन्त्रालय विभाजन गरेर मन्त्रिपरिषद् ठूलो बनाउने धारणा बोकेका देखिन्छ, त्यसको पछाडि आफ्नो सत्ता टिकाउने उद्देश्यमा मात्र सीमित भएको देखिन्छ । जनताका बीचमा गएर जनमत लिने हो भने संसदीय व्यवस्थाप्रति
More

एनआरएन जाम्बियाद्वारा राजदुत स्वागत राईको सम्मान

लुसाका, जाम्बिया । गैर आबासिय नेपाली संघ जाम्बियाले ,जाम्बियाको लुसाकामा दक्षिण अफ्रिका र जाम्बिया गरि सात अफ्रिकन राष्ट्रहरुका लागि नेपालका राजदुत अमृत बहादुर राईको सम्मानमा स्वागत तथा अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै राजदुत राईले नेपाल बहिर बस्ने सबै नेपाली देशका वास्तविक दुत भएकाले ,सबै एनआरएनहरुले नेपालको आर्थिक र सामाजिक बिकासमा सलङन हुन अनुरोध गर्नु भयो ।नेपाल सरकार ,राजदुतावश र आफु यस क्षेत्रमा रहेका नेपालीहरुको सुख दु:खमा सलङन हुन चाहेको र यहाँहरुलाई नेपालको बिकास अभियानमा सँगै लग्न चाहेको बताउनु भयो । संघका जाम्बिया अध्यक्ष बिदुर खनालले राजादुत राईलाई धन्यवाद दिदै ,जम्बियामा रहेका नेपालीहरु नेपालमा लगानी र बिकास अभियानमा
More

महिला हिँसा रोक्न पुरुषहरूको पनि भूमिका आवश्यक – बन्दना राणा

नेपालमा संचारकर्मीको रुपमा आफूलाई अघि बढाउँदै महिला विरुद्ध हुने विभेदको अन्त्य गर्ने अभियानमा लागेकी महिला अधिकारकर्मी बन्दना राणाले विश्वसामू नै आफू र आफ्नो देशको नाम उच्च राख्न सफल भएकीछन । हाल उनी महिला विरुद्ध हुने विभेद अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति सदस्य Committee on the Elimination of Discrimination Against Women (CEDAW)मा निर्वाचित भई यही जनवरी सन् २०१७ देखि सन् २०२०सम्मको लागि उनले आफ्नो कार्यभार सम्हालेकी छन् । ११ सदस्य रहने सो समितिमा राणाले १ सय ६ मत ल्याएर छैठौं स्थान प्राप्त गर्न सफल भएकी थिइन् । ८९ देशले भोट गर्न पाउने उक्त पदका लागि १५९ जनाले भोट गरेका थिए भने
More

यातायात व्यवस्था कार्यालय सुकेधारामा

काठमाडौं । चावहिलको सुकेधाराबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी काम आइतबारदेखि सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले आजदेखि सुकेधारामा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र वाग्मतीको सेवा विस्तार गरेको हो । कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले उपत्यकामा चारवटा यातायात कार्यालय भएपछि सेवाग्राहीले सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न रातिदेखि लाइन बस्नुपर्ने झन्झट अन्त्य भएको बताउनुभयो । “एकान्तकुनामा मात्र रहेको वाग्मती अञ्चल कार्यालयलाई तीन स्थानमा विस्तार गरेपछि सेवाग्राहीले सहज रुपमा सवारी चालक अनुमति पत्रको आवेदन फाराम भर्न र नवीकरण गर्न मध्यरातदेखि लामबद्ध हुनुपर्ने समस्या हुँदैन, कार्यालय खुलेका स्थानमा परीक्षण केन्द्र (ट्रायल सेन्टर) खोल्ने
More

‘झलक दिख ला जा’को ट्रफि नेपालकी तेरियालाई

काठमाडौं ।भारतको चर्चित टेलिभिजन ‘झलक दिख ला जा’को ट्रफि नेपालकी तेरिया मगरले जितेकी छिन् । अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् । तेरियाले उपाधि जितेको फाइनल प्रतिस्पर्धाको रेकर्डेड कार्यक्रम शनिवार राति कलर्स टिभीबाट प्रसारण हुनेछ । बलिउड अनलाइन बलिउड लाइफका अनुसार नेपालको रुपन्देहीकी तेरियाले ‘झलक दिख ला जा’मा आफैं कोरियोग्राफर रहेका सलमानयुशुफ खान र फ्यान पलोइङ राम्रो रहेको मानिएका सन्तानु महेश्वरीलाई उछिन्दै प्रतियोतिाको ट्रफि जितेकी हुन् । उनले यसघि जी टिभीबाट प्रसारण हुने डान्स इन्डिया डान्सको बालबालिका विशेष संकरण जितेकी थिइन् ।
More

जिएसएलइपीको बैठक

‘हिउँ चितुवा र परिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रम’ (जिएसएलइपी) को सञ्चालक समितिको दोस्रो बैठकको शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : रोशन सापकोटा,
More

लन्डनका लर्ड मेयर भोलि काठमाडौं आइपुग्ने

काठमाडौं । नेपाल र बेलायतबीचको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पु-याउन लर्ड मेयर अफ द सिटी अफ लन्डन डा एन्ड्रयु पार्म नेपालको चारदिने औपचारिक भ्रमणका लागि शनिबार अपराह्न यहाँ आउनुहुने भएको छ । बेलायतमा मन्त्रिस्तरको पद सम्हाल्नुभएका उहाँ उक्त मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीति सञ्चालनको प्रमुख व्यक्तित्व मानिनुहुन्छ । गैरराजनीतिकस्तरका बेलायतका उच्च कूटनीतिक व्यक्तित्व उहाँलाई विश्वका विकसित मुलुकसमेत आफ्नो देशको भ्रमण गराउन लालायित हुने गरेका छन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई शताब्दी पूरा भएका सन्दर्भमा लर्ड मेयरको भ्रमणले पारस्परिक आत्मीयता अभिवृद्धिमा थप योगदान पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल
More

स्वामी अर्हतले फार्नबरोमा ध्यान शिविर सन्चालन गर्नुहुने

काठमाडौंस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत लण्डन आइपुग्नुभएको छ। उहाँले यही जनवरी २२ तारिख आइतबारका दिन फार्नबरो टाउन सेन्टरस्थित म्युदोन एभेन्युमा एक दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुने आयोजक संस्थाले जनाएको छ। गोर्खाप्रेन्युअर नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रममा स्वामी अर्हतले तनावमुक्त जीवन कसरी जीउने भन्ने विषयमा प्रवचन दिनुहुनेछ। उहाँले विभिन्न ध्यान विधिहरु सिकाउँदै सबै पेशा र उमेर समूहका मानिसहरुलाई सुखी र खुसी जीवन जीउनुका साथै आफुले गरिरहेको कामबाट अरु बढी प्रतिफल कसरी पाउने भन्ने बारे पनि चर्चा गर्नुहुनेछ। स्वामी अर्हतले फार्नबरो बाहेक लण्डन, डार्टफोर्ट र अबरदीनमा पनि ध्यान शिविर तथा सत्संग कार्यक्रमहरु सन्चालन गर्नुहुने आयोजक संस्थाले जनाएको छ
More

यमबुद्धको निधन बारे वास्तविकता सार्वजनिक गछौं — परिवार

लन्डन । शनिवार निधन भएका चर्चित र्यापर अनिल अधिकारी (यम बुद्ध) को परिवारले घट्नाका बारेमा वास्तविकता सार्वजनिक गर्ने भएको छ । यम बुद्धका आफन्त तथा कलाकार रेश मरहठ्ठाका अनुसार मेडिकल रिपोर्ट पाए पनि परिवारले प्रहरी रिपोर्ट प्रतीक्षा गरिरहेको छ। मेडिकल रिपोर्टले शारीरिक अवस्था खुलाउने हो भने प्रहरीले कारण बताउँछ । अहिलेसम्म हामीले मेडिकल रिपोर्ट मात्र पाएका छौं । उनले भने त्यसपछि मात्र मृत्युको कारण बाहिर आउनेछ । घटनालाई लिएर सामाजिक सञ्जाल तथा मिडियाहरुमा आइरहेका आधारहीन समाचारले परिवारलाई दुःखमाथि दुःख थपिदिएको उनले गुनासो गरे। यम बुद्ध हाम्रो समयका एक जना आइकोन हुन्। त्यसैले जनचासो हुनु स्वभाविक हो उनले भने, तर यो
More