Daily Archives January 22, 2017

दृष्टिविहीन बालबालिकालाई सहयोग

इलामको सदरमुकाममा रहेको बालमन्दिरका दृष्टिविहीन श्रोतकक्षामा अध्ययनरत बालबालिकालाई लत्ताकपडा खरिद गर्न इलाम सूर्याेदय सेवा समाज दक्षिण कोरियाका प्रतिनिधिहरूले दिएको रु.२१ हजार नगद ग्रहण गर्दै श्रोत शिक्षिका महेश्वरी पाण्डे । तस्बि: गोविन्द लामिछाने
More

विद्युत् चोरीमा संलग्न कर्मचारीसहित १६ पक्राउ

काठमाडौं । विभिन्न उपकरणको प्रयोग गरी गैरकानुनी रूपमा मिटर बक्सको अङ्क घटाई विद्युत् चुहावट गर्ने कार्यमा संलग्न विद्युत् प्राधिकरणका पूर्व तथा बहालवाला कर्मचारी र व्यवसायी गरी १६ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । विगत लामो समयदेखि दर्जनाँ उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज तथा व्यक्ति विशेषका घरमा जडित बिजुलीका मिटर बक्स मिलेमतो गरी मिटरको अङ्क घटाउने कार्यमा संलग्न १० जना बहालवाला कर्मचारी र दुई जना पूर्वकर्मचारी तथा चारजना व्यवसायीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले काठमाडौँ उपत्यका र हेटौँडाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । सो कार्य गरेबापत ती कर्मचारीले विभिन्न उद्योग कलकारखाना तथा घरधनीबाट दैनिक तथा मासिकरुपमा मोटो रकम लिँदै
More

बेलायतमा ७२ हजार ८ सय यौनकर्मी

लन्डन । बेलायतमा ठूलो संख्यामा आमा बनिसकेका यौनकर्मी रहेको खुलासा भएको छ । यी आमा बनिसकेका यौनकर्मीहरु आफ्ना बच्चाका अगाडि कसरी शरीर बेचिरहेका छन्, यो सोचनीय विषय बनेको छ ? इग्ल्यान्डको एसेक्सकी ४२ वर्षीया सेरी भन्छिन्, ‘निश्चित रुपमा मलाई यस्तो पेशा अपनाउन लाज लाग्दैन । यो पेसामा सम्मान पाइँदैन, रिस चाहिँ उठ्छ । सेरी विगत दुई दशकदेखि पुरुषलाई यौन बेचिरहेकी छन् । उनी कोठी र एस्कार्ट एजेन्सीसँग काम गर्छिन् । उनको १२ वर्षको छोरा पनि छ भनेको सुन्दा केही पुरुषलाई अप्ठ्यारो लाग्दो रहेछ । सेरीको दोहोरो जिन्दगी नियोजित छ । उनले आफ्नो छोरालाई थिएटरको रिसेप्सनिष्ट हुँ भनेर ढाँटेकी छन् ।
More

संविधान संशोधनले सबैको समस्या समाधान हुन्छ : प्रधानमन्त्री दाहाल

लहान । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनले मात्र मधेसी, आदिवासी, जनजाति सबैको समस्या समाधान हुने भएकाले ससंद्मा प्रस्तुत भएको संशोधन प्रस्तावलाई सबै मिलेर पारित गराउनुपर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य विश्वनाथ साहका आमा सागरदेवी साहको १३ औँ पूण्यतिथिको अवसरमा गोलबजारमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनले दलित, मधेसी, थारु, आदिवासी जनजातिसहित मधेस, पहाड र हिमाल सबैको समस्या समाधान गर्ने भएकाले शान्ति नचाहनेले संविधान संशोधन प्रक्रियालाई भाँड्न खोजेको आरोप लगाउनुभयो । “देशलाई विभाजित गरेर होइन, एकीकृत पारेर मात्र हामीले विकास र पहिचानका मुद्दालाई दरिलो ढङ्गले उठाउन सक्नेछौँ, मधेसबिना पहाडको कल्पना र पहाडबिना मधेसको अस्तित्व स्वीकारसम्म
More

सरकारी वकिलको आन्दोलन जायज : महान्यायाधिवक्ता

काठमाडौं । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सरकारी वकिल र ट्रेड युनियनले थालेको आन्दोलन जायज भएको बताउनुभएको छ । यहाँ आज आयोजना भएको साक्षात्कार कार्यक्रममा उहाँले उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिको निर्णय सच्याउन माग गर्दै उच्च अदालतमा हालै भएको न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्दै सच्याउनका लागि वकिलको माग जायज भएको उल्लेख गर्नुभयो । उहाँले निर्णय सच्याउन माग गर्दै सरकारी वकिल र चारवटा ट्रेड युनियनले आजदेखि सर्वोच्च अदालतसहित देशभरका अदालतमा बहस पैरवी नगर्नेजस्ता कार्यक्रममा आफ्नो पनि समर्थन रहेको बताउनुभयो । “न्यायाधीश नियुक्तिमा सरकारी वकिललाई उपेक्षा गरिएको छ । समानुपातिक एवम् समावेशी भएको छैन”– उहाँले भन्नुभयो, “सरकारी वकिल सक्षम हुँदाहँुदै न्यायाधीश
More

पत्रकारिता पुरस्कार

नेपाल पत्रकार महासङघ बागलुङ शाखामा स्थापित नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कार पत्रकार कोपिला कँडेललाई आइतबार प्रदान गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्ट । तस्बिर : रामबहादुर थापा
More

साझा सुुविधा केन्द्रबाट एक लाखले रोजगार पाउने

काठमाडौं । उद्योग मन्त्रालयले फागुनको पहिलो हप्ताबाट देशको ५८ जिल्लामा अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले खेरजाने कच्चा पदार्थलाई उपयोग गरी रोजगार सिर्जना गर्ने उद्देश्यले अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । मन्त्री जोशीले पहिलो चरणमा ११ र पछिल्लो चरणमा ११ गरीे २२ जिल्लामा नेपाली प्राविधिकबाट उत्पादित उपकरणलाई उपयोग गरी अल्लो प्रशोधन केन्द्र स्थापनाबाट एकलाख भन्दा बढी महिलालाई रोजगारी दिने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । वनमा कुहिएर जाने चाल्ने सिस्नोको बोटलाई प्रशोधन गरी प्राप्त हुने रेशालाई अल्लो भनिन्छ । अल्लोको धागोबाट करिव २०० प्रकारका बस्तु उत्पादन हुने
More

यी खत्रीको आमाभन्दा जेठी र छोरीभन्दा कान्छी श्रीमति

लिवाङ । सखी–६ टुनिबोट रोल्पाका भीमबहादुर खत्री अहिले ७५ वर्ष पुग्नुभयो । खत्रीले जीवनमा दुईवटा विवाह गर्नुभयो । तर दुवै अनमेल विवाह थियो । खत्रीकी पहिलो श्रीमती उहाँकी आमाभन्दा जेठी हुनुहुन्थ्यो भने दोस्रो श्रीमती छोरीभन्दा कान्छी हुनुहुन्छ । खत्रीकी कान्छी श्रीमती आगामी जेठ महिनामा ४५ वर्ष पुग्दै हुनुहुन्छ । करिब ३० वर्षको अन्तर रहेका यो दम्पतीको कान्छो छोरा ५ वर्षका छन् । अनमेल विवाह गरेका रोल्पाका यो दम्पतीलाई सन्तानको भविष्यको चिन्ताले निकै पिरोल्ने गरेको छ । आफू डाँडा माथिको जून भइसकेकै बेला जन्मिएको छोरालाई उच्च शिक्षा दिन र बाचुन्जेल राम्रो स्याहारसुसार गर्न पनि सक्दैन कि भन्ने चिन्ताले आफूलाई दिनरात पिरोल्ने
More

पिउने पानीको जोहो

गोरखा बुंकोटका महिलाहरु गाग्रीमा खानेपानी बोक्दै । यहाँ पानीको अभाव हुँदा सरसफाई, तरकारी बाली सिँचाइ गर्न र पुनर्निर्माणका काम समेत अघि बढाउन सकस भएको छ । तस्वीर : प्रशन्न पोखरेल
More

बनेपा– पनौती सडक अवरुद्ध

काभ्रेपलाञ्चोक । बनेपा– पनौती सडक आजदेखि अवरुद्ध भएको छ । सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिकादेखि वृद्धसम्मका स्वास्थ्यमा नकारात्मक असर परेको बताए । पनौती नगरपालिकाका कार्यकारी अधिकृत श्याम खड्काले सडक खुलाउन वार्तामा बस्न लागिएको जानकारी दिँदै नगरपालिकाले लामो समयसम्म धुलो उड्ने क्षेत्रमा नियमित पानीको व्यवस्था गरे पनि सरोकार भएकाहरुले ध्यान नदिएको आरोप लगाउनुभयो । उहाँले सडक विभागले यही माघ १३ गतेदेखि नै सडक मर्मतको काम सुरु गर्ने आश्वासन दिएकाले स्थानीयवासी सङ्घर्ष समिति, टिपर व्यवसायी
More