Daily Archives 23rd January 2017

छक्कापन्जाको कारणले मान्छे म-यो भन्नु अपराध हो

दिपकराज गिरी, कलाकार छक्कापन्जा चलचित्र र यसका निर्माताहरु अहिले चर्चामा छन् । फिल्मले धेरै कमाएर चर्चामा आएको होइन, पाइरेसी काण्डमा एक व्यक्तिको ज्यान गएपछि चलचित्र प्रमोशनका लागि युरोप पुगेका निर्माताद्वय दिपकराज गिरी र दिपाश्री निरौला रातारात फर्किए । प्रहरी अनुसन्धानलाई सहयोग गर्न आफूहरु फर्किएको दिपकले बताएका छन् । वास्तविक घटना के हो, चलचित्र किन विवादमा तानियो भन्ने विषयमा निर्माता दिपकराज गिरीसँग गरिएको कुराकानी– ० छक्कापन्जाको पाइरेसीका कारण एक व्यक्तिले ज्यान गुमाए भनिन्छ । प्रतिक्रिया के छ ? – पे्रमी र पे्रमिकाबीच आरोप प्रत्यारोप भएर एउटा झुण्डियो भने त्यसलाई सजाय दिन्छ मिल्छ कि मिल्दैन ? हाम्रो कहाँनेर ध्यानाकर्षति भयो भने हामीले
More

निर्वाचनबारे प्रम र प्रमुख आयुक्त यादवबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको तयारीका बारेमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा निर्वाचनका लागि सरकारले अवलम्बन गर्नुपर्ने नीति र आवश्यक कानुन तथा प्राविधिक तयारीका बारेमा कुराकानी गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री दाहालले व्यवस्थापिका–संसद्मा विचाराधीन विधेयकलाई पारित गराउने विषयमा आफूले विशेष पहल गरिरहेको जानकारी गराउँदै आयोगलाई आफ्नोतर्फबाट निर्वाचनको तयारी गर्न प्रमुख आयुक्त यादवलाई अनुरोध गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनका बारेमा प्रमुख तीन दलबीच सहमति भइसकेको, मधेस केन्द्रित दलसँग सहमति जुटाएर एकाध दिनभित्रै निर्वाचनको मिति घोषणा गरिने जानकारी गराउँदै प्रधानमन्त्रीले
More

मेलम्चीः ५ किमी बाँकी

चौतारा । मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी रहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २२.५ किमी. सम्पन्न भइसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराइले जानकारी दिनुभयो । राजधानीवासीलाई आगामी २०७४ सालको बडादसैँ अगाडि खानेपानी वितरण गर्ने लक्ष्य छ । बाँकी ५ किमी सुरुङ पनि आउँदो असार÷साउन महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो । विभिन्न छ स्थानबाट सुरुङ खन्ने काम भएकामा सिन्धु अडिटदेखि सुन्दरीजलसम्मको ९ किमी सम्पन्न भइसकेको छ । हेलम्बु गाविसको मुहान रहेको अम्बाथानबाट ग्यालथुम अडिट र ग्यालथुमबाट सिन्धु अडिट गरी दुई स्थानको ५
More

चोरीमा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं । विद्युत् चोरीमा संलग्न कर्मचारीलाई कारबाहीको दायरा अगाडि बढाइएकोमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घ तथा सङ्गठन यसको स्वागत गरेका छन् । महानगरीय प्रहरी प्रभावले विद्युत् चोरीमा संलग्न १६ जनालाई आइतबार पक्राउ गरेपछि नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र नेविप्रा कर्मचारी युनियनले यसको स्वागत गरेको हो । प्राधिकरणका कर्मचारीको मिलेमतोमा नै विद्युत् चोरी हुने गरेको तथ्यलाई पुष्टि हुने गरी महानगरीय प्रहरीले आइतबार मात्रै विभिन्न वितरण केन्द्रका कार्यरत कर्मचारीलाई पक्राउ गरेको थियो । नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका महासचिव माधव अधिकारीले प्राधिकरणकै कर्मचारी विद्युत् चोरीमा संलग्न हुनु अक्षम्य अपराध भएकाले कडा कारबाही गर्न र थप अनुसन्धान गर्न आग्रह गर्नुभयो । उहाँले
More

‘बाह्य हस्तक्षेप बढ्दो’

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले तीन ठूला दलले जनताका पक्षमा काम गर्न नसकेको बताउनुभएको छ । पार्टीको ४३ औँ स्थापना दिवसका अवसरमा आज स्थानीय दत्तात्रयमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म सत्तामा जाने सबै दल विदेशीकै इसारामा चलेकाले जनताका पक्षमा काम गर्न गर्न नसकेको टिप्पणी गर्नुभयो । नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिबाट हस्तक्षेप हुँदै आएको बताउँदै सांसद बिजुक्छेले यसले नेपालको सार्वभौमिकतामाथि खतरापूर्ण स्थिति ल्याउने चेतावनी दिनुभयो । सो अवसरमा सांसद एवम् नेमकिपाका विदेश विभाग प्रमुख प्रेम सुवाल, सांसद एवम् नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापा मगर, नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठलगायतले देशलाई जोगाउन युवाहरु अग्रसर हुनुपर्नेमा
More

बौद्धिक अपांगलाई एनआरएनको १३ लाख सहयोग

लन्डन । डेनमार्कको कोपन हेगनमा गत जुलाईमा आयोजना भएको ९औं युरोपियन क्षेत्रीय बैठकमा बौद्धिक अपांगता भएका विद्यार्थीहरुको सहज र भरपर्दो यातायातका लागि गाडि खरिद गर्नका लागि प्रतिबद्धता जनाएको रकम संकलन गरि सम्बन्धीत संस्थालाई हस्तान्तरण गरिएको छ । हेटौडेली परिवार गैरसरकारी संस्थालाई अपुग भएको १३ लाख रुपैंया गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले हालै हस्तान्तरण गरेका हुन् । सो परियोजनका लागि अध्यक्ष घलेले ६ लाख, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले ६ लाख, उपाध्यक्षद्धय भवन भट्ट, कुमार पन्त, यूरोप संयोजक कुल आचार्य, क्षेत्र कुमार श्रेष्ठ र एनआरएन इटालीले एक एक लाख रुपैयाँ सहयोग गरेका थिए । उक्त रकम आज एक औपचारिक कार्यक्रम
More

अर्बपति विनोद चौधरीसंग बेलायतमा अन्तरक्रिया हुने

लन्डन । नेपालका अर्बपति विनोद चौधरीसंग गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले अन्तरक्रिया गर्ने भएको छ । एनआरएनए यूकेका अनुसार चौधरीसंग अगामी १९ फेब्रोवरी आइतवारका दिन लन्डनस्थित भेन्यूफाइभ रेष्टुरेन्टमा सो कार्यक्रमको आयोजना गरिन लागिएको हो । चौधरी व्यक्तिगत कामका लागि बेलायत आउन लागेका हुन् । कार्यक्रमलाई सफल बनाउन एनआरएन यूकेका संस्थापक कृष्ण भट्ट, महासचिव विजय लिम्बु र एनआरएनए यूरोप संयोजक कुल आचार्य समेत रहेको संयोजन समिति गठन गरिएको छ । कार्यक्रमा चौधरीको बहुचर्चित अंग्रेजी भाषामा प्रकाशित आत्मकथाको बिमोचन समेत गरिने छ । दुई वर्षअघि नेपाली भाषामा प्रकाशन भएदेखि प्रमुख पुस्तक पसलहरुमा सर्वाधिक विक्रीको सूचीमै कायम रहेको यो पुस्तकको अंग्रेजीे संस्करण हालै
More

सहारा एकेडेमीको अक्षयकोषमा आठ लाख ७६ हजार थप

पोखरा । खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित ‘सहारा क्लब’ पोखराले एकेडेमी दिगो रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ सुरु गरेको अक्षयकोषमा रु आठ लाख ७६ हजार थप भएको छ । रु दुई करोड पु-याउने मुख्य लक्ष्यका साथ सुरु गरिएको सो कोषमा सहारा क्लब बुद्धिस कमिटी सेन्टर युकेद्वारा रु पाँच लाख २५ हजार र सहारा अस्ट्रेलियाबाट रु तीन लाख ५१ हाजर प्राप्त भएको हो । सहारा क्लब पोखराद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा सहारा युकेका अध्यक्ष मीनबहादुर गुरुङ र सहारा अस्टे«लियाका अध्यक्ष राजमान थकालीले सामूहिक रुपमा क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा सहारा युकेका अध्यक्ष मीनबहादुर गुरुङले
More

एनआरएन नेतृत्व चयनका लागि विदेशबाटै मतदान

न्युयोर्क— गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले संस्थाको नेतृत्व चयनका लागि बसोबास गर्ने देशबाटै मतदान व्यवस्था मिलाइनु पर्ने बताएका छन्। ‘नेपालमा लगानी गरौं’ भन्ने नारा सहित क्यानडाको टोरन्टोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गैर आवासीय नेपाली संघलाई नेपालीको बृहत् एकताको आधार बनाउन आवश्यक छ। यसका लागि काठमाडौं गएरै मतदान गर्नुपर्ने अहिलेको व्यवस्था फेरिनु पर्छ। मतदाता जुन मुलुकमा छ त्यहीँबाट मतदानको व्यवस्था मिलाइनुपर्छ।’ अध्यक्षको प्रत्यासीका रुपमा हेरिएका उपाध्यक्ष पन्तले यस्तो व्यवस्था भए एनआरएनएलाई वास्तवमै सबै गैरआवासीय नेपालीको छाता संगठन बनाउन सकिने बताए। आधी नेपाल मुलुक बाहिर रहेको उल्लेख गर्दै उनले नेपालको राजनीतिक प्रक्रियामा समेत गैरआवासीय नेपालीले मताधिकार पाउनुपर्ने माग गरे।
More

निर्वाचनसम्वन्धी विधेयक आजै संसदमा प्रस्तुत गरिने

काठमाडौं । संसदको राज्य ब्यवस्था समितिले आज निर्वाचनसँग सम्बन्धित विभिन्न तीन वटा विधेयकमाथि अन्तिम छलफल गर्दैछ । स्थानीय निर्वाचनका लागि समय कम भएको गुनासो निर्वाचन आयोगले गरेपछि समितिले विधयेकलाई अन्तिम रुप दिन लागेको हो । निर्वाचन आयोगको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक, मतदाता नामावलीसम्बन्धी विधेयक र राजनीतिक दलसम्बन्धी विधेयकलाई आजको बैठकले अनुमोदन गर्ने राज्य ब्यवस्था समितिको कार्यतालिका छ । तीनवटै विधयेकमा प्रमुख दलहरुबीच सहमति हुन नसक्दा लामो समयदेखि समितिमा थन्किएका छन् । कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना संयोजकत्वको ११ सदस्यीय उपसमितिले तयार पारेको प्रतिवेदन र अध्ययनलाई आधार मानेर समितिले तीनवटा विधयेक पास गरेर संसद बैठकमा पठाउने तयारी गरेको छ । आजको
More

सरकारी वकिलको आन्दोलन : सर्वोच्चसहित देशभरका अदालत प्रभावित

काठमाडौं । सरकारी वकिल आन्दोलित हुँदा सर्वोच्चसहित देशभरका अदालतको काम÷कार्वाही प्रभावित भएको छ । न्यायपरिषद्ले उच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा आफूहरुलाई ‘विभेद’ गरेको भन्दै सरकारी वकिल आन्दोलित भएका हुन् । सरकारी वकिल र परिषद् सदस्यसमेतको विरोधबीच विभेदकारीरुपमा न्यायाधीशको सिफारिस र सपथ गराइएको भन्दै निर्णय नसच्याएसम्म बहस÷पैरवी बहिस्कार गर्ने उनीहरुको चेतावनी छ । महान्यायधिवक्ता रमन श्रेष्ठले अन्यायपूर्ण निर्णयविरुद्ध सरकारी वलिक आन्दोलित भएको जानकारी दिए । न्यायपरिषदले पुस २८ गते उच्च अदालतका लागि ८० न्यायाधीश सिफारिस गर्दा सरकारी वकिलबाट एक जना मात्र परेको भन्दै महान्यायाधिवक्ता कार्यालय मातहतका ट्रेड युनियन निर्णय सच्याउन माग गर्दै आन्दोलित भएका हुन् । परिषद्बाट भएको त्रुटिपूर्ण सिफारिस
More

देशलाई जोगाउन तीन तहकै निर्वाचन : नेता नेपाल

पोखरा । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक शून्यताबाट देशलाई जोगाउन अहिले तीन तहकै निर्वाचन गरिनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले संसद्मा पेस भएको संविधान संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचनसम्बन्धी कानुन पास गरी निर्वाचन आयोगलाई बुझाउन पर्ने बताउनुभयो । अनेकाँै बहानामा निर्वाचन सार्ने चालबाजी चलेकोमा चिन्ता व्यक्त गर्दै उहाँले आगामी माघ ७ गते तीनै तहको निर्वाचन गराएर नयाँ जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गरेपछि मात्रै संविधान कार्यान्वयन हुनसक्ने धारणा राख्नुभयो । नेता नेपालले संविधान संशोधन मधेसी आम जनताको माग नभएको जिकिर गर्दै संशोधनलाई विफल पार्ने एक तिहाइ
More

गाउँको शिक्षा र विकासका लागि कतारमा संस्था गठन

फलेवास । पर्वतको आर्थर डाँडाखर्क गाउँ विकास समितिमा रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिनका लागि सहयोग गर्ने तथा गाउँको विकासमा सघाउने उद्देश्यले कतारमा संस्था गठन भएको छ । पर्वतको आर्थर डाँडाखर्क गाविसबाट रोजगारीका लागि कतारमा पुगेका युवाले आर्थर डाँडाखर्क सेवा समाज गठन गरेका हुन् । आर्थर गाविसमा रहेका पञ्चकोसी माविसहित अन्य विद्यालयमा अङ्ग्रेजी माध्यममा शिक्षा दिने अभियानमा मुख्य सहयोग गर्न उक्त समाज गठन गरिएको हो । समाजले कतारमा रहेका युवालाई पञ्चकोसी मावि भूतपूर्व समाजले सञ्चालन गरेको फेसबुक अभियान मार्फत लाखौँ रुपैयाँ सहयोग सङ्कलन गरिरहेको छ । पर्वत युवा सेवा समाज कतारको मातहत रहने गरी गठन भएको आर्थर डाँडाखर्क सेवा समाजको
More

विद्यार्थीको सहयोगका लागि २० लाख सङ्कलन

गुल्मी । गुल्मीको एक विद्यालयले अक्षयकोष स्थापनाका लागि आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिएको छ । कुर्घा गाविस–७ गुर्जाङमा रहेको खड्कदेवी प्राथमिक विद्यालयले सञ्चालन गरेको अभियानबाट हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिबाट रु २० लाख सङ्कलन प्राप्त भएको विद्यालयका प्रधानाध्यापक कुलराज शर्माले जानकारी दिनुभयो । विद्यार्थीको लागि निःशुल्क रुपमा दिवा खाजा, पोसाक र कपि कलमको सुविधा र सहयोग गर्ने लक्ष्यसहित विद्यालयले रु ३० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्य पूरा नहुञ्जेलसम्म आर्थिक सङ्कलन अभियान जारी राख्ने समेत प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो ।
More