Daily Archives January 26, 2017

पक्राउ परेका चिनियाँ नागरिक दूतावासको जिम्मा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ थान राहदानीसहित पक्राउ परेका एक चिनियाँ नागरिकलाई प्रहरीले आज नेपालस्थित चिनियाँ दूतावासको जिम्मा लगाइएको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक वइविन हि रहेका छन् । उनलाई बुधबार राति १० बजे ड्रागन एयरबाट हङ्कङ जान लागेको अवस्थामो विमानस्थलबाट प्रहरील पक्राउ गरेको थियो । जाँचका क्रममा उनको साथमा रहेको ब्यागबाट ४४ थान चिनियाँ राहदानी भेटिएपछि हिलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नायब महानिरीक्षक गोविन्द निरौलाले पक्राउ परेका हि लाई आज दिउँसो नेपालस्थित चिनियाँ दूतावासको जिम्मा लगाइएको जानकारी दिनुभयो । नेपालको राहदानी ऐन र अध्यागमन ऐनमा अर्काको राहदानी लिएर हिँड्ने विदेशीलाई कारबाहीको व्यवस्था नभएको भेटिएपछि कानुनी
More

बेलायतमा १० मध्ये १ महिला पीडादायी यौनसम्पर्क राख्न बाध्य

लन्डन । बेलायतमा गरिएको एक अध्ययनअनुसार प्रत्येक १० बेलायती महिलामध्ये एकजना यौन उत्पिडनमा परेका छ । यो सर्भेमा १६ देखि ७४ वर्षका करिब सात हजार यौन सक्रिय महिला सहभागी थिए । यो सर्भेक्षण ब्रिटिस जर्नल अफ ओब्स्ट्रिक एन्ड गायनेकोलोजीमा छापिएको छ । सर्भेअनुसार दसमध्ये एक महिलाको पीडा डायसपारुनियाबाट भएको हो । यो महिलाहरुमा हुने आम समस्या हो, विशेष गरी मोटो र ५० वर्षभन्दा बढी उमेर समूहका महिलालाई हुन्छ । यसका अलवा १६ देखि २४ वर्षका महिलाहरु पनि प्रभावित छन् । यसको उपचार चिकित्सय प्रणालीबाट सम्भव छ । पीडादायी यौन सम्पर्कपछि अरु समस्या थपिने आशंका रहन्छ । यस्ता बेला यौन आनन्दभन्दा
More

नेपाल राष्ट्र् बैंकको रिपोमा रु उन्नाइस अर्बको दाबी

काठमाडौ । बजारमा देखिएको लगानीयोग्य रकम (तरलता) को कमीलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले रिपोमार्फत आह्वान गरिएको रु २० अर्बको प्रस्तावमा रु १९ अर्ब ६५ करोडको दाबी गरिएको छ । नेपाल राष्ट्र बैंकले आह्वान गरेको प्रस्ताव रिपो प्रस्ताव रु १७ अर्ब ८१ करोड रकमलाई बजारमा एक साताका लागि भएको बैंकका प्रवक्ता नारायण पौडेलले राससलाई जानकारी दिनुभयो । एक साताको समयावधि दिएर गरिएको आह्वानमा राष्ट्र बैंकले अधिकतम ७.५ प्रतिशत, न्यूनतम ४.०९ र औसत ब्याजदर ५.६८ प्रतिशत तोकेको थियो । राष्ट्र बैंकले आगामी मङ्गलबार बैंक तथा वित्तीय संस्थाबाट रु २० अर्ब बराबरको बन्ड खरिद गर्ने जनाएको छ । यसबाट रु २० अर्ब
More

प्रधानमन्त्री दाहाल पर्वत महोत्सवमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पर्वतको कुस्मामा बिहीबार आयोजित पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पर्वत महोत्सवमा नाच्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त
More

विधेयकमाथिको संशोधन अध्ययन गर्न उपसमिति गठन

काठमाडौं । संसद्मा प्रस्तुत भएको ‘सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक–२०७२’ मा परेको संशोधनका सम्बन्धमा अध्ययन गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ । आज बसेको समितिको बैठकले सो विधेयकमाथि परेका ३३१ वटा संशोधनको अध्ययन गरी छिट्टै समितिमा प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ । बैठकमा संशोधन दर्ता गराउने सांसदहरुले आफ्नो भनाइ राख्दै विधेयकका कमजोरी सच्याउनुपर्नेमा जोड दिनुभयो । सांसद पेम्बा लामाले यो विधेयक विशुद्ध रुपमा योगदानमा आधारित विधेयकका रुपमा लैजानुपर्ने र अन्य सामाजिक संरक्षणका लागि छुट्टै विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद विनोद श्रेष्ठले सामाजिक सुरक्षा विधेयक र
More

सेयर बजार : दोहोरो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा आजको नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लाग्दै आएको बजार आज थप ओर्लिएर एक हजार ३७५ बिन्दुमा आइपुगेको छ । क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.५६ बिन्दुले घटेको छ । कुल १० लाख ४५ हजार ४४९ कित्ता सेयर रु ५१ करोड ५७ लाख ८० हजार ४६२ मा खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । स्टकका अनुसार बैंकिङ १.७५, होटल ०.३१, विकास बैंक १.२८, जलविद्युत् ०.२, फाइनान्स १.३७, बिमा १.५९ र अन्य समूह १.७८ प्रतिशतले घटेको छ ।
More

घरको मिटर रिडर अब तपाई आफैँ

काठमाडौं । तपाईको घरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी आएर मिटर रिडिङ गरेका छैनन् । अथवा तपाईको घरमा उठेको भन्दा कम वा बढी युनिट लेखेर तपाईलाई हैरान बनाएका छन् भने अब चिन्ता नलिनुस । तपाईको घरको मिटर रिडर अब तपाई नै हुनुहुनेछ । तपाईको घरमा रहेको मिटरमा उठेको विद्युत्को युनिट हेरेर सोही बराबरको रकम नजिकको प्राधिकरणको कार्यालयमा गएर भुक्तानी गर्न सक्नुहुनेछ । त्यसरी महसुल तिर्न जाँदा तपाईले सीमित प्रतिशत लाभ समेत पाउनुहुनेछ । पछिल्लो पटक प्राधिकरणका मिटर रिडर र मिटर रिडर सुपरभाइजरकै मिलेमतोमा विद्युत् चोरी भएको पत्ता लागेपछि प्राधिकरणले उपभोक्ता स्वयम्लाई नै महसुल तिर्ने र आफ्नो युनिट बताउनका लागि आग्रह गरेको
More

बाग्लुङमा एम्बुलेन्स किन्न बेलायतबाट सहयोग

लन्डन । गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेद्वारा लिखित सरसर्ती संसारको लन्डनमा भएको बिक्रीबाट जम्मा भएको रकम बाग्लुङमा एम्बुलेन्स खरिद गर्न खर्चिने भएको छ । बाग्लुङको अमलाचौरबासी युवा तथा पूर्वविद्यार्थीको सक्रियतामा खरिद गर्न लागिएको सो एम्बुलेन्सका लागि लन्डनमा संकलन भएको २ लाख ५ हजार रुपैयाँ नेपाल रेडक्रस सोसाइटी अमलाचौर एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन उपसमितिको खातामा मंगलवार जम्मा गरिएको अमलाचौर स्कुल एल्मुनाई एसोसियनले जनाएको छ । एसोसियनले स्थानीयको सक्रियतामा खरिद गरिने सो एम्बुलेन्सका लागि सानो सहयोग जुटाउन सकिएकोमा प्रशन्नता प्रकट गर्दै सहयोगदातालाई धन्यवाद दिएको छ । नेपाल रेडक्रस सोसाइटी अमलाचौर एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन उपसमितिमार्फत् एम्बुलेन्सको खरिदका लागि सहयोग संकलन
More

कृषि राज्यमन्त्री राधिका लन्डनमा

लन्डन । कृषि राज्यमन्त्री राधिका तामाङसहितको तीन सदस्य टोली भोलि शुक्रबार लन्डन आइपुग्ने कार्यक्रम छ । यूरोपको विभिन्न देशको भ्रमणपछि उनी बेलायतको लन्डन आइपुगेकी हुन् । उनी बेलायतमा तीन दिनसम्म रहने कार्यक्रम छ । राज्यमन्त्री तामाङसँग लन्डनमा नेपाली दूतावासले भेटघाटको कार्यक्रम राखेको बुझिएको छ । रेडिङमा शनिबार आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने जनप्रगतिशील मञ्चले जनाएको छ । समसामयिक राजनीतिलगायत नेपालमा उत्त कृषि उत्पादनका विविध अवसरको बारेमा वर्तमान सरकारको नीतिबारे बोल्ने तथा सामूहिक कृषि लगानीमा सरित हुन बेलायतवासी नेपालीलाई आह्वान गर्ने मञ्चले जनाएको छ ।
More

इतिहासकै महँगो विवाह

नयाँ दिल्ली । अबुधावीका राजकुमार शेख मोहम्मद बिन जायेद अल नहयान यतिबेला भारतको गणतन्त्र दिवसको मुख्य पाहुना बनेका छन् । उनी गत वर्ष पनि भारत आएका थिए । ९ सन्तानका पिता जायेदले स १९८१ मा सलामा बिन्त हमदानसँग विवाह गरेका थिए । उनीहरुको विवाह इतिहासकै महँगो मानिन्छ । सात दिनसम्म चलेको उक्त विवाह समारोहमा झन्डै सात अर्ब रुपैयाँ खर्च भएको थियो । उनको विवाह सबैभन्दा महँगो भनेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ । पाकिस्तानी अखवार डानको रिर्पोटअनुसार राजकुमारका पिताले कपडाका स्टेडियम बनाउन अर्डर दिएका थिए । त्यहाँ २० हजार पाहुना बसाइएको थियो । रिर्पोटअनुसार राजकुमार घोडामा
More