पोखरा । पोखराको फेवाताल किनारास्थित नेपाल पर्यटन बोर्ड परिसरमा आजदेखि चार दिने छैटौँ संस्करणको ‘लिटरेचर फेस्टिभल’ सुरु भएको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा ४० वटा सत्रमा सयभन्दा बढी साहित्यकार, लेखक, राजनीतिज्ञ, समाजशास्त्री, कलाकर्मी र विश्लेषकले विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । बुकोरम फाउन्डेसन र रेन्डम रिडर्स सोसाइटीद्वारा आयोजित सो महोत्सवमा साहित्य, कला, सिनेमा, समाज, संस्कृति र राजनीतिसँग जोडिएका विभिन्न सत्र, पुस्तक विमोचन तथा साङ्गीतिक प्रस्तुति गरिने कार्यक्रम रहेको छ । कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापा, व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारी, साहित्यकार वैरागी काइँला, धु्रवचन्द्र गौतम, खगेन्द्र सङ्ग्रौला, नारायण ढकाल, नयनराज पाण्डे, चैतन्य मिश्र, सुधीर शर्मा, वरिष्ठ
More
Daily Archives 27th January 2017
तीन निर्वाचन आयुक्त सिफारिस
काठमाडौं । संवैधानिक परिषद्को आज बसेको बैठकले निर्वाचन आयोगमा तीन निर्वाचन आयुक्त सिफारिस गरेको छ । आयोगमा रिक्त रहेका तीन निर्वाचन आयुक्तहरुमा नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार साहलाई सिफारिस गरेको उपसभामुख गङ्गाप्रसाद यादवले जानकारी दिनुभयो । सिफारिस भएका तीन आयुक्तको संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित पाँच पदाधिकारी रहने व्यवस्थाअनुसार हाल प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मा हुनुहुन्छ । आजको सिफारिसपछि आयोगले पूर्णता पाउने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश सुशीला
More
वार्षिक सात हजार स्टाफ नर्स उत्पादन, रोजगारीको समस्या उस्तै
काठमाडौं । नेपालको जनसङ्ख्यालाई चाहिनेभन्दा वार्षिक सात हजार बढी स्टाफ नर्स उत्पादन हुने गरेका छन् । उत्पादन भएका नर्सको व्यवस्थापन गर्न नसक्दा स्वयम्सेवक ‘भोलेन्टियर’, रोजगारी र पेसागत सुरक्षालगायतका विभिन्न समस्या देखिँदै आएको गुनासो बढेको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले नर्सका विद्यमान अवस्थाका बारेमा सुधार गर्न एक महिनाअघि वीर अस्पतालका प्रमुख अस्पताल नर्सिङ प्रशासक, नर्सिङ निर्देशक प्रा गोमादेवी निरौला श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्नुभएको छ । संयोजक श्रेष्ठले हालसम्म कति नर्स सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत छन् भन्ने तथ्याङ्क मन्त्रालयसँग पनि नहुँदा काममा समस्या परेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो – “वार्षिक रुपमा ११७ नर्सिङ कलेजबाट सात हजार
More
कन्सुलर सेवा अब अनलाइनबाटै
काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नागरिकले कन्सुलर विभागबाट लिनुपर्ने विविध कानुनी सेवा अब अनलाइनमार्फत नै लिन सकिने भएको छ । परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले अबदेखि विदेशमा हराएका नागरिकको खोजतलास र उद्धार, विदेशमा मृत्यु भएकाको शव झिकाउने, मृतकका परिवार र घाइतेले पाउनुपर्ने क्षतिपूर्ति, अधिकृत वारेसनामाजस्ता सेवाका लागि अब अनलाइनबाटै आवेदन गर्न सकिने भएको हो । यी सेवाका लागि त्यस्ता व्यक्ति र उनीहरुका आफन्त स्वयम् विभागमा आई आवेदन गर्नुका साथै सो कार्य प्रगतिको सोधपुछका लागि समेत आफैँ उपस्थित हुनुपर्नेमा अबदेखि अनलाइनबाटै आवेदन गरी आफ्नो आवेदन कहाँ पुग्यो र के हुँदैछ भन्नेबारेमा घरैमा बसी जानकारी लिन सकिने छ । अनलाइनबाट
More
भाइरल बन्दै यी दुई मन्त्रीको अंग्रेजी भाषण !
काठमाण्डौं । शिक्षामन्त्री धनीराम पौडेल र स्वाथ्यमन्त्री गगन थापाले दिएका मन्तब्य अहिले सामाजिक सञ्जाल फेसबुकमा चर्चामा छन् । मन्त्री पौडेलले गत सोमबार लन्डनस्थित नेपाली दूतावासमा दिएको मन्तव्यमा अंग्रेजी भाषामा लेखिएको मन्तव्य राम्रोसंग उच्चारण समेत गर्न नसक्दा सामाजिक संजाल प्रयोगकर्ताले चर्को आलोचना गरेका छन् । यस्तै मन्त्री थापाले गतहप्ता विश्व स्वाथ्य अर्गनाइजेसनकाे साधारणसभामा जेनेभा दिएको मन्तव्य अहिले भाइरल भैरहेको छ् । मन्त्री थापाको मन्तव्यलाई समाजिक प्रयोगकर्ता रुचाएका छन् । दुबै भिडियो पहिलो पटक नेपालब्रिटेन डट कमले सार्वजानिक गरेको हो ।
More
के नेताहरूले व्यवसाय गर्नुहुन्न ?
के नेताहरूले व्यवसाय गर्नुहुन्न ?
More
बिश्व साहित्यमा तारा राई
१४ वर्षको कलिलो उमेरमा माओवादी जनयुद्दमा होमिएकी तारा राईको पुस्तक “छपामार युवतिको डाइरी” अंग्रेजीमा अनुवाद भई “गुरिल्ला गर्ल” नामले वेलायतमा प्रकाशित भएको छ । वेलायतको कमरसियल पब्लिस हाउस “कनराड प्रेस”ले यहि हप्ता प्रकाशित गरेको हो । जयन्त शर्माद्वारा अनुवादीत यस कृतिलाई साहित्यकार नरेश काङमाङ राई, कबि अप्जसे कान्छा र वेलायती लेखक जेम्स एजिंगरद्वारा सम्पादित गरेका हुन । जनयुद्द लड्ने क्रममा आफ्ना साथीहरु आफ्नो आँखै अगाडि तत्कालिन शाही सेनाको गोलीबाट ढलेको तस्बिर तारा राईले “गुरिल्ला गर्ल”मा उतारेकी छिन् । तेसो त सेनाको कब्जामा परी जेल जीवन भोग्दाको पिडा पनि मज्जाली नै समेटेकी छिन । पुर्व राज्यमन्त्री माओवादी नेता धर्मसिला छपागाई र
More
हिउँले जुम्लाको जनजीवन कष्टकर
जुम्लाको सदरमुकाम खलंगा बजारमा शुक्रबार हिउँले ढाकिँदै । तस्बिर : शुरबहादुर सिंह
More
एनआइडिसी बैंकलाई वाणिज्य बैंकमा गाभ्ने निर्णय
काठमाडौं । सरकारले एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले वाणिज्य बैंकलाई थप सवल र सशक्त बनाउन सरकारी स्वामित्वकै एनआइडिसी बैंकलाई त्यसमा गाभ्ने निर्णय गरेको हो । बैठकले गरिबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञको रुपमा त्रिविका पूर्वशिक्षाध्यक्ष डा महेन्द्र सिंहलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठकले आगामी वर्ष काठमाडौँमा आयोजना हुने विमस्टेक बैठकमा आतिथ्यको प्रबन्ध नेपालले गर्ने निर्णय गरेको छ, तर बैठकको मिति र स्थान भने खुलाइएको छैन । अहिलेसम्म नापी नभएको मुस्ताङको लोमान्थाङ आसपासको थुर्लुङ, छुलुप भन्ने स्थानको जग्गाको वैज्ञानिक नापी गर्नेर र नवलपरासीको
More
गैरआवासीय नेपाली संघमा अबको नेतृत्व
– कुमार पन्त । गैरआवासीय नेपाली (एनआरएन)हरूको विश्वव्यापी छाता संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)को क्षेत्रीय सम्मेलन अमेरिकामा सम्पन्न गरेका छौँ । यसअघि विभिन्न क्षेत्रका क्षेत्रीय बैठकहरु सम्पन्न ग-यौँ । क्षेत्रीय सम्मेलनमा हामीले एनआरएनएका सांगठनिक, संस्थागत तथा व्यावहारिक समस्यामाथि गहन छलफल गरेका छौँ । सन् २०२० सम्म र त्यस पछाडि एनआरएन अभियान कस्तो हुनुपर्छ र त्यसको सांगठनिक संरचना कस्तो हुनुपर्छ भनेरसमेत बहस यहीँबाट सुरु गरेका छौँ । हाम्रा यी पछिल्ला भेला, बैठक, छलफल र सम्मेलनहरुमा एउटा समान विचार एवम् भावना सबैतिर पाइएको छ । त्यो हो, अब नेपाल नै समृद्ध हुनुपर्छ र नेपालमै रोजगारीका अवसर सिर्जना गर्नुपर्दछ । अनि त्यसका निम्ति
More