Daily Archives January 28, 2017

आहा ! रारा गोल्डकप : मनाङ मस्र्याङ्दीलाई उपाधि

पोखरा, १५ माघ । पन्ध्रौँ आहा ! रारा गोल्ड कपको उपाधि लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । पोखरा रङ्गशालामा मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लबबीच आज भएको फाइनल खेलमा मनाङले सहारा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै यस वर्षको रारा गोल्ड कप फुटबल प्रतियोगिताको विजेता बनेको हो । मनाङ मस्र्याङ्दीका लागि निर्णायक गोल खेलको ७०औँ मिनेटमा कमल श्रेष्ठले गरेका थिए । उपाधिसँगै मनाङ मस्र्याङ्दीले रु पाँच लाख एक हजार एक तथा उपविजेता सहाराले रु दुई लाख ५१ हजार एक, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्का, सांसद रवीन्द्र अधिकारी, क्षेत्रीय
More

एक वर्षपछि सार्वजनिक कार्यक्रममा नेता नरहरि

काठमाडौं । नेपाली काँग्रेसका नेता नरहरि आचार्य एकवर्षपछि सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ । गत वर्ष तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको मृत्युको खबरपछि कोइराला निवास पुग्नुभएका आचार्यलाई त्यहीँ हृदयघात भएको थियो । त्यसपछि उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको थिएन । आज सहिद गङ्गागाल राष्ट्रिय हृदय केन्द्रको २१ औँ वार्षिकोत्सवमा सहयोगीका साथमा सहभागी हुनुभएको हो । सो अवसरमा उहाँले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबै शुभचिन्तक र नेपाली जनतालाई औपचारिकरुपमा सद्भाव र मायाका लागि आभार पनि व्यक्त गर्नुभयो । नेता आचार्य गङ्गालालको सञ्चालक समितिको सदस्य पनि हुनुहुन्छ । आफ्नो स्वास्थ्यलाभमा गङ्गालालले खेलेको महत्वपूर्ण भूमिकाका कारण यहीँबाट सार्वजनिक कार्यक्रममा सहभागी
More

मधेसी मोर्चाले दियो माघ २३ सम्मको अल्टिमेटम

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यही माघ २३ गतेसम्म आफूहरुका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा शनिबार बसेको मोर्चाको बैठकले संविधान संशोधनलगायतका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको हो । प्रमुख दलहरु संविधान संशोधनभन्दा पनि निर्वाचनमा बढी केन्द्रित भएको भन्दै मोर्चाले संशोधनका लागि अल्टिमेटम दिएको हो । दलहरु आफूहरुका माग पूरा गराउनेभन्दा पनि निर्वाचनमामात्र केन्द्रित भएको भन्दै आन्दोलन गर्ने चेतावनी मोर्चाले दिएको छ । मोर्चाले माग पूरा नभए फागुनदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । बैठकले आफूहरुको सहमतिविपरीत स्थानीय निकाय पुनःसंरचना आयोगले प्रतिवदेन दिएकाले स्थानीय तहमा दबाब दिने निर्णयसमेत
More

संविधान कार्यान्वयनमा जुट्न प्रमको आग्रह, तस्बिरमा यस्तो देखियो टुँडिखेल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दरमुलुक भएको बताउनुभएको छ । तामाङ ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै उहाँले हाम्रा लागि मात्रै नभई विश्व समुदायका लागि नेपाल बहुपहिचानयुक्त एक महत्वपूर्ण पुँजी भएको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले भाषा, संस्कृति, वेषभूषा, संस्कार तथा चाडपर्व आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषता रहेको उल्लेख गर्दै तामाङ जाती नेपालको एक प्राचीन जाति रहेको र सांस्कृतिक रुपमा समेत धनी मानिने यस जातिले सदियाँैदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण एव्म संवद्र्धन गर्दै आइरहेको छ भन्नुभयो । नयाँ अवसरको आगमनको खुसियालीस्वरुप विशेष उत्साह र उमङ्गका
More

सोनाम ल्होसार पर्वमा कलाकार नृत्य प्रस्तुत

सोनाम ल्होसार पर्वको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौँको टुँडिखेलमा शनिबार आयोजना गरेको विशेष कार्यक्रममा नृत्य गर्दै तामाङ कलाकार । तस्बिर : प्रदीपराज वन्त
More

फागुन १ देखि ‪बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निःशुल्क हुने

काठमाडौं । सरकारले १५ वर्षदेखि ७५ वर्षसम्मका नागरिकको बाथमुटु रोगको सम्र्पूण उपचार निःशुल्क गर्ने भएको छ । आज सहिद गङ्गालाल राष्ट्रिय हृृदय केन्द्रको २१औँ वार्षिकोत्सवको अवसर पारेर सरकारले मुटुरोगको उपचार सहज बनाउन यही फागुन १ गतेबाट सो उपचार निःशुल्क गर्ने घोषणा गरेको हो । नेपालमा युवामा मुटु रोगको समस्या बढ्दै गएको भन्दै सरकारले बाथ, मुटुरोगको उपचार, शल्यक्रिया, औषधिलगायत सम्पूर्ण सेवा सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जबाट निःशुल्क प्रदान गर्ने भएको छ । मुटुरोगीका लागि रु एक लाख, १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको मुटुको सम्पूर्ण उपचार पनि यसअघि निःशुल्क रुपमा गर्दै आएको छ ।
More

ट्रम्पद्वारा आप्रसासीलाई प्रवेशमा कडाई गर्न आदेश

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई अमेरिका प्रेवशमा कडाई गर्ने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गर्नुभएको छ । ट्रम्पले उग्र इस्लामवादी आतङ्ककारीहरुलाई अमेरिका भित्रिन नदिनका लागि आप्रवासीलाई अमेरिका प्रवेशमा कडाई गर्नुपरेको बताउनुभएको छ । पेन्टागनमा हस्ताक्षर गरेपछि उहाँले भन्नुभयो, “हामी हाम्रो देशलाई समर्थन गर्ने र यहाँका जनतालाई माया गर्नेेलाई मात्रै आउन दिन्छौँ ।” राष्ट्रपति ट्रम्पले शरणार्थीका रुपमा अमेरिका आउन खोज्नेमध्ये क्रिश्चियन धर्माबलम्वीलाई प्राथमिकता दिइने स्पष्ट पार्नुभएको छ । राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यस बारेमा विस्तृत विवरण दिइसकेको छैन । तर समाचारदाताले यो आदेश सिरियाका शारणार्थीप्रति बढी लक्षित रहेको हुनसक्ने विश्लेषण गरेका छन् । आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले मुसलमानहरुलाई अमेरिका
More

विद्युत् चोरीमा संलग्न थप एक पक्राउ

काठमाडौं । विद्युत् चोरीमा संलग्न सुकेधारामा बुद्ध वासिङ सेन्टरका सञ्चालक सिन्धुपाल्चोक, लिसङ्खुका स्थायी घर भएका बुद्धकुमार लामालाई प्रहरीले पक्राउ गरेको छ । बिजुली मिटर एक थान र बिजुली मिटर सिल दुई थानसहित उनलाई बिहीबार पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय परिसर काठमाडौँ पठाइएको छ । यसअघि विभिन्न उपकरणको प्रयोग गरी गैरकानुनीरूपमा मिटर बक्सको अङ्क घटाइ विद्युत् चुहावट गरी विद्युत्को खपत बढाउनुका साथै प्रत्यक्ष रुपमा विद्युत्भार कटौतीमा समेत प्रभाव पारी ठगी गर्ने कार्यमा संलग्न १६ जनालाई गत माघ ९ गते पक्राउ गरेको थियो । यसैबीच कपनमा रहेको रामकृष्ण ढुङ्गेलले सञ्चालन गरेको सवनम प्लास्टिक उद्योग, चाबहिलस्थित मुरारी थापाले सञ्चालन गरेको टेम्पु चार्जिङ
More

आज टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष एवम् तामाङ समुदायको चाडपर्वका विषयमा खोज गरिरहनुभएका सम्पूर्णकुमार लामाले राससलाई जानकारी दिनुभयो । “यस वर्ष बौद्ध स्तुपको चार ढोका खुल्ने अवसर परेकाले पनि सोनाम ल्होसार विशेष रुपमा मनाइँदैछ, स्तुप
More

गायक ओझा पक्राउ

काठमाडौं । सर्वोच्च अदालतबाट १० वर्ष कैद सुनाइएका गायक तथा हास्य कलाकार प्रकाश ओझालाई हिजो प्रहरीले पक्राउ गरेको छ । बादी नेपाल सरकार प्रतिवादी ओझा भएको दुई वटा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सर्वोच्च अदालतको गत माघ ४ गतेको फैसलाले सुनसरी इटहरी उपमहानगरपालिका स्थायी घर भएका ओझालाई पाँच÷पाँच वर्ष गरी कुल १० वर्ष कैद सजाय तोकिएको थियो । उक्त फैसलापश्चात् फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज शङ्खमूलबाट पक्राउ गरेको हो । पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेपश्चात् निज ओझालाई अदालतको आदेशले कैद भुक्तानका लागि आजै केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाइएको ब्युरोले जनाएको छ ।
More