Daily Archives January 29, 2017

रामेछापमा हंगकंग नेपाली मन्चको राहत वितरण कार्यक्रम

मन्थली । हङकङ नेपाली मञ्च युकेले रामेछापको फर्पु गाविस वडा नम्बर ८ मा एक कार्यक्रम गरी १ लाख रुपैयाँ बराबरको राहत सामाग्री शनिवार वितरण गरेको छ । मञ्चका निवर्तमान सचिव खुशी लिम्बुले सो राहत सामग्री वितरण गरेका हुन् । सामाजिक प्रयोजनका लागि मात्र प्रयोग गरिने ती राहत सामग्रीहरुमा लताकपडा, भाडाकुडा र कम्मल रहेका छन् । सदरमुकामबाट नजिकै रहेर पनि पिछडिएको मानिएको सो फर्पू गाविसमा प्राय: सुनुवार जातिको बसोवास रहेको छ । एनआरएन बेलायतका प्रतिनिधि समेत रहेका खुशी लिम्बुले राहत समाग्री वितरण गर्दै भने, “७२ सालको भूकम्पमा यस गाविसबासीले अरुभन्दा बढी क्षति व्योहोर्नु पर्यो । त्यसैले यसअघि एनआरएनले यही ठाउँमा आएर
More

शिक्षामन्त्रीले बेलायतबाट घोषणा गरे स्पेनमा दूतावास खोलिन्छ

लन्डन । नेपाली जनप्रगतिशिल मञ्च, बेलायतले नेपाल सरकारका शिक्षामन्त्री डिआर पौडेलको उपस्थितिमा लन्डनमा एक कार्यक्रम गरेको छ । नेपालको शिक्षा प्रणाली विषयमा कार्यक्रम भएको हो । नेपाली जनप्रगतिशिल मञ्च, बेलायतका कार्यवाहक संयोजक मान बहादुर गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य महेन्द्र कंडेलले स्वागत गरेका थिए । संयोजक गुरुङले प्रमुख अतिथि शिक्षामन्त्रीलाई पुष्पगुच्छा दिएर सुरु भएको कार्यक्रममा मन्त्री पौडेलले नेपालको शिक्षा नीति परम्परागत रहंदै आएकोमा व्यापक फेरबदल गरिएकाले आगामी दिनमा यसको परिणाम देखिने आशा व्यक्त गरे । नेपालमा सरकार परिवर्तनसंगै शिक्षा नीतिमा पनि परिवर्तन हुने परिपार्टीको अन्त्य हुन जरुरी भएकोले सोही खालको शिक्षा नियमावली बनाउनेतर्फ वर्तमान सरकार लागिपरेको उनले
More

नेपाल पर्यटन ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष चन्द्र रिजालसंग अन्तरक्रिया

लन्डन । नेकपा एमाले पर्यटन प्रवर्धन विभागका सचिव, टानका अध्यक्ष तथा नेपाल पर्यटन ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष चन्द्र रिजाल र नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य, नेकपा एमाले पर्यटन प्रवर्धन विभाग सदस्य श्याम पाठकको सम्मानमा एक कार्यक्रम गरिएको छ । प्रवासी नेपाली मञ्च बेलायतले सारस रेष्टुरेण्ट, नर्थ हयारोमा कार्यक्रम गरेको हो । कार्यक्रममा मञ्चका अध्यक्ष रामशरण सिम्खडा तथा संस्थापक अध्यक्ष आङगकल्जंग लामाले अतिथीहरुलाई खादा तथा मायांको चिनो प्रदान गरे । सो अवसरमा अध्यक्ष सिम्खडाले उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा अतिथी रिजालले वर्तमान अवस्थामा आफू संलग्न विभागले गरेका कृयाकलाप, टान गतिविधि र बेलायतमा पर्यटन प्रवर्धनमा मिलेर गर्न सकिने सम्भाव्य कामहरुको
More

संसदको म्याद बढाउने चाहना छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको म्याद बढाउने चाहना नभएको बताएका छन् । एक वर्षभित्र तीन तहकै निर्वाचन गर्नुपर्ने पक्षमा आफू रहेको भन्दै उनले मधेसकेन्द्रित दलहरुका मुद्दा पनि वार्ताकै माध्यमबाट समाधान गरिने बताए । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सभापति देउवाले हिमाल, पहाड, तराईबीच एकता बढाउनुपर्नेमा जोड दिए । मधेसी दलहरुले आन्दोलनको धम्की दिएको भन्दै उनले उनीहरुको माग वार्ताबाट सम्बोधन हुने पनि बताए ।
More

अमेरिकाले रोकेका आप्रवासीलाई क्यानाडाले स्वागत गर्ने

ओट्टावा । क्यानाडाका प्रधानमन्त्री जस्टीन त्रुदेउले अमेरिकाले बन्देज गरेका विदेशी शरणार्थी तथा आप्रवासीहरुलाई क्यानाडाले स्वागत गर्ने बताउनुभएको छ । ट्विटरमार्फत् उहाँले भन्नुभएको छ, “जसले हिंसा, आतङ्क र युद्ध भोगीरहेको छ, ती सवैलाई क्यानाडाले स्वागत गर्न चहान्छ ।” त्रुदेउले उनीहरुको धर्मको आधारमा कुनै पक्षपात नगर्ने पनि स्पष्ट पार्नुभएको छ । “विविधता हाम्रो शक्ती हो, क्यानाडामा स्वागत छ,” उहाँले ट्विटमा लेख्नु भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम समुदायका आप्रवासी तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा कडाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि क्यानाडाका प्रधानमन्त्री त्रुदेउले यस्तो सन्देश ट्विटरमा लेख्नुभएको हो । ट्रम्पले इरान, इराक, लिविया, सोमालिया, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा कडाई
More

सुबिसु आइसिटी सम्मेलन

सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की कम्प्युटर एसोसिएसन नेपाल महासङ्घद्वारा काठमाडौँमा आइतबार आयोजित ‘सुबिसु आइसिटी सम्मेलन–२०१७’ मा क्यानद्वारा प्रकाशित बुलेटिन सार्वजनिक गर्दै । तस्बिर : रत्न श्रेष्ठ
More

हेटौडामा मासिक ५३ करोड रुपैयाँको विद्युत चुहावट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयअन्तर्गत रु ५२ करोड ६५ लाख ४८ हजार बराबरको विद्युत् चुहावट भएको पाइएको छ । प्राधिकरणको कलैया वितरण केन्द्र र गौर वितरण केन्द्रबाट मात्र गत आर्थिक वर्षमा सबैभन्दा बढी विद्युत् चुहावट भएको क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ती दुई वितरण केन्द्रमा मात्रै ५३ प्रतिशतको हाराहारीमा चुहावट भएको पाइएको छ । ग्रामीण क्षेत्रका साना घर, पसलले भने आफैँ हुकिङ गरेर विद्युत चोरी गरेपनि ठूला उद्योग, कलकारखाना, होटल, व्यवसायिक प्रतिष्ठानमा भने प्राधिकरणका कर्मचारीको मिलेमतोमा बिजुली चोरी हुने गरेको छ । प्राधिकरणको क्षेत्रीय कार्यालयअन्तर्गत गौर वितरण केन्द्रबाट वितरण गरिएको विद्युत्मा ५३ दशमलव ५१ प्रतिशत विद्युत
More

बेलायतबासी नेपालीले दिएको पैसाले घुँडाको उपचार गरें : मीरा राई

मीरा राई, एन्डभ्यान्चर अल्ट्रा रनर भोजपुर साने दुम्बाकी मीरा तत्कालीन माओवादी विद्रोहमासमेत आबद्ध थिइन् । आर्थिक अवस्था कमजोर भएकाले वैदेशिक रोजगारीमा जान भीषासमेत पाइसकेको अवस्थामा उनको जीवनले एकाएक नयाँ मोड लिएको थियो । २०७० चैतमा भएको आउटडोर फेस्टिबलको ५० किमी दौडमा उनले उपाधि जितिन् । यहीबाट सुरु भएको उनले सफलताले अहिलेसम्म धेरै अन्तर्राष्ट्रिय सफलता हात पारिसकेकी छन् । २९ वर्षीया मीरा आफूले पाएको सफलतासँगै अवसरबाट बन्चित आफूजस्तै थुप्रै युवाको भविष्य उज्जल पार्न लागि परेकी छन् । यिनै विषयमा किरण रानाले गरेको कुराकानी– ० नेशलन जोग्राफीको एन्डभान्चर अफ दि एयर २०१७ उपाधि जितिसकेपछि कस्तो महसुस भयो ? – सोच्दै नसोचेको कुरा
More

नेविसंघको पदपूर्ति केन्द्रीय समितिको निर्णय विपरित

चितवन । चितवनका विभिन्न क्याम्पसमा रिक्त रहेको नेविसंघ अध्यक्षको पदपूर्तिलाई विधान विपरित भएको भन्दै नेविसंघ केन्द्रिय समितिले वदर गरेको छ । केन्द्रिय समितिले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै चयन गरिएका व्यक्तिलाई भन्दा पनि पद्धतीलाई वद्दर गरेको प्रस्ट्याएको छ । केन्द्रिय समितिसंग  कुनै सल्लाह नगरी मनोमानी ढंले गरीएको निर्णय लोकतान्त्रिक पद्धतीमा कुनै पनि हालतमा मान्य नहुने केन्द्रिय उपाध्यक्ष रामप्रसाद अधिकारीले बताए । संगठनको हित विपरित गठन, विघठन तथा पुर्नगठन नगर्न नगराउन आह्वान गरीएको समेत उनले जोड दिए । रिक्त पदमा मनोनयन गरेको केहि दिन पछि नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको लेटर प्याडमा केन्द्रिय महामन्त्रीद्वय कुन्दनराज काफ्ले र सरोज कुमार थापाले
More

नेपालमा लगानी बढाउन आह्वान

टोरेन्टो । क्यानडाको टोरन्टो शहरमा भेला भएका गैरआवासीय नेपालीहरुले लगानीकालागि उपयुक्त र सहज वातावरण बनाउन नेपाल सरकारसमक्ष आग्रह गरेका छन् । गत जनवरी २२ तारिखका दिन एनआरएन क्यानडाद्वारा आयोजित नेपालमा लगानी गरौं भन्ने एक अन्तर्कृया बोल्दै वक्ताहरुले नेपालमा अझै लगानीकालागि सुरक्षित र जोखिमरहित वातावरण बन्न नसकेको गुनासो गरेका थिए। कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्य, एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेल, एनआरएन युकेका सल्लाहकार रामशरण सिंखडा लगायतका वक्ताहरुले नेपालमा बौद्धिक तथा आर्थिक लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान पनि गरेका थिए। एनआरएन क्यानडाले एनआरएनए आइसिसिलाई नेपालमा लगानी गर्नका लागि सुरक्षित र
More