Daily Archives January 30, 2017

एनआरएन युरोपेली सम्मेलन जुलाई २९ बाट फ्रयाङ्कफर्टमा हुने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) युरोप क्षेत्रको १० औं बैठक जर्मनीको फ्रयाङ्कफर्टमा हुने भएको छ । युरोपका २७ देशको सहभागिता रहने उक्त बैठक जुलाई २९ र ३० मा गर्ने निर्णय सोमबार सम्पन्न एनआरएनए जर्मनीको साधारणसभाले सर्वसम्मतिबाट गरेको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का युरोप संयोजक कुल आचार्यले राखेको प्रस्तावलाई हलले सर्वसम्मतिले पारित गरेको थियो । साधारणसभालाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले अहिलेको समय सकरात्मक सन्देश दिने युग भएको बताए । उनले गैरआवासीय नेपालीहरुले विश्वभर व्यवसायीक रुपमा सफलता प्राप्त गरिरहेको पनि बताए । पन्तले गैरआवासीय नेपालीहरुले अहिलेको जमाना कुरा भन्दा काम गर्ने हो भन्ने प्रमाणित गरेर
More

नेपाली बैंकमा तरलता भन्दा पनि कर्जा संकट : डा. चन्द्रमणि अधिकारी, अर्थविद्

सरकारको स्वामित्व भएका र अन्तर्राष्ट्रिय सम्बन्धन पाएका बाहेक अन्य वाणिज्य बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । बैंकमा तलरताको कमी भएपछि शेयर बजार समेत दैनिक आरोलो लागिरहेको छ । यही अवस्था रहिरहने हो भने केही दिनपछि सर्वसाधारणले निक्षेप निकाल्न समेत नपाउने अवस्था आउने अर्थविद् डा. चन्द्रमणि अधिकारीले बताए । यो अवस्था किन र कसरी आयो, यसले कस्तो प्रभाव छाड्छ भन्ने विषयमा सञ्जीव अधिकारीले गरेको कुराकानी– ० अहिले देखिएको वा देखिएको तरलताको कारण के हो ? – यसलाई दुइटै ढंगले लिनुपर्ने हुन्छ, एउटा बैंकहरुले सजिलो ढंगले काम गर्न खोजे, त्यो अवस्था रहेन । हिजोको दिनमा पर्याप्त साधन थियो, निक्षेप
More

बेलायतमा बजगाईंको ‘कवच’ सार्वजनिक

लन्डन । बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथासङ्ग्रह ‘कवच’ नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शको निवास ‘श कर्नर’मा आफैले सार्वजनिक गरे । बेलायतको ‘एयोट सन्ट लरेन्स’मा अवस्थित निवासमा करिब पैतालिस वर्ष बिताएका बर्नाड शको त्यहीँ निधन भएको थियो । उनको निवासलाई पुरातात्विक, ऐतिहासिक स्थल तथा स्मारकहरुको संचालन र संवर्धन गर्ने बेलायतको ‘नेशनल ट्रष्ट’ले म्युजियमको रुपमा संचालन ल्याएको छ । लामो समयदेखि युरोपमा बस्दै आएका बजगाईंको यस अघि कथा, लघुकथा, नियात्रा आदि गरी सात कृति प्रकाशित भईसकेका छन् । विगत एघार वर्षदेखि उनले लोकप्रिय साहित्यिक अनलाईन समकालीन साहित्य डट कमको सम्पादन तथा प्रकाशन गर्दै
More

कांग्रेसले यसै साता कार्यसम्पादन र विभागसहित पूर्णता पाउने

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुअघि नै नेपाली कांग्रेसको सांगठिनक संरचनाले पूर्णता पाउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले अब छिट्टै स्थानीय तहको निर्वाचन हुने र त्यसअघि नै पार्टीको सांगठानिक संरचनाले पूर्णता पाउने बताए । नेपाली कांग्रेसको केन्द्रीय संगठनलाई पूर्णता दिन ६ वटा काम बाँकी रहेको छ । पदाधिकारी, कार्यसम्पादन समिति, संसदीय समिति, संसदीय दल कार्यसमिति, नौजना केन्द्रीय सदस्य, ३० वटा विभाग र सातवटा प्रदेश समिति गठन गर्नुपर्नेछ । जसमध्ये कार्यसम्पादन समिति र संसदीय समितिको गठन नभई स्थानीय तहको निर्वाचनमा पार्टीले कुनै निर्णय गर्न सक्दैन । केन्द्रीय समितिको बैठक बस्न नसक्ने स्थितिमा आपतकालीन निर्णयका लागि कार्यसम्पादन समिति
More

सेयर बजारमा ६५ अङ्कले घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ । निरन्तर ओरालो लागेको नेप्से आज ६५.४४ अङ्कले तल झरेर एक हजार ३०९.७० अङ्कमा आइपुगेको छ । आज एक हजार ३७५.४७ अङ्कमा बजार खुलेको थियो । आज सबैभन्दा धेरै बिमा समूहका लगानीकर्ताले गुमाएको नेप्सेले उल्लेख गरेको छ । बिमा उपसूचक ८.७ प्रतिशतले घटेको छ । बिमापछि होटल उपसूचक ७.२४, फाइनान्स ५.४८ र बैंकिङ ४.६३ प्रतिशतले घटेका छन् । विकास बैंक, जलविद्युत् र अन्य उपसूचकमा पनि ठूलै कमी आएको छ ।
More

पर्दा पछाडिका नायक मानबहादुर

पेसाप्रतिको समर्पणले नै मानिसलाई सफलताको शिखरमा डो-याउँछ । ऊ जब सफल हुन्छ, तब उसका सत्कर्मको चर्चा सुरु हुन्छ । त्यस्तै कर्मशील व्यक्ति हुन् मानबहादुर थापा । उसले अनवरत सङ्घर्ष गरे र साँच्चिकै मान कमाए । नेपाली सेनाको ‘अडियो भिडियो’ शाखा रहेर डेढ दशक लामो अनुभव सम्हाल्नुभएका थापाले २३ वर्ष लामो सेवापछि अवकाश लिए । सेवा निवृत्त भएका धेरैजसो मानिसहरु बाँकी जीवन पाठपूजा र सामान्य घरायसी काममा व्यतित गर्छन् । तर थापा युवा जोशका साथ थापा दिनहँु भिडियो सुटिङ र एडिटिङमा व्यस्त रहनुहुन्छ । एकाबिहानै अनामनगरस्थित प्रोडक्सन हाउसमा आउनु, भिडियो आर्टका नयाँ विधाबारे छलफल र बहस गर्नु उहाँको दैनिकी बनेको छ
More

मधेसी मोर्चा देश बिगार्ने उद्धत: ओली

काठमाडौं । काठमाडौंको टेकु चपलीमा आयोजित वीर योद्दा बलभद्र कुँवरको २२७ औं जन्मजयन्ती तथा शालिक अनावरण कार्यक्रममा ओलीले देशको स्थायित्व र विकासका लागि इमान्दार भएर नलागे उनीहरु आफैं सकिने बताए हो । मधेसी मोर्चातर्फ इंगित गर्दै ओलीले देश बिगार्न भए भोट हाल्छौं, हैन भने भोटै हाल्दैनौं भन्ने धारणा मोर्चाको रहेको टिप्पणी गर्नुभयो । मधेसी मोर्चाले संशोधन प्रस्ताव पास गराउनको लागि भोट हाल्ने भनिरहेको तर यसले देश बिग्रने उनको तर्क थियो । संविधान संशोधन बेमौसमी बाजा भएको भन्दै ओलीले एमालेले लोकतन्त्रको खिल्ली उठाएको भन्ने आरोप निराधार भएको बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कुनै पनि प्रणाली देशको हीतका लागि
More

प्रहरी र आपराधिक समूहबीच गोली हानाहान, तीनजना घाइते

सुनसरी । सुनसरीको खनारमा सोमबार दिउँसो प्रहरी र आपराधिक समूहबीच गोली हानाहानमा तीनजना घाइते भएका छन् । लागूऔषधका कारोबारी समूह रहेको जानकारी पाएपछि उक्त स्थानमा पुगेको प्रहरीमाथि अपराधिक समूहले गोली चलाएपछि प्रहरीले पनि जवाफी कारवाहीमा गोली चलाएको बताएको छ । पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआइजी केशरीराज घिमिरेका अनुसार आपराधिक गतिविधिमा समेत संलग्न लागूऔषधका कारोबारी रहेको सूचनाका आधारमा पुगेको प्रहरी टोली देखेर उनीहरुले गोली चलाएका थिए । त्यस क्रममा प्रहरीको मोटरसाइकलमा गोली लागेको छ । त्यसपछि प्रहरीले पनि प्रतिकारमा गोली प्रहार गरेको थियो । घाइते हुनेमा मोरङ निवासी श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका
More

निर्वाचन (कसुर तथा सजाय) विधेयक पारित

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकले ‘निर्वाचन(कसुर तथा सजाय) विधेयक, २०७३ लाई पारित गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका सम्बन्धमा आवश्यक पर्ने उक्त विधेयक सदनमा प्रस्तुत गर्नुभएको थियो । त्यसअघि राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको निर्वाचन (कसुर तथा सजाय) विधेयक, २०७३ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि सांसद प्रेम सुवालले निर्वाचनमा गम्भीर कसुर गर्ने, भोजभतेर गर्ने, जागिर दिने आश्वासन दिने, मोबाइल तथा भौतिक सामग्री वितरण गर्ने, मतदान केन्द्र तोडफोड गर्ने दल र उम्मेदवार एवम् कर्मचारीलाई कडा कारबाही गर्ने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । सांसद सुवालले उठाउनुभएको विषयको जवाफ दिनुहुँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री
More

बिपी र गणेशमानलाई मृत्युदण्डबाट जोगाउने जनकमानले जागिर गुमाए

न्यायाधीशज्यू हजूरलाई गृहमन्त्रीको आदेश छ, सिंहदरवार जान प-यो, गाडी तयार छ गृहमन्त्री भोजराज घिमिरेको नाम लिएर तत्कालीन नारायणी अञ्चलाधीशबाट यस्तो खबर पाएपनि न्यायाधीश जनकमान श्रेष्ठ काठमाडौँ आउनुभएन । “गृहमन्त्रीले भनेर म जाने होइन, कि त मलाई प्रधानन्यायाधीशले डाक्नुप-यो नत्र म जान्नँ,” न्यायाधीश श्रेष्ठले अडान लिनुभयो । नभन्दै साँझपख तत्कालीन प्रधानन्यायाधीश नयनबहादुर खत्रीको फोन आयो । राष्ट्रिय मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते नेपाल फर्कनुभएका प्रतिबन्धित नेपाली काँगे्रसका सभापति बिपी कोइराला, गणेशमान सिंहलगायतका नेतालाई लगाइएको मृत्युदण्डसम्बन्धी मुद्दाको फैसला गर्न न्यायाधीश श्रेष्ठलाई रातारात यसरी काठमाडौँ झिकाइयो । पुस १६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने बित्तिकै बिपी लगायतका नेताहरुलाई सुन्दरीजल बन्दीगृहमा
More