Daily Archives January 31, 2017

लन्डन दूतावासमा सेवाग्राहीलाई थप सुविधा

लन्डन । लन्डनस्थित नेपाली दूतावासले सेवाग्राहीका लागि आफ्नो सेवालाई विस्तार गरेको छ । दूतावासले बुधवार देखि हुलाक मार्फत नेपालको भिसाको लागि आवेदन गर्ने आवेदकलाई कागजात प्राप्त भएकै दिन भिसा जारी गरी सम्बन्धित ब्यक्तिको ठेगानामा हुलाकबाटै फिर्ता पठाइदिने व्यवस्था मिलाएको हो । दूतावासले मंगलवार एक विज्ञप्ति जारी गर्दै भिसाको लागि हुलाकरपोस्ट मार्फत यस राजदूतावासमा पठाउँदा राहदानी र भरेको भिसा फाराम सहित राजदूतावासको बैंक खातामा जम्मा गरेको भिसा शुल्क रसिद र राहदानी फिर्ता प्राप्तिको लागि हुलाक खाम अनिवार्य रुपमा पठाउनु अनुरोध गरेको छ । भिसाको लागि सेवाग्राहीले राजदूतावासमा उपस्थित भई सोही दिन भिसा प्राप्त गर्ने सुविधालाई समेत यथावत राखिएको दूतावासले जनाएको छ
More

क्षतिपूर्ति दिलाउन सरकारले कूटनीतिक पहल गर्नेः प्रधानमन्त्री

काठमाडौं । साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा ११ जना निर्दोष नेपालीले अनाहकमा सात वर्ष जेल सजाय भोग्नुपरेको भन्दै पीडितले न्यायको माग गरेका छन् । सन् २०१० फेब्रुअरीमा पक्राउ गरी साउदीको जेद्दा जेलमा सात वर्षको जेल जीवन बिताएर डेढ महिनाअघि नेपाल फर्किएका उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भेट गरेर आफूहरुलाई क्षतिपूर्ति दिन आग्रह गरेका हुन् । पीडितले साउदी अरबस्थित नेपाली दूतावासका पूर्वराजदूत र कर्मचारीले पहल नगरेका कारण आफूहरुले यस्तो सजाय भोग्न बाध्य भएको भन्दै दूतावासका तत्कालीन अधिकारीलाई कारबाहीको मागसमेत गर्नुभयो । पक्राउ परेको साढे पाँच वर्षपछि त्यहाँको अदालतले उनीहरुलाई दुई वर्षदेखि पाँच वर्षसम्मको जेल सजायको
More

मलेसियामा एक नेपालीको मृत्यु

राजविराज । वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको देउरी भरुवा–३ निवासी प्रवीन झा रहेको बताइएको छ । ट्रान्सवल्र्ड म्यानपावरमार्फत मलेसियाको टामन्डियाको इृलेन्ट्रोनिक्स् आटा कम्पनीमा कार्यरत झा काम सकेर डेरातर्फ जानेक्रममा बसले ठक्कर दिँदा उनको दुई दिन अगाडि मृत्यु भएको थियो । मृतकको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको उनका परिवारका सदस्यले बताएका छन् ।
More

अबको बाटो आर्थिक समृद्धि : नेता पौडेल

गोरखा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि सबै दलहरु इमान्दारीपूर्वक लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आज सदरमुकाममा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो –“अबको बाटो आर्थिक समृद्धि भएकाले यसतर्फ सबै दलहरु गम्भीर भएर अगाडी बढ्नुपर्दछ ।” नेता पौडेलले आउँदो ०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन गर्नुपर्ने भएकाले यसका लागि तयार रहन कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । प्रशिक्षणमा जिल्ला परामर्श समितिका ८० जना कार्यकर्ता सहभागी छन् ।
More

मृगौला पीडितलाई गुल्मी जिल्ला समाज यूकेको सहयोग

काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका गुल्मीका मनोज ज्ञवालीलाई गुल्मी जिल्ला समाज यूकेले मंगलबार सहयोग उपलब्ध गराएको छ । समाजका महासचिव शिव भण्डारी, पूर्वउपाध्यक्ष विनोद ज्ञवाली र प्रतिनिधि दुर्गा ज्ञवालीले संयुक्तरुपमा पीडित मनोज र उनको परिवारलाई ३ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरियो । मनोजको बुधबार मृगौला प्रत्यारोपण हुँदैन । उनलाई आमा मन्दिराले एउटा मृगौला दिदैछिन् । प्रत्यारोपणका लागि झण्डै १५ लाख रुपैयाँ लाग्ने मनोजका बुवा विष्णु ज्ञवालीले बताए । गुल्मी जिल्ला समाज अमेरिका, जापान, कुवेत र कतारलगायतबाट पनि मनोजलाई सहयोग आएको विष्णुले जानकारी दिए ।
More

एनआरएन अध्यक्ष शेष घलेद्धारा उच्चस्तरिय भेटघाट

काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा. गोबिन्द पोखरेल संग भेट गरी लाप्राक नमूना बस्ती निर्माण सम्बन्धि भएका उपलब्धी तथा गतिरोधहरु बारे अवगत गराउनु भयो । अध्यक्ष घलेले लाभग्राहिहरु माझ सामूहिक हितका लागि सहकार्य गर्न तथा श्रमदान दिन हिचकिचावट देखिन थालेकोमा चिन्ता व्यक्त गर्दै लाभग्राहिहरु मध्य केहिले मात्र आÏनो स्वार्थ अनुसार समस्त लाभग्राहिहरुलाई भ्रमित पारेको महशुस भएकोले प्रतेक लाभग्राहिहरुसंग व्यक्तिगत सम्झौता गर्दै यस किसिमको भ्रमलाई चिर्न पर्ने बिचार व्यक्त गर्नु भयो । उहा“ले निर्माण कार्य पूर्ण रुपमा थालनी नभइसेकोले लाभग्राहिहरुको यस्तै प्रकारको वाधा व्यवधान हुने हो भने निर्माण परियोजना अन्तै लान सकिने जानकारी
More

समानुपातिक निर्वाचन प्रणालीमा तीन प्रतिशत थ्रेसहोल्ड

काठमाडौं । प्रमुख तीन ठूला दल निर्वाचनमा समानुपातिकतर्फ सिट सुरक्षित गर्न ल्याउनुपर्ने मत सीमा अर्थात ‘थ्रेसहोल्ड’ राख्नसहमत भएका छन् । संसदको राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिमा विचाराधिन राजनीतिक दलसम्बन्धी विधेयकमाथिको छलफलक्रममा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र तीन प्रतिशत ‘थ्रेसहोल्ड’ राख्न सहमत भएका हुन् । ठूला दलको सहमतिमा साना दल असन्तुष्ट छन् । उपसमिति तहमा जुटेको सहमति समितिको पूर्ण वैठक हुँदै संसदले अनुमोदन गर्नुपर्ने छ । यो सहमतिसँगै राज्य ब्यवस्था समितिले निर्वाचनसम्बन्धी बाँकी दुई वटा विधेयकलाई अन्तिम रुप दिने तयारी गरेको छ ।
More

राष्ट्रपति दीक्षान्त समारोहको उद्घाटन गर्दै

राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँमा मङगलबार आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दीक्षान्त समारोहको उद्घाटन गर्दै । तस्बिर ः रोशन सापकोटा
More

रिक्त राजदूत तत्काल नियुक्त गर्न निर्देशन

काठमाडौं । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न मुलुकमा रिक्त राजदूत तत्काल नियुक्त गर्न आज नेपाल सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकमा राजदूत नियुक्तिमा भइरहेको ढिलाइ र अवैतनिक राजदूतको कार्यप्रगतिका सम्बन्धमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग छलफलपछि सो निर्देशन दिइएको हो । समितिका सभापति प्रभु साहले लामो समयदेखि राजदूत रिक्त हुँदा सम्बन्धित मुलुकमा नेपालको कूटनीतिक भूमिका कमजोर भएकाले तुरुन्त नियुक्ति गर्न निर्देशन दिने निर्णय भएको जानकारी दिनुभयो । हाल १४ मुलुकमा राजदूत रिक्त छन् । अघिल्लो सरकारले सिफारिस गरेका राजदूतको सुनुवाइ नहुँदै वर्तमान सरकारले फिर्ता लिएको थियो भने त्यसपछि छिमेकी भारत र चीनमा मात्र नयाँ राजदूत भएका छन् ।
More

संघीय महान्याधिवक्ता पदमा नव नियुक्ति

वसिङ्गटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय महान्याधिवक्ता पदमा डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नु भएको छ । सो पदमा कार्यरत कायम मुकायम संघीय महान्याधिवक्ता स्याल्ली एट्सलाई मङगलबार बिहान हटाई उहाँको स्थानमा तत्कालै डाना बोएन्टेलाई कायम मुकायम मुकर्रर गर्नु भएको हो । यस अघि, आप्रवासी र शरणार्थी तथा मुस्लिम जनसङ्ख्या बाहुल्य रहेका देशका नागरिकहरुलाई अमेरिका प्रबेश निषेध सम्बन्धमा राष्ट्रपति ट्रम्पले जारी गर्नु भएको कार्यकारी आदेशको समर्थन र यसबाट उत्पन्न हुने मुद्दा मामिलाको बहस पैरबी नगर्न का.मु संघीय महान्याधिवक्ता स्याल्ली एट्सले न्याय मन्त्रालय अन्तर्गतका सबै महान्याधिवक्ताहरुका नाममा एक आदेश जारी गरेका थिए । डेमोक्र्याटिक पार्टीका समर्थक, पूर्वराष्ट्रपति बाराक ओबामाका
More