Daily Archives February 1, 2017

पूर्वराजा ज्ञानेन्द्रको चर्चा नेपालमा भन्दा भारतमा बढी

काठमाडौं । परराष्ट्र र सुरक्षा मामिलामा निर्देशनबिना कुनै पनि सूचना र समाचार नछाप्ने भारतीय अखवारमा यतिबेला नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह छ्याप्पछ्याप्ती छाउन थालेका छन् । जनवरी २३ को इण्डियन एक्सप्रेसमा अन्नपूर्ण पोष्टका सम्पादक युवराज घिमिरेको आलेख ‘पूर्वराजासँग वार्ता र सहमति गर ।’ छापिएपछि पूर्वराजा ज्ञानेन्द्रको चर्चाले व्यापकता पाएको हो । हप्ता १५ दिनमा यस्ता समाचारहरु भारतीय अखवारहरुमा छापिने क्रम हिजोआज झन बढेको छ । किन ? नेपालबाट राजतन्त्र समाप्त पार्ने प्रमुख कारक भारत नै हो भनिएको छ । उसैले माओवादी जन्मायो, हुर्कायो, धारिलो पा¥यो र राजतन्त्र समाप्त गराएको विश्लेषण गरिन्छ । केही दिन अघि पूर्वराजाले राजगद्दी छाडेको, मुलुक र जनताप्रतिको
More

लोकमान हटाएपछि २० मुद्दाको फाइल ‘क्लोज’

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, नेता सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, अग्नि खरेल, राज्यलक्ष्मी गोल्छा, पुष्पकमल दाहाल, जनार्दन शर्मा, नन्दबहादुर पुन, शक्ति बस्नेत, कृष्ण सिटौला, उमेश श्रेष्ठ, टेकबहादुर गुरुङ, बहादुरसिंह लामा, आङछिरिङ शेर्पा, दीपक भट्ट, सचिनला श्रेष्ठ– सेयरवाला एनसेल, सतिशलाल श्रेष्ठ, सेयरवाला एनसेल गरी १९ र लडाकु शिविर छँदाको राज्यकोषले दिएको अर्वौंको भ्रष्टाचार छानबिन मुद्दा गरी २० मुद्दा लोकमानलाई हटाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल अनुसन्धान नगर्ने स्पष्ट पारेको छ । अख्तियारलाई प्यारालाईसिस गराएर मुद्दाको फाइल क्लोज गरिएको बताइएको छ । अख्तियार अव राजनीतिक दलले बनाएको आदेशपालक मुख्यिार बन्न लागेको लोकमान सिंह कार्की
More

सांसद नरहरि आचार्य

व्यवस्थापिका संसदको बुधबार बैठकमा सहभागी भइ फर्कनेक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद नरहरि आचार्य । उहाँ बिरामीका कारण लामोसमयपछि आज संसदको बैठकमा उपस्थिति भएको हो । तस्बिर : रत्न श्रेष्ठ
More

महिलालाई सीमा कटाएको ८ हजार रुपैयाँ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न अपराधको अभियोगमा पक्राउ परेका व्यक्ति र सामग्री आज सार्वजनिक गरेको छ । परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा दुई महिलालाई भारतमा लगेर बिक्री गरेको अभियोगमा पर्सास्थित वीरगन्ज उपमहानगरपालिका, छपकैयाका ३३ वर्षीय बलराम महतोलाई यही माघ १४ गते वीरगन्जबाट पक्राउ गरिएको जानकारी दिइएको छ । परिसरकी प्रमुख एवम् प्रहरी उपरीक्षक किरण राणाले नेपाली महिलालाई सीमा पार गराएर भारत पु-याएबापत रु दुईदेखि आठ हजारसम्म भारतीय रकम लिने गरेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । यसैबीच भक्तपुर नगरपालिका–४ कमलविनायक मूलढोका बस्ने सलिम मगरलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ । मगरले गत
More

निर्वाचन आयोग अन्योलमा छ : प्रमुख आयुक्त यादव

पर्वत । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तह वा स्थानीय निकायको निर्वाचन गर्ने भन्नेबारेमा आयोग अन्योलमा परेको बताउनुभएको छ । आज पर्वतको सदरमुकाम कुश्मा बजारमा आयोजित सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – सरकारले निर्वाचनको मिति घोषणा गर्न नसक्दा आयोग अन्योलमा परेको हो । प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचन आयोग, सांसद र आमजनता समेत कुन तहको निर्वाचन हुन्छ ? भन्नेमा अन्योलमा छन्, यस्तो अवस्था रहिरहनु हुँदैन भन्नुभयो । अहिले निर्वाचन गर्ने सुनौलो मौका आएको छ उहाँले भन्नुभयो– “यस्तो अवस्थामा पनि दलहरुबीच सहमति हुननसक्नु र निर्वाचनको मिति घोषणा हुननसक्नु मुलुककै लागि दुर्भाग्य हो ।” प्रमुख निर्वाचन आयुक्त डा यादवले
More

आखिर नियतिका सामु हारिन सुनिता

काठमाडौं । घरझगडा बढ्दै गएपछि श्रीमान्ले जलाउने प्रयास गर्दा गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेकी नेपालगञ्ज नगरपालिका– १२ का २२ वर्षीया सुनिता खटिकको अन्ततः निधन भएको छ । आज राति १.३५ बजे उनको आइसियुमै निधन भएको अस्पतालले जनाएको छ । यही माघ ६ गते सानोतिनो विवादमा श्रीमान्ले मृत्युको मुखमा पु-याई भागेपछि उनलाई उपचारका लागि ८ गते काठमाडौँ ल्याइएको थियो । घरमा सामान्य झगडा भएपछि श्रीमान् राजेन्द्रले सुनितालाई मट्टितेलको टुकीले मुखमै हानेका थिए । आगोले उनको छाती माथिको भाग र एउटा हात नराम्ररी जलेको थियो । वर्न वार्डकी नर्सिङ इन्चार्ज अर्चना रञ्जितले सुनिता इनालेसन इन्जुरी ( आगोको राप
More

गलत भविष्यवाणी गर्ने ज्योतिष पक्राउ

कोलम्बो । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषलाई श्रीलङ्काली प्रहरीले पक्राउ गरेको छ । अधिकांश श्रीलङ्काली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, ब्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा जान्ने वा जैसीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा अद्यापि ब्याप्त छ । हाल पक्राउ परेका ज्योतिष–विजिता रोहणा विजयेमुनि श्रीलङ्काली नौसेनाका पूर्व सैनिक हुन् । सन् १९८९ मा तत्कालिन भारतीय प्रधानमन्त्री राजीव गान्धि श्रीलङ्काको औपचारिक भ्रमणमा रहँदा उहाँलाई आक्रमण र हत्या गर्ने प्रयास गरेको आरोपमा यिनले जागीर गुमाउनुका साथै सजाय समेत भोग्नुपरेको थियो । तथाकथित ज्योतिष विजयेमुनिले राष्ट्रपति सिरिसेनालाई अकस्मात् कडा ज्वरोले
More

सशोधन कि निर्वाचन भन्ने ‘रस्साकस्सी’ र अन्यौल कायमै

काठमाडौं । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलबीच निर्वाचनको विषयमा एकमत देखिए पनि संविधान सशोधनका सम्बन्धमा परस्पर विरोधी धारणा र ‘रस्साकस्सी’ले सविधान संशोधन कि निर्वाचन प्राथमिकता भन्ने विषयमा अन्योल कायमै गरेको छ । नेपाली काँग्रेस र नेकपा (माओवादी)सहितको गठबन्धन सरकारले निर्वाचन घोषणा गर्ने तयारी गरे पनि लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध तराई–मधेस केन्द्रित दलले भने त्यसप्रति असहमति जनाउँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ भने मोर्चाले संसद् पेस भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नभएसम्म निर्वाचन स्वीकार नगर्ने जनाउ दिँदैआएको छ । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई भन्नुहुन्छ– “निर्वाचन
More

माघ १९ : ज्ञानेन्द्रले शासन हातमा लिएको दिन

काठमाडौं । आज माघ १९ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशको शासन व्यवस्था आफ्नो हातमा ल्याएको दिन । आजको दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ । २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दोस्रो पटक बर्खास्त गरीसम्पूर्ण सत्ता हातमा लिने घोषणा गरेका थिए । प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील बनाउने र तीन वर्षभित्र निर्वाचन गराएर जनप्रतिनिधिलाई शासन सत्तामा फर्काउने भन्दै ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदच्युत गरेका थिए । सत्ता हत्याए लगत्तै मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित भएको थियो । शीर्ष नेता कार्यकर्तालाई नजरबन्दमा राखिनुका साथै सञ्चारगृहलाई सैन्य नियन्त्रणमा लिइएको थियो । राजाको सोही
More

श्रीपञ्चमीमा स्वयम्भूमा भक्तजनको घुइँचो

काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का अवसरमा स्वयम्भूमा भक्तजनको विशेष घुइँचो लागेको छ । प्रत्येक वर्ष आजका दिन त्यस क्षेत्रमा रहेको मन्जुश्रीको मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । त्यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न सरस्वती मन्दिरमा पूजा गर्न भक्तजनको भीड लाग्ने गर्दछ । काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट त्यहाँ दर्शन गर्न भक्तजन आएका छन् । सरस्वतीलाई चामल चढाई केही अक्षता घरमा लगेमा ज्ञान प्राप्त हुने र ज्ञानको ज्योति पाइने प्राचीन मान्यता रहेको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको वरपर भूकम्पबाट क्षति भएका सम्पदा भत्काइएकाले पनि दर्शनार्थीलाई केही असुविधा भएको छ
More