Daily Archives February 2, 2017

एनआरएन भवनको लागि यूकेबाटै १ करोड ४७ लाख उठेन्

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) काठमाडौंमा केन्द्रीय कार्यालय निर्माण कार्यले तीव्रता पाईरहेका बेला प्रतिबद्दता रकम भने उठ्न सकेको छैन। एनआरएनका बिभिन्न क्षेत्रहरुबाट १९ करोड ७१ लाख ८० हजार ३ सय १२ रुपैयाँ ८३ पैसा प्रतिबद्दता रकमको घोषणा भए पनि हाल सम्म ९ करोड ९३ लाख ८२ हजार ५ सय ९६ रुपैयाँ ८३ पैसा मात्र एनआरएन खातामा संकलन भएको छ। अर्थात् ९ करोड ७७ लाख ९७ हजार ७ सय १६ रुपैयाँ उठ्न सकेको छैन। संघको केन्द्रीय कार्यालय भवनको लागत करिव २५ करोड रुपैयाँ लाग्ने अनुमान भएको बेला प्रतिबद्दता रकम समेत जुट्न सकेको छैन। अमेरिका क्षेत्रबाट ४ करोड २६ लाख रुपैयाँ
More

चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय

काठमाडौं । सरकारले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनको तयारी थाल्न आग्रह गर्ने निर्णय गरेको छ । विहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आयोगलाई औपचारिक पत्र पठाएर निर्वाचनसम्बन्धी तयारी अघि बढाउन आग्रह गर्ने निर्णय गरेको हो । तर, स्थानीय निर्वाचन कहिले हुने भन्ने चाहिँ केही पनि निर्णय गरिएको छैन । व्यवस्थापिका–संसदले विहीबारै स्थानीय निर्वाचनसम्बन्धी सबै विधेयकहरु पारित गरिसकेकाले सरकारको आग्रहसँगै आयोगले निर्वाचनका लागि कर्मचारी परिचालनलगायतका कामहरु अघि बढाउनसक्ने जनाइएको छ । तर, निर्वाचनको मिति नै नतोकेसम्म निर्वाचनको सुनिश्चितता भने भएको छैन ।
More

उपराष्ट्रपति पुन विज्ञान प्रदर्शनीमा

उपराष्ट्रपति नन्दबहादुर पुन साउथवेस्ट्रन कलेजले बिहीबार काठमाडौँमा सञ्चालन गरेको विज्ञान प्रदर्शनीको उद्घाटन गर्नुहुँदै । तस्बिर : रोशन सापकोटा
More

राजले किन भने नगर्नु माफ मलाई

अहिलेका चर्चित गायक राज सिग्देलमा आवाजको नयाँ गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ। “नगर्नु माफ” बोलको यो गजलमाअहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत गर्नु भएको हो भने शब्द गीतकार नृपेश उप्रेतीको हो। आफ्नो गल्ती र अपराधको स्विकारोक्तीको यो गजल लेखन र भावको दृष्टिकोणले पृथक रहेको र सुन्ने हरकोहीले यसको पृथकता महशुस गर्न सक्ने गीतकार उप्रेती बताउँछन। यो गजल गीतकार उप्रेतीको एकल रचनाको एल्बम आहान अर्को खुशीमा समाबेश छ। यसअघि एल्बमका चारगीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेकाछन। जसमध्य शिव परियार र प्रमोद खरेलको आवाजको आफ्नै जिन्दगी अन्जु पन्तको जुनी जुनी र हिमाल सागर र अन्जु पन्तको आफ्नै जिन्दगी बोलको गीत भिडियोहरु श्रोता
More

स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकसाथ अघि बढाउनुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकैसाथ अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । पार्टी संसदीय दलको कार्यालय, सिंहदबारमा बसेको पार्टी पदाधिकारीसहित नेताहरुको अनौपचारिक बैठकले संविधान कार्यान्वयन र निर्वाचनका लागि तत्काल सबै राजनीतिक दल तयार हुनुपर्ने ठहर गरेको हो । कांग्रेसले स्थानीय निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारलाई आग्रह गर्दै संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव पनि अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । मधेसी मोर्चालाई देखाएर निर्वाचनमा आलटाल गर्न नहुने भन्दै कांग्रेसले संविधान संशोधन प्रस्ताव पारित गराउन पार्टी प्रयत्नशील रहने जनाएको छ । महामन्त्री शशांक कोइरालाले स्थानीय निर्वाचन कसरी गराउने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।
More

स्थानीय तह निर्वाचन विधेयक बहुमतले पारित

काठमाडौं । व्यवस्थापिका–संसद्ले स्थानीय तह निर्वाचन विधेयक २०७३ लाई बहुमतले पारित गरेको छ । स्थानीय तहको निर्वाचनका लागि अत्यावश्यक मानिएका पाँचमध्ये यसअघि मतदाता नामावली, निर्वाचन कसुर तथा सजाय र निर्वाचन आयोगका काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक पारित भइसकेको छ । व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिमा राजनीतिक दलसम्बन्धी विधेयक विचाराधीन अवस्थामा रहेको छ । यसअघि उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन विधेयक २०७३ लाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । गृहमन्त्री जवाफ सांसदले बैठकमा उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री निधिले फरक राजनीतिक सिद्धान्त बोकेका दल र सांसदले निकै चासोका साथ निर्वाचन र लोकतन्त्रका पक्षमा बहस पैरवी गर्नु
More

तीन तहको निर्वाचन गरेमात्र प्रजातन्त्र बलियो हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित पुस्तक ‘चिन्तन’को आज यहाँ लोकार्पण गर्दै सभापति देउवाले सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी काँग्रेसको काँधमा रहेको छ ।” पूर्व प्रधानमन्त्री देउवाले मधेसी दलकोे भावनालाई समेट्नका लागि संशोधन प्रस्ताव दर्ता भएको र यसलाई पारित गर्न नेकपा (एमाले)ले समेत सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान कार्यान्वयन भएमात्र मुलुक आर्थिक रुपमा अगाडि बढ्ने भएकाले संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । मुलुकका
More

दशगजा क्षेत्रमा गल्ती भएको भारतीय पक्षद्वारा स्वीकार

काठमाडौं । महोत्तरीको मटिहानी गाविससँग जोडिएको भारतीय सहर मधवापुरको दशगजा क्षेत्रमा आफ्नैतर्फबाट निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन भारतीय अधिकारीले निर्देशन दिएका छन् । भारत विहारको मधुवनी जिल्लास्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४८ ‘बी’ बाहिनीमा आयोजित ‘भारत–नेपाल सीमा सत्यापन एवं मर्मत कार्यशाला’मा मधुवनीका डिएम गिरवर दयाल सिंहले यस्तो निर्देशन दिएका हुन् । मधुवनीका एसपी दीपक वर्णबाल र एसएसबीका एसपी अजितसिंह राठोरलगायतले पनि दशगजा क्षेत्रमा बनाइएको संरचना हटाउन निर्देशन दिएको बताइएको छ । भारतीय पक्षले दुवै देशको सीमा क्षेत्रमा भएको अतिक्रमण, सीमास्तम्भ स्थानान्तरण वा भत्काइएको पाइए संयुक्त सर्वे टोलीले स्थलगत निरीक्षण गरी मर्मत सम्भार र व्यवस्थापन गर्ने
More

सीके राउत जनकपुरको माछा बजारबाट पक्राउ

काठमाडौं । सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । स्वतन्त्र मधेस अभियान चलाइरहेका राउतलाई बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको हो । माघ ५ गते राउतले सिराहाको लाहानमा सभा राख्दै देश टुक्राउने अभिव्यक्ति दिएका थिए । यसै घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाले उनको नाममा पक्राउ पूर्जी जारी गरेको छ । पक्राउ परेका राउतलाई सिराहा नै पठाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी गराएका छन् । जानकारीमा आएअनुसा राउतविरुद्ध राज्य विप्लवको मुद्दा लगाउने तयारी छ । सिराहा स्थायी घर भएका राउत पछिल्लो समय जनकपुरमा डेरा लिएर बस्दै आएका थिए ।
More

ट्रम्पको उदयले तरंगित विश्व

डा. सुरेश चालिसे । निर्णयले ल्याएको हलचल अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि उनले गरेका निर्णयले विश्व रंगमञ्चमा निकै ठूलो हलचल ल्याएको छ । उनका निर्णयले ‘अन्र्तराष्ट्रिय सम्बन्ध’मा सकारात्मक र नकारात्मक दुवै किसिमका प्रभाव छाड्न सक्ने देखिन्छ । खासगरी नवनिर्वाचित राष्ट्रपति ट्रम्पका निर्णयले विकासशील र अति कम विकसित राष्ट्रहरूमा आर्थिक रूपमा ठूलै प्रभाव पार्ने सम्भावना देखिन्छ । अमेरिका विश्वकै शक्तिशाली र संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको राष्ट्र हो । अर्थतन्त्रलाई हेर्ने दुई पाटा हुन्छन् । एउटा, कुल ग्रार्हस्थ उत्पादनमा हेर्न सकिन्छ । सामान्यतः अमेरिकाको एक सय ८९ खर्ब (१८ दशशलव ९ ‘ट्रिलियन’) हाराहारीको अर्थतन्त्र छ । जुन विश्वकै पहिलो अर्थतन्त्र हो
More