Daily Archives February 3, 2017

जेठभरमा निर्वाचन हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी जेठभरमा चुनाव गराउने प्रतिबद्धता व्यक्त गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले बिहीबार गरेको निर्णयले अब निर्वाचनको तयारी गर्ने वातावरण बनेको बताउनुभयो । मुलुकमा स्थानीय निर्वाचन नभएको करिब १९ वर्ष र स्थानीय निकाय जनप्रतिविहीन भएको करिब १४ वर्ष भइसकेको छ । रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा अब आयोगले निर्वाचनको तयारी गर्ने बताउँदै डा यादवले भन्नुभयो, “सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले हामीलाई निर्वाचनका लागि तयारी गर्न बाटो खुलेको छ, हामी अब तयारीमा जुट्छौँ ।” डा यादवले स्थानीय निर्वाचनका लागि मतदान केन्द्र कहाँ राख्ने, मतदान अधिकृत कसरी खटाउने, मतपत्र कस्तो हुने र
More

मधेसी मोर्चालाई बाहिरै राखेर भएपनि चुनाव गर्नुपर्छ : शशांक

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अब कुनैपनि तागतले स्थानीय चुनाव रोक्न नसक्ने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले अधिकतम् लचकता अपनाउँदा पनि मधेसी मोर्चाले स्थानीय चुनावमा सहमति नजनाएको भन्दै ‘अब जो–कोही नआएपनि चुनाव रोकिँदैन । अधिकतम् सहमतिको आधारमा चुनावमा जान प्रयास गरिरहँदा मधेसी मोर्चा बाधक बने मधेसी दललाई नै बाहिर राखेर भएपनि चुनाव गराउनुपर्ने उनको भनाइ थियो । तत्काल चुनवाको मिति घोषणा गरेर संविधान कार्यान्वयनको गति बढाउन कोइरालाले सरकारलाई सुझाव दिए । चुनावअघि संविधान संशोधन सम्भव नहुने पनि कोइरालाले प्रस्ट पारे ।
More

फोरजी प्रयोगमा चुनौती

काठमाडौं । आधुनिक प्रविधिमा आधारित पछिल्लो पुस्ताको दूरसञ्चार सेवाको अधिकतम प्रयोग हुन सकेको छैन । पछिल्लो पुस्ताको दूरसञ्चार सेवा भित्रिए पनि मुलुकका सबै क्षेत्रको एकसाथ स्तरोन्नति हुन नसक्दा प्रयोगमा चुनौती थपिएको हो । डेटामा आधारित सेवा दिने चुनौती टेलिकमले चौथो पुस्ताको इन्टरनेट (फोरजी) सुरु गरेसँगै थपिएको छ । इ–कमर्स, इ–गभर्नेन्स, इ–एडुकेसनजस्ता प्रणालीलाई अवलम्बन गरेर सेवा दिनुपर्ने अनिवार्यता अहिले हुँदै गएको छ । सरकारले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्यसम्बन्धी) नीति पहिलो संशोधनमा प्रविधि तटस्थताअन्तर्गत दस्तुर निर्धारण गरेको छ । दूरसञ्चार प्राधिकरणले एक हजार ८०० मेगाहर्ज ब्यान्डमा सञ्चालन भएको टुजीलाई प्रविधि तटस्थता कायम गरी फोरजी सेवा प्रदान गरेको हो ।
More

मेलम्चीको पानी नखाई धुलो खाएर मरिनेभो

काठमाडौं । मेलम्चीको पानी वितरण गर्न सडक खनेर पाइप बिच्छ्याइदाको धुलो खाएर मरिनेभो, मेलम्चीको पानी पिउन नपाइनेभो’ सामाजिक सञ्जालमा यस किसिमका सन्देश बढेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाका ४० स्थानमा अहोरात्र एक हजार २०० कामदार परिचालन गरेर पानी वितरणका लागि सडकमुनि पाइप हालिरहेको छ । उपत्यकामा ६७० किमी सडक खनेर पाइप ओच्छ्याउँदा धुलो बढेको हो । उपत्यकामा दिउँसो ट्राफिक जाम हुने भएकाले प्रमुख सडकमा निर्देशनालयले राति पाइप बिच्छ्याउँछ । यसरी हाल मासिक ५० किमी पाइप बिच्छ्याउने काम भइरहेको निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले सुनाउनुभयो । विस २०७४ असोज अघि नै पाइप बिच्छ्याइसक्ने योजनाका साथ निर्देशनालयले
More

सांस्कृतिक सङ्घको महाधिवेशन

नेपाली काँग्रसेका सभापति शेरबहादुर देउवा काठमाडौँमा शुक्रबार आयोजना गरेको नेपाल सांस्कृतिक सङ्घको दोस्रो महाधिवेशनको उद्घाटन गर्दै । तस्बिर : रोशन सापकोटा
More

राप्रपाको क्षेत्रीय अधिवेशन सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको देशका २४० निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन सुरु भएको छ । पार्टीको आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि प्रत्येक क्षेत्रबाट प्रतिनिधि छनोट गर्ने उद्देश्यले सो अधिवेशन देशभर एकै दिन गर्न लागिएको हो । पार्टीका अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय नेतृत्व सम्बन्धित निर्वाचन क्षेत्रमा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशनमा सहभागी हुनका लागि पार्टीका स्थानीय तहदेखि नै निर्वाचित भएर आउनुपर्ने व्यवस्था भएअनुसार वडा, गाउँ, नगरबाट निर्वाचित भएर आएका नेता सम्बन्धित निर्वाचन क्षेत्रबाट समेत प्रतिनिधित्व गरी आउने छन् । राजनीतिक रुपमा समझदारी कायम भएका स्थानमा सर्वसम्मत तथा विवाद भएका स्थानमा निर्वाचनका
More

चार किलो सुन र चार किलो चाँदी चोरी

चितवन । भरतपुर उपमहानगरपालिका वडा नं २ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा गएराति अनौठो प्रकारले चोरी भएको छ । सो पसल विकास बर्माको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पीडितले पसलबाट चार किलो सुन, चार किलो ५०० ग्राम चाँदी, रु सात लाख नगद र सिसी क्यामराको डिभिआर बक्ससमेत चोरी भएको जनाएका छन् । प्रहरीका अनुसार चोरहरुले सटरको साँचो फोरेर सामान लगिसकेपछि पुनः अर्काे साँचो लगाएर छाडेका छन् । पसलभित्र रहेको सानो सेफ फुटाएर चोरिएको छ भने ठूलो सेफ सुरक्षित रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । पसलभित्रको सिसी क्यामराको डिभिआरसमेत चोरिएकाले केही पहिचान हुन सकेको छैन ।
More

निर्वाचनलाई मध्यनजर गरी दल दर्ता

काठमाडौं । निकट भविष्यमा हुन गइरहेका स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी विभिन्न जिल्लाका निर्वाचन कार्यालयमा दल दर्ता भएका छन् । कास्की : जिल्ला निर्वाचन कार्यालय, कास्कीमा २३ दल दर्ता भएका छन् । जिल्लामा विसं २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा २६ दलले भाग लिएको कार्यालयका प्रमुख गङ्गा सुवेदीले जानकारी दिनुभयो । अघिल्लो निर्वाचनमा भाग लिएका हरियाली पार्टी, सङ्घीय गणतान्त्रिक र नेपाल मजदुर किसान पार्टीले भने यस पटक निर्वाचन कार्यालयमा दर्ता भएका छैनन् । दर्ता भएका राजनीतिक दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय शिव सेना, नेपाल परिवार दल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी,
More

छजनालाई थुनामा राख्न अदालतको आदेश

ताप्लेजुङ । ताप्लेजुङको खोक्लिङमा गत महिना भएको वनरक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणका मुख्य अभियुक्त मानिने सबिन लिम्बूसहित ६ जना विरुद्ध जिल्ला अदालत ताप्लेजुङले थुनछेक आदेश जारी गरेको छ । महिना दिनअघि हत्या गरिएका वनरक्षक शाहीको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका सबिन लिम्बूसहित ६ जनालाई पुर्पक्षका लागि बिहीबार थुनामा राख्न आदेश जारी गरिएको हो । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले खोक्लिङ–८ का सबिनसहित दावा शेर्पा, चेतबहादुर गुरुङ, कृष्ण भनिने सार्के गुरुङ, नन्दराम गुरुङ र वीरबहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको हो । सामुदायिक वनको स्रोत सर्वेक्षण गर्नका लागि बोलाएर वनरक्षकको हत्या भएपछि प्रहरीले मुख्य अभियुक्त भनिएका सबिनसहित १५
More

अटेर गर्ने गैससलाई प्रहरीद्वारा ठेगान लगाइने

जुम्ला । स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जिल्ला विकास समिति जुम्लासँगको समन्वयमा अटेर गर्ने गैरसरकारी संस्थालाई प्रहरीद्वारा ठेगान लगाउने चेतावनी दिनुभएको छ । सामुदायिक विकास कार्यक्रम (सिडिपी)को सहयोगमा जिविसद्वारा बिहीबार आयोजित सहभागितामूलक समावेशी योजना तर्जुमा सम्बन्धी अभिमुखीकरणमा उहाँले यो चेतावनी दिनुभयो । जिल्लामा कार्यरत धेरै गैरसरकारी संस्थाले मनोमानी ढङ्गबाट कार्यक्रम सञ्चालन गरिरहेको र जिविससँग आवश्यक समन्वय नगर्दा विकासे गतिविधिमा समस्या आएको स्थानीय विकास अधिकारी बेल्बासेले बताउनुभयो । “जिल्ला विकासका लागि सरकारी तथा गैरसरकारी कार्यालय एकद्वार प्रणालीबाट जानुपर्छ, तर यो अवस्था यहाँ देखिँदैन,” उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “यो वर्षदेखि जिविसमा एनजिओ डेस्क स्थापना गरिएको छ, जिल्लामा कार्यरत सबै गैससले आफ्नो
More