Daily Archives February 5, 2017

सुन काण्डमा माथिल्ला अधिकृत पक्राउ पर्न अझै बाँकी

काठमाडौं । ३३ किलो सुन बोकेर निस्कँदै गर्दा पक्राउ परेका भरिया गोपालबहादुर शाही, सुन लिन आउने सन्तोष काफ्ले, दिलबहादुर थापा, भन्सारका कर्मचारी राजकुमार ढकाल र श्रीनारायण यादवको बयान सत्य ठहरियो भने नेपाल प्रहरीमा निकै ठूलो उथलपुथल हुने निश्चित छ । उक्त सुनका वास्तविक मालिकहरूको सूचीमा शाहले नेपाल प्रहरीका एसएसपी श्याम खत्रीको नामसमेत उल्लेख गर्दा केरकारमा संलग्न सीआईबीका अधिकृतले सुरुमा पत्याएका थिएनन् । जब एसएसपी खत्रीले प्रयोग गर्ने गरेका टेलिफोन नम्बरहरूका आधारमा त्यसको रेकर्ड अनुसन्धान गरियो, तब शाहीको बयान साँचो ठहरिएको प्रहरी स्रोतले बताएको छ । शाहीले खत्रीका अलावा डीआईजी गोविन्द निरौलालगायत उच्च अधिकृत र एकजना एआईजीको नाम पनि मुछिएको विश्वस्त
More

काठमाडौंका विभिन्न स्थानबाट ३७ बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौंका विभिन्न स्थानमा अवैधरुपमा बसिरहेका ३७ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । ठमेल, नयाँ बजार र ढल्कु क्षेत्रमा संचालित कपडा सिलाउने उद्योगमा छापामारी परिचय बदलेर नेपाल वसिरहेका ३७ बंगलादेशीलाई पक्राउ गरेको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले चमतीबाट १५ जना, ढल्कुबाट ८ जना, नयाँबजारबाट १२ जना र ठमेलबाट २ जनालाई पक्राउ गरेको जानकारी दिएको छ। चोरबाटो भएर नेपाल आउने र नेपालमा नक्कली राहदानी खरिद गरी युरोप तथा खाडी देश जाने गरेको अनुसन्धानमा खुलेको छु । बृत्तका प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरले नेपालीले संचालन गरेका होजियारी उद्योगबाट विनाकुनै कागजपत्र अवैध बसोवास गरिरहेका बंगलादेशीलाई नियन्त्रणमा लिएको
More

गृहकार्य बिना नयाँ श्रम गन्तव्य खुला गरिँदै

काठमाडौं । बिना गृहकार्य वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा मुलुक खुला गरिँदा नेपाली कामदारले विदेशमा समस्या भोग्नु परिरहेको छ । कामदारको सुरक्षाको प्रमुख आधार श्रम सम्झौता नहुँदा अधिकांश मुलुकमा गएका नेपाली कामदारले न्यूनतम तलब सुविधा, औषधोपचार खर्च, बिमा, कानुनी सेवा लगायतका आधारभूत अधिकारबाट समेत वञ्चित हुनपरिरहेको छ । सरकारले गन्तव्य मुलुकसँग ‘द्विपक्षीय श्रम सम्झौता’ नगर्नेे तर रोजगारीका लागि धमाधम मुलुक खोल्दै जाँदा त्यो सङ्ख्या अहिले एक सय १० पुगेको छ । सोही प्रक्रिया दोहो-याउँदै श्रम सम्झौता नगरी सरकारले पुनः नयाँ मुलुक रोजगारीका लागि खुला गर्न थालेको छ । श्रम तथा रोजगार मन्त्रालयले युरोपेली मुलुक लिथुनियामा रोजगारीका लागि संस्थागत रुपमा खुला
More

सुन काण्डमा एसएसपी खत्री पक्राउ

काठमाडौं । एसएसपी श्याम खत्रीलाई दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले आज प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको हो । सुनकाण्डमा मुछिएसगैँ खत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्शालमा सरुवा गरिएको थियो । खत्री एक वर्षदेखि विमानस्थलमा कार्यरत थिए । सुनको मालिक खोज्ने क्रममा प्रहरीले एयरपोर्ट भन्सारका केही कर्मचारीहरुलाई पनि पक्रेको छ ।
More

अस्पतालबाट हराएको शिशु भेटियो

वीरगन्ज । नारायणी उपक्षेत्रीय अञ्चल अस्पताल बीरगञ्जबाट दुई दिन अघि हराएको नवजात शिशु फेला परेको छ । शिशुलाई पर्साको बेलवा गाविसमा लालसादेवी साहबाट प्रहरीले उद्धार गरेको हो । बीरगञ्ज छपकैया निवासी मुकेश पाशवानकी श्रीमती आसादेवी पाशवानले शुक्रवार बिहान जन्माएको बच्चा अपरान्ह २ बजे नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुतीगृहबाट चोरी भएको थियो । आइतबार भेटिएको शिशु गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरेको शिशुलाई अस्पतालले एमआइसियुमा राखेको छ । शिशु चोरीको आरोपमा बेलवा गाविसकी लालसादेवी साहलाई प्रहरीले पक्राउ गरी थप अनुसन्थान गरिरहेको छ ।
More

स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न ध्यानाकर्षण

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समायमा सांसद्हरुले तत्काल स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकास निर्माणको कामले गति लिन नसकेको सन्दर्भमा १९ वर्षपछि हुन लागेको निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने उनीहरुको जोड थियो । सरकारले खुट्टा नकमाईकन आवश्यकताअनुसार निर्वाचन मिति घोषणा गर्नु नै अहिलेको प्रमुख राजनीतिक दायित्व रहेको उनीहरुको कथन थियो । संविधान कार्यान्वयनका लागि निर्वाचन गर्नुको विकल्प नरहेकाले सरकारले प्रस्ट निर्णय गर्नुपर्ने सांसदहरु भनाइ थियो । यसरी धारणा राख्ने सांसद्हरुमा सुकलदेव सुतियार, सीता गिरी ओली, सूर्यप्रकाश बाला राई, हर्कबोल राईलगायत हुनुहुन्थ्यो ।
More

इलामको श्रीअन्तुमा होमस्टे

पूर्वी इलामको श्रीअन्तुमा सञ्चालन भएका होमस्टे । पर्यटक आगमन वृद्धिसँगै होमस्टे व्यवसाय पनि फस्टाएको स्थानीयवासी बताउँछन् । तस्बिर : गोविन्द लामिछाने
More

मधेशी नेतालाई बुढानीलकण्ठमा स्वागत

काठमाडौं । संबिधान संशोधन प्रक्रिया अघि नबढेपछि असन्तुष्ट रहेको मधेसी मोर्चासँग सत्ता साझेदार नेपाली कांग्रेसले छलफल गर्ने भएको छ । कांग्रेस सभापति शेरवहादुर देउवालगायतका नेताले आज मधेसी मोर्चाका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा मोर्चाका नेताहरुलाई छलफलका लागि डाक्नु भएको छ । संविधान संशोधन विना नै सरकारले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेपछि असन्तुष्ट रहेको मोर्चालाई सहमतिमा ल्याउन कांग्रेसले पहल गर्न लागेको हो । राजधानीको बुढानिलकण्ठस्थित देउवा निवासमा हुने बैठकमा संविधान संशोधन, निर्वाचनको तयारी र पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जनलगायत विषयमा छलफल हुने बताइएको छ । बैठकमा मोर्चाले संशोधन प्रस्ताव अगाडि बढाउन सरकारले गरेको
More

करेन्ट लागेर दुईको मृत्यु

उर्लाबारी । बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ । रेल्वे लाइन विस्तारका क्रममा क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लागेर सुनसरी छिटाहा–९ का २६ वर्षीय रामनारायण मण्डल र सुनसरीकै चिमडी–८ का २२ वर्षीय राजेश सरदारको मृत्यु भएको हो । विराटनगर–४ का सिन्टु कोइरालाले चलाएको क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा चार मजदुर घाइते भएका थिए । घाइतेमध्ये मण्डल र सरदारको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको हो । घाइते छिटाहा–९ का ३२ वर्षीय रामु मण्डल र २४ वर्षीय काशी ठाकुरको कोसी अञ्चल अस्पतालमै उपचार भइरहेको छ
More

चीनमा पर्व बिदाका समयमा ३९ जनाको आगलागीबाट मृत्यु

बेइजिङ । चीनमा एक हप्ता लामो एकहप्ता लामो पर्व बिदाको समय भएका विभिन्न आगलागीका घटनामा परी ३९ जनाको मृत्यु भएको चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले शनिबार जनाएको छ । बिदाका समयमा देशभर १३ हजार ७९६ आगलागीका घटना भएका र ती घटनामा ३९ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । यद्यपि यो अघिल्लो वर्षको तुलनामा २६.४ प्रतिशत कमी हो । चिनियाँ प्रहरीले राष्ट्रव्यापी रुपमा सञ्चालन गरेको आगलागीका घटना नियन्त्रणमा गरेको पहलले उक्त समयमा धेरै मानिसको ज्यान जाने जोखिमलाई काम गरेको मन्त्रालयले जनाएको छ । पर्वका समय व्यावसायिक महल, पवित्र धार्मिकस्थल, मन्दिर वरपरका धार्मिक महोत्सव गरिनेस्थललगायतका ठाउँमा प्रहरीले निगरानीलाई मजबुत
More