Daily Archives 6th February 2017

कुमार पन्तद्धारा एनआरएन अध्यक्षको लागि उम्मेदवारी घोषणा

लन्डन । गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा काठमाण्डौंमा हुने विश्व सम्मेलनमा कुमार पन्तले आफ्नो उम्मेद्धवारी घोषणा गरेका छन् । संघको उपाध्यक्ष समेत रहेका पन्तले शनिवार नेपाल खबर डट कमको एक अन्तरवार्तामा आफु अध्यक्ष पदको स्वभाविक दावेदार भएको बताएका छन् । उनले चुनाव भन्नेबित्तिकै पहिले सर्वसम्मतिको कुरा आउँछ। त्यसमा मिलेन भने मतदान गर्ने हो। म संस्थाको महासचिव थिएँ, अहिले उपाध्यक्ष छु। यो पटक मात्रै होइन अघिल्लै पटकदेखि साथीहरुले तपाईं अघि बढ्नुस भन्नुभएको थियो। हामी तपाईंको साथमा छौँ भन्ने साथीहरु धेरै थिए। अहिले पनि साथीहरुले भनिराख्नु भएकाले म स्वाभाविक रुपमा अध्यक्षको उम्मेदवार हुन्छु भनेका छन् । पन्तले आफुले बोकेका एजेण्डालाई विश्वसनीय ढंगले
More

घुससहित इन्जिनियर पक्राउ

त्रिशूली । भूकम्प प्रतिरोधी निजी आवास निर्माण गराउन खटिएका एक इन्जिनियर भूकम्पपीडितसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । जिल्लाका बेलकोटमा खटिएका ३० वर्षीय इन्जिनियर प्रवीणकुमार श्रीवास्तवलाई रु दुई हजार घुससहित प्रहरीले आज पक्राउ गरेको हो । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं १ का श्रीवास्तव सहरी तथा भवन निर्माण डिभिजन कार्यालय, नुवाकोटमा करार सेवामा कार्यरत इन्जिनियर हुन् । श्रीवास्तवले बेलकोट–३ का बद्री तिवारीसँग रु दुई हजार घुस लिएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । तिवारीको निर्माणाधीन घर निजी आवास अनुदान कार्यविधिअनुसार नभएको बताउँदै इन्जिनियर श्रीवास्तवले रु पाँच हजार घुस मागेका तर तिवारीले रु दुई हजारमात्र दिएको बताइएको छ
More

गोरखा समाधि निर्माण कार्य एक वर्षभित्रमा सम्पन्न गरिने

पोखरा । गोरखा स्मारक ट्रष्टका अध्यक्ष पदमबहादुर गुरुङले स्याङजाको साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधि एक वर्षभित्रमा सम्पन्न गरिने बताउनुभएको छ । विश्व युद्धमा ज्यान गुमाएका ६० हजार गोरखा सैनिकको स्मृतिमा निर्माणाधीन स्मारकको निर्माण एवम् पछिल्ला गतिविधिबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रथम चरणअन्तर्गतको समाधि निर्माण कार्य एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम बढिरहेको बताउनुभयो । विश्व युद्धमा बलिदानी गरेका भूतपूर्व गोरखा सैनिकका हक तथा अधिकारका लागि सुरु गरिएको गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसा)कोे आन्दोलनको उपलब्धिस्वरुप गोरखामाथि भएको विभेद् र अन्यायका विरुद्धमा बेलायतमा नै मुद्दा दायर गरी युद्धबन्दीको मुद्दा जितिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भूतपूर्व
More

गोरखा भूपू सैनिक सङ्घका पूर्व अध्यक्ष गुरुङ

विश्वयुद्धमा ज्यान गुमाएका ६० हजार गोरखा सैनिकको स्मृतिमा स्याङजाको साल्मीडाँडामा निर्माणाधीन स्मारकको निर्माण एवम् पछिल्ला गतिविधिबारे जानकारी दिँदै गोरखा स्मारक ट्रष्टका अध्यक्ष एवम् गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो)का पूर्व अध्यक्ष पदमबहादुर गुरुङ । तस्बिरः वासुदेव पौडेल,
More

एसएसपी खत्रीलाई ४ दिन थुन्नु : अदालत

काठमाडौं । सुनकान्डमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई चार दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुसन्धानका लागि समय दिएको हो । नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सीआइबी)को नियन्त्रणमा रहेका खत्रीलाई म्याद थपका लागि सोमबार काठमाडौं जिल्ला अदालत लगिएको हो । सुन तस्करहरुलाई ३३ किलो सुन भित्र्याउन सघाएको आरोपमा एसएसपी खत्रीलाई सीआइबीले पक्रेर हिरासतमा राखिरहेको छ । गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा एसएसपी खत्री पक्राउ परेका हुन् । सीआइबीले खत्रीलाई आइतबार दिउँसो प्रहरी मुख्यालय नक्सालबाटै पक्रेको थियो । खत्री सुन तस्करीको समयमा विमानस्थलमा
More

थारु समुदायमा परम्परागत विवाह

कञ्चनपुर पिपलाडीका थारु समुदायका युवाहरु परम्परागत तरिकाले डोलीमा दुलहा बोक्दै । डोली बोक्ने प्रथा थारु समुदायमा लोपोन्मुख अवस्थामा पुगेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु
More

मधेसको विखण्डनको कुरा औचित्यहिन: उपप्रम निधि

जनकपुरधाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले देश मधेसको विखण्डन गर्ने कुरा अनावश्यक, अनर्गल र औचित्यहिन भएको बताउनुभएको छ । उहाँले सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको नवनिर्मित भवनको आज जनकपुरधाममा उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री निधिले आन्दोलनको दुरूपयोग गरेर कसैले राष्ट्रिय अखण्डतालाई बिथोल्न खोजेमा सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभयो । उहाँले मधेस नेपालको हो, मधेसी भू–भाग नेपालको हो भन्ने भावनाविपरीत कसैले खण्डित गर्ने कुरा गरेमा सरकार सहन सक्दैन भन्नुभयो । हिमाल, पहाड र मधेस नेपालको हो भन्ने भावनाविपरीत प्रतिगमन शक्ति, उग्रवादी र उग्रवामपन्थी शक्ति उद्यत् रहेकाले सोप्रति सजग हुनु जरूरी भएको धारणा उहाँले राख्नुभयो
More

नेपालीको मृत्यु हुदाँ दूतावास रमिते

काठमाडौं—अमेरिकाको ओक्लाहोमा मृत्यु भएकी निशा कार्कीको परिवारलाई रु ४५ लाख सहयोग गरिएको छ। नेप्लिज सोसाइटी टेक्सस, अमेरिकाबाट सङ्कलन गरिएको रु ३३ लाख ५० हजार र ओक्लाहोमा एसोसिएसन अफ नेप्लिज एण्ड द युनिभर्सिटी कम्युनिटीबाट सङ्कलित करिब रु ११ लाख २० हजार गरी जम्मा रु ४५ लाख रकम नेपालको होली हिमालय ट्रस्टमार्फत सहयोग गरिएको हो। अमेरिकाको ओक्लाहोमा इस्ट सेन्ट्रल युनिभर्सिटीमा नर्सिङ विषय अध्ययनरत धादिङकी कार्कीको गत नोभेम्बर १६ (मङ्सिर १) गते हृदयाघातका कारण मृत्यु भएको थियो। काठमाडौँमा आयोजित एक कार्यक्रममा सिँचाइमन्त्री दिपक गिरीले उक्त सहयोग रकमको चेक स्व कार्कीकी आमा कल्पनालाई हस्तान्तरण गरे। अमेरिकाको ओक्लाहोमा इस्ट सेन्ट्रल युनिभर्सिटीमा नर्सिङ विषय अध्ययनरत धादिङकी
More

युकेमा ड्रिन्क ड्राईभिङ कानूनः दोषी पाइए कडा सजाय

लन्डन । बेलायतमा प्रत्येक वर्ष औषतमा ३ हजार ड्रिन्क ड्राईभिङ दुर्घटनामा मर्छन वा घाइते हुन्छन् । यस्ता दुर्घटनामा ज्यान गुमाउने ६ मध्य १ जाना चालकले तोकिएको सीमा भन्दा बढी मदिरापान गरेको पाइएको सरकारी तथ्यान्क छ । ड्रिन्क ड्राईभिङ्ग गर्नेमा विभिन्न उमेर समुहका वर्ग पर्छन । बिशेषतः १७–२९ वर्षका युवाहरु बढी परेको तथ्यांकले देखाउँछ । बेलायत सरकारको हालैको ड्रिन्क ड्राईभिङ क्याम्पेनमा यो उमेर समूहलाई लक्षित गरिएको छ । औषतः प्रत्येक वर्ष ५ लाख जनासँग प्रहरीले श्वास टेस्ट लिने गरेको छ । जस मध्य १ लाख जना पोजिटिभ भेटियो । बेलायतमा चालकको लागि अल्कोहलको कानुनी सीमा ३५ माईक्रोग्राम प्रति १०० मिलीग्राम श्वास
More

दलित मन्दिर प्रवेश गरेको भन्दै पाँच हजार जरिवाना

रामेछाप । रामेछाप जिल्लाको बेताली गाविसमा दलितले मन्दिर प्रवेश गरेको भन्दै स्थानीय एक दलितलाई मन्दिरका पुजारीले रु पाँच हजार जरिवाना गराई तत्काल रुद्री लगाएर मन्दिर चोख्याएका छन् । बेताली–३ मा रहेकोे शेराकाली महाङ्कालथान मन्दिरमा शनिबार सोही वडाका कृष्णकुमार विकले पूजा गरेको भन्दै मन्दिरका पुजारीद्वय वेताली–३ का छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ज्यानै मार्ने सम्मको धम्की दिई उक्त रकम असुलेका हुन् । स्थानीयवासीले मन्दिरमा प्रत्येक शनिबार र मङ्गलबार निःसन्तान मानिस सन्तान प्राप्तिका लागि, युवा विदैशिक रोजगार फलदायी बनाउन र बोली नआएका बालबच्चाको बोली फुराउन उक्त मन्दिरमा गएर भाकल गर्ने गर्दछन् । भाकल अनुसारको बलि चढाई पूजाआजा गरेपछि समस्या समाधान हुने जनविश्वास
More

स्व निसा कार्कीको परिवारलाई रु ४५ लाख सहयोग

काठमाडौँ, २३ माघ । अमेरिकाको ओक्लाहोमा मृत्यु भएकी निशा कार्कीको परिवारलाई रु ४५ लाख सहयोग गरिएको छ । नेप्लिज सोसाइटी टेक्सस, अमेरिकाबाट सङ्कलन गरिएको रु ३३ लाख ५० हजार र ओक्लाहोमा एसोसिएसन अफ नेप्लिज एण्ड द युनिभर्सिटी कम्युनिटीबाट सङ्कलित करिब रु ११ लाख २० हजार गरी जम्मा रु ४५ लाख रकम नेपालको होली हिमालय ट्रस्टमार्फत सहयोग गरिएको हो । काठमाडौँमा आयोजित एक कार्यक्रममा सिँचाइमन्त्री दिपक गिरीले उक्त सहयोग रकमको चेक स्व कार्कीकी आमा कल्पनालाई हस्तान्तरण गर्नुभयो । अमेरिकाको ओक्लाहोमा इस्ट सेन्ट्रल युनिभर्सिटीमा नर्सिङ विषय अध्ययनरत धादिङकी कार्कीको गत नोभेम्बर १६ (मङ्सिर १) गते हृदयाघातका कारण मृत्यु भएको थियो । उनी
More

अदालतको आदेशको ठाडो उल्लङ्घन

इटहरी । बराहक्षेत्र–४ का पुष्प बस्नेतले आठ वर्षअघि प्रेमविवाह गरेर विवाह गरी ल्याएको श्रीमती ममता कार्कीलाई घर प्रवेश गर्न नदिई अर्कै श्रीमती विवाह गरेको विषयमा जिल्ला अदालत सुनसरीले घर बस्न दिएको आदेशको बस्नेत परिवारले ठाडो उल्लङ्घन गरेका छन् । जिल्ला अदालत सुनसरीले गरेको निर्णय पालना गर्न प्रहरीलाई दिएको आदेशको समेत उचित व्यवस्थापन हुन नसकेपछि पीडित ममताले आफ्नो घरमा बस्नका लागि प्रयत्न गर्दा श्रीमान् पुष्प तथा उनको ससुरा यज्ञबहादुर बस्नेत, सासू र परिवारका अन्य सदस्यसमेत घरमा ताला लगाएर फरार भएका छन् । चतरा बयरवन बजारमा रहेको घरमा पारालिगलका महिला नेत्री तथा छरछिमेक सञ्चारकर्मी र प्रहरी समेतको टोली ममतालाई विवाह गर्ने बस्नेतको
More

उत्तर कोरियाको क्रियाकलाप तस्बिरमा

काठमाडौं । उत्तर कोरियामा सर्वसाधारण जनतामाथि भइरहेको निरंकुश शासनसत्ताका विभिन्न क्रियाकलाप झल्कने फोटो तथा कार्टुनको प्रदर्शनी गरिएको छ । शुक्रबार र शनिबार ललितपुरको पाटनढोका र लगनखेलको बसपार्कमा यस्तो प्रदर्शनी गरिएको हो । ग्रामीण क्लब हाउस इटहरी, एसिया एम फोरम र सेन्टर फर लिबर्टी एन्ड युनिफिकेसनको संयुक्त आयोजनामा भएको उक्त फोटो प्रदर्शनीमा चारजना नेपाली युवा कलाकारहरूको कार्टुन र विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएका तस्बिरहरू संलग्न छन् । ग्रामीण क्लब अध्यक्ष मुकुन्द सुवेदीको नेतृत्वमा भएको उक्त प्रदर्शनीमा अधिकारकर्मी पोष्टबहादुर बुढा, गालुकुमारी आले (कविता), युवा कलाकार परशुनारायण बुढा र पार्वती आलेलगायतले उत्तर कोरियामा मानवअधिकार तथा महिला अधिकार उल्लंघन भइरहेकाले कडा शब्दमा विरोध गरे ।
More