Daily Archives 7th February 2017

एनआरएन यूकेका पूर्व अध्यक्ष गुरुङ बेल्जियममा सम्मानित

लन्डन । गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङलाई बेल्जियममा सम्मान गरिएको छ । गुरुङलाई गैरआवासीय नेपाली संघ बेल्जियमले मंगलवार लुभेनमा आयोजित एक कार्यक्रममा सम्मान गरेको हो । एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमको अध्यक्षमा भएको कार्यक्रममा नेपाल हयाण्डबल महासंघका अध्यक्ष, हयाण्डबल साउथ एसियाका उपाध्यक्ष, नेपाल ओलम्पिक कमिटीका सदस्य, नेपाल ओलम्पिक कमिटीको एनआरएनए हेर्ने संयोजक तथा कसमस कलेजका प्रमुख कार्यकारी अधिकृत तेज गुरुङलाई समेत सम्मान गरियो । उनीहरुलाई गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले खादा लगाएर सम्मान गरेका थिए । सो कार्यक्रममा बेल्जियमस्थित नेपाली संघसँस्थाका प्रतिनिधीहरुको उपस्थिती थियो । कार्यक्रममा, प्रमुख अतिथी तेज गुरुङ, एनआरएनएको सचिब अर्जुन कुमार श्रेष्ठ, एनआरएन
More

पाकिस्तान एयरलाइन्स भित्र दंगा, हिथ्रोमा ल्याण्ड गर्न रोक

लण्डन । पाकिस्तान एयरलाइन्सलाई लण्डनको हिथ्रोमा ल्याण्ड गर्न दिइएन । पाकिस्तानको लाहोरबाट लण्डन आएको पाकिस्तान एयरलाईनका यात्रुले प्लेनभित्र हुलदंगा गरेपछि लण्डको हिथ्रो एयरपोर्टमा ल्याण्ड गर्नपर्ने बिमानलाई अन्यत्रै मोडिएको छ। लण्डनको सबैभन्दा ब्यस्त एयरपोर्टमा उत्रन लागेको बिमानभित्र हुलदंगा गररिहेका यात्रु रहेको खवर पाएरपछि पाकिस्तान एयरलाईन्सको पिके ७५७ लाई अर्को बिमानस्थल स्टेन्ण्डटेडमा ल्यान्ड गराइएको थियो। लण्डनस्थित स्थानिय सुरक्षा अधिकारीहरुले बताएअनुसार प्लेन ल्याण्ड गर्ने समयमा यात्रुले प्लेनभित्र हुल दंगा गरिरहेको खवर पाएपछि अन्यत्र लैजान आग्रह गरिएको थियो। सुरक्षाकर्मीहरुले पाकिस्तान एयरसँगै दुइवटा रोयल एयर फोर्सपनि उक्त बिमानस्थलमा पठाइएको थियो। प्लेनमा हुलदगा गर्ने ब्यक्तिलाइ सुरक्षाकर्मीले पक्राउ गरेको छ।
More

लालबावुलाई जेल हाल्नु पर्छ — एनआरएन सल्लाहाकार पण्डित (भिडियो)

लन्डन । गैरआवासीय नेपाली संघका केन्द्रिय सल्लाहाकार विश्वआर्दश पण्डितले पूर्वमन्त्रि लालबाबु पण्डितलाई जेल हाल्नु पर्ने विचार व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघ बेलायतले कांग्रेस नेतृ आरजु देउवाको सम्मानमा सोमबार लन्डनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पण्डिले उक्त विचार ब्यक्त गरेका हुन् । पूर्वमन्त्रि पण्डितले विदेशमा बस्ने नेपालीहरुका विरुद्ध लगातार अभिव्यक्ति दिएको बताउदैं पण्डितले सिके राउत र पूर्वमन्त्रि पण्डितको सोच राष्ट्रिय अखण्ड माथि आँच आउने भएकाले तत्तकाल गिरफ्तार गरि जेल हाल्नु पर्ने तर्क गरे ।
More

विदेशबाट फर्किएर उद्यमी बनेकालाई पुरस्कृत गरिने

काठमाडौं । तपार्ई वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमी बन्नु भएको छ भने तपाईलाई सरकारले पुरस्कार र सम्मान गर्ने कार्यक्रम ल्याएको छ । वैदेशिक रोजगारीमा सिकेको सीप र आर्जन गरेको पैसाबाट स्वदेशमा फर्किएर उद्यमी बनेकालाई श्रम तथा रोजगार मन्त्रालयले एक जनालाई रु एक लाखको उत्कृष्ट उद्यमी पुरस्कार र छ जनालाई रु ५० हजारका दरले उद्यमी पुरस्कार प्रदान गर्ने भएको हो । मन्त्रालयले यसरी स्वदेशमा उद्यमी बनेकालाई ३० दिनभित्र श्रम तथा रोजगार मन्त्रालयको रोजगार समन्वय तथा तालिम शाखामा आवेदन हाल्न आह्वान गरेको छ । परेका आवेदनमध्येबाट उत्कृष्टलाई छान्न मन्त्रालयको रोजगार समन्वय तथा श्रम सम्बन्ध महाशाखाकी प्रमुख आभा श्रेष्ठ कर्णको संयोजकत्वमा वैदेशिक रोजगार
More

थ्रेसहोल्ड हटाउने होइन: अध्यक्ष विजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले साना दलहरुलाई सरकारमा जानबाट रोक लगाउनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः उमाविको १७ औँ, ख्वप कलेजको १५ औँ र शारदा कलेजको २६ औँ वार्षिकोत्सवको अवसरमा ख्वपः उच्च माध्यामिक विद्यालयमा आजबाट सुरु भएको बृहत शैक्षिक एवम् विज्ञान प्रर्दशनीको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । थ्रेसहोल्ड नराख्दा अस्थिर सरकार बन्छ भन्नु गलत भएको बताउँदै उहाँले स्थिर सरकार बनाउन साना दललाई सरकारमा जान नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । “थ्रेसहोल्डले अस्थिर सरकार बन्छ भन्नु गलत हो, नेपाली काँग्रेस, एमाले र माओवादीले नै सरकार बनाउँदा साना पार्टीलाई सरकारमा लगेका हुन्, अस्थिर सरकारको
More

तरकारीको मूल्य चार वर्षयताकै न्यून

काठमाडौं । काठमाडौं उपत्यकामा तरकारीको मूल्य पछिल्लो चार वर्षयताकै न्यून भएको छ । उत्पादनमा वृद्धि तथा भारतबाट भित्रने तरकारीको परिमाण बढेपछि आपूर्ति उच्च भएको कारण मूल्य घटेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो चार वर्ष भन्दा केही तरकारीको मूल्यमा भारी गिरावट आएको छ । आलु, गोलभेडा, काउलीलगायत नियमित उपभोग गरिने तरकारीको मूल्य घटेको हो । मौसम लगायत पर्याप्त रूपमा भारतबाट आलु भित्रिने क्रम बढेकोले आलुको मूल्य घटेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति उपनिर्देशक विनय श्रेष्ठका अनुसार आलुको मूल्य गतवर्ष १९ (सेतो) र २७ (रातो) रुपैयाँँ प्रतिकिलो थोक कारोबार भएकोमा हाल क्रमशः
More

सेल्फी प्रतियोगिता सम्पन्न

रुपन्देही। नेपालको मध्य भागमा रहेको पवित्र भूमि लुम्बिनी र दाएन्नेदेवीको काखदेखि करीव ३५ किलो मिटर पश्चिममा पर्ने रुपन्देही जिल्ला अन्तर्गत गौतम बुद्धको मावलस्थल देवदह नगरिमा पहिलो पटक सेल्फी प्रतियोगिता सम्पन्न भएको छ। देवदहको पर्यटन बिकासमा टेवा पुर्याएदै देवदहका ऐतिहासिक एबम धार्मिक स्थलहरुलाई सामाजिक सञ्जाल फेसबुक मार्फत विश्वजगतमा पुर्याउने उदेश्यले रुपन्देहीको देवदह नगरीमा माघ १३ गते देखी आयोजित तेस्रो औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७३ अन्तर्गत देवदह व्यापार संघको आयोजना, उज्यालो लाल्टिन प्रतिष्ठानको संयोजन तथा कञ्चन दर्पण साप्ताहिकको सहयोगमा आयोजित “उज्यालोमा देवदह“ बिषयक सेल्फी प्रतियोगिता हिजो सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी हुन प्रतियोगीहरुले महोत्सव प्राङ्गणमा रहेको उज्यालो लाल्टिन प्रतिष्ठानको
More

चुनाव नभए संविधान असफल हुने खतरा: कांग्रेस नेतृ आरजु देउवा

लन्डन । आफ्नो छोराको उपचारको लागि बेलायतको निजी भ्रमणमा आएकी नेपाली काँग्रेसकी सांसद तथा नेतृ डा. आरजु राणा देउवाले नेपालमा छिट्टै चुनाव नभए संविधान असफल हुने खतरा रहेको बताउनुभएको छ। सोमबार एनआरएन युकेद्वारा लण्डनमा आयोजित सम्मान तथा अन्तरकृया कार्यक्रममा बोल्दै श्रीमती देउवाले अहिले नेपालमा संविधानको कार्यान्वयन एउटा मुख्य चुनौती रहेको र त्यसकालागि चुनाव अत्यावश्यक रहेको बताउनुभयो। “कैयौं मानिसहरु यो प्रकृयालाई उल्टाउन चाहिरहेका छन्। हामीले ‘पाण्डोराज बक्स’ खोलेका छौ। यसलाई कसरी बन्द गर्ने भन्ने मुख्य चुनौती छ,” उहाँले भन्नुभयो। श्रीमती देउवाले राजनीतिी भनेको प्रकृया, धैर्य र भोट हो भन्नुहुँदै समाज परिवर्तन गर्न सत्तामा पुग्न आवश्यक हुने बताउनुभयो। तपाईू सत्तामा हुनुभएन भने
More

कांग्रेसले एनआरएनलाई अधिकार सम्पन्न बनाउन चाहान्छ

आरजु देउवा । गोर्खाहरुका बारेमा मैले बुबाकै घरमा हुँदादेखि सुन्दै आएकी हुँ। मेरो आफ्नै घर र मामाघर पनि गोर्खा सैनिकको कुनै न कुनै सम्बन्ध रहँदै आएको छ। तपाइँहरुले माग गर्दै अाएको अधिकारको कुराहरु मलाई नजिकबाट थाहा छ। अहिले पनि समस्याहरु छन् भन्ने मैले थाहा पाएकी छु। यसलाई कसरी समाधान गर्ने भन्ने दिशामा म पनि पहल गर्छु। नेपालमा नेपाली कांग्रेसको सभापति, पूर्व प्रधानमन्त्री भनेर भेट्न आउँछन्। तर कोही कोही फरक मुद्दाहरुमा अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डल मलाई पनि भेट गर्न आउँछन्। भिषाको विषयलाई लिएर मैले बोलेपछि वेलायती राजदूतले मलाई एसएमएस नै लेख्नुभयो। मैले उहाँलाई अनुरोध गर्दै भने, ‘तपाइँहरु हाम्रो नेपालीलाई युद्धका लागि लाने तर
More

श्रीभद्भागवत सप्ताह ज्ञान महायज्ञ

प्राविधिक शिक्षा संचालनका लागि पोखराको नदीपुरस्थित कन्या क्याम्पस र कन्या माविमा मङ्गलबारदेखि सुरु भएको श्रीभद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी हुँदै सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीलगायत अतिथिहरु । तस्बिर : निमदत्त सुवेदी
More

निर्वाचन हुनेमा शङ्का नगरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोगमा आज आयोजित विद्युतीय मतदान उपकरणको नमुना प्रस्तुतिकरणपछि उहाँले सबैलाई समेटेर समयमा निर्वाचन गराउन सरकार लागिरहेकाले शङ्काभन्दा पनि वातावरण बनाउनेतिर लाग्न सबैमा आग्रह गर्नुभएको हो । “सरकार निर्वाचनका लागि गम्भीर छैन भन्ने होइन, तयारीका लागि निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ, कसरी स्वच्छ, निष्पक्ष र छिटो छरितो निर्वाचन गराउन सकिन्छ भनेर उपकरणको नमुना अभ्यास हुनु पनि तयारीकै सिलसिला हो प्रधानमन्त्रीले भन्नुभयो ।” उहाँले आधुनिकीकरणको जमानामा नेपाल विद्युतीय मतदान प्रणालीमा नजाने प्रश्न नहुने भन्दै यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा सरकार र आयोगबीच पछि छलफल गरिने
More

गोर्खा प्यालेस रेष्टुरेन्टले ४२०० पाउण्ड च्यारिटीलाई दिने

लन्डन । बेलायतको फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले आइतबार आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा एक च्यारिटी डिनर गरि तीन संस्थालाई आर्थिक सहयोग गरेको छ । रेष्टुरेन्टले च्यारिटी डिनर गरेर स्थानीय च्यारिटेबल संस्थाहरु फिलिस टकवेल, ज्याक्सन हाउस (भेट्रान आर्मीका लागि कार्यरत) र पार्क साइडलाई ४२०० पाउण्ड प्रदान गरेको हो । उक्त कार्यक्रममा एकसय भन्दा बढि ब्रिटिस ग्राहक (गोर्खा प्यालेसका प्याट्रनहरु) सहित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, दूतावासका उपनियोग प्रमुख शरदराज आरण, अल्डरसट एमपी जेराल्ड होवार्थ र उनकी धर्मपत्नी, रसमोर मेयर मेयरेस ज्याकी भोस्पेर, पूर्व मेयर मार्टिन टिनेन्ट र श्रीमति, काउन्सिलरहरु, स्थानीय पत्रकार लगायतको सहभागिता थियो । कार्यक्रममा रेष्टुरेन्ट सञ्चालक सूर्य गुरुङले सहभागी
More

कहाँ गए भँगेरा र चिबे

चौतारा । बढ्दो आधुनिकीकरण र खेतीपातीमा विषादी प्रयोगका कारण विस्थापित हुँदै गएपछि सहर तथा गाउँघरमा भँगेरा र चिबे चराको चिरबिर सुनिन छाडेको छ । वासस्थान र आहारा अभावले गर्दा झन्डै एक दशकदेखि सहरबाट मात्र नभई गाउँघरबाट पनि ती चरा क्रमशः विस्थापित हुँदै जान थालेको हुन् । कतिपय चरा मानिसकै आसपास बस्न रुचाउने स्वभावका हुने गरेका छन् । चराले मानिसका शत्रु मात्र नभई मित्रको भूमिका समेत निर्वाह गर्दै आएका छन् । उनीहरुले अन्नलाई नोक्सान पु-याउने किराफट्याङ्ग्रा खाएर अन्नबालीको नोक्सानीलाई रोकथाम समेत गर्दै आएका छन् । “रातको प्रथम प्रहारमा भालेबास्नुअगावै चिबे चराको स्वर सुनिन्थ्यो”, सिन्धुपाल्चोक, चौतारा नगरपालिका–९ का एकेन्द्रबहादुर श्रेष्ठ बताउनुहुन्छ –
More

जिप दुर्घटनामा चारको मृत्यु

पाल्पा । पाल्पाको दोभान गाविस–४ श्रीडाडामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीयवासी यमप्रसाद पौडेलले बताउनुभयो । दुर्घटनामा १९ जना घाइते भएको र तिनको अहिले बुटवलका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दोभान २ नं वडाको देउरालीबाट दोभान– ४ श्रीडाँडामा बिहेमा बाजा बजाएर फर्किँदै गर्दा जिप दुर्घटनामा परेको हो । लु १ ज २६८९ नंको जिप दुर्घटनामा चार जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । ओरालो कच्ची बाटामा
More

साना १६ दल यसको विपक्षमा, स्वतन्त्र भने थ्रेसहोल्डको पक्षमा

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीचमै राष्ट्रिय पार्टीका रुपमा मान्यता प्राप्त गर्न न्यूनतम मत सीमा ९थ्रेसहोल्ड० राख्ने कि नराख्ने भन्ने चरम विवाद कायम नै रहेको छ । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने ३२ दलमध्ये नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा भने कम्तीमा तीन प्रतिशत थ्रेसहोल्डको पक्षमा छन् भने साना १६ दल यसको विपक्षमा उभिएका छन् । आगामी माघ ७ गतेभित्र संविधानले परिकल्पनाअनुरुप सङ्घीय संसद्, प्रदेश र स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने बाँकी कानुन निर्माण गर्ने सन्दर्भमा थे्रसहोल्ड अहिले तगारो बनिरहेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएसँगै नेपाल अहिले उन्नत लोकतन्त्रको अभ्यासको चरणमा रहेको छ । कानुन
More

विश्वको सबैभन्दा लामो उडान कतार विमानद्वारा

बेलिङटन । विश्वकै सबैभन्दा लामो दूरीको व्यवसायिक उडानका लागि छुटेको कतार विमान कम्पनीको विमान निर्धारित तालिकाअनुसार सोमबार न्युजिल्यान्डको अकल्यान्ड अवतरण भएको छ । कतार कम्पनीको विमान नम्बर क्यूआर ९२० ले आफ्नो निर्धारित १४ हजार ५३५ किलोमिटर पूरा गरी निर्धारित समयभन्दा केही मिनेट पहिल्यै अकल्यान्डमा अवतरण भएको उक्त विमान कम्पनीद्वारा ट्वीटमार्फत जानकारी गराइएको छ । यससँगै कतारको राजधानी दोहाबाट अकल्यान्डका लागि उडेको उक्त विमानले यस पहिले दुबईको इमिरेट्स विमान कम्पनीले दुबईबाट अकल्यान्डसम्मको दूरी पार गरी केही समय पहिले विश्वको सबैभन्दा लामो उडान गरी राखेको किर्तिमानलाई छायाँमा पारिदिएको छ । इमिरेट्स कम्पनीको विमानले कतारको विमान कम्पनीको भन्दा ३०० किलोमिटर कम उडान भरेर
More

सडक बालबालिकाको कथामा आधारित चलचित्र ज्योति

काठमाडौं । सडक बाल–बालिकाको कथामा आधारित ठूलो पर्दाको चलचित्र ‘ज्योति’ को निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । आगामी जेठभित्र चलचित्र ज्योति प्रदर्शनमा ल्याउने तयारीका साथ दृश्य सम्पादनमा जुटेको जनाएको छ । नारी प्रधान र वास्तविक समसामयिक कथामा आधारित चलचित्र ज्योतिको नायकको भूमिकामा सरोज खनाल, पुस्कर रेग्मी, नायिकामा रजनी केशी, खुश्वु खड्का रहनु भएको छ । फिल्म ज्योती कलाकार नारायण मैनालीको निर्देशन र निरजंन ठाकुरको निर्माणमा ५० लाख रुपैयाँको लागतमा बनेको चलचित्रको अन्य कलाकारहरुमा निर शाह, लय संग्रौला र खलनायकमा शेखर केसी छन् । यसैगरी द्वन्द्व निर्देशकको रुपमा सम्राट तथा सल्लाहकार निर्देशकको रुपमा कमल मैनाली छन् ।
More