Daily Archives February 10, 2017

‘एमालेले गर्दा कार्कीमाथि महाअभियोग लगाउन पाइएन’

रामनारायण विडारी, सांसद माओवादी केन्द्र व्यवस्थापिका संसदअन्तर्गतको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनु नपर्ने निष्कर्षसहित प्रतिवेदन सभामुख अन्सरी घर्तीलाई बुझाएको छ । समितिले अभियोग लगाए पनि कार्की पदमा नरहेकाले महाअभियोग लगाउनु नपर्ने निष्कर्ष निकालेको हो । महाअभियोग किन लगाउनु पर्दैन भन्नेसम्बन्धमा महाअभियोग सिफारिस समितिले गठन गरेको उपसमितिमा रहेका कानुनका जानकार रामनारायण विडारीसँग गरिएको कुराकानी यस्तो छ– ० महाअभियोग लगाउनबाट कार्कीलाई बचाउनु भयो होइन ? – त्यसरी भन्नु राम्रो हुँदैन । किनभने सर्वोच्च अदालतमा मुद्दा योभन्दा अगाडि नै परेको थियो । सर्वोच्चले लोकमान सिंह कार्कीलाई सुरुदेखि नै यो पदमा छैन भनिदिएपछि, पदमै नभएको मान्छे र अहिले पदबाट
More

राजविराजमा तनाब: मोर्चाका दुई दर्जन कार्यकर्ता पक्राउ

राजविराज । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघको राजविराजमा भएको दोस्रो राष्ट्रिय अधिवेशन बिथोल्न खोज्ने मधेसी मोर्चाका दुई दर्जन नेता–कार्यकर्तालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । संघको उद्घाटनसत्र सुरु हुनैलाग्दा नारा–जुलुससहित पुगेका मधेसी मोर्चाका कार्यकर्ताले कार्यक्रम बिथोल्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । मोर्चाका कार्यकर्ताहरुले संघको ब्यानर र झन्डा च्यात्दै मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेविरुद्ध नाराबाजी गर्न थालेपछि कार्यक्रमस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पक्राउ पर्नेमा राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिसकुमार सिंह, सद्भावना पार्टीका ३ नम्बर क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, कैलु रामलगायत दुई दर्जनजति नेता–कार्यकर्ता छन् ।
More

निर्वाचनको तयारीमा लाग्न महामन्त्री कोइरालाको निर्देशन

इनरुवा । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नं ५ मा आयोजित वडा भेला कार्यक्रमलाई आज सम्बोधन गर्नुहँुदै उहाँले सो कुरा बताउनुभएको हो । महामन्त्री कोइरालाले स्थानीय चुनाव अहिलेकै सरकारले गर्ने भएकाले त्यसमा कुनै शङ्का नगरी त्यसको तयारीमा लाग्न आग्रह गर्नुभयो । उहाँले चुनाव नभए देश नै सङ्कटमा पर्नसक्ने भएकाले चुनाव नहुनेमा आशङ्का नगर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । फरक प्रसङ्गमा उहाँले नेपाली काँग्रेसभित्र कुनै गुटउपगुट नरहेको बताउनुभयो । पार्टीको महाधिवेशन अगाडि गुटउपगुट भए पनि महाधिवेशनपछि सबै समाप्त भएको उहाँले दाबी गर्नुभयो ।
More

कार्कीलाई महाभियोग लगाइरहनु नपर्ने प्रतिवेदनको निष्कर्ष

काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको महाभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध लागेको विभिन्न उजुरीहरुलाई दोषी ठहर गर्दै तयार पारेको प्रतिवेदन सभामुख ओनसरी घर्तीलाई बुझाएको छ । तत्कालीन अख्तियार प्रमुख दोषी देखिएपनि महाभियोग लगाइरहनु नपर्ने भन्दै समितिले सभामुख समक्ष प्रतिवेदन पेश गरेको हो । संसदबाट महाभियोग समितिमा गएको तत्कालीन अख्तियार प्रमुख कार्कीविरुद्धको उजुरीलाई समितिले उपसमिति बनाएर छानविन गरेको थियो । महाभियोग सिफारिस समितिले गठन गरेको उपसमितिले १५ दिनभित्र लोकमानविरुद्ध सम्पूर्ण उजुरी सत्य भएको प्रतिवेदन समितिमा पेश गरेको थियो । तर, अदालतले अख्तियार प्रमुखलाई अयोग्य घोषित गर्दै पदबाट बर्खास्त गरेपछि महाभियोग लगाउन नपर्ने निष्कर्षसहितको प्रतिवेदन उपसमितिले समतिमा पेश गरेको थियो
More

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच श्रेष्ठ निवासमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच वार्ता भएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पहलमा दुई नेताबीच श्रेष्ठ निवास ललितपुरमा अपरान्ह करिब एक घण्टा छलफल भएको हो । उपाध्यक्ष भीम रावललाई लिएर श्रेष्ठ निवास पुगेका ओलीले तत्काल मिति घोषणा गरेर जनतालाई स्थानीय निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए । दाहालले भने निर्वाचन गराउने नै हो भन्दै संविधान संशोधन टुङ्ग्याउदा मधेसमा सहज वातावरण हुने जवाफ दिएको बताइएको छ । छलफल निर्वाचनकै विषयमा केन्द्रित रहेको तर, प्रधानमन्त्रीबाट प्रष्ट प्रतिबद्धता नआएको रावलले जानकारी दिए । प्रधानमन्त्री दाहालले निर्वाचनको तयारी भइरहेको तथा मधेसी मोर्चा
More

स्व. बुढाथोकीको परिवारलाई सहयोग गर्नेहरुप्रति धन्यवाद

लण्डन । गत वर्ष लण्डनमा निधन भएकी विष्णुकुमारी बुढाथोकीको परिवारलाई सहयोग पुराउनुहुने सबैलाई उनका परिवारजनले आभार तथा धन्यवाद व्यक्त गरेका छन्। रुकुम जिल्ला, रुकुमकोट जन्म भइ यूकेको वाटफोर्ड अस्पतालमा हेल्थ केयर असिस्टेन्टको रुपमा कार्यरत स्व. विष्णुकुमारी बुढाथोकी (मेरी क्षेत्री) को गत अक्टोबर १२ का दिन हृदयाघातका कारण निधन भएको थियो। उहाँको अन्त्येष्टि तथा परिवारको सहयोगार्थ १०,००० पौण्ड भन्दा बढी संकलन भएको र खर्च कटाइ बचेको रकम उहाँकी छोरीलाई हस्तान्तरण गरिएको स्वर्गीय बुढाथोकीकी सहकर्मी माला घर्तीमगर तथा उहाँका पति वीरप्रसाद घर्ती मगरले बताउनुभयो। उहाँहरु दुबैजनाको पहलमा विष्णुकुमारी बुढाथोकीकी छोरी प्रियाश्री तथा छोरा प्रितमप्रतापलाई नेपालबाट युके बोलाइएको थियो। स्व. विष्णुकुमारी बुढाथोकीको परिवारको
More

स्वास्थ्यकर्मी आन्दोलनमा

काठमाडौं । स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मी तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् । स्वास्थ्य ऐन कार्यान्वयन तथा व्यवस्थापनमा ढिलासुस्स्ती गरिएको भन्दै स्वास्थ्यकर्मी स्वास्थ्य मन्त्रालयलाई दबाब लिनका लागि आन्दोलनमा उत्रेका हुन् । स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयन गराउन स्वास्थ्य सेवामा क्रियाशील टेड युनियनहरु संयुक्त समन्वय समितिमार्फत दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । हाल जारी स्वास्थ्य मन्त्रालयकेन्द्रित धर्नालाई सशक्त बनाउन जिल्ला जिल्लाबाट थप स्वास्थ्यकर्मीलाई आन्दोलनमा अनिवार्य सहभागि हुन आह्वान गरिएको आन्दोलनमा सहभागि स्वास्थ्यकर्मी युनियन नेपाल, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठन र नेपाल
More

डिभी बन्द गर्नेे विधेयक अमेरिकी संसदमा : नेपालसमेत प्रभावित

होम लम्साल न्यूयोर्क— अमेरिकी संसदमा डाइभर्सिटी इमिग्रान्ट (डिभी) कार्यक्रम बन्द गर्ने विधेयक दर्ता भएको छ । विश्वभरिबाट वर्षेनी ५० हजार आप्रवासी यो कार्यक्रम अन्तर्गत अमेरिका भित्रिने गरेका छन्। मंगलबार सदनमा दर्ता भएको विधेयकमा अमेरिकाले प्रतिवर्ष जारी गर्ने ग्रीनकार्ड संख्यालाई आधा घटाउन प्रस्ताव गरिएको छ। पब्लिकन सिनेटरद्वय टम कटन र डेविड पर्डयूले ‘बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनमा सुधार’ नाम दिइएको विधेयकमा दर्ता गराएका हुन्। यो विधेयक पारित नेपालीले समेत पाइरहेको डिभी कार्यक्रम बन्द हुनेछ। डिभी खारेज गर्न सदनमा दोस्रो पटक विधेयक दर्ता भएको हो। यसअघि सन् २०१२ को नोभेम्बरमा रिपब्लिकनले डिभी कार्यक्रम बन्द गर्ने विधेयकलाई तल्लो सदनबाट पारित गराएका थिए। सिनेटमा
More

बैंकहरुद्वारा गाडी, घरजग्गा र सेयर धितो कर्जामा रोक

काठमाडौं । वाणिज्य बैंकहरुले गाडी तथा घरजग्गामा केही समयका लागि ऋण लगानी रोक्ने भएका छन् । अनुत्पादक क्षेत्रमा ऋण लगानी गरेर तरलता अभाव गराएको भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था संघका प्रमुखहरु बोलाएर चेतावनी दिएपछि बिहिबार बैंकर संघले गाडी र घरजग्गामा ऋण लगानी रोक्ने निर्णय गरेको हो । उनीहरुले शेयर धितो कर्जा ऋण पनि रोक्ने भएका छन् । चालु पूँजीको हकमा भइरहेको क्षमता अनुसार चल्नलाई ऋण दिने तर, क्षमता बढाएर काम गर्नका लागि ऋण नदिने निर्णय पनि बैंकहरुले गरेका छन् । यसैबीच बजारमा देखिएको तरलता अभावबारे उपप्रधान एवं अर्थमन्त्री कृष्ण वहादुर महराले अर्थसचिव शान्तराज सुवेदी र राष्ट्र बैंकका गभर्नर
More

सूर्योदयमा पूजाको तयारी

माधवनारायण मेलाको अन्तिम दिन शुक्रबार भक्तपुरको हनुमानघाटमा सूर्योदयदेखि पूजाको तयारी गर्दै भक्तजन । तस्बिर : रोशन सापकोटा
More