Daily Archives 11th February 2017

कतारमा सुशिला कोइरालालाई सम्झिए

नेपाली जनसम्पर्क समिति, कतारले नेपाली काँग्रेसका पुर्व सभापति सुशिल कोइरालाको प्रथम बार्षिक पुन्य तिथि गरेको छ । समितिका सभापति केशब भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बक्ताहरुले पुर्व प्रधानमन्त्री समेत रहेका कोइरालाले संबिधान बनाउन दिएको योगदानको चर्चा गरेका थिए । समितिका सस्थापक सभापति नरेन्द्र भाटले कोइरालाको जीवन सादगी र कर्तब्य पथमा बिना थकावट लागि रहेको बताए । ‘उहाँको इमान्दारीपन, जस्तो सुकै असहज परिस्थितिमा पनि धैर्यता लिन सक्ने नेताको रुपमा चिनिनुभयो,’ उनले भने,‘उहाँकै अथक प्रयासबाट देशले संबिधान पाएको छ । ईतिहासमा यो योगदानलाई कसैले भुल्न सक्तैन ।’ समितिका सस्थापक सल्लाहकार तथा नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधि क्रान्ति सिंहले कोइरालाले आफ्नो जीवनमा भोगेको संघर्ष धेरैका
More

लसएन्जलसबाट मात्रै ३७ विदेशी निकाला, सयौं कागजपत्रबिहिन पक्राउ

पुरुषोत्तम ढकाल । लसएन्जलस । अध्यागमन अधिकारीहरुले मंगलबार देखि शुक्रबारसम्म विभिन्न राज्यमा गरेको धरपकडमा अमेरिकामा गैर कानुनी तवरले बसोबास गर्दै आएका अपराधिक पृष्ठभूमिका सयौंको संख्यामा रहेका कागजपत्र बिहिनहरु पक्राउ पर्नुको साथै ३७ जना देश निकालामा परेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेका अपराधिक पृष्टभूमिका कागजपत्र बिहिनहरुलाई देश निकाला गर्ने योजना अनुसार यो साता अमेरिकाका विभिन्न राज्यहरुबाट अपराधिक पृष्ठभूमिका कागजपत्र बिहिनहरुलाई पक्राउ गरिएको डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्युरिटीको दावी छ । अध्यागमन अधिकारीहरुका अनुसार अपराधिक पृष्ठभूमिका कागजपत्रबिहिनहरुलाई केन्द्रमा राखेर बासोस्थान र कामगर्ने स्थानहरुमा छापा मारिएको र पक्राउ परेकाहरु मध्य केहीलाई देश निकाला समेत गरिएको छ । अध्यागमन अधिकारीहरुले धरपकड सुरु
More

नयाँ शक्ति बेलायतको अधिवेशनको तयारी तिब्र

लन्डन । बेलायतस्थित नयां शक्ति नेपाल निकट संगठन अन्तर्राष्ट्रिय नेपाली समाज यूकेले यही मार्च १९ मा हुने आफ्नो महाधिवेशनका लागि विशेष तयारी गरेको छ । नयां शक्ति नेपालको युरोप, यूके संयोजक भोला खनालको अध्यक्षतामा हालै भएको समाजको पूर्ण कार्यसमितिको अनलाइन बैठकले बेलायतमा हुन गइरहेको आगामी महाधिवेशन तयारी सम्वन्धमा छलफल गरि विशेष कार्यभार सहित निर्वाचन समितिहरु पनि घोषणा गरेको छ । महाधिवेसन विशेष समितिको बैठकमा संयोजक भोला खनाल लगायत अन्तर्राष्ट्रिय नेपाली समाजका सुरोज मास्के, थम बहादुर बिश्वकर्मा, पाण्डव महतो, कर्म पहाडी, हेम गुरुङ, शकुन गुरुङ, गोपाल अधिकारी, राजु कंडेल, रुद्र ढकाल (हलोवाला), पुष्प उप्रेती, बिरेन्द्र श्रेष्ठ, रुद्र श्रेष्ठ, सुमित्रा राई, होमनाथ
More

रसमुर कम्युनिटीले नेपाली नयाँवर्ष मनाउने

लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीले आगामी अप्रिल १४ का दिन नेपाली नयाँ वर्ष मनाउने भएको छ । कम्युनिटीको गत शनिबार बसेको बैठकले सो कार्यक्रम सफल पार्न वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा सचिव बीर बलाल सहसंयोजक र सदस्यहरुमा सहकोषाध्यक्ष अमर मल्ल, सदस्य दिपक घले, सदस्य उतम खत्री र सोम थापा रहेका छन् । यस्तै सहकोषाध्यक्ष छविमाया पुन, लक्षमण राना र सुरक्षा रानालाई साँस्कृतिक कार्यक्रमको जिम्मा दिइएको छ । अध्यक्ष ओमप्रसाद थापाको अध्यक्षतामा भएको सो बैठकको सञ्चालन सचिव बीर बलालले गरेका थिए भने उपाध्यक्ष रामधन राईले स्वागत गरेका थिए । यस्तै आउँदो २७ फेब्रुअरी
More

कांग्रेस नेतृ आरजुको सम्मान लन्डन दूतावासमा कार्यक्रम हुने

लन्डन । छोराको उपचारका लागि लन्डनमा रहेकी नेपाली काँग्रेसकी सांसद तथा नेतृ डा. आरजु राणा देउवासंग बेलायतस्थित महिलाहरुले अन्तरक्रिया गर्ने भएका छन् । आगामी १८ फेब्रुअरी सांझ शनिबार लन्डनस्थित नेपाली दूतावासमा नेपालमा महिला अधिकार’ विषयमा अन्तरक्रिया हुन लागेको दूतावासले जनाएको छ । कार्यक्रममा बेलायतस्थित नेपाली समूदायका प्रतिनिधीहरुलाई आमन्त्रण गरिएको छ । यसअघि नेतृ देउवाको सम्मानमा गैरआवासीय नेपाली संघ यूकेले गत सोमवार लन्डनमा एक कार्यक्रमको आयोजना गरेको थियो ।
More

नेता पौडेलसंग बेलायत कांग्रेसले अन्तरकृया गर्ने

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलको सम्मान तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहाकार विश्वआर्दश पण्तिका अनुसार कार्यक्रम आगामी १३ फेब्रुअरी 
सांझ रिगल स्पाइस रेष्टुरेन्ट, साउथ रइसलिपमा हुन लागेको हो । नेता पौडेल यतिखेर नेपाली जनसम्पर्क समिति डेनमार्कको शनिबार हुने चौथो अधिवेशन उद्घाटन गर्न कोपनहेगनमा छन् । यसैबीच, सोही दिन १३ फेब्रुअरी 
सांझ नेपालको संविधान २०७२ का पिता, पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको प्रथम पूण्यतिथीको अवसरमा कोइरालाप्रति श्रद्धान्जलि व्यक्त 
गर्ने कार्यक्रम रहेको समितिका सभापति लोक गुरुङले जनाएका छन् ।
More

विश्वकै सबैभन्दा बढी तौल भएकी अब्देल अतिको शल्यक्रिया एक महिनापछि

मुम्बई । इजिप्टकी ‘विश्वकै सबैभन्दा बढी वजन भएकी महिला’ शल्यक्रियामार्फत आफ्नो वजन घटाउन भारतीय सहर मुम्बई आउनु भएको छ । उहाँको हाल ५०० किलोग्राम तौल रहेको छ । उहाँको शल्यक्रिया करिब एक महिना अस्पतालमा राखी अन्य उपचार गरिएपछि मात्र हुने अस्पताल स्रोतले बताएको छ । एमान अहमद अब्देल अती, ३६, लाई इजिप्टको विदेशमन्त्रीको पहलमा भिषा प्रदान गरिएपछि उहाँका लागि इजिप्टको एक विमानलाई विशेष सुधारगरी शनिबार इजिप्टबाट मुम्बईका लागि ल्याइएको हो । उहाँको उपचार मुम्बई कै सैकी अस्पतालमा हुनेछ । उहाँलाई भारत ल्याउने प्रबन्ध मिलाउन इजिप्टका चिकित्सकहरूको टोलीले विगत १० दिनदेखि तयारी गरेको थियो । अब्देल अतीकी बहिनी विश्वकै सबैभन्दा बढी
More

एमाले मधेसी, दलित, जनजाति, विपन्न वर्गको पक्षमा: अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित गर्न सकिने बताउनुभएको छ । सो पार्टीद्वारा यहाँ आज आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो– “संविधान कार्यान्यवयनका लागि सहयोग पु-याउने उद्देश्यले पार्टीले मेची–महाकाली अभियान सञ्चालन गर्न लागेको छ ।” अध्यक्ष ओलीले आफ्नो दल मधेसी, दलित, जनजाति, विपन्न वर्गको पक्षमा रहेको उल्लेख गर्दै केही राजनीतिक दल तथा समूहले एमालेलाई मधेसी, दलित, जनजाति विरोधी रहेको भनी भ्रम फैलाउन खोजिएकाले त्यसमा कुनै सत्यता नरहेको बताउनुभयो । पार्टीका महासचिव ईश्वर पोखरेलले संविधान संशोधनको विषय जनताको हितमा नरहेको बताउँदै प्रदेशको सीमाङ्कन प्रदेश सभाले मात्र गर्नसक्ने हुँदा त्यो
More

गाईको संरक्षणको लागि चितवनमा गोरक्षा महायज्ञ

चितवन । यही २०७३ फाल्गुण ३ गते मङ्गलचौंथीको दिनदेखि १३ गते महाशिवरात्रिको पावन दिनसम्म नारायणी नदीको किनार नारायणगढ चितवनमा विराट् गोरक्षा महायज्ञ हुन गइरहेको छ । यो विश्वकै ईतिहासमा पहिलोपटक नेपालमा हुन लागेको हो । देशभरीका स्थानीय जातिका गाईहरुको संरक्षण गर्न गौ सेवा कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको आयोजकले बताएका छन् । स्थानीय जातका गोवंशको संरक्षण जरुरी रहेको कुरा सबैपक्षको बुझाइ रहेको पाइएको छ भने देशव्यापी रुपमा गो वंशको संरक्षणको लागि गौ सेवा कोषको स्थापना समयको माग पनि रहेको गाईका शुभचिन्तकहरु बताउँछन् । जुन गाई असली रुपमा पूज्य एवं धर्मशास्त्रले गरेको परिभाषा अनुरुपका हुन् तिनै गाईको अपहेलना हुन
More

सौराहामा खाना महोत्सव सुरु

चितवनको सौराहामा शनिबारदेखि सुरु भएको सौराहा खाना महोत्सवको अवसरमा निकालिएको पदयात्रामा सहभागी थारु महिला । तस्वीर : नारायण ढुंगाना
More

आर्मी क्लब र सशस्त्रलाई आमन्त्रण कप उपाधी

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष तर्फ र सशस्त्र प्रहरीको एपिएफ महिला तर्फ पोखरामा भएको सृजना अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधी हात पार्न सफल भएका छन् । आर्मीले नेपाल प्रहरीलाई ३–१ ले पराजित गर्दै उपाधी कब्जा गरेको हो । आर्मीले पहिलो सेटमा पुलिसलाई २५–२१ ले पाखा लगाउन सफल भयो । तर दोश्रो सेटमा आर्मी टिममा ताल मेलमा केहि कमी देखिंदा पुलिसले २५–२१ को जित निकाल्यो । दोश्रो सेटमा पराजित आर्मीले तेश्रो सेटमा २७–२५ को कठिन जित निकाल्यो भने चौथो सेटमा २५–१३ ले जित निकाल्दै उपाधी कब्जा गरेको हो । आर्मीले नगद १ लाख ५५ हजार
More

‘युनाइटेड सिर्जना संसार–२’ सार्वजनिक

काठमाडौं । गीतकार कवि डा. कविराज बान्तवाको ‘बाल गीति संग्रह ‘युनाइटेड सिर्जना संसार–२’ सार्वजनिक गरिएको छ । संग्रहको शनिबार राजधानीमा आयोजित एक समारोहबीच कवि तथा गीतकार भुपाल राईले सार्वजनिक गरे । गीतकार डा.बान्तवाको एकल शब्दरचना रहेको एल्बममा गायक कन्काइष्ट राईको सोलो संगीत रहेको छ । एल्बम ‘युनाइटेड सिर्जना संसार–२’ को सार्वजनिकपछि गीतकार भुपालले बालबालिकाको स्वरलाई तारिफ गरे । उनले भने, ‘गीतकार बान्तवाको सुन्दर सिर्जनामा स–सना नानीहरुले पनि साँच्चीकै राम्रो स्वर दिएका रहेछ ।’ युनाइटेड स्कुलमा अध्ययनरत ती बालबालिकाको गायन प्रतिभा देखेर उनीहरुको खुलेर प्रशंसा गरेका थिए । विमोचित एल्बममा बाल तथा राष्ट्रियभावना जागृत ६ वटा गीत छन् । म संग
More

दलालसँग मिलेर कर्मचारीले वैदेशिक रोजगार ध्वस्त बनाए : कुमार पन्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्तले वैदेशिक रोजगार यतिबेला ध्वस्त रहेको बताएका छन् । शनिबार माउन्टेन टेलिभिजनलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष पन्तले व्यवसायी, श्रम मन्त्रालय मातहत निकायका कर्मचारीहरु दलालसँग मिलेर वैदेशिक रोजगारलाई अस्तव्यस्त बनाएको आरोप लगाए । समग्र नेपाल र नेपालीको हितभन्दा पनि उनीहरु व्यक्तिगत फाइदा लिन उदत्त रहेको उनको आरोप थियो । एनआरएनले गोरखाको बारपाकमा भुकम्प पीडितका लागि निर्माण गरिरहेको आवासीय भवनको अवलोकन गर्न पन्त यतिबेला नेपालमा छन् । वैदेशिक रोजगारीको खोजीमा दैनिक एक हजार भन्दा बढी युवाहरु विदेशिने गरेका छन् । अवसरको खोजीमा ऋण गरेर विदेश यात्रा तय गर्नेहरु पनि विभिन्न बहानामा ठगिने गरेका छन्
More

आउँदो वर्षदेखि नेपाल गुलाफ फुलमा आत्मनिर्भर बन्ने

काठमाडौं । नेपाललाई गुलाफ फूल उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य अनुरुप पुष्प व्यवसायीले नयाँ परियोजना सञ्चालनमा ल्याउने भएका छन् । अन्तर्राष्ट्रिय प्रणय दिवस सप्ताह सुरु हुनै लागेका बेला पुष्प व्यवसायीहरुले नयाँ परियोजना सञ्चालनमा ल्याउने जानकारी गराएका हुन् । पुष्प व्यावसायीको पहलमा चार करोड रुपैयाँको लागतमा उपत्यकाबाहिर २५ हजार स्क्वायर फिट क्षेत्रफलमा गुलाफ फूलको फार्म खुल्ने भएको छ । जसका लागि टेण्डर प्रस्ताव आह्वान गरिसकेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । आगामी तीन बर्षभित्रमा गुलाफमा मुलुक आत्मनिर्भर बनाउने लक्ष्य स्वरुपमा नयाँ परियोजना ल्याउन लागिएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । एसोसिएसनका अध्यक्ष कुमार कुसजुका अनुसार उच्चस्तरिय प्रविधिसहितको सो फार्ममा एक लाख बिरुवा उत्पादन गर्ने
More

पत्रकारको मिर्गौला जाँच

बागलुङ । यहाँ क्रियाशील पत्रकारको शुक्रबार निःशुल्क मिर्गाैला जाँच गरिएको छ । नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको शिविरमा पत्रकार र केही अन्य गरी ८४ जनाको मिर्गाैला परीक्षण गरिएको धौलागिरि अञ्चल अस्पतालले जनाएको छ । शिविर चलाउन अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले प्राविधिक सहयोग गरेका थिए । मिर्गाैलाबारे जनचेतना अभिवृद्धि गर्न शिविरबाट टेवा पुगेको शाखाका अध्यक्ष नरेश कँडेलले बताउनुभयो । जाँचका क्रममा कसैको पनि मिर्गौलामा समस्या नदेखिएको जनाइएको छ ।
More

विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको भारतमा शल्यक्रिया हुँदै

मुम्बई । इजिप्टकी ‘विश्वकै सबैभन्दा बढी वजन भएकी महिला’ शल्यक्रियामार्फत आफ्नो वजन घटाउन भारतीय सहर मुम्बई आउनुहुने भएको छ । उहाँको हाल ५०० किलोग्राम तौल रहेको छ । एमान अहमद अब्देल अती, ३६, लाई इजिप्टको विदेशमन्त्रीको पहलमा भिषा प्रदान गरिएपछि आज शनिबार मुम्बाइ आइपुगेकी छिन् । अब्देल अतीलाई ल्याउनु एक विमानलाई विशेष सुधारगरी शनिबार इजिप्टबाट मुम्बईका लागि पठाइने छ भने उहाँको उपचार मुम्बई कै सैकी अस्पतालमा हुनेछ । उहाँलाई भारत ल्याउने प्रबन्ध मिलाउन इजिप्टका चिकिस्तकहरुको टोलीले विगत १० दिनदेखि कार्यरत थिए । अब्देल अतीकी बहिनी विश्वकै सबैभन्दा बढी तौल भएकी आफ्नी दिदीलाई उपचारको आवश्यकता देखिएको भन्दै सन् २०१६ को अक्टोबारमा
More