Daily Archives February 13, 2017

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाडाै । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकार महासंघबाट गैरपत्रकारलाई सदस्यता वितरण भएको भनेर प्रेस युनियनले सोमबार कार्यालयका कर्मचारीलाई बाहिर निकालेर महासंघ कार्यालयमा तालाबन्दी गरेको हो । पत्रकार महासंघले हुकुमी शैलीमा गैरनेपाली नागरिकलाई समेत सदस्यता दिएको भनेर युनियनले तत्काल सदस्यता वितरणमाथि छानवीन गर्न पनि महासंघ समक्ष माग गरेको छ । महासंघले देशभर वितरण गरेको नयाँ सदस्यताप्रति गुनासो गर्नेहरुको संख्या बढेकाले यसाे गरिएकाे युनियनले वताएकाे छ । महासंघ कार्यालयमै तालाबन्दी गर्न अाफूहरु बाध्य भएको नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले वताएका छन् । महासंघले पत्रकारिता पेशाबाट पलायन भइसकेकाहरुको समेत सदस्यता नवीकरण गरेको युनियनले वताएकाे
More

वेलायती सिरियलमा अमृता आचार्यको मुख्य भूमिका

स्मृति ढुंगाना। काठमाडौं – बेलायतमा प्रसारण भइरहेको ‘द गुड कर्म हस्पिटल’ नामक टेलिसिरियलमा नेपाली अमृता आचार्य मुख्य भूमिकामा देखिएकी छिन्। २६ वर्षीय अमृता यसअघि एचबिओ च्यालनबाट प्रसारण हुने ‘गेम अफ थ्रोन्स’मा समेत देखिएकी थिइन्। सात वर्षको उमेरमा बेलायत पुगेकी उनले मेडिकल ड्रामा ‘द गुड कर्म हस्पिटल’ कामको सिलसिलामा भारत पुगेको एक डाक्टरको भूमिका निर्वाह गरेकी छिन्। सात वर्षको उमेरमा बेलायत पुगेकी उनले मेडिकल ड्रामा ‘द गुड कर्म हस्पिटल’ कामको सिलसिलामा भारत पुगेको एक डाक्टरको भूमिका निर्वाह गरेकी छिन्। ‘गेम अफ थ्रोन्स्’मा अभिनयगरे लगत्तै अस्कर मनोनित ‘आइएमयोर्स्’मा देखिएकी उनीले सिरियलको काम सहज नभएको प्रतिक्रिया दिइन्। ‘सिरियलमा एउटा डाक्टरको जीवन भोगाई र
More

चन्दलाई प्रहरी प्रमुखमा पदास्थापन नगर्न सर्वोच्चको दोश्रो आदेश

काठमाडौं । डिआईजी नवराज सिलवालले वरिष्ठता मिचेर आईजीपी नियुक्त गरेको भन्दै हिजो सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमा डिआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा पदस्थापन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रधान न्यायाधीश सुशीला कार्कीको एकल एजलासले उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतले दुवै मुद्दालाई एकै ठाउँमा राखेर निर्णय गर्ने भएको छ । कहिलदेखि सुरु भयो वरिष्ठता मिच्नेक्रम नेपाल प्रहरीमा वरिष्ठतालाई आधार मानेर आइजीपी नियक्ति गर्ने परम्परा थियो । यो परम्परा अनुसार अहिलेसम्म २३ जना आइजीपी भइसकेका छन् । २५ औं आइजीपी भने तेस्रो वरियातका चन्दलाई बनाउने निर्णय गर्दा गृहमन्त्रालयले कुनै आधार पेश
More

निर्वाचनमा सघाउन प्रधानमन्त्री ‘प्रचण्ड’को अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत ७० वर्षदेखिका जनक्रान्ति तथा जनआन्दोलनको उपलब्धिको रक्षार्थ संविधान कार्यान्वयनको विकल्प नभएको बताउनुभएको छ । छैटौंँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (एको¥याव)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान कार्यान्वनका लागि आगामी माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्ने कार्यमा सघाउन सबैसँग आग्रह गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने कार्यमा सरकार लागेको छ, निर्वाचनलाई ‘मिसन’का रुपमा अगाडि बढाउन सम्पूर्ण रेडियोकर्मीलाई अपिल गर्दछु ।” संविधानअनुसार निर्वाचन गराउन नसकेको अवस्थामा राजनीतिक अराजकता आउने सक्ने भन्दै उहाँले संविधानको कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ भन्नुभयो । विविधतालाई एकतामा केन्द्रित पनि
More

देशभरका स्थानीय निकायको कामकाज ठप्प

काठमाडौं । कर्मचारी आन्दोलित भएपछि देशभरका स्थानीय निकायको कामकाज ठप्प भएको छ । निजामती र स्थानीय निकायका कर्मचारीको हैसियत बराबर हुनुपर्ने भन्दै आइतबार धर्नामा उत्रिएका उनीहरुले आजबाट काम बन्द गर्न लागेका हुन् । आन्दोलनरत कर्मचारीले आजबाट स्थानीय विकास अधिकारी र नगरपालिकाका प्रमुखलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । कर्मचारी आन्दोलित हुँदा लाखौं सेवाग्राही मर्कामा पर्ने छन् । झण्डै डेढ महिना बुझाएको माग सुनुवाई नभएपछि आन्दोलन थाल्न वाध्य भएको विभिन्न ६ वटा संगठन मिलेर बनेको स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समितिले जनाएको छ । हाल बन्ने क्रममा रहेको स्थानीय तहसम्बन्धी नयाँ कानूनमा पनि आफुहरुलाई दोस्रो दर्जाकै व्यवहार गर्न
More

अन्योल हटाउन राष्ट्रपति भण्डारी शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायत प्रमुख दलका शीर्ष नेताहरुसंग छलफल गर्दैछिन । उनीले अपरान्ह ४ बजे राष्ट्रपति भवन शितलनिवासमा निर्वाचन मिति घोषणा, संविधान संशोधन लगायत बिषयमा प्रमुख दलहरुसँग छलफल गर्दैछिन् । दलहरुबीच सहमति हुन नसक्दा राजनीतिक अन्योलता बढेको भन्दै राष्ट्रपति भण्डारीले कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र साना केही दलका शीर्ष नेतासंग छलफल गर्न लाग्नु भएको हो । यसअघि बिभिन्न दलका शीर्ष नेतालाई छुट्टाछुट्टै छलफल गरेकी राष्ट्रपति भण्डारीले आज भने सामुहिक छलफल गर्न लागेकी हुन् ।
More

त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी

काठमाडौं । अज्ञात समुहले त्रिभुवन विश्वविद्यालका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीको गाडीमा आगजनी गरेको छ । कुपण्डोलको बागमति पुल छेउमा रहेको युएनपार्क नजिकै त्रिपाठी चढ्ने गाडीमा आगजनी भएको हो । आगजनी कसले गरेको हो भन्ने खुलीसकेको छैन । आगजनीको विस्तृत विवरण आउन बाँकी रहेको ललितपुर प्रहरीले जनाएको छ । स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका संयोजक समेत रहेकी त्रिपाठीको जिपमा स्ववियु निर्वाचन प्रति असन्तुष्ट विद्यार्थी संगठनका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ ।
More

संरक्षण कविता आन्दोलन यूरोपको तेश्रो कार्यक्रम सम्पन्न

बेल्जियम । “सरक्षण कविता आन्दोलन, यूरोप” को तेश्रो कार्यक्रम बेल्जियमको एन्तोर्पेनमा काव्य गोष्ठी र काव्य वहस सहित १२ फेब्रुअरीमा सम्पन्न भयो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी एनआरएनका केन्द्रीय सचिव अर्जुन श्रेष्ठले बेल्जियममा आन्दोलनको प्रभाववारे प्रकाश पारेका थिए भने आन्दोलनका संयोजक दीपेन्द्र के.सीले आन्दोलनबारे चर्चा गरेका थिए । कार्यक्रमको पहिलो शत्रमा स्रष्टाहरु शँकर बजगाई, जगदीश सापकोटा, युवराज गुरुङ, जमुना गेरै बास्तोला, मोहन खत्री, परमानन्द सापकोटा, बिमल गिरी, खडक के.सी, सौरव कारञ्जित, बिष्णु सापकोटा, अर्जुन श्रेष्ठ, दीपेन्द्र के.सी र तीर्थ धमला (अनुपस्थित तर रचना प्राप्त)ले आफना कविता तथा मुक्तकहरु प्रस्तुत गरेका थिए । दोश्रो शत्रमा आन्दोलनको समीक्षा सहित काव्य वहस चलाइएको
More