Daily Archives 15th February 2017

एनआरएन युकेले कांग्रेस नेता पौडेलसंग आज अन्तरकृया गर्ने

लन्डन। गैरआवासीय नेपाली संघ युकेले आज नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसंग अन्तरकृया कार्यक्रम गर्दै छ। गैरआवासीय नेपाली संघका सल्लाहकार विश्व पण्डितका अनुसार संघले अल्डरसट स्थित भेटघाट रेस्टुरेन्ट साँझ सात बजे उक्त कार्यक्रमको आयोजना गर्ने लागिएको हो। सो कार्यक्रममा उपस्थितिका लागि एनआरएन युकेले बेलायतबासी नेपालीहरुलाई अनुरोध गरेको छ।
More

निर्वाचन गर्नुबाहेक अर्को विकल्प छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व निर्माण गरी समृद्धिको दिशामा अगाडि बढ्न निर्धारित समय अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प नरहेको बताउनुभएको छ । आजबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकको अध्यक्षता गर्दै ओलीले नेपाली जनताको लामो सङ्घर्षको परिणामस्वरुप सार्वभौमसत्ता सम्पन्न संविधानसभाबाट लोकतान्त्रिक विधि र प्रक्रियाका आधारमा जारी भएको नेपालको संविधानको रक्षा गर्नु, सम्वद्र्धन गर्नु र त्यसको कार्यान्वयन गर्नु यतिबेलाको कार्यभार हो भन्नुभयो । संविधानले समेत निर्दिष्ट गरेमुताविक २०७४ माघ ७ गते अगाडि नै जनप्रतिनिधिमूलक निकाय निर्वाचनका माध्यमबाट गठन गर्नु अनिवार्य रहेको कुरामा जोड दिँदै उहाँले स्थानीय तह र केन्द्रीय तहका निर्वाचनको मिति अविलम्ब घोषणा
More

प्रेम प्रस्ताव अस्वीकार गर्दा छतबाट हामफालेर आत्महत्या

रत्ननगर । प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार प्रणय दिवसका दिन साँझ फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा नमानेपछि सुनसरी घर भई भरतपुर १० ओमशान्ति चोक बस्दै आएका २० वर्षीय विकल चौधरीले आत्महत्या गरेका हुन् । “कक्षा ९ मा पढ्दै आएकी एक किशोरी बसेको घरमा पुगेर प्रेम प्रस्ताव गर्दा उनले नमानेपछि तीनतले घरको छतबाटै हामफालेर आत्महत्या गरेको देखियो”– प्रहरी प्रमुख थापाले भन्नुभयो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटना मङ्गलबार साँझको भए पनि अहिलेसम्म शव अस्पतालमै रहेको र दुई पक्षबीच छलफल
More

कोमल वलीले जागिरबाट राजिनामा दिइन्

काठमाडौं । कोमल वलीले रेडियो नेपालबाट राजिनामा दिएकी छन् । रेडियो नेपालमा समाचारवाचनबाट चर्चित भएकी सञ्चारकर्मी तथा गायिका वलीले ‘फुल टाइम’ राजनीति गर्ने सोच लिएर बीस वर्षे जागिर छोडेको बताएकी छिन् । पछिल्लो समय कलाकारहरु राजनीतिक पार्टीमा प्रवेश गर्नेहरुको लहर चलिरहँदा उनी पनि राप्रपाका कार्यक्रममा बढी देखिन्थिन् । सरकारी कर्मचारी राजनीतिक पार्टीमा सक्रिय रहेको भन्दै उनको आलोचना समेत भएको थियो । उनीविरुद्वा हेल्लो सरकारमा गुनासो परेपछि सुचना तथा सञ्चार मन्त्रालयले उनीसँग स्पष्टिकरण समेत सोधेको थियो । उनी भन्छिन्, ‘जागिर छोडेपछि मात्र सक्रिय राजनीतिमा लाग्ने पहिलेदेखिकै सोच भएकाले अब बल्ल सदस्य बन्दैछु । आउँदो महाधिवेशनमा केन्द्रिय सदस्यमा उठ्ने निर्णय गरेको छु
More

फेरि हामीले सोध्नु पर्ने हुन्छ, राप्रपा कता ?

कुमार यात्रु पार्टी स्थापनाको २६ बर्ष पछि राप्रपाको एकता महाधिबेशन यसै साताबाट सुरु हुने भएको छ । बिभिन्न खाले द्विविधा र आशंका बीच सुरु हुन लागेको यो महाधिबेशनका केही चुनौति र केही अपेक्षाहरु छन् । खासगरेर नेपाली समाजका रुढ र परम्पराका पक्षपातिहरु बीचको साझा बैचारिक मिलनबिन्दूको खोजी यसको प्रमूख चुनौति हो भने तिनको व्यबस्थापन गरी एक राजनीतिक शक्तिको रुपमा उदय हुने त्यस पङ्तीको अपेक्षा हो । राप्रपा मूलतः कन्जरभेटिभ दल हो । उसले स्थापना कालमा अगाडि सारेको राष्टियता, प्रजातन्त्र र उदारबादको मूल मान्यतालाई त्यतिसारो चासो दिएको जस्तो लाग्दैन । यसका संस्थापक मध्येका लोकेन्द्रबहादुर चन्द बाहेकका अरु नेताहरुले स्थापना कालको स्मरण
More

टिजरमा आयो ‘तारेभीर’ (टिजरसहित)

काठमाडौं । चलचित्र ‘तारेभीर’को टिजर रिलिज गरिएको छ । रिलिजको दिन नजिकिँदै जाँदा चलचित्रको टिजर सार्वजनिक गरिएको हो । यो चलचित्र १९ जेठमा रिलिज हुँदैछ । टिजरमा एक्शनलाई प्राथमिकता दिइएको छ । नारीप्रधान एक्शन चलचित्र ‘तारेभीर’को केहि समयअघि मात्र पहिलो गीत सार्वजनिक गरिएको थियो । लोकशैलीकोे ‘निलो निलो खुल्ला आकाश’ बोलको उक्त गीतलाई दर्शकले निकै रुचाएका छन् । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले प्रचारप्रसारलाई पनि तिव्रता दिएको छ । नेक्स्ट जेनेरेशन इन्टरटेनमेन्टको व्यानरमा प्रस्तुत यस चलचित्रलाई देउकृष्ण देवनले निर्माण गरेका हुन् । सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट भएको यस चलचित्रलाई बरिष्ठ कलाकार प्रेम सुब्बाले निर्देशन गरेका हुन् । चलचित्र
More

महाधिवेशनमा करिब रु एक करोड ५० लाख खर्च हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनमा करिब रु एक करोड ५० लाख खर्च गर्ने भएको छ । पार्टीको महाधिवेशनमा देश तथा विदेशबाट सहभागी हुन आउने प्रतिनिधि, पर्यवेक्षकलाई खान, बस्न तथा महाधिवेशनका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसारका लागि सो रकम खर्च गर्न लागिएको हो । सो रकम पार्टीका नेता तथा कार्यकर्ताबाट सङ्कलन गरिने जनाइएको छ । पार्टीले यही फागुन ६ गतेदेखि ९ गतेसम्म हुन लागेको महाधिवेशनमा यसपटक सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने जनाएको छ । पार्टीले सहरको सौन्दर्य कायम राख्न भित्तेलेखन नगर्ने र सामाजिक सञ्जालको, यू टुब प्रयोग गर्ने तथा पर्चा पम्लेट वितरण गर्नेछ । महाधिवेशनमा महिला, दलित र सीमान्तकृतलगायतको समावेसी
More

मुन्धुम वाचन

इलामस्थित लारुम्बाका किराँत धर्मका पूजारीहरु बुधबार माङसेवुङमा लाइनबद्ध भई किराँत मुन्धुम वाचन गर्दै । तस्बिरः यज्ञराज आङदेम्बे
More

बेलायती मुद्रा अवमूल्यन हुँदा रोल्स रोयस नोक्सानीमा

लन्डन । केही महिना अघिदेखि अमेरिकी डलर तथा विश्व अर्थ बजारका बलिष्ठ मुद्राका तुलनामा बेलायती स्टर्लिङ्ग पाउण्ड अवमूल्यन हुँदा ठूला जेट विमानका इन्जिन तथा मुख्य मुख्य पार्टपुर्जा उत्पादक, ख्यातिप्राप्त बेलायती कम्पनी रोल्स रोयसले ठूलो नोक्सान सहनु परेको छ । बेलायतमा सन् २०१६ को जुन महिनामा सम्पन्न जनमत सङ्ग्रहमा युरोपेली सङ्घबाट बेलायत बहिर्गमन हुने बहूमतीय जनादेश आएपछि उत्पन्न आर्थिक तथा राजनीतिक हलचलले विश्वब्यापी रुपमै बेलायती मुद्रा – स्टर्लिङ्ग पाउण्डको मूल्यमा भारी गिरावट आएको थियो । अमेरिकी डलरको तुलनामा स्टर्लिङ्ग पाउण्डको मूल्यमा भारी गिरावट आएकै कारण अन्य बेलायती उत्पादक वा व्यापारिक घरानाको तुलनामा सबभन्दा कडा मार पर्न गयो रोल्स रोयसलाई । प्रत्यक्ष
More

डडेलधुराको ठूलाखोलामा जीप दुर्घटना, सात जनाको मृत्यु

डडेलधुरा । डडेलधुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । से १ ज ८३३ नम्बरको जीप आज मध्यान्ह पौने १२ बजे अमरगढी–३ ठूलोखोलामा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । मृत्य हुनेमा भागेश्वर ८ का गणेश सार्की, भागेश्वर ४ का जयानन्द भट्ट र उनका छोरा लक्ष्मण भट्ट, भागेश्वर ५ का कामदेव चटौत र नरपति पाण्डे रहेका छन् । यसैगरी दुर्घटनामा परी घाइते भएका भागेश्वर ५ का दिवाकर पाण्डे र भागेश्वर ७ का पदम बहादुर मल्लको उपचारका क्रममा उपक्षेत्रीय अस्पताल डडेलधुरामा
More

अस्ट्रेलियाको जिलोङमा पहिलो पटक लोसार

जिलोङ । दिदीबहिनी समाज भिक्टोरिया र हालै जोन योन्जनको अध्यक्षतमा गठित भृकुटी युनाईटिङ बुद्धिष्ट सोसाईटीको संयुक्त पहलमा नेपालीहरुको समुदाय सानै भए तापनि बुद्धिस्ट समुदायका सदस्यहरु पनि आउन शुरु गरेकोले यही १२ तारिख जिलोङमा नेपालीहरुले पहिलो पटक लोसार कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । विहान १० बजे भिक्षु गेसे सोनामद्धारा परंपरागत बुद्ध पूजाबाट कार्यक्रमको शुरुवात गरिएको थियो । भिक्टोरीया राज्यको जिलोङ क्षेत्रको जिम्मेवारी पाएका लेबर पार्टी सांसद क्रिस्टिन कोउजेन्स, भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत चन्द्र योन्जन, लुम्बिनी-कपिलवस्तु दिवस अभियान एबं नेपालका भूकम्प पीडित बालबालिकाका लागि पोषण कार्यक्रमका विस्व संयोजक इ रामकुमार श्रेष्ठ, एनआरएन आइसिसि सदस्य ॠषि कंडेल, एनआरएन अस्ट्रेलियाका सचिब
More

जनप्रगतिशील मञ्च बेल्जियमको अधिवेशनमा नारायणकाजी आउने

ब्रसेल्स । नेपाली जनप्रगतिशील मञ्च बेल्जियम एघारौ अधिवेशनको तयारीमा जुटेको छ । मार्च १९ मा हुने अधिवेशनलाई सफल पार्न १ सय १३ सदस्यीय मुल समिति बनेको छ । प्रचार प्रसार, व्यावस्थापनलगायतका अन्य समिति र उपसमितिहरु निर्माण गरिएको कुरा आयोजक संस्थाले जनाएको छ । उतm कार्यक्रम एकीकृत नेकपा माओबादीका वरिष्ठ नेता पुर्व उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता र नेपालका ख्यातिप्राप्त पनि कलाकार अतिथि रहनु हुने वताइएको छ । बिश्व एक्कासौं शताब्दिमा बिकासका हरेक चरण पार गर्दै अगाडी बढेको अहिलेको समयमा नेपाली जनताको जिवन स्तरलाई बिकास र समृद्धिमा केन्द्रित रहन र जनताको जिवनस्तर उठाउनका लागि वर्तमान नेपालको संबिधानले नेपाली
More

मधेसी मोर्चाले नमाने पनि जेठमा स्थानीय निर्वाचन गर्ने तयारी

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन जेठमा हुनेगरी फागुन ८ गते मिति घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार साँझ सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भएको छलफलमा यस्तो जानकारी दिएका हुन् । तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा भएको छलफल सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक दुई दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने सहमतिमा पुगेको बताइएको छ । प्रधानमन्त्री दाहालले मधेसी मोर्चासँग निर्वाचनबारे अन्तिम छलफल गर्ने र उसले अस्वीकार गरेपनि मिति घोषणा गर्ने बचन देउवा र ओलीलाई दिएको बताइएको छ । यसअघि माओवादी केन्द्रका
More

स्ववियु निर्वाचन सम्बन्धमा क्याम्पस प्रमुखसँग छलफल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीका बारेमा काठमाडौँ उपत्यकाका क्याम्पस प्रमुखसँग छलफल गरेको छ । त्रिविले स्ववियु निर्वाचन तयारी कसरी गर्न सकिन्छ भनेर उपत्यकाका २० क्याम्पसका क्याम्पस प्रमुखलाई बोलाएर मङ्गलबार छलफल गरेको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराउनुभयो । उहाँले छलफलका क्रममा केही क्याम्पस प्रमुखले क्याम्पसमा तालाबन्दी रहेको अवस्थामा निर्वाचन गर्न सम्भव नहुने बताएको जानकारी गराउनुभयो । “६–सातवटा क्याम्पस प्रमुखले ताला लगाएको अवस्थामा निर्वाचन गराउन सम्भव नभएको तर हामीले नआत्तिन भनेका छौँ । निर्वाचन कार्यतालिका एक–दुई दिन फरक भएपनि केही फरक पर्दैन । हामी सरकार, राजनीतिक दल र विद्यार्थी सङगठनसँग
More

२८ नेपालीलाई क्षतिपूर्ति बापत पाँच करोड

काठमाडौं । नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा मुत्यु भएका २८ नेपाली नागरिकको क्षतिपूर्तिबापत रु पाँच करोड पाँच लाख ९९ हजार ७११ रकम परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपाली दूतावास कुवेतले आज प्रेस विज्ञप्तिमार्फत आव २०७२-७३ र आव २०७३-७४ को हालसम्मको क्षतिपूर्ति रकम पठाएको जानकारी दिएको छ । कुवेतमा विगतका वर्षहरुमा मृत्यु भई क्षतिपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकको क्षतिपूर्ति प्राप्तिका लागि दूतावासले कानुन व्यावसायीको मद्दत लिएर आवश्यक कार्य अगाडि बढाएको र सोही प्रयत्नको फलस्वरुप क्षतिपूर्ति, बिमा, बाँकी तलब, सेवापश्चात पाउने रकम सम्बन्धित कम्पनीमार्फत प्राप्त सहयोग जुटाएको जनाएको छ । दूतावासले दीपक श्रीमल, चन्द्रबोल राई जीतबहादुर कटुवाल, हिकमान तामाङ, जनकबहादुर
More

माओवादीको एजेन्डामा देश चलेको छ : नेता बस्नेत

जाजरकोट । संविधानको कार्यान्वयन गरी देशको निकास दिने नेकपा (माओवादी केन्द्र) को मुख्य जिम्मेवारी भएको सो पार्टीका नेता एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभएको छ । देश अहिले माओवादीका एजेन्डा वरिपरि घुमिराखेको नेता बस्नेतले दाबी गर्नुभयो । नेकपा (माओवादी केन्द्र) वारेकोटले लिम्सामा आयोजना गरेको आमसभामा नेता बस्नेतले यस्तो बताउनुभएको हो । शिक्षामा राज्यले गरेको लगानी अनुसारको प्रतिफल नआएको भन्दै नेता बस्नेतले आफन्तलाई जागिर खुवाउनका लागि खोलिएका विद्यालयका बारेमा सोच्नुपर्ने उहाँको भनाइ थियो । केन्द्रबाट विकास निर्माणका लागि पठाएको बजेट सहीरुपमा प्रयोग गरी विकासशील जाजरकोट बनाउन आमसमुदायलाई उहाँले आग्रह गर्नुभयो । विकास नगरी कागजमा काम सम्पन्न भएको भन्दै केही मानिसबाट जिल्लाको विकास
More

राप्रपाः एक अध्यक्षसहित १६१ सदस्यीय केन्द्रीय समिति बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनबाट एक अध्यक्षसहित एकसय ६१ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ । पार्टीको आसन्न महाधिवेशनका लागि संशोधन गरिएको विधानमा त्यस्तो व्यवस्था गरिएको हो । नयाँ विधानअनुसार महाधिवेशनमा नयाँ पदाधिकारीका लागि निर्वाचन गरिने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । संशोधन गरिएपछि अध्यक्षको नेतृत्वमा २४ जना पदाधिकारीको कार्यसमिति गठन गरिने छ जसमा तीन उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायकमन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको व्यवस्था गरिएको छ । तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण भएपछि अन्तरिम विधान निर्माण गरी दुवै पार्टीको विधानलाई निलम्बन गरिएको थियो । सोही अनुसार अहिलेसम्म एकीकृत
More

श्रीलङ्कामा अनिकालले सात लाख मानिस प्रभावित

कोलम्बो । श्रीलङ्काका अधिकांश क्षेत्रमा लामो समयसम्म परेको खडेरी र अनिकालका कारण सात लाख नौ हजार जति मानिस प्रभावित भएको यहाँको प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी) ले आज जनाएको छ । डीएमसीका अनुसार उत्तरी श्रीलङ्काका गाम्पाहा, मोनारगाला, कालुटारा र ट्रिङ्कोमालीलगायतका नगर अन्य क्षेत्रका तुलनामा अत्यधिक खडेरी र अनिकालग्रस्त भएका छन् । लामो समयसम्म वर्षा नहुँदा कृषकहरु अत्यन्तै पीडित भएका र कतिपय ग्रामीण इलाकामा खानेपानी समेतको हाहाकार परेको छ । यसअघि संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) को नियमित प्रतिवेदन (कन्ट्रि अपडेट) ले सन् २०१८ मार्च अप्रिलमा मुख्य खाद्यान्न बाली नभित्रिएसम्म यस वर्ष श्रीलङ्कामा खाद्यान्नको हाहाकार मच्चिने तथा खाद्य तथा पोषण
More

दुःख भए पनि हाँसेर बाँच्नुपर्ने रहेछ

विष्णु मुखिया, सचिव, झापा–हङकङ मञ्च विष्णु मुखियाका लागि हङकङ कर्मभूमि बन्यो, जीवनका ऊर्जाशील सयम हङकङमा बिताए पनि उत्तराद्र्धमा उनले स्वदेश फर्केर नयाँ पुस्तालाई पुर्खाको भूमिमै पसिना बगाउने पे्ररणा दिने सोच बनाएकी छन् । नयाँ पुस्ताको उज्ज्वल भविष्यका लागि विदेश उनका लागि बाध्यता बन्यो । भन्छिन्– ‘विदेश बसाई रहरले होइन, बाध्यताले हो, सधंैका लागि होइन, अल्पकालीन हो ।’ विदेश बसाइ र भावी योजनाबारे उनीसँग गरिएको कुराकानी ः ० कति भो हङकङ बसोबास गरेको ? – सन् १९९८ मा आएकी हुँ, त्यस हिसाबले दुई दशक पुग्ने बेला भएछ । ० कुन सिलसिलामा पुग्नुभएको ? – सुरुमा घुम्न आइयो, त्यसपछि दुई चार पैसा
More