Daily Archives 18th February 2017

एनआरएन यूकेको नयाँ निर्वाचन तोकियो

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सातौं अधिवेशन ९ सेप्टेम्वर, शनिवार हुने भएको छ । गैरआवासीय नेपाली संघ यूकेका प्रवक्ता खुशी लिम्बुका अनुसार संघको शनिवार लन्डनस्थित पलम्बस्टेडमा बसेको बैठकले अधिवेशनको मितितय गरेको हो । नयाँ नेतृत्वको समेत निर्वाचन हुने सो अधिवेशनमा मतदान गर्न र उम्मेदवार बन्न चहानेहरुलाई ३१ जुलाई सम्म अनलाइनबाटै संघको साधारण सदस्य लिन सक्ने छन् । अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा बसेको बैठकले गैरआवासीय नेपाली संघको सकृयताका गोर्खाको लाप्रापमा भूकम्प पीडितका लागि बन्दै गरेको घर निमार्णका लागि मार्च महिनाको अन्तिम साताबाट स्वयंम सेवक परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले एनआरएन यूकेले निमार्ण गर्न लागेको नेपाल हाउसको लागि
More

गृहमन्त्रीद्वारा प्रजातन्त्र दिवसको कार्यक्रम बहिष्कार

काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले प्रजातन्त्र दिवसका उपलक्ष्यमा आज टुँडिखेलमा आयोजित कार्यक्रम बहिष्कार गरेका छन् । प्रजातन्त्र दिवसका उपलक्ष्यमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा गृहमन्त्री विमलेन्द्र निधि कार्यक्रममा बस्दै नबसी कार्यक्रम बहिष्कार गरेका छन् । शनिबार प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागि हुन् पुगेका गृहमन्त्री निधिले सिट मार्यादाक्रम अनुसार नराखेको भन्दै कार्यक्रम नै बहिष्कार गरेर हिँडेका हुन् । गृहमन्त्री निधिले सिट व्यवस्थानको जिम्मेवारी लिएका सेनालाई आफ्नो सिटको बारेमा सोध्दा सेनाले ‘यस्तै हो हजुर’ भन्ने जवाफ दिएपछि उनी रिसाएर फर्केको मन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
More

गोरक्षा महायज्ञमा वक्तृत्वकला

चितवन । गौ सेवा कोष स्थापनार्थ हिन्दु ओमकार भोलिन्टियर्सले आयोजना गरेको वक्तृत्वकलामा वाल्मीकी शिक्षा सदन भरतपुर ६ की मृणाल शर्मा प्रथम हुन सफल हुनु भएको छ । चितवनको नारायणी नदी किनारमा भईरुहेको विराट् गोरक्षा महायज्ञमा शनिवार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो  । विद्यार्थीवर्गमा गाईको महत्वबारे जानकारी दिनुका साथै गौ रक्षाको लागि सानै उमेर देखि बुभmन् जरुरी छ भन्ने उद्धेश्यले गरिएको प्रतियोगितामा प्रेरणा आवासिय माविकी सजना पन्त द्धितिय, प्रेरणाकै मानषी पहारी तृतिय र साईनिङ आवासिय मावि गैडाकोटका सुमित धमला र सिताराम संस्कृत मावि देवधाटकी सरिता विक सान्त्वना हुनु भएको थियो ।  चितवन र गैडाकोटका १८ विद्यार्थी विच भएको प्रतिस्पर्धामा सहभागि विद्यार्थीहरुले
More

संविधान कार्यान्वयनमा सवैलाई मिलाएर लैजानुपर्ने : सभापति देउवा

मेलम्ची । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका विषयमा हिमाल, पहाड र तराईलाई मिलाएर लैजानुपर्ने बताउनुभयो । केही विपक्षी दलहरुले देशलाई टुक्र्याएर द्वन्द्व गर्न खोजेको आरोप लगाउँदै नेपाली काँग्रेस त्यस्तो क्रियाकलापका विरुद्धमा उत्रने चेतावनी दिनुभयो । नेपाली काँग्रेस क्षेत्र नं १ सिन्धुपाल्चोकले आज खाडीचौरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि देउवाले सबै पार्टीसित सहमति गरी आगामी बर्षको माघभित्रमै तीनै तहको निर्वाचन गर्न जरुरी रहेको बताउनुभयो । भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालनका लागि नेपाली काँग्रेस अग्रसर रहेको र कुनै पनि हालतमा नाका खुलाएरै छोड्ने देउवाले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा देउवाले आगामी चुनावमा नेपाली काँग्रेसले
More

प्राकट्य दिवसमा सत्सङ्ग

चितवन । रामानन्दाचार्य सेवापिठ चतराधामका पिठाधिश डा. श्रीवैष्णव श्रीकृष्णदासजी महाराज महायोगी सिद्धबाबाको प्राकट्य दिवसका अवसरमा शनिवार चितवन विशेष सत्संग समारोह संपन्न गरीएको छ । जगतगुरु श्री रामानन्दाचार्य सेवापिठ चितवनको आयोजनामा भएको सो सत्संग समारोहमा सत्संगमा सहभागि साधकहरुले रामचरित्रमानस पाठपरायण, हनुमान चालिसा ध्यान साधना, महायोग एवम् भजनकिर्तनमा गरेका थिए । कार्यक्रममा महायोगका साधक  भरत दवाडी, राधेश्याम कोइराला, हरिशचन्द्र न्यौपाने, तोयानाथ दवाडी नरेन्द्र पौडेललगायतले आ–आफ्नो अनुभव सुनाएका थिए । वर्तमान समयमा  सिद्ध महायोगको आवश्यकता अतिनै भएको सेवापिठ चितवनका सचिव जनकबन्धु अर्यालले बताए  । श्री श्री १००८ डाक्टर श्रीवैष्णव श्रीकृष्णदासजी महाराजले योगको वर्णनलाई फरकरुपमा प्रस्तुत गरेकाछन् । उनले मानव जीवनको सार्थकता नै महायोग
More

संसदको गणित मलाई आउँदैन ? अमृतबाट म्याथमा डिग्री गरेको हुँ !

अनिल झा, अध्यक्ष, नेपाल सद्भावना पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा हुनुहुन्छ । मधेशी मोर्चालाई पनि सहमतिमै अघि लैजाने प्रधानमन्त्री दाहालले शनिबार विहान मधेशी मोर्चाका नेताहरुसँग संयुक्त छलफल गर्नुभयो । छलफलमा दुवै पक्षले आ–आफ्नो अडान छोडेनन् । संविधान संशोधन अघि निर्वाचन सम्भव नभएको धारणा मोर्चाका नेताहरुले राखे । उक्त छलफलमा सहभागी नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झासँग के कुरा भएको थियो भनी जिज्ञासा राखिएको थियो । झासँग गरिएको कुराकानी– ० तपाईंहरु निर्वाचनमा नजाने ? – हामीले निर्वाचनमा नजाने भनेकै छैन, एक डेढ वर्षअघि जारी भएको नेपालको संविधानलाई मधेशी मोर्चाले उठाएको मुद्दा, एजेन्डा सम्बोधन गरेर मोर्चामा
More

दलीय हठले देशलाई निकास दिन्न : राणा

स्याङ्जा । नेपाली कांग्रेसका यूवा नेता एवम् सांसद उदय शमशेर राणाले संविधान कार्यान्वयनका लागि सबै दलहरु जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । शनिवार स्याङ्जामा नेपाल तरुण दल क्षेत्र नं. २ ले आयोजना गरेको कार्यक्रममा तरुण दलका पूर्व अध्यक्ष समेत रहेका सांसद राणाले निर्वाचन नभए संविधानको औचित्य समाप्त हुने बताए । उनले भने, ‘हामीसंग धेरै समय बाँकी छैन । अबको एक बर्षभित्र तीन वटा निर्वाचन गर्नुछ । त्यसका लागि सबै दलहरु एक जुट हुनुको विकल्प छैन ।’ सांसद राणाले निर्वाचनका आवश्यक बाँकी कानुन निर्माण पनि अन्तिम चरणमा पुगिसकेको उल्लेख गर्दै संसदबाट केही दिनमै पारित हुने विश्वास व्यक्त गरे । सबै दलहरुले
More

आवधिक निर्वाचनको जिम्मेवारी लिन आयोग सक्षम हुनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक निर्वाचनको विशेष जिम्मेवारी लिन निर्वाचन आयोग सक्षम हुनुपर्ने बताउनुभएको छ । पहिलो निर्वाचन दिवसका अवसरमा आज आयोगले यहाँ आयोजना गरेको मूल समारोहमा उहाँले नेपालको निर्वाचन अभ्यासलाई विश्व मानकअनुरुप बनाइनुपर्नेमा जोड दिनुभयो । “लोकतान्त्रिक अभ्यासलाई अघि बढाउने सुरुवात् आजभन्दा ५८ वर्षअघि आजकै दिन भएको थियो, आयोगले संवैधानिक दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्छ, निर्वाचनलाई अझ सहज, सरल र पारदर्शी बनाइनुपर्छ, लोकतान्त्रिक मुलुकका राम्रा अभ्यासबाट पाठ सिकेर निर्वाचन प्रणालीलाई समृद्ध बनाउन सकिन्छ” – उहाँले भन्नुभयो । दलहरुबीचको लोकप्रियता मापन गर्ने कडी भएकाले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको राष्ट्रपति भण्डारीको भनाइ थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत
More

राष्ट्रपतिलाई स्वागत

प्रथम निर्वाचन दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित विषेश समारोहममा सहभागी हुन पुग्नु भएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादव लगायत । तस्बिर : रोशन सापकोटा
More

संविधान संशोधन अघि मधेशी मोर्चा निर्वाचनमा जान नसक्ने

काठमाडौं । स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चालाई बोलाएर प्रधानमन्त्री प्रचण्डले निर्वाचन र संशोधनबारे नेताहरुसँग राय माग्नुभएको हो । यी विषयमा लामो छलफल भए पनि दुवै पक्षको अडानका कारण कुनै सहमति भने जुट्न सकेन । बैठकमा प्रधानमन्त्री प्रचण्डले मोर्चासँग संविधान संशोधन र निर्वाचनसँगै अघि बढाउन प्रस्ताव गर्नुभएको थियो भने मोर्चाका नेताले संविधान संशोधन नभई कुनै पनि निर्वाचनमा जान नसकिने अडान लिएका थिए । प्रधानमन्त्रीले राजनीतिक गतिरोधको अन्त्यका लागि स्थानीय तहको निर्वाचन गर्नुको विकल्प नभएकामा जोड दिँदै संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई सँगसँगै
More

रङ्गमञ्चमा ‘रातभरि हुरी चल्यो’

काठमाडौं । रातको एघार बज्न लागेको छ । छानामा ठोकेका मट्टितेलका टिनहरुलाई हावाले जोडतोडले हल्लाउन थालेपछि माइलालाई घरको छप्परै उठाएर लैजाला कि भन्ने डर लाग्छ । सित्तैमा बारी पाइने लोभमा माइली (श्रीमती)ले कर गरेपछि हुँदाखाँदाको पुलिसको जागिर छाडेर माइला साना छोराछोरी सहित रुङदुङ खोला नजिकै बसाइ सरेका हुन्छन् । यसरी रात–रातभरी हुरी चल्न थालेको सात दिन भइसकेको हुन्छ । आजको रात हुरीसँगै पानी पनि दर्केर पर्न थालेपछि पहिरो जाने डरले बुढाबुढी रातभरि डराइरहन्छन् । दुई पात्रबीचको मानसिक द्वन्द्व बढ्दै जान्छ । प्रसिद्ध आख्यानकार इन्द्रबहादुर राईले लेखेको कथा ‘रातभरि हुरी चल्यो’को कथानक हो । यसलाई नाट्य रुपान्तरण गरी हाले काठमाडौं र
More

आज प्रजातन्त्र दिवस देशभर मनाईंदै

काठमाडौं । आज फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी देशभर प्रजातन्त्र दिवस मनाइँदैछ ।२००७ सालमा फागुन ७ कै दिन एक सय चार वर्ष लामो जहाँनियाँ राणाशासनको अन्त्य भई मुलुकमा प्रजातन्त्र वहालीको घोषणा भएको थियो । प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने गरिन्छ । यस अवसरमा टुंडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम गरिँदैछ । पहिलो पटक नेपाली धर्तीमा क्रान्तिको बिगूल फुकेर तात्कालीन योद्धाहरुले यो देशलाई जहानियाँ राणा शासनबाट मुक्त गराएका थिए । यसक्रममा विक्रम सम्वत् १९९७ सालमा चार जना नेपाली सपूतलाई तात्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए
More

मुलुकको आर्थिक अवस्था सुदृढ

काठमाडौं । उपभोक्ता मूल्यवृद्धिमा आएको कमी, शोधनान्तर बचत, वैदेशिक मुद्रा सञ्चितिमा वृद्धि, राजस्व सङ्कलन समेत बढेपछि मुलुकको समग्र आर्थिक अवस्था सुदृढ देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक समीक्षामा मुलुकको समग्र आर्थिक तथा वित्तीय परिदृष्य सवल, सक्षम एवम् सुधारोन्मुख रहेको पाइएको हो । कर्जा प्रवाहको तुलनामा निक्षेप परिचालनमा भएको वृद्धिले वित्तीय बजार सन्तुलनतर्फ उन्मुख हँुदै गएको छ । वर्तमान सरकार गठन भएलगत्तै मुलुकभर नै जनताले अनुभव गर्ने गरी विद्युत्भार कटौतीमा आएको कमी, ऊर्जा आपूर्तिमा आएको सहजता र औद्योगिक कच्चा पदार्थको आयातमा आएको सरलताले उद्योग क्षेत्रको क्षमता समेत बढेको पाइएको छ । खिम्ती–ढल्केवर विद्युत् प्रसारणलाइन निर्माण
More

राप्रपाले १ सय ६१ केन्द्रीय समिति आज छनोट गर्ने

काठमाडौं । काठमाडौमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु हुँदैछ । आज विधान संशोधन प्रस्ताव पेश हुँदैछ । भृकुटीमण्डमा हुने बन्द सत्रमा नेता बुद्धिमान तामाङ संयोजकत्वको समितिले तयार पारेको विधान संशोधनको प्रस्ताव पेश गर्ने र प्रस्तावमाथि छलफल हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । फागुन ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा चल्ने यस महाधिवेशनले अध्यक्षसहित नयाँ केन्द्रीय समिति चुन्ने छ । संशोधित विधानअनुसार महाधिवेशनले अध्यक्षसहित १ सय ६१ सदस्यीय कार्यसमिति चुन्ने छ । केन्द्रीय सदस्यको चुनाव गरी २४ सदस्यीय पदाधिकारी चयन गरिने छ । संशोधित विधानले अध्यक्षसहित २५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको छ । पदाधिकारीमा उपाध्यक्ष ५,
More

भोलि निर्वाचनको मिति घोषणा हुने, शनिबार मोर्चासँग वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको मिति घोषणा, संविधान कार्यान्वयन र संविधान संशोधनलगायतका विषयमा मधेस केन्द्रित दलका नेतासँग आज शनिबार छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मधेस केन्द्रित दलका नेताकै सहमतिमा निर्वाचनको मिति घोषणा गर्ने तयारी स्वरुप छलफलका लागि आमन्त्रण गरिएको जानकारी दिनुभयो । राजनीतिक सल्लाहकार खनालले सबै पक्षको सहमतिमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने र मुलुकलाई निर्वाचनमा केन्द्रित गर्ने सरकारको तयारी रहेको बताउनुभयो । शनिबार बिहान १० बजे छलफलका लागि प्रधानमन्त्रीले मधेस केन्द्रित दलका शीर्ष नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गर्नुभएको छ । प्रमुख तीन दलका बीचमा स्थानीय तहको निर्वाचन घोषणा
More

बेलायतको ईयूबाट दुई वर्षमै वहिर्गमन कठिन

स्टकहोम । स्वीडेनी प्रधानमन्त्री स्टेफेन लफभेनले बेलायतको ‘युरोपियन युनियन’ ईयूबाट वहिर्गमन दुई वर्षभित्र गर्ने भनी गरिएको तयारी साहै्र कठिन कार्य भएको बताउनुभएको छ । लफभेनले ब्रेक्जिट प्रक्रियाबारे अमेरिकी सञ्चारमाध्यम (एपी) सँगको कुराकानीमा बेलायतले अझै ठूलो बिल ईयूलाई तिर्न बाँकी रहेको र सो बिल भुक्तानी नहुँदासम्म ईयूबाट बेलायतको बहिर्गमनका लागि ढोका नखुल्ने बताउनुभयो । ईयूको कानुनमा तय गरिएको समयसीमा अनुसार वहिर्गमन प्रक्रिया कठिन रहेको र सन् २०१९ मार्च पहिले यो सम्भव नहुने उहाँको धारणा थियो । लफभेनले भन्नुभयो, ईयूबाट बेलायतको वहिर्गमनबारे सोच्नु सकारात्मक र आशावादी सोच हो तर, कानुनी तथा अन्य व्यवहारिक जटिलता रहेका छन् ।
More