Daily Archives 20th February 2017

एनआरएन एशिया क्षेत्रीय सम्मेलन मार्च १८ देखी, परराष्ट्रमन्त्री डा. महत सहभागी हुने

मलेसिया। ‘सम्बृद्ध राष्ट्र निर्माणका लागि दक्ष जनशक्ति’ मूल नारा राखेर मार्च १८ र १९ मा गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेसियामा आयोजना हुने भएको छ । क्वालालाम्पुरस्थित होटेल ग्राण्डमा हुने यस कार्यक्रममा गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रका मातहतका सबै राष्ट्रहरुले प्रतिबेदन प्रस्तुत गर्ने भएका छन् । आयोजक राष्ट्र मलेसियाले एक साता पहिले बैदेशिक रोजगारीका क्रममा दुःख पाएकाहरुको हितका लागि कल्याणकारी कोष निर्माण गर्नेकार्य पनि माननिय श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङ ज्यूको प्रमुख आतिथ्यमा सुरु गरिसकेको एनआरएन मलेसियाका अध्यक्ष विश्व राईले जानकारी दिए । उनका अनुसार “एनआरएनए मलेसिया कल्याणकारी कोष” निर्माणकार्यलाई निरन्तर राख्दै एनआरएन एशिया
More

नेपालमै गाडी निर्मित

काठमाडौं । बाग्लुङका एक युवकले गाडी निर्माण गरी आफ्नो प्रतिभा देखाएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा १८ वर्र्षीय भीम सुनारले एक महिना लगाएर निर्माण गरेको ‘ओसियन’ नामको गाडी भृकुटीमण्डपमा बनाएर सार्वजनिक गरिएको हो । सो अवसरमा सुनारले भन्नुभयो, “म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनी गर्नुपर्थो, त्यस बेला डोजर बनाएर प्रदर्शन गरेको थिएँ, त्यसपछि रोबर्ट र हेलिकप्टर बनाएँ, आज आएर चार पाङ्ग्रे गाडी निर्माण गरेको छु, यो केवल नमुना हो ।” सुनारले थप्नुभयो, “मैले गाडी रु ८० हजार लागतमा निर्माण गरेको हुँ, तीन लाख खर्च गरेर बनाउने हो भने राम्रो गाडी बनाउन
More

स्थानीय तहको निर्वाचन वैशाख ३१ गते प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यसहित आयोगका पदाधिकारीसँगको छलफलमा आयोगले उक्त मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको र त्यसमा सरकारका तर्फबाट के कस्तो सहयोग उपलब्ध गराउनुपर्छ भनी आयोगका पदाधिकारीसँग परामर्श गर्नुभयो । परामर्शपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आयोग द्रुत गतिमा निर्वाचन गराउन तयार रहेको बताउनुभयो ।
More

राप्रपा अध्यक्षमा कमल थापा अत्याधिक बहुमतले निर्वाचित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले २ हजार ८०४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी राणाले २५१ मत पाएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपा अध्यक्ष चयनका लागि भएको मतदानमा कुल ३ हजार १३६ मत खसेको थियो, जसमध्ये ८१ मत भने बदर भएको छ । महाधिवेशनको पूर्वसंध्यामा राप्रपामा शीर्ष नेताहरुबीच कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भएको थियो । तर, डा. प्रकाशचन्द्र लोहनी पछि हटे र अध्यक्षमा लड्ने घोषणा गरे । डा. लोहनीले अन्तिम समयमा मैदान छाडे तर, उनी निकट राणाको उम्मेदवारी परपछि
More

तीन पत्रकार संगठनद्वारा महासंघको ध्यानार्कषण (विज्ञप्तीसहित)

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको पछिल्ला गतिविधिप्रति पत्रकार सम्बद्ध तीन संगठनले गम्भीर ध्यानार्कषण भएको जनाएका छन् । नेपाल प्रेस युनियन चितवन, प्रेस सेन्टर चितवन र क्रान्तिकारी पत्रकार महासंघ चितवनले संयुक्त रुपमा ध्यानार्कषण पत्र बुझाएका हुन् । पत्रकार महासंघ चितवन शाखाको सभाहलमा आयोजित एक समारोहका विच पत्रकार महासंघका अध्यक्ष हरिप्रसाद पोख्रेरललाई प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली र क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष सूर्य बरालले संयुक्त रुपमा ध्यानार्कषणपत्र हस्तान्तरण गरेका थिए । चार वुदे ध्यानाकर्षण पत्रमा नेपाल पत्रकार महासंघ चितवनले हाल सिफारिस गरेका सदस्यहरु मध्ये केहिको मुख्य पेशा पत्रकारितामा नरहेको हुदाँ त्यसलाई वदर
More

राप्रपा नेतृत्व छान्दै

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा सोमबार अध्यक्ष पदको लागि भएको चुनावमा मतदान गर्दै महाधिवेशनका प्रतिनिधि । तस्बिरः रोशन सापकोटा
More

विद्यार्थीको मृत्युले बनेपा तनावग्रस्त, ७ राउन्ट हवाई फायर

बनेपा । बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले आज सात राउण्ड हवाइ फायर गरेको छ । आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चलाउँदा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ । सो विद्यालयमा दुई महिनादेखि छात्रावासमा रहँदै आएका काभ्रेपलाञ्चोकको उग्रतारा जनागाल–८ निवासी १७ वर्षिय कृष्णराम पुर्कोटी (प्रमोद) को रहस्यमय ढङ्गले मृत्यु भएको छ । प्रहरीले उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ भने पीडित आफन्तले विद्यालय व्यवस्थापनले वास्ता नगरेको कारण मृत्यु भएको आरोप लगाएको छ । मृतकका फुपू सारिका पुर्कोटीले
More

१४ देशका लागि राजदूत सिफारिस, स्पेनमा खुल्नेभो दूतावास

काठमाडौं । सरकारले १४ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय आज गरेको छ । सिंहदरबारमा आज दोस्रो पटक बसेको मन्त्रिपरिषद्को बैठकले युनाइटेड अरब इमिरेट्सका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युवनाथ लम्साल, बहराइनका लागि पदम सुन्दास र अस्टे«लियाका लागि लक्की शेर्पालाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । त्यस्तै कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरेबियाका लागि महेन्द्र सिंह, म्यानमाका लागि भीम उदास, श्रीलङ्काका लागि विश्वम्भर प्याकु-याल, ओमनका लागि शर्मिला पराजुली, दक्षिण कोरियाका लागि अर्जुनजङ्गबहादुर सिंह, बङ्गलादेशका लागि चोपलाल भुसाल र इजरायलका लागि निरञ्जन थापालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय
More

राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा विश्वविद्यालयको चौधौं दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर: हरि बाँस्तोला
More

कात्तिकमा प्रदेश र केन्द्रको निर्वाचन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निकाय निर्वाचनको मिति आजै घोषणा गर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय संगठन ‘प्याब्सन’को १३ औँ वार्षिक साधारणसभाको आज काठमाडौंमा उदघाटन गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनलाई सुनिश्चित गर्न निर्वाचन अनिवार्य रहेको बताएका हुन् । प्रधानमन्त्री दाहालले ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षार्थ संविधानलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आगामी कात्तिकमा प्रदेश र केन्द्रको निर्वाचन गर्नका लागि सरकारले तयारी गरिरहेका पनि बताए । मुलुकको शिर झुक्ने गरी आफूले कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा मुलुकको समृद्धिका लागि अगाडि बढ्ने वचनबद्धता व्यक्त गरे ।
More

राप्रपामा नयाँ नेतृत्वका लागि मतदान हुँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । अध्यक्ष पदमा कमल थापा र प्रदीपविक्रम राणा दुई जनाको उम्मेदवारी परेकाले शुरुमा अध्यक्ष र त्यसपछि सदस्य पदमा निर्वाचन गराउने तयारी निर्वाचन समितिको छ । विहान सात बजेदेखि बेलुकी पाँच बजेसम्म निर्वाचन गर्ने कार्यतालिका भएपनि अहिलेसम्म मतदान प्रक्रिया भने शुरु भएको छैन । निर्वाचनलाई पारदर्शी तथा छिटोछरितो बनाउनका लागि ६० वटा विद्युतीय मतदान यन्त्रको प्रयोग गरिनेछ । आजै साँझसम्म परिणाम आउने गरी तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्वका लागि अध्यक्षमा दुई र केन्द्रिय सदस्यका लागि ३ सय ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष
More

विद्यालय छोडेर गिट्टी कुट्दै बालबालिका

दाङ । तुलसीपुर झरेका अधिकांश बालबालिका पातुखोलामा गिट्टी कुट्न बाध्य छन् । स्थायी घर सल्यान, रुकुम, रोल्पा र प्युठान बताउने बालबालिका विद्यालय जानुको सटृा जीविकोपार्जनका लागि यहाँ आइपुगेका हुन् । छात्रवृत्ति पाउने आशाले भने विद्यालयमा भर्ना भएका बालबालिका पनि आम्दानीका लागि गिट्टी कुटन आएको बालबालिकाको भनाइ छ । गिट्टी कुट्दा आम्दानी धेरै हुने र लगानी नपर्ने बालक सुरेन्द्र परियार बताए । पातुखोलामा आठ वर्षदेखि १५-१६ वर्ष उमेरका बालबलिका गिट्टी कुट्नमा व्यस्त हुन्छन् । आय स्रोत नभएको र बाबु आमाको कमाइले मात्र बिहान बेलुकाको छाक टार्न नसक्ने हुँदा आफू पनि गिट्टी कुट्न बाध्य भएको बालिका अन्जु विक उल्लेख गर्छिन् । विद्यालय
More

संविधान संशोधन प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई अघि बढाउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलबारदेखि सुरु हुने संसद्मा संशोधन प्रस्तावलाई अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । भोलिदेखि सदनमा संशोधन प्रक्रिया अघि बढाइनेछ, मधेसी, थारु, जनजाति लगायतका मागलाई सम्बोधन गर्न तदारुकताका साथ अघि बढ्ने काम हुन्छ – मन्त्री कार्कीले भन्नुभयो । मन्त्रिपरिषद् बैठकले स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदनको व्यावहारिक कार्यान्वयनका लागि सरोकारवाला र विज्ञहरुसमेतको सुझाव लिएर सात दिनभित्र प्रतिवेदन पेस गर्न अहिलेकै समितिलाई थप कार्यभार दिने निर्णय गरेको छ । आयोगको प्रतिवेदनको अध्ययनका साथसाथै विभिन्न
More

भूपूगोर्खाको समस्याको समाधान गर्न कांग्रेसले पहल गर्छ — नेतृ देउवा

लन्डन । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु देउवाले बेलायतमा रहेका भूपूगोर्खाहरुको समस्या समधानका लागि नेपाली कांग्रेसले पहल गर्ने बताएकी छन् । उनले नेपाली जनसम्पर्क समिति बेलायतद्धारा आइतवार अल्डरशटमा आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै डा. देउवाले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल सरकारमा रहँदा गोर्खाहरूको हकहित र समान अधिकारको निम्ति वेलायत सरकारसमक्ष स्विकृतीपत्र दिएको स्मरण गर्दै गैरआवसीय नेपालीको राजनीतिक अधिकारको माग नेपाल सरकारसमक्ष राख्ने प्रतिबद्धता जनाइन् । विदेशमा रहेका नेपाली प्रजातान्त्रिक विचारप्रति आकर्षित रहन्छन् भन्दै उहाँहरूलाई दोहोरो नागरिकता राष्ट्रले दिन सके देश र विदेशमा रहेका नेपालीलाई नै फाइदा पुग्ने उनको तर्क थियो । नयाँ सविधान ड्राफ्ट कमिटीका केहि कम्युनिस्ट नेताहरूले नेपाल
More

बुटवलमा नेपथ्य

काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यको अबको यात्रा बुटवलतर्फ हुनेभएको छ । फागुन १४ गते शनिबार त्यहाँस्थित कालिका माध्यमिक विद्यालयको खुला प्राङ्गणमा टोलीले कन्सर्ट प्रस्तुत गर्दैछ । आजको समृद्ध र विस्तारित सहर बुटवल कुनै समयको ‘बटौली’ हो । पहाडबाट औल झरेकाहरुको सम्झनामा रहेको चुरेको फेद बटौली र त्यसका यादहरु अहिले पनि लोकगीतहरुमा भेटिन्छ । जस्तो कि नेपथ्यकै एउटा गीतले भन्छ, ‘यानीमाया, बटौलीको बजारमा, यानी माया यानीमाया, चुरेटाको दोकान, यानीमाया’ यो यात्री गीतले जसरी आफूलाई ‘उहिले उहिले’ भनेर सुरुगर्छ त्यसैगरि यसमा पुराना यादहरु बगेका छन् । र, यस्तै सम्झनाहरु नयाँ पुस्तालाई बाँड्दै आएको छ नेपथ्य । ‘बटौली मात्र होइन, हामी आजको बुटवलसँग
More

नेपालको भौतिक निर्माणमा बेलायतका नेपाली इन्जिनियरको चासो

लन्डन । सोसाईटी अफ़ नेप्लिज इन्जिनियर्स युकेको आयोजनामा गत शनिबार नेपालको इन्फ्रा स्टक्चर डिभेलेप्मेण्टसम्बन्धि छलफल कार्यक्रम नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रमलाई शुभकामना दिदै बेलायतमा भएका इन्जिनियरले हासिल गरेको ज्ञानलाई नेपालको विकास र समुन्नतिका उपयोग गर्न नेता पौडेलले आग्रह गरे । बेलायती ज्ञान र सीपलाई नेपालमा स्थानान्तरण गर्न नेता पौडेलले बिदेशी भूमिमा धेरै नबसी ज्ञान र सीप लिएर नेपाल फर्कन आब्हान गरे । अर्का अतिथि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुबेदीले नेपाली राजदुताबास यसप्रकारका कार्यक्रममा सदैब सहयोगको हात बढाउन तयार रहेको बताए । उनले आफु पनि इञ्जिनियएरिङ पृष्ठभूमिबाट कुटनैतिक क्षेत्रमा आएकाले यस्ता कार्यक्रमलाई
More

अर्बपति विनोद चौधरी आत्मकथा लन्डनमा लोकार्पण

मानिसको जीवन आआफ्नै अनुभव, उतारचढाव, सफलता एवं असफलताका अनेक दृष्टान्तले भरिपूर्ण हुन्छ । कतिपयका सपनाहरु बीच बाटोमै ओइलाएर झर्छन्। तर, थोरैका सपनाले मात्र उपयुक्त समयमा फुल्दै फक्रँदै शिखर चुमेका हुन्छन् । आइतबार साँझ लन्डनमा यस्तै सफलता र संघर्षका थुप्रै अनुभव सुनाउँदै थिए नेपालका एक्ला डलर अर्बपति व्यापारी बिनोद चौधरी । आफ्नो आत्मकथाको अंग्रेजी संस्करण ‘मेकिङ इट बिग: दि इन्सपायरिङ स्टोरी अफ नेपाल्स फष्ट बिलिनियर इन हिज वन वर्डस’ विमोचन र अन्तरक्रिया कार्यक्रममा अर्बपति चौधरीले बेलायती डायस्पोरामाझ आफ्नो बाल्यकाल, व्यवसायको लामोरोमाञ्चकारी अनुभवर सफलता बडो उत्प्रेरक ढंगले सुनाउंदै दर्शक मन जित्न सफल भए। उनका संघर्षका कथाले दर्शकदीर्घा स्तब्ध पनि भयो । ढाका
More

राजदूत सुवेदीको ‘मनभित्र पनि आकाश हुन्छ’ लन्डनमा लोकार्पण

लन्डन । नेपाली राजदूतावासले ६७ औं राष्ट्रिय प्रजातन्त्र दिवस लन्डनमा एक विशेष समारोह आयोजना गरि सम्पन्न गरेको छ । शहीदहरुको सम्मानमा एक मिनेट मौनधारण गरी शुरु भएको उक्त कार्यक्रममा नेपलिज वुमन एसोसिएसन यूके तथा बेलायतका विभिन्न संघसंस्था, पेशा र क्षेत्रसंग आवद्ध महिला प्रतिनिधि तथा दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति थियो । सो अवसरमा नेपालमा महिला अधिकार विषयक औपचारिक अन्तरक्रिया पनि आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि व्यवस्थापिका संसद सदस्य डा. आरजु राणा देउवा थिइन् । कार्यक्रममा डा. देउवाले नेपालमा लोकतन्त्र प्राप्तिपछि जनताले प्राप्त गरेका उपलब्धिहरुवारे चर्चा गर्दै वर्तमान संविधानमा अन्तरनिहित महिला हक तथा अधिकारबारे बोलिन् । उनले राष्ट्रनिर्माणका हरेक क्षेत्रमा महिला
More

पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग

रत्ननगर । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गर्नुभएको छ । पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन आउनुभएका उहाँले आइतबार नारायणी किनारमा जारी महायज्ञमा पूजाआजा गरी रु एक लाख सहयोग गर्नुभएको हो । महायज्ञ परिसरमा उहाँले गौ पुजनसँगै बज्राचार्य, लामा र हिन्दू धर्मालम्बीले गरिरहेका छुट्टाछुट्टै हवनकुण्डमा पूजा गर्नुभएको मूल आयोजक समितिका संयोजक पदमराज पाण्डेले जानकारी दिनुभयो । पत्रकारले सोधेको एक प्रश्नमा पूर्वराजा शाहले भन्नुभयो, “हिन्दू राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नुपर्छ ।” महायज्ञमा पूर्वराजा र पूर्वरानी कोमललाई सर्वसाधारणले स्वागत गरेका थिए । शनिवार कोमलको जन्मोत्सव पश्चिम चितवनको बाराही रिसोर्टमा मनाइएको पूर्वराजाका निजी सचिव सागर
More

विपी राजमार्ग भत्कँदा सवारी आवागमन बन्द

सिन्धुली । विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो । राति ११ बजे सडक सुनकोसीतर्फ खसेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिनुभयो । राजमार्ग किन र कसरी भत्कियो भन्ने यसै भन्न नसकिने उहाँको भनाइ छ । राजमार्गमा मोटरसाइकलसमेत नछिर्ने गरी राजमार्गको भित्तोसहित तल भासिएको प्रजिअ कार्कीले जानकारी दिनुभयो । गएरातिदेखि राजमार्ग सम्बन्ध विच्छेद भएपछि अहिले सयौँ सवारी गन्तव्यविहीन बनेका छन् । विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग भएर राजधानी तथा राजधानीबाट बाहिरिएका सवारी गन्तव्यविहीन भएका छन् भने यात्रु बिचल्लीमा परेका
More