Daily Archives 24th February 2017

नेपाल–भारत सम्बन्धलाई आर्थिक साझेदारीका रूपमा अगाडि बढाउनुपर्छ : राजदूत राय

काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल र भारतको द्विपक्षीय सम्बन्धलाई अबका दिनमा सामाजिक, सांस्कृतिक, धार्मिकसँगै आर्थिक साझेदारीका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा राजदूत रायले नेपालमा वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सकेसम्म असन्तुष्ट सबै राजनीतिक दललाई सहभागी गराउन आग्रह गर्नुभयो । “भारतले नेपालमा संविधान जारी हुँदा त्यसमा सबैको सहभागिता भएको देख्न चाहे जस्तै स्थानीय तहको निर्वाचनमा पनि सबैको सहभागिता भएको देख्न चोहेको छ”– राजदूत रायले भन्नुभयो । नेपालको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने उहाँको भनाइ छ ।
More

संविधान संशोधन प्रक्रिया पहिले अगाडि बढाऊ: मोर्चा

काठमाडौं । सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । सङ्घीय समाजवादी फोरम नेपालको कार्यालयमा आज बसेको मोर्चाको बैठकले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाएर मात्रै अरु प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो । आफूहरुको सहमतिबिना सरकारले निर्वाचनको मिति घोषणा गरेको जनाउँदै मोर्चाले दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको मोर्चाका नेता केशव झाले जानकारी दिनुभयो । मोर्चाले थप कार्यक्रम कसरी अगाडि बढाउने भन्ने विषयमा फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । मोर्चाले अन्य पक्षसँग पनि छलफल गर्ने र साझा धारणा बनाएर अगाडि बढ्ने निर्णय गरेको छ ।
More

पूर्व राजा

पूर्व राजा ज्ञानेन्द्र शाह महाशिवरात्रीको अवसरमा वीरगन्जको आर्दशनगरस्थित अलखियामठ मन्दिरमा भगवान शङ्करको विधिपूर्वक पूजा गर्नु हुँदै । तस्बिर : विजय कुमार महतो, पर्सा
More

सूर्य गुरुङले दिए तीन संस्थालाई ४४०३ पाउण्ड

लन्डन । बेलायतको फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा च्यारिटी डिनर गरि संकलन गरेको ४ हजार चार सय तीन पाउण्ड बेलायतका तीन च्यारिटेवल संस्थालाई हस्तान्तरण गरेको छ । बिहीबार रेष्टुरेन्टमै आयोजित कार्यक्रममा सञ्चालक सूर्य गुरुङले फिलिस टकवेल हस्पाइसलाई २२०१ पाउण्ड, माइक ज्याक्सन हाउस (भेट्रान आर्मीका लागि कार्यरत) लाई ११०१ पाउण्ड र पार्क साइड अल्डरसटलाई ११०१ पाउण्डको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणपछि गुरुङले स्थानीय च्यारिटीसंग नजिक रहेर भविष्यमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सहयोगदाता सबैप्रति पुनः आभार व्यक्त गरे भने च्यारिटी संस्थाका प्रतिनिधिले चेक लिंदै गुरुङलाई धन्यवाद व्यक्त गरेका थिए ।
More

माओवादी नेता नारायणकाजी श्रेष्ठ बेलायत आउने

लन्डन । नेपाली जनप्रगतिशिल मञ्च, बेलायतको तेश्रो एकता अधिवेसन आगामी १२ मार्च २०१७ का दिन अल्डरसटको एम्पायर हलमा हुने भएको छ । सम्मेलन तयारीका लागि गत फेब्रुअरी १९ मा बसेको बैठकले १९९ सदस्यीय मुल आयोजक समिति निर्माण गरेको छ । बैठकले विभिन्न उपसमितिलाई अधिकार प्रत्यायोजन गरि अधिवेशन सफल बनाउन बेलायतबासी सबैलाई निमन्त्रणा गरेको छ । सम्मेलनमा प्रमुख आतिथ्य ग्रहण गर्न नेपालबाट नारायणकाजी श्रेष्ठ बेलायत आउने कार्यक्रम छ । नेपाली जनप्रगतिशिल मञ्च, बेलायत (एनपिपिएफ यूके) को तेश्रो एकता सम्मेलन सफल पार्न निम्न व्यक्तिलाई जिम्मेवारी दिइएको छ जसमा मुल आयोजक समिति संयोजक सुरेश गौतम, सदस्यहरु रण केसी, मानबहादुर गुरुङ, महेन्द्र कंडेल, हरी
More

सेना दिवस

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष समारोहमा सरिक हुनुहुँदै । साथमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशिला कार्की र सभामुख ओनसरी घर्तीलगायत । तस्बिर : प्रदीपराज वन्त
More

चुनाव हुनेमा शङ्का गर्नु हुँदैन् : देउवा

विर्तामोड । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस झापाले आज विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – ‘संविधानको पूर्ण कार्यान्वयनका लागि चुनाव अपरिहार्य छ ।’ सभापति देउवाले संविधान संशोधन प्रस्तावअघि बढिसकेकाले स्थानीय निकायको चुनाव हुन्छ, यसमा कसैले शङ्का लिनु हुदैन् भन्दैे निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिनुभयो । नेकपा (एमाले)ले समाजिक सद्भाव बिगार्ने काममा लागेको आरोप लगाउँदै उहाँले भन्नुभयो – ‘मधेसी र पहाडे दुबै नेपाली नागरिक हुन्, दुबैको अस्तित्वलाई स्वीकार गर्नुपर्छ, सिमानामा बसेर सीमाको सुरक्षा गर्ने मधेसी समुदायलाई शङ्का गर्नुहुँदैन ।” काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा देखिएका थुप्रै
More

उद्योग मन्त्रालय र एनआरएनए जापानबीच सम्झौता

काठमाडौं । जापानलगायतका मुलुकमा नेपाली उत्पादनको प्रवद्र्धनका गर्न उद्योग मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच सम्झौता भएको छ । जापान भ्रमणमा रहनुभएका उद्योगमन्त्री नवीन्द्रराज जोशी र एनआरएनए जापानका अध्यक्ष सुदन थापाबीच नेपाली उत्पादनलाई प्रवद्र्धन र प्रचारप्रसारमा विशेष भूमिका निर्वाह गर्न लिखित सम्झौता भएको उद्योग मन्त्रालयले जनाएको छ । सम्झौतापछि मन्त्री जोशीले प्रवासमा रहेका नेपालीले विदेशी सामग्रीको तुलनामा नेपाली सामग्री प्रयोगमा ल्याउन सकेमा नेपाली उद्योगको विकास तथा रोजगारीको अवसर बढ्ने बताउनुभएको उहाँका प्रेस सल्लाहकार प्रदीप चापागार्इंले जानकारी दिनुभयो । सम्झौतापछि एनआरएनएले विश्वभरि नेपाली उत्पादनको बजार विस्तार र उपयोगमा ल्याउन पहल गर्ने जनाएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर
More

नेपाली उत्पादन प्रवर्द्धन गर्न एनआरएनए जापानसँग सम्झौता

काठमाडौं— नेपाली उत्पादन निर्यात प्रवर्द्धन गर्न उद्योग मन्त्रालयले गैरआवासीय नेपाली संघ जापानसँग एक सम्झौता गरेको छ। द्विपक्षीय सम्झौतामा जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी तथा एनआरएन जापानका अध्यक्ष सुदन थापाले हस्ताक्षार गरे। सो लिखित सम्झौतामा नेपाली उत्पादनलाई प्रचारप्रसार र प्रवर्द्धन गर्न गैरआवासीय नेपाली संघले सहयोग गर्ने उल्लेख छ। प्रवासमा रहेका नेपालीहरूले विदेशी सामाग्रीको तुलनामा नेपाली सामाग्रीलाई प्रयोगमा ल्याउन सके नेपालका उधोगको विकास भई नेपालमा रोजगारीको अबसर समेत बढ्ने उनको भनाइ थियो। नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनए उपाध्यक्ष भवन भट्ट र एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा सम्झौता समारोहमा उपस्थित थिए।
More

एनआरएन अमेरिकाकाे अध्यक्षमा ५ दावेदार

होमप्रसाद लम्साल। न्यूयोर्क—गैरआवासीय नेपाली संघ (एनआरएनए) का विश्वभरिका ७५ शाखामध्ये सबैभन्दा ठूलो एनआरएन अमेरिकाको आगामी नेतृत्व चयनको मिति नजिकिएको छ। नयाँ नेतृत्व चयनका लागि मे २१ तारिकमा हुने चुनाव नजिकिँदै गर्दा नेतृत्वका लागि आकांक्षीले आआफ्नो दावेदारी एजेण्डासहित सार्वजनिक गर्न थालेका छन्। यतिखेर सदस्यता अभियान तीव्रतर रुपमा बढी रहेको अध्यक्ष डा.केशव पौडेलले बताए। केन्द्रीय चुनाबलाई प्रभाव पार्ने हैसियत राख्ने भएकाले पनि अमेरिकी चुनावलाई आआफ्नो पक्षमा पार्न आईसिसिको नेतृत्वको चाहाना राख्नेहरु जोड घटाउमा सक्रिय हुन थालेका छन्। नेतृत्व लिनका लागि भन्दै एनआरएन अमेरिकाका विभिन्न राज्यहरुमा रहेका च्याप्टर भ्रमण गर्ने, आआफ्नो एजेण्डा सार्वजनिक गर्दै आफ्नो पक्षमा मतदान गर्न सञ्चार माध्यम र सोसल मिडियाको
More

युएईमा नेपाली उत्पादनको बजार खोज्दै दूतावास

नारायण भुर्तेल, युएई। युएई -संयुक्त अरब ईमिरेट्स (युएई)मा नेपाली उत्पादन प्रबर्द्धनका सम्भावनाबारे एक छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाली दुताबास युएईले आयोजना गरेको कार्यक्रममा नेपाली उत्पादनलाई युएईको बजारसम्म ल्याउन चुनौतीबारे छलफल भएको थियो। नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत नेत्र बहादुर टण्डनले नेपालमा उत्पादन गरिएका वस्तुहरुहरुको बजार विस्तार गर्नको लागि दुतावासले खोजी गरिरहेको बताए। उनले नेपाली व्यवसायीहरुलाई त्यसको प्रवर्द्धनमा जोड दिए। कार्यक्रममा नेपाल व्यापार एकीकरण रणनीति, २०१६ (एनटिआईएस) द्वारा पहिचान गरिएका कृषि उत्पादन युएईमा पनि व्यापार गर्न सकिने बताइयो। एनटिआईएसद्वारा पहिचान गरिएका नेपालमा उत्पादित वस्तुहरुमा अलैंची, अदुवा, चिया, औषधीजन्य जटिबुटी, सुगन्धित बोटबिरुवाहरू, गलैँचा, जूत्ता, ढाका र धागो पर्छन्। ती वस्तुका लागि
More

‘लुट २’ लिएर दयाहाङ र सौगात बेलायतमा

लन्डन- बेलायतका विभिन्न शहरमा प्रदर्शन हुन गइरहेको ‘लुट २ ’ को लन्डन प्रिमियरको लागि नायकद्धय दयाहाङ राई र सौगात मल्ल बेलायत आइपुगेका छन्। विहीवार लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिए लगत्तै कलाकारद्धय यहाँ आयोजित पत्रकार सम्मेलमा सहभागि भए। पत्रकार सम्मेलनमा बोल्दै दयाहाङ राईले लुट २ ले दर्शकहरुको मन जित्ने बताए। उनले अन्य मुभिको तुलनामा लुट २ प्रति दर्शकको धेरै ठूलो अपेक्षा रहेको बताउँदै विगत ४ बर्ष देखी नेपाली फिल्म व्यवसाय विश्व बजार तिर उन्मुख हुँदै सफलता साथ अगाडि बढी रहेको बताए। राईले ‘लुट’ को सिक्वेल चलचित्र लुट २ भएकाले दर्शकहरुले लुट चलचित्रकै नजरमा चलचित्र हेर्न सिनेमा घरमा आउन दर्शकहरुलाई आग्रह गरे। नायक
More

शिवको दर्शन गर्न पूर्वराजा वीरगंजमा

वीरगंज । पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह महाशिवरात्रीको दिन विशेष पूजाको लागि वीरगंजस्थित अलखिया मठ शिवालयमा शुक्रबार आउनुहुने कार्यक्रम तय भएको छ । पूर्वरानी कोमल राज्य लक्ष्मी देवी शाहका साथमा दिउ“सो चार बजे अलखिया मठमा पूजा आजा र दर्शन गरेपछि त्यहा“बाट राजदम्पत्ति वीरगंजको मुख्य सडकबाट पैदल यात्रा गरी माइस्थान स्थित गहवामाई मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने कार्यक्रम रहेको पूर्वराजाका मूख्य सचिव सागर तिमल्सिनाले स्थानीय सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भयो । धर्मपत्नी पूर्वबडामहारानी कोमल राज्य लक्ष्मी देवी शाहको शुभजन्मोत्सव मनाउन गत हप्ता सिमरा आइपुग्नु भएका पूर्वराजा शाहले दुई हप्ते भ्रमणको क्रममा चितवन, मकवानपुर भ्रमण पश्चात महाशिवरात्रीको अवसर पारेर शुक्रवार वीरगंज आउन लाग्नु
More

किम जोङ नमको हत्यामा भीएक्स नर्व एजेन्ट रसायनको प्रयोग

लन्डन । भीएक्स नर्व एजेन्ट एउटा यस्तो रसायनिक हतियार हो, जसको सम्पर्कमा आउने वित्तिकै ज्यान जानसक्छ । उत्तर कोरियाका नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नमको कोलाम्पुरमा हत्या हुँदा त्यही भीएक्स नर्व एजेन्ट को प्रयोग भएको थियो । नमको हत्या १३ फेब्रअरीमा कोलाम्पुरको हवाइ हड्डामा उडान पर्खाइमा थिए । त्यसैबेला दुई महिलाले उनको अनुहारमा केही पोतिदिएका थिए । हवाइ हडडाबाट अस्पताल लैजाँदै गर्दा नमको मृत्यु भएको थियो । मलेसियाका अनुसन्धानकर्ताका अनुसार नमको हत्यामा भीएक्स नर्व एजेन्टको प्रयोग भएको थियो । के हो भीएक्स नर्व एजेन्ट भीएक्स नर्व एजेन्टलाई संयुक्त राष्ट्र संघले सामूहिक हत्यामा प्रयोग गर्ने रसायनिक हतियार भनेको
More

पैतालामा स्वस्तिक बनाएपछि सोफिया विवादमा (तस्बिरसहित)

लन्डन । बिग बोसको पूर्वप्रतियोगीसमेत रहेकी बेलायती अभिनेत्री सोफिया हायत विशेषतः फिल्म कम विवाद बढी विशेषता बोकेकी नायिका हुन् । सोफियाले हालै दुईवटा टाँटु खोपाएपछि पछिल्लो समय विवादमा तानिएकी छन् । उनले सामाजिक सञ्जाल इस्टाग्राममा ती टाटुसहितको तस्बिर राखेपछि विवाद सुरु भएको हो । उनले पैतालामा हिन्दू धर्मको शुभसंकेत मानिने स्वस्तिक र पाखुरामा उर्दु शब्दमा अल्लाह शब्द लेखाएकी छन् । उनको यी विवादस्पद गतिविधि सामाजिक सञ्जालमा सीमित छैनन् । अम्बोली प्रहरी स्टेशनमा हिन्दू र मुसलमानको धार्मिक भावनामा ठेस पु¥याएको भन्दै सिकायत दर्ता गरिएको छ । समस्या गम्भीर रुपमा चर्किदै गएपछि अभिनेत्री हायत यतिबेला मोबाइल सुइच गरेर बसेकी छन् । इस्टाग्राममा
More

पशुपतिनाथ मन्दिर बिहान ३:३० बजेदेखि खुला

काठमाडौं । महाशिवरात्रिका दिन आज बिहान ३:३० बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको छ । बिहान २:३० बजेदेखि भक्तजन दर्शनका लागि लाइनमा बसेका थिए । दर्शनका लागि ३:३० बजेदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो । उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ । “बिहानी समयमा २० देखि २५ मिनेटमा दर्शन गरी फर्कन सकिनेछ”, उहाँले भन्नुभयो । पशुपतिको पूर्व ढोका भने
More

साढे ८ वर्ष जेल बसेपछि निर्दोष ठहर

सोलुखुम्बु । आफ्नो गल्ती बिना कसैले वर्षौंको जेल सजाय भोग्नुप-यो भने उसले कस्तो महसुस गर्ला ? वर्ष हैन बिनाकसुर एकाध दिन जेल सजाय पाएमा पनि उसका लागि त्यो ठूलो घात हुन्छ । यस्तै घात सहिरहेका छन्, सोलुखुम्बु सोताङका दुई वृद्धहरु ७३ वर्षीय भूपध्वज बस्नेत र ६३ वर्षीय नइन्द्रबहादुर राईले । विसं २०६५ असोज १३ गते सोलुखुम्बुको सोताङमा लोकबहादुर विश्वकर्माको गोली हानी हत्या गरेकोे आरोपमा जेलमा रहेका उनीहरु गत बुधबार सर्वोच्च अदालतले निर्दोष रहेको फैसला गरेपछि बिहीबार जेलमुक्त भएका छन् । बिहीबार जेलमुक्त भएपछि दुई वृद्धले हत्यासँग कुनै सम्बन्धसमेत नभएका आफूहरुलाई अनाहकमा साढे ८ वर्ष जेल राखेको भन्दै दुखेसो गरे ।
More

विश्व मुद्रोकाषका पूर्व प्रमुख रातोलाई चार वर्ष जेल सजाँय

स्पेन । विश्व मुद्राकोषका पूर्व प्रमुख रोड्रिगो रातो विरुद्ध पदीय मर्यादा विपरित उहाँ स्पेनी बैंकको प्रमुख रहँदा आर्थिक अपचलन गरेको आरोपमा चार वर्ष छ महिना लामो जेल सजाय तोकिएको छ । भ्रष्टाचार र वित्तीय अपराधसमेत हेर्ने स्पेनको राष्ट्रिय अदालतले रातोले स्पेनी दुई बैंकको प्रमुख रहेका बेला आर्थिक अपचलन गरेको ठहर गरेको हो । रातोले काजा म्याड्रिड र बैंकियामा रहेका र ती संस्था अप्ठ्यारोमा परेका बेला पदीय मर्यादा विपरित वित्तीय अपराध गरेको स्पेनी अदालतको ठहर छ । केही सयम स्पेनको अर्थमन्त्रीसमेत बनेका रातोसहित ६४ जना पूर्व कार्यकारी प्रमुख तथा बैंक सञ्चालक समिति सदस्यमाथि सन् २००३ देखि सन् २०१२ को बीचमा एक
More

थालेसीमीयाका विरामीलाई सहयोग

चितवन । चितवन सहायता कोष बेल्जीयमले चितवनका थालेसेमीयाका वीरामीहरुलाई आर्थिक सहयोग गरेका छन् । थालेसेमीयाकी विरामी जीना चौधरी र अनिल राईले शरिरमा सुगरको मात्रा बढि भएका कारण भरतपुर अस्पतालको सघन कक्षमा उपचार गर्नु परेको थियो । उपचारमा सहज होस् भनेर क्याट बेल्जीयमले १६ हजार१ सय १५ सहयोग रकम पठाएको थियो । विगत ७ वर्षदेखि भरतपुर अस्पतालमा उपचार गरारहेका विरामीहरुका लागि क्याट बेल्जीयम वार्षिक १ लाख ६० हजार सहयोग पठाउने गरेको क्याट बेल्जीयमका अध्यक्ष दिनेस भन्डारीले जानकारी दिनुभयो । थालेसीमीयाका विरामीहरु सघन उपचार कक्षमा राखेर उपचार गर्नु परका कारण क्याट बेल्जीयमका साथीहरुको केहि रकम सहयोग पठाएको अध्यक्ष भन्डारीले बताउनु भयो ।
More